[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 205999 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 07-11-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>प्यारो रिट्ठु,

टुकिको रातो उज्यालोमा म दुखि बअन्ति सेतो कागतमा निलो मसिले चिठि लेख्तई छु। जिन्तखिमा कइलेई केई राम्रो लाएन मलाई! ब्यान ब्यानै देखुन पारिको तिम्रो गामको भित्तो देखेर मन रित्तो हुन्च। दोभानेको खोलो सुसाम्दा पनि आफ्नै आँखो रसाम्छ।…….<<<

आङै जिरिङ्ग भयो आहा मेरो त

 


 
Posted on 07-11-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसन्तीको त्यो चिठीमा " रिठ्ठे मलाई तिम्रै गामको... लाई तिम्रै भिनाजु बनाम्न मुन लाइरच ! जिन्तखिमा भाइ भने नि साथी भने नि एउडा तिमी त छौ ! ... को र मेरो बारेमा तिमी ... सँ र मेरा बा सँ कुरो गर्दिन्चौ कि भन्ने आशमा छु म । अब मेरो आशाको एउडा उज्यालो भन्नु नै तिमी हौ...... " लेखे पो क्या मजा आउँथ्यो !!! बिचरा रिठ्ठेब्रो भन्न पाइन्थ्यो !!


 
Posted on 07-11-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""माल्दाइ हजुर ज्योतिषी नि हो र ? ""

 

यसको उत्तर---->

"बसन्तीको त्यो चिठीमा " रिठ्ठे मलाई तिम्रै गामको... लाई तिम्रै भिनाजु बनाम्न मुन लाइरच ! जिन्तखिमा भाइ भने नि साथी भने नि एउडा तिमी त छौ ! ... को र मेरो बारेमा तिमी ... सँ र मेरा बा सँ कुरो गर्दिन्चौ कि भन्ने आशमा छु म । अब मेरो आशाको एउडा उज्यालो भन्नु नै तिमी हौ...... "

चेली नानी तिमी ज्योतीषी नि हो र?

 

चिन्ता नगर सान्नानी जे हुन्छ राम्रै हुन्छ। दैवको लिला टार्न सकिन्न राम्रो भए नि नराम्रो भए नि जे पस्किन्छन भउवानले खानै पर्यो। के गर्नु?


 
Posted on 07-11-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका चेली मुया पिरिमको कस्तो सेन्सास्नल कुरा भैराखेको बेला काँ बाट त्यो स्याड्डी स्याड्डी कुरा गरेको बा
 
Posted on 07-11-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुलाई दु:ख पर्या देख्दा किन यस्तो सारो खुशी लाग्ने होला!!


 
Posted on 07-11-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पधेँरा  दीपलाई पठाइदिने भन्या छ है पुट्ने दाईले ! ! लोल
अनी हेर्नु पर्छ हासो
 
Posted on 07-11-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग-

 

पुन्टे बुढालाई यतैतिर आउँदै गरेको देख्नासाथ कुम्लेको अनुहारमा हल्का डर व्याप्त भयो र उसलाई खैनिको तीव्र तलतल महशुस भयो। छिटो छिटो खैनि झिकेर मुखमा हालेर छेउमा पिचिक्क थुक्यो र भर्खरै काटिएको भालेतिर हेर्यो। गाढा राता र काला काला छिर्के मिर्के प्वाँख सहितको भालेको शरीर र रातो लामो सिऊर; पुन्टे बुढाले आफ्नो भाले चिन्न सक्ने सम्भावना धेरै थियो! बुढा आँगनको डिलबाट नजिकै आइपुगिसकेका थिए।

ए डाउडर पानी तातो?

कुम्लेले पुन्टे बुढा आउँदै गरेको हेर्दै मदनवालाई सोध्यो।

ओह सला पुनटे दाजुको देइखके पानी उबालेको भुलिहालेछु, तपाइँ पुन्टे बुह्रो संग बतियावनुहोस हमि पानी लियावँछु!

मदनवाले उठ्ने तरखर गर्दै भन्यो!

पर्दैन डाउडर, बरु बुढा केइ परेर होलान् तपाइँ बुढालाई लेर भित्र जानुस म गरिआल्छु नि काटकुट्!

कुम्लेले भाले राखेको बोरा अलिकता छेऊ पल्टाएर भालेलाई केहि छोप्दै भन्यो।

क्यार्दै हो कम्पाउडरे र कुम्ले तिमारु?

बुढा अलि परैबाट कराउँदै आए!

डाउडरले भाले खाने भनो अनि काटिरा!

टुक्रुक्क बसिरहेको कुम्लेले अलिकता ठाउँ सर्दै पुन्टे बुढाको नजरबाट भालेलाई छेक्ने कोशीस गर्दै उत्तर दियो।

मदनवा उठेर पुन्टे बुढा भएतिर गयो र भन्यो-

कथि काइमसे आवनुभयो पुनटे दाजु तपाइँ? सब कुस्ले मंग्ले त छ हेन?

मलाई त के हुन्तो र, बिस्टे बुडाको नातिनी सान्नानी हराइछिन राति, तेसइलाई खोज्दै आ एतातिर!

बुढाल नजिकै आइपुगे र भाले हेर्दै भने।

भालेको टाउको र पुछ्छरपट्टिको आधि जिऊ बोराले छोपिएको थियो। काटिएको घाँटि र पेट सम्मको केहि भाग देखिएको थियो।

भाले त झक्किको देखिन्छ नि?

बुढाले मुख रसिलो बनाउँदै कुम्लेतिर हेरेर भने।

हेँहेँहेँ

कुम्लेले दाँत देखायो।

अभि काटनुभएछ अब, पानी डालके पवाँख उवाँख उखाडनेको बादमा टुकडा बनावने और पकावने हो!

मदनवाले लगभग र्र्याल चुहाउँदै भन्यो।

के भएछ पुन्टे बाजे बिस्टे बुडाको नातिनीलाई?

कुम्लेले विषय परीवर्तन गर्यो।

खै ब्यान ब्यानै चौतारीमा भेट्या थेँ, राति नै हराकि रे। भउते बज्जे र बुढा खोज्न भनेर पारी जान लाया रेछन!

पुन्टे बुढा टुक्रुक्क बस्दै बोले र फेरि भालेतिर लोभि नजरले हेर्न थाले।

कुम्लेको ढुकढुकि फेरि बढ्यो।

सला हमि सोचेँछु यो बरषातमा गावँमा ठिक होने वाला छेन, अभि केहि टेम पहले रिठे दाजु बेहोश भइके आवनुभएछ, अभि सुनेँकि सनानि हराइलिएछ!

मदनवा ले उभिइ उभिई भन्यो।

रिट्ठे बजिया बेहोश भयो रे? कइले?

पुन्टे बुढाले चाख देखाएर सोधे।

म हिनिराथेँ, ड्याम्म म संग ठोकिओ त्याँसि त फुस्रा आँखा पल्टाइहालो नि, मइँले त मरो भन्ठान्या जिम्दै रेछ, बल्ल बल्ल बोकेर ह्याँ सम्म ल्याइपुराको!

कुम्लेले बयान गर्यो।

ह्यइँ छ अइले नि तो मारोगी?

पुन्टे बुढाले सोधे।

यहि हुनुहुन्छ सैलान पानी दिएछुँ भितर हुनुहुन्छ! तपाइँ रिठे दाजुको देइखनेको जानुहोस हमि पानी लियावँछ पवाँख उखाडनेको लागि!

मदनवाले भन्यो र घरतिर जिउ बढाएर टक्क अडिएर पुन्टे बुढालाई कुर्यो।

लौ हेरम न त रिट्ठे बजियालाई के भ छ! त्याँसि भाले खाम्ला, हाम्रो भाग छ कि छैन?

बुढाले पँहेला दाँत देखाउँदै कुम्लेलाई हेरेर सोधे!

कुम्लेले अझ धेरै दाँत देखाउँदै भन्यो-

तपाइँकै भाले भन्ठान्नोस, जति खाए नि हुन्च!

पुन्टे बुढाले खुसि भएर उठ्दै भने-

त्यत्तिकै के खाँदाहुम म, हाम्रामा नि झक्किको भाले छ तो काट्या दिन तँलाई रउसि संग ख्वाउँला ल मेरो बचन भो!

यति भनेर बुढा कुम्लेको उत्तरको प्रतिक्षा नगरि मदनवा संग रिट्ठेलाई राखेको कोठा तर्फ लागे।

कुम्लेको सास आयो।

डाउडर तपइँ पुन्टे बाजेसित रिट्ठेलाई हेर्न गए हुन्छ तो के जाति पानी सकिओ कि, एताको बेबस्ता म गरिआल्छु नि!

ठूलो स्वरमा कुम्लेले टुक्रुक्कै बसेर मदनवा र पुन्टे बुढा तिर टाउको घुमाएर भन्यो।

ठिके बात करनुभयो! भन्दै मदनवा पुन्टे बुढासित रिट्ठे भएतिर लाग्यो।

कुम्लेले मदनवा र पुन्टे बुढा कोठामा पसेको देख्यो। जुरुक्क उठ्यो र मदनवाको कोठा भित्र गयो। चुल्होमा पानी भकभक उम्लिरहेको थियो। कुम्लेले यताउता हेर्यो। एउटा कुनामा पुरानो लुंगिको टुक्रा रहेछ। त्यो लिएर दुवैहातले उम्लेको पानिको भाँडो समात्यो र पानीको वाफबाट अनुहार जोगाउन घाँटि अलिकता बाङ्गो बनाउँदै पानी लिएर कुखुरा राखेको ठाउँमा आयो। पानी एकातिर राखेर उसले भाले छोपेको बोरा फैल्यायो र कुनै ढिलो नगरि भालेको खुट्टा समातेर सम्पूर्ण भालेलाई उम्लेको पानीमा डुबाएर एकछिन घुमायो र माथि उचाल्यो। प्वाँख र भाले तातोपानिले भिजेको गन्ध उसको नाकमा छिर्यो। एकछिन भालेको शरिरमा लागेको पानी तर्कन दियो, बोरामा भाले राख्यो र दुवै हातका औँला प्रयोग गरेर भालेको प्वाँख लुछ्न थाल्यो। केहि बेरमा नै भाले प्वाँखरहित नाङ्गो थियो। उसले टाउको पनि पानीमा डुबायो र सकेसम्म टाउकाको प्वाँखहरु पनि उखेल्यो। भाले र टाउको बोरामै एकातिर राखेर कुम्लेले सबै प्वाँखहरु जम्मा गरेर सोहोर्यो, आँगनको डिलबाट तल फालिदियो र फर्केर भाले भएकै ठाउँमा आएर टुक्रुक्क बस्यो। दाहिने हातको चोर औँला मुखमा भित्र सम्म हुल्यो र च्यापिराखेको खैनि हुत्तयाएर पर फाल्यो अनि बोराकै एक छेऊले औँला पुछ्यो। अचानो सोझ्याएर राख्यो र अचानो माथि भाले अड्यायो र एकछिन केहि सोचेर खल्तिबाट खैनि झिकेर फेरि एक चिम्टि जति मुखमा हुल्यो र पिचिक्क छेउमा थुक्यो। खैनि लागेको हात फेरि बोराको अघिकै भागले पुछ्यो र खुकुरी समात्यो। भालेको दाहिने खुट्टा कुम्लेको बायाँतिर थियो र बायाँ खुट्टा खुकुरी समातेको दाहिने हात तिर थियो। कुम्लेले बायाँ हातले उत्तानो पारेर राखोएको भालेको बायाँ खुट्टा समातेर हल्का उचाल्यो र केहि बायाँ नै ढल्कायो र खुकुरीले भालेको दायाँ खुट्टा र पेटको बिचको कापमा स्वाट्ट पारेर काट्यो र काट्दै गयो। भालेको तिघ्राको जोर्निमा बडो कुशलतापूर्वक कुम्लेले खुकुरी चलायो र दायाँ खुट्टा अलग गरेर बोरामा राख्यो। यसैगरि बायाँ सपेटा पनि छुट्ट्याएर राख्यो र कुखुरालाई उत्तानै पारेर तलपट्टिबाट पेट अलिकता चिर्यो र खुकुरी बोरामा राख्यो। दायाँ हात पेट भित्र कुशलतापूर्वक चलाउँदै हत्केलाले सम्पूर्ण आन्द्रा र भित्र्याँस समातेर बाहिर निकाल्यो, एकातिर राख्यो र मासुका टुक्रा बनाउन तल्लिन भयो।

 

---

 

कोठा बाहिरै गुन्द्रि ओछ्छ्याएर रिट्ठे, पुन्टेबुढा, कुम्ले र मदनवा बसेका थिए। बिचमा एउटा थालमा भर्खरै स्वादिस्ट बनाएर भुटिएको भालेको मासु थियो भने कुम्ले र पुन्टे बुढाको अगाडि २ वटा स्टिलको गिलाँसमा तिनपाने पनि थियो। रिट्ठेको सलाइन पानी अघि नै सकिएको थियो र कुम्लेले भाले काटेपछि मदनवाले बडो चाख दिएर मासु पकाएको थियो।पुन्टे बुढाले रिट्टेको आत्मवृतान्त सुनेर सहानुभुति पोखे र संगसंगै भाले संग तिनपाने नभै नहुने जिद्दि गरेपछि मदनवाले लुकाएर राखेको रक्सी दिनु परेको थियो। रक्सि दिन परे पनि मदनवा खुसि थियो किनकि धेरै पछि उसले भालेको मासु भनेजस्तो किसिमले पकाएर भने जति खान पाएरहेको थियो। कुम्ले आफ्नो पोल नखुलेकोमा खुसि थियो र रिट्ठे बाँचेकोमा भगवानलाई धन्यवाद दिँदै थियो।

पुन्टे बुढाले एक टुक्रा मासु मुखमा हुलेर चपाए र लगत्तै रक्सीको गिलाँस आधि सकेर मदनवातिर हेरेर भने-

हातमा चिल्लो लागो, पुछ्न केइ चिज छ?

मदनवाले पुछ्ने चिज सोच्दै भन्यो-

वहि हमि भि सोचिरखेँछु, पुरा तेइल तेइल भएछ हमरो हाथ भि!

मदनवा सोच्दै थियो, कुम्लेले नजिकै राखेको रिट्ठेको डोकोबाट भालेको मुख बाँधेको सुरुवाल झिक्यो र पहिला आफ्नो हात पुछेर पुन्टे बुढातिर बढायो।

बुढाले सुरुवालले हात मजाले पुछे र सुरुवाल मदनवालाई दिँदै कुम्ले तिर हेरेर प्रभाबित नजरले भने-

एल्ले गर्च काम चाइँ, भाले नि ल्याओ पुछ्ने लुगा नि ल्याओ!

कुम्लेले पँहेला दाँत देखायो। मदनवा हात पुछ्न थाल्यो।

दोश्रो पटक बुढालाई छातिको टुक्रा परेछ, एकै पटक दायाँ गाला मुनिबाट बङ्गारामा हुलेर किटिटिटिक्क आवाजका साथ बुढाले भालेको करङ् फोरेर स्वाद मानि मानि चपाउँन थाले। केहि नबोली एकछिनमा गप्ल्याक गुप्लुप गरेर निलेपछि बुढाले गिलाँस उठाए र आधि भरिएको गिलाँस एकै सासमा सिनित्त पार्दै, रिट्ठे तिर हेरे। रिट्ठे दाँत फुक्लेको बुढाले जसरि नरम मासु हल्का ओठ चलाएर चपाउँदै थियो मानौँ अलि स्वाद लिएर चपायो भने ऊ फेरि बेहोश हुन्छ।

बडा मजा आइलियो!

मदनवाले सपेटा तान्न थालतिर हात बढाउँदै भन्यो।

कुम्लेले सित्तैमा भाले ल्याइदिएसी मजा आईआल्छ नि तँलाई!

भन्दै पुन्टे बुढाले हत्त न पत्त मदनवाले उठाउन लागेको सपेटा उठाएर फेरि बङ्गारामा हुले!

अक्क न बक्क भएको मदनवाले हत्त न पत्त अर्को सानो टुक्रा उठाएर खायो र मुख केहि बिगार्यो। पाङ्ग्राको टुक्रा परेछ।

चारैजना गुन्द्रिमा एक अर्काको मुखामुख गरेर बसेका थिए र मजाले मासु खाँदै हात पुछ्दै, मुख पुछ्दै रमाउँदै थिए।

अचानक नजिकैबाट एउटा स्वर आयो-

मदनवा कपाउँडार? कपाउँडार?

सबैको ध्यान खानबाट भङ्ग भयो र सबैले आवाजको दिशामा हेरे। थकित र बिरामी जस्ता देखिएका नेपे बुढा उहि घुँडा सम्म आउने धर्का भएको लामो कट्टु लगाएर सवैलाई वाल्ल परेर हेर्दै मदनवालाई भन्दै थिए-

खै कपाउँडार बाउ, ब्यान देखुन सात पालि भन्दा बडि भओ पखाला ला लाएइ छ, सराद्दे गर्न हिन्या सुर्वाल नि कुन असत्तिलाई कालले लान नसकेर चोरेर लओ, मर्छु कि जस्तो भो, केइ ओखती छ होला? परानै जाला जस्तो भो गाँठे!

यति भन्दै नेपे बुढाले सबैलाई सरसर्ती हेर्दै थुचुक्क गुन्द्रीमै बसे र अगाडि राखेको मासुमा एक नजर दिँदै कुम्लेले मुखको चिल्लो पुछ्दै गरेको सुरुवाललाई हेरे!

कुम्लेलाई मासु सर्कियो र नराम्रो संग खोक्यो!

------


 
Posted on 07-11-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा कुम्लेलाई त पर्नु परेछ नेपे दाजु नि आइपुग्नुभो अब कसरी कुरो मिलाउला कुन्नी? 

कस्तो  जान्या होला भन्या लेख्न नि
"पानीको वाफबाट अनुहार जोगाउन घाँटि अलिकता बाङ्गो बनाउँदै पानी लिएर कुखुरा राखेको ठाउँमा आयो। " ठ्याक्कै कुम्ले स्टाइल हो यो नि ल

हाम्लाई नि खुवाउनु त्यो कुखुरो को भुटन जिम्माल बा। मास्टर्नी माइजुले त सादा खाना ख्वाइन


 
Posted on 07-11-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ बहुते बढीया लिख्नु भयो बिरखे दाजु।

 

कुमल्वाले चुराइके  लियाये थियो मुर्गी? हमीको मालुम हुनेथियो त राम कसम हमी पकवाउदेन थियो।


 
Posted on 07-11-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्लेले अझ धेरै दाँत देखाउँदै भन्यो-

तपाइँकै भाले भन्ठान्नोस, जति खाए नि हुन्च!

पुन्टे बुढाले खुसि भएर उठ्दै भने-

त्यत्तिकै के खाँदाहुम म, हाम्रामा नि झक्किको भाले छ तो काट्या दिन तँलाई रउसि संग ख्वाउँला ल मेरो बचन भो!

 

lol lol lol मेरो डेस्क छेउ बस्नेहरुले पनि के सोचे होलान्।  

 

 



 
Posted on 07-11-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उहि घुँडा सम्म आउने धर्का भएको लामो कट्टु लगाएर सवैलाई वाल्ल परेर हेर्दै मदनवालाई भन्दै थिए-

खै कपाउँडार बाउ, ब्यान देखुन सात पालि भन्दा बडि भओ पखाला ला लाएइ छ, सराद्दे गर्न हिन्या सुर्वाल नि कुन असत्तिलाई कालले लान नसकेर चोरेर लओ, मर्छु कि जस्तो भो, केइ ओखती छ होला? परानै जाला जस्तो भो गाँठे!

यति भन्दै नेपे बुढाले सबैलाई सरसर्ती हेर्दै थुचुक्क गुन्द्रीमै बसे र अगाडि राखेको मासुमा एक नजर दिँदै कुम्लेले मुखको चिल्लो पुछ्दै गरेको सुरुवाललाई हेरे!

कुम्लेलाई मासु सर्कियो र नराम्रो संग खोक्यो!

 

रिट्ठे दाँत फुक्लेको बुढाले जसरि नरम मासु हल्का ओठ चलाएर चपाउँदै थियो मानौँ अलि स्वाद लिएर चपायो भने ऊ फेरि बेहोश हुन्छ।

 

कती सारो हाँस्नु हौ। 



 
Posted on 07-11-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ बहुते बढीया लिख्नु भयो बिरखे दाजु।

पोल कहिले खुल्ने हो जिम्माल बा। हेर्न लायक हुन्छ त्यो सिन चाँही । नेपे बुढाले आफ्नो सुरुवाल चिने कि चिनेनन ? चिनेकै भए, छट्टु कुम्ले ले कट्टु पनि बाँकी न राख्ने हुन कि ?

 


 
Posted on 07-11-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यत्तिकै के खाँदाहुम म, हाम्रामा नि झक्किको भाले छ तो काट्या दिन तँलाई रउसि संग ख्वाउँला ल मेरो बचन भो!

साह्रे सात को दशा लागेको जस्तो छ कुम्ले लाई
मासु खाइसकेपछी - भकुरेको सिन हाल्नु है जिम्बाल
सोझो कुम्लेको ब्यान्द बजाएको हेर्न म मजै आउछ - लौ न


 
Posted on 07-11-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा.... बा.... बबाल गयो ल!!

अब नेपे गुरुले सिध्याउने भए, कुम्ले दाजुलाई !! चिन्दैनन् कि चिल्लो लाग्या सुरुवाल!

"नेपे बा! तपाईंको सुरुवाल रैनछ, यही लगार जानुस्" भन्न बेर छैन कुम्लेदाजुले !!

Last edited: 11-Jul-08 04:09 PM

 
Posted on 07-11-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe dai,
U r superfast yaar, kati chhito chhito lekheko, I have read only two episodes, pahilako padhchhu bhanera aayo feri arko part aai halne........

Katha babaaaal chha, aba ma padhna base hai...........

DNB, I mean Dnt Dstrb

 
Posted on 07-11-08 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Bhutlyauni bhayam nepe ra ma milera kumle lai...aghi mero bhaale bhutlyaako paani baanki chha ki chhaina huh?

Bajje ko kapal bhutlyayesi ta khappar mero jastai dekhindo ho...ani feri haataan "thoo..thoo!!" gardai pyaaaaaatta bajauni ho tesko khapparaan...

tyo bhaale kaatya khukuri ni tetai wori pari chha ni haina? chhapkaaidinchhu bajje laai! BAJRANGA BALI KIIIII...JAI!!!!!!!!

NEPE baaje ko suruwal binaa...half kattu laara, chaini, ke hidchhou cheli beti bhaa gammaan? bhanera, tei half kattu tandina khojeko muni samma...ke tankinthyo? babbalai bhai go ni!

 

 
Posted on 07-11-08 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेले अझ धेरै दाँत देखाउँदै भन्यो-

तपाइँकै भाले भन्ठान्नोस, जति खाए नि हुन्च!

पुन्टे बुढाले खुसि भएर उठ्दै भने-

त्यत्तिकै के खाँदाहुम म, हाम्रामा नि झक्किको भाले छ तो काट्या दिन तँलाई रउसि संग ख्वाउँला ल मेरो बचन भो!” 

 

जिम्माल बा को लेख्ने कला को जती प्रसंसा गरे पनि काम हुने भो।


 
Posted on 07-11-08 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जिम्माल बा,

 कति हसाएको बाबै कुम्लेलाई  पुन्टेदाको भाले चोर्न लाएर फेरि   पुन्टेदालाई नै  खुवाइदेको? पुन्टेदा को बचन चै फेरि कस्तो हसाउने रहेछ 'त्यत्तिकै के खाँदाहुम म, हाम्रामा नि झक्किको भाले छ तो काट्या दिन तँलाई रउसि संग ख्वाउँला ल मेरो बचन भो!”   --

नेपेदा चै  साह्रै सोझो हुनुहन्छ होला। कल्ले के जाती खुवाएछ  नि पखाला नै लागेको?


 
Posted on 07-12-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जिम्माल बाले लेखेको कथा आज बल्ल पढ्न पाइयो। लोल पून्टे दाईलाई त भाले खुवाइयो क्यारे पाप मुक्त भइहालियो। अब नेपे दाईलाई चाँहि त्यहि सुरुवाल दिने कि के गर्ने बिचार गर्नुपर्ला। चेली बहिनीले भनेको जस्तै!! अब सलाइन चढाउने बेला भएका हाम्रा नेपे दाईले सुरुवाल के चिन्नुहोला र! ऐया! कत्ति हाँस्नु हौ!! बबाल छ जिम्माल बा बबाल!! अझ अलिकत्ति बाँकि रहेको भालेको मासु 'पून्टेदाई घरमा भाउजुलाई नि खुवाउनुहोला !' भनेर दिएर पठाउनुपर्ला जस्तो छ! लोल!!

प्ज्न००७ हा हा हा! अब मलाई माथी कमोफ्लगेद् भनेपछि मैले के भन्ने नि? हा हा हा! रिसाएको त पक्कै होइन होला क्यारे! त्यो पून्टे दाईले भालेको बाँकि मासु भाउजुको लागी लगेको बेला भाउजु संगै बसेर फर्सिको मुन्टा अनि भालेको मासु खायौ भने पाप लाग्दैन नि। लोल!

जिम्माल बा! हा हा हा जोन ट्रबल्टा त हाम्रो निशान्त भइहाल्यो नि! लोल म चाँहि स्यामुएल ज्याक्सन नि! हा हा हा अनुहार नि मिल्छ! कालो कालो! ब्रुश विलिस चाँहि पून्टे दाई! लोल!

हा हा हा राहुलदाई! कुम्लेको कट्टु नि बाँकी नराख्ने रे! लोल!! बा---बा!

सिरियलले नि हसाउँछ! मेरो 'ब्यान्द' बजेको देख्ने रे! लोल पोहोर सालै बज्यो क्यारे!

लोल झिल्केले कथा नि पढ्छ कि 'पढ्न बसेँ है' मात्रै भन्छ? जहाँ नि उस्को कमेन्ट यस्तै हुन्छ! लोल! एकछिनपछि चाँहि बबाल रहेछ कथा भनेर जेनेरिक कमेन्ट हानिरहेको हुन्छ! लोल!! बबा---ल छ झिल्के सोम! तोप तान ब्रो तोप तान! लोल! भाउजुलाई सन्चै?

हा हा हा पून्टे दाई! खानेबेलामा आँखा देख्नुभएन अब रिसाएर भो? त्यो बिरामी रिट्ठेलाई भालेको झोल खुवाएर झन धर्म कमाइरहेको बेलामा किन रिसाउने नि? बरु एक कचौरो मासु भाउजुलाई नि लइदिनुपर्छ। हे हे हे!

नसकिने भयो प्रभु! कत्ति हाँस्नु!


 
Posted on 07-12-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बसन्तीको त्यो चिठीमा " रिठ्ठे मलाई तिम्रै गामको ... लाई तिम्रै भिनाजु बनाम्न मुन लाइरच ! जिन्तखिमा भाइ भने नि साथी भने नि एउडा तिमी त छौ ! ... को र मेरो बारेमा तिमी ... सँ र मेरा बा सँ कुरो गर्दिन्चौ कि भन्ने आशमा छु म । अब मेरो आशाको एउडा उज्यालो भन्नु नै तिमी हौ...... " लेखे पो क्या मजा आउँथ्यो !!! बिचरा रिठ्ठेब्रो भन्न पाइन्थ्यो"------------------------------- lol cheli kahani mei twist  lyauna paryo ani po ramailo huncha hai

jimmal ba, hasayera marna aatnu bho..nasakine ba...ba...

kumle, manche ta sojhai ho afno lagi chorya kukhura aru sanga ni share garne...wah wah


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters