[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 205931 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 06-30-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सी मा जी भरेको बखान सुन्दा त जिम्मी सुड्ढा पनि लास्ट् हरिप रइछन्त हौ भन्न मन लाग्यो

यो कथा को सबैभन्दा जेन्टिल हिरो मै रइछु


 
Posted on 06-30-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शबुको पधेंरोको नुहाउनु अघिको सीन त दामी रैछ नि, बिरु। के हो पधेरोंतिर त खुब निरिक्षण र सर्बेक्षणको अनुभव छ जस्तो छ नि।

Just Kidding hai. It's beyond my capacity to explain your writing skill.

Go Biru Go!

झम्फर भन्या कस्तो लुगा हो?

त्यो खोलामा तिन वटा ढुङा राख्ने आइडिया पनि राम्रो लाग्यो। म त निशेले टि हान्छ भनेको त जी मात्र तानेछ।

च्याङ्बाको सीन कहिले आँउछ? कस्तो हेर्न मन लाग्यो।


 
Posted on 07-01-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई- हाहाहाहा राहुलभाईलाई खोज्दै नआवस रे? कुचो कान्ड लेख्ननै छ नआत्तिनोस!

हर्के- तिम्रो नि मस्ति आउँछ चिन्ता नगर!

बिस्टे सम्धीज्यू- यो त रोमान्चक छ तर यस पछिको पढ्न भ्याउनु भएन पढेर हेर्नोस त!

रिट्ठे- पढ पढ दोहोर्याइ तेहेर्याई पढ! :)

चेली नानी- खै गाँजाले लट्ठ छन केटाहरु के गर्छन कुन्नि! रुखस्याक भनेको पछाडि भिरेर हिँड्ने झोला हो।

पर्वते- के रे? केटिले हात नजिक ल्याउँदा सातो जान्छ रे??? झुटो बोल्ने थाहा थियो यति धेरै बोल्ने थाहा थिएन।

लहरे- लोल, पढ पढ अझ पढ!

रिट्ठे- लोल!

क्रेजी- हाहाहाहाहा अब उमेरमा अलिकता नचाहँदा नचाहँदै पनि निरिक्षण जस्तो हुन पुग्ने रहेछ! लोल! धन्यवाद्! च्याङ्बा आउँछ खच्चर डोर्याउँदै एकदिन! झम्फर भनेको मिड्डि जस्तो फ्रक जस्तो स्कर्ट जस्तो कम्मर देखि गोलिगाँठा सम्म पुग्ने लामो लुगा हो!


सबैलाई धन्यवाद्!
अर्को भाग छिटै आउने छ।

Last edited: 01-Jul-08 09:29 AM

 
Posted on 07-01-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dui dui ta aaisakya raichha ... emmaa hajurbaalai ke bho? jhilke ra nishante ani mama milera bachaunu hai.

ma pani aba jimmal baako lekhaiko barema kehi nabhanne, shabdale pugne bha po wahako lekhaiko bayan garnalai.

maaijuko ni ramro chha, pahila padheko ho feri taja bho.


 
Posted on 07-01-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर मलाई त बगाइदिरा भन्या एत्ती चाडै त के मरुला र म,फेरी नातिनी एक्लै हुन्छे मेरो। म यदी गईहाले भने पनि भउते ले हेर्बिचरा गर्ला केरे। ति गजडी हरुले के बच्चाउथे मलाई,सुड्डा लाई लगेको सिन त दामी थ्यो नि हो, भन्दै बस्लान, भौते ले उतार्ला मलाई किनाराँ।
लउ लौ शब्बु को इपिसोड कन्टिनिउ गर्नु पर्‍यो।।
 
Posted on 07-01-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol hajurbalai shabbu ko episode chahiyo re ... sakiena ...
 
Posted on 07-01-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो मामा लाई नबगाइदिनुस् माइला दाई। त्यस्तो जि र सि भन्ने ले के उतार्लान र? उल्टै बगाइदेलान, अर्को हिरो चाहियो जस्तो छ
मामा लौ न सब्बु को एपिसोड कन्टिनिउ गर्ने रे 

झिल्के को बोके दारी भन्दा क्य सुहाएको जस्तो लाग्ने


 
Posted on 07-01-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्मालबा, नियमित रुपले पढ्ने गरेको भए पनि प्रतिकृया लेख्न पाएको थिइनँ। तर एउटो कुरो नि, त्यो सब्बु त सोबर केटो चाहिन्छ भन्दै आँउथि नि हैन र? कहिले देखी यस्तो भइछ हो? त्यसको पनि केही कथा छ कि?

लौ अब ककस्को पालो हो? ठुल्दाइलाई के हुने हो? अहिले नै चौतारीका गाम्लेलाई तास जस्तो देखेर पप्लु टिप्लु भन्ने हो जस्तो भाईसक्नु भो।          

 
Posted on 07-01-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मामा, हिजो त बबालै भा र'च नि।  आजको खोई??

बिस्टे बुढाकै लागी भएनी शब्बु को इपिसोड कन्टिनिउ गर्नु पर्‍यो।।


 
Posted on 07-01-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतीकृया दिनुहुने संग एकछिनमा कुरा गरौँला। पहिला आजको भाग।

 

आजको भाग-- 

झ्यालको डन्डीमा घोप्ट्याएको सलाइन पानीको बोतलको मुखबाट एउटा निश्चित अन्तरालमा पानीका थोपा तप् तप् गर्दै तल पाइपमा चुहिन्थे। कुम्ले एक टकले पानी चुहिएको हेर्दै थियो। उसको मुहारमा आज बिहान देखिको बदमाशी र क्रुरता सधैँलाई हराए जस्तो देखिन्थ्यो र अहिले यो क्षणमा उसको मुहारमा संसारभरिको निर्दोशता व्याप्त थियो। उसको मनले शायद भन्दै थियो, एउटा सानो बोतलमा भएको पानी सियोले घोचेर मान्छेको नशामा छिराउँदा मरेको मान्छे ब्युँतिने यथार्थ उसले बुझेर बुझिनसक्नुको छ।

मदनवा भर्खरै उसको कोठामा गएको थियो।

कुम्लेले बिरामी जाच्ने कोठा चारैतिर हेर्यो। सफा सुग्घर कोठा थियो। एउटा खाट थियो जसमा रिट्ठे सुतेको थियो। अलि पर एउटा काठको दराज भित्तामा टँसाएर राखिएको थियो; शायद औषधीहरु थिए त्यसभित्र। भुइँमा दुईवटा गुन्द्रीहरु थिए जसमा एक भन्दा बढि बिरामी आएमा राखिन्थ्यो शायद। उता दुई भित्ताको कुनामा केहि कागजका बन्द बाकसहरु थिए र त्यसभित्र यो बर्खालाई आइपुगेका औषधीहरु थिए जुन खुलेका थिएनन्।

रिट्ठे शान्त थियो र उसका आँखा बन्द थिए। गाला तथा च्यापुमा रौँहरु बढेका थिए र उसको अनुहार हल्का पँहेलो देखिन्थ्यो।

कुम्लेलाई कोठा भित्रको वातावरण खै किन हो भयावह लाग्यो। ऊ अलिकता खुम्चियो र एक पटक रिट्ठेलाई र धेरै पटक सलाइन पानीको थोपा चुहिएको हेर्दै उठेर बाहिर आयो।

बाहिर शीतल थियो। ठूलो आँगनमा कतै हिलो जमेका थिए त कतै झारहरु उम्रेका थिए। आँगनको डिलबाट तल चौतारी देखिन्थ्यो र अझै तल दोभानेमा खोला टल्किराखेको थियो। पारिपट्टिको बजार तुवाँलोले हो कि कुहिरोले हो ढाकेको थियो र त्यसमाथिको डाँडा तलपट्टि आधि मात्र देखिन्थ्यो, डाँडाको माथिल्लो भाग र आकाश, बादलले गर्दा एउटै भान हुन्थ्यो।

कुम्लेलाई अलिकता हल्का अनुभव भयो। भित्तामा अडेर लाएर टुक्रुक्क बस्यो र खल्तिबाट खैनीको पाउच निकाल्यो। बायाँ हत्केलामा केहि खैनि दायाँ हातले झार्यो र खैनीको पाउच दायाँ हात्केलामा गुजुमुजु पारेर च्याप्दै औँलाले खैनी च्यापेर मुखमा हुल्यो र पिच्च थुक्यो। खैनीको पाउच पहिलो पटक देखेको जसरी त्यसमा भएको चित्र हेर्न थाल्यो।

खेनि खाइरहनु भएछ?

काँधमा राखेको तौलियामा हात पुछ्दै मदनवा बाहिर निस्किएर भन्यो।

कुम्लेले पुलुक्क मदनवालाई हेर्यो र केहि नबोलि खैनीको पाउच मदनवातिर बढायो।

हमि यो खान्देन कुम्ले दाजु, हमि हमरो बिरान्डके खान्छ, उ चुनाको साथमा खाने!

खल्तिबाट एउटा प्लास्टिकको लाम्चो सानो डिब्बा निकाल्दै मदनवाले भन्यो र कुम्ले संगै उसैगरि टुक्रुक्क बस्यो।

कुम्लेले मदनवाले निकालेको सेतो डिब्बा निकै उत्सुकतापूर्वक हेर्यो र हँसिलो मुख बनाउँदै भन्यो-

एल्ले त रिंगाउला के रे नि? अस्तिन माछा मार्न जाँदा हर्केले कताडि ल्या रेछ कुन्नि, खोला बगरमा बसेर च्याप्या थेँ, त्याँटि भनननननन रिंगार भुतुक्कै बनायो मलाई त! अन्खेरुन फालेँ, त्याँसि तीनदिन भात खान नहुने गरेर चहर्यायो!

कुम्लेको कुरा सुनेर मदनवालाई अलिकता हाँसो उठ्यो, हाँस्दै डिब्बाको एक छेऊबाट सुर्ती र अर्को छेउबाट डिब्बाको बिर्कोले अलिकता चुना कोट्ट्याएर हत्लेकामा राख्यो र डिब्बा बन्द गरेर खल्तिमा राख्दै, खैनि हत्केलामा मल्दै भन्न थाल्यो-

खेँ खेँ खेँ कुम्ले दाजु, उ मुहको छाला जो छ उ मरनेको पर्छ पहले, उसको बादमा चुनावाला खेनि जो छ, बहुते आनन्द् दिन्छ।

मेरो चाइँ केइ लाग्दैन डाउडर चुनावाला खइनिसित!

कुम्लेले मदनवाले खैनी माडेको हेर्दै हार खायो।

मदनवाको देब्रे हत्केलामा दाहिने हातको बुढि औँला कुशलतापूर्वक घुमाउरो पारामा चल्मलाउँदै थिए। बेला बेलामा माड्न छाडेर दाहिने हातको चोर औँलाले हत्केलाको छेउ छेउमा पुगेका खैनि सोहोरेर बिचमा ल्याइपुर्याउँथ्यो र फेरि बुढि औँला घुमाउँदै मल्न थाल्दथ्यो। मदनवाले एक पटक दाहिने हत्केलामा देब्रे हत्केलाको थपडि हानेर खैनीको धुलो उडायो र नाक बिगार्यो। कुम्लेले जोडले हाच्छिउँ गर्यो र मुख बिगार्यो।

खार लाएर छिउँ नइँ आयो मेरो त!

अझै मुख बिगार्दै कुम्लेले भन्यो।

खेँ खेँ खेँकुम्ले दाजु तपाइँ बानि परेछेन त छिँकेछ, हमि बानि परेछु हमि छिँकदेन ऐसन खारसे!

हाँस्दै यति भन्दै मदनवाले फेरि एक पटक थपडि बजायो। अघिको भन्दा बढि धुलोहरु उडे र मदनवाले नचाहँदा नचाहँदै जोडले हाच्छिउँ गर्यो!

कुम्ले वाल्ल परेर मदनवालाई हेर्न थाल्यो र जोडले हाँस्यो।

मदनवा पनि मरि मरि हाँस्न थाल्यो!

सला पहलिबार जिन्द्गिमे खेनिके खारसे छिँक आयो!

मदनवाले भर्खरै गरेको गफ झूटो साबित होला भनेर आफैँलाई जोगाउने कोशिस गर्दै भन्यो र औँलामा खैनी च्यापेर मुखमा हुल्यो।

कुम्ले मदनवाको अनुहारमा अझै वाल्ल परेर हेर्दै थियो मानौ मदनवा कुनै अर्कै ग्रहबाट आएको प्राणी हो!

मदनवा केहि सम्झे जस्तो गरेर जुरुक्क उठ्यो र कुम्लेतिर हेरेर भन्यो-

दाल रखेथिएँ चुल्होमे देइखके आवँछु, तपाइँ रिठे दाजुको देख्न जानुहोस!

कुम्लेलाई भित्र जान मन थिएन। भित्र रिट्ठे बेहोश थियो र संसारकै सवैभन्दा नरमाइको दृष्य सलाइनपानिको थोपा चुहिँदै बेहोश रिट्ठेको हातमा छिरेको दृष्य थियो। उसले मदनवाले भनेको सुने नसुन्यै गर्यो। मदनवा उत्तरको प्रतिक्षामा कुम्लेलाई हेर्न थाल्यो।

कुम्लेले मदनवालाई हेर्यो। ऊ मदनवालाई दिने जवाफ खोजिरहेको थियो शायद, त्यहिबेला भित्र रिट्ठेले बिस्तारै कनेको जस्तो,कराएको जस्तो, रोएको जस्तो आवाज आयो। कुम्ले जुरुक्क उठ्यो। मदनवा रिट्ठेलाई राखेको कोठातिर लम्कियो, कुम्ले पछि पछि लाग्यो।

रिट्ठेका आँखा आधि खुलेका थिए र सुकेर पाप्रा जस्तो देखिने ओठमा बेला बेलामा जिब्रो फिराउँदै थियो।

झन्डै मर्या थिस तँ बजिया!

कुम्लेले ठूलो स्वरमा रिट्ठेको नजिक जाँदै सलाइनपानीको बोतल हेर्दै भन्यो।

केहि भए थिएन रिठे दाजु, उ डिहइडरेसन भए थियो कुम्ले दाजु तपाइँको हियाँ लियायो, हमि सैलन चढायो अब सब ठिकठाक हुन्छ सैलान सकनेको बादमा!

रिट्ठेले के भएको याद गर्ने कोशीस गर्यो। उसलाई ऊ बेहोश हुनुभन्दा पहिला कुम्लेले झुकेर हेरेको याद आयो। केहि नबोलि फेरि आँखा चिम्लियो; शायद जिउँदै छु भनेर ढुक्क भएको थियो।

तपाइँ आरामसे सुत्नुस रिठे दाजु सैलान सकनेको टेम लाग्छ उठनेको हुन्देन! हमि उधर खाना बनावँदे छ, सैलान सकनेको बादमा तीनजने मिलके खना खाने तपाइँ तग्डा हुन्छ!

मदनवाले सलाइनपानीको मात्रा हेर्दै मनमनै समय लाग्ने अनुमान गरेर भन्यो र ढोकातिर लम्कियो।

रिट्ठेले सहमतीमा अलिकता टाउको हल्लायो।

कुम्लेले केहि नबोली एकपटक रिट्ठेलाई हेर्यो र मदनवाको पछि लाग्यो।

बाहिर निस्केर एक पटक लामो सास तान्यो कुम्लेले र भित्तामा अडेस लाएर उभियो। मदनवा आफ्नो कोठाभित्र छिर्यो।

खै किन हो कुम्ले अब ढुक्क देखिन्थ्यो। कुम्ले सोच्न थाल्यो। अचानक उसलाई डोको र त्यसभित्र राखेको भाले याद आयो।

रिट्ठेलाई होश आइसकेको थियो र कुम्लेले भाले राखेको डोको उसैको थियो। शायद रिट्ठेले बेहोश हुनु भन्दा अगाडि कुखुरा पनि देखेको थियो। यहाँ कुरा लुकाउनु उसलाई ठिक लागेन। भित्र बाट मदनवाले बनाएको दालको बास्ना आईरहेको थियो। उसलाई भोक लागेको अनुभव भयो। उसको दिमाग चल्न थाल्यो। मनवालाई भालेको बारेमा जस्तो कुरा पनि ऊ बनाएर भन्न सक्थ्यो र रिट्ठे बिरामी थियो, उसले यहाँ नल्याएको भए बाटोमै मर्न सक्थ्यो। यस अर्थमा रिट्ठेले उसको उपकारको बदलामा भालेको कुरा थाहा पाइहाले पनि लुकाउनु पर्दथ्यो। बिहानै देखि धपेडि परेको थियो उसलाई र उसको भोक बढ्दै थियो। आधा दिन भैसकेको थियो र यहाँबाट घर पुगेर भाले पकाएर खान दिन पुरै बित्न पनि सक्थ्यो। ऊ डोको तिर लम्कियो र घुम हटायो। भित्र भालेको मुख सुरुवालबाट फुत्किएको थियो तर भाले चुपचाप थियो। उसलाई भाले मर्यो भन्ने लाग्यो र हात बढायो। उसको हातले भालेलाई स्पर्ष गर्नासाथ भालेले आवाज निकाल्यो। भाले जिउँदै थियो र शायद छोपेदेखि गिजलेको भएर हो थाकेको थियो। उसके केहि बेर केहि सोच्यो। उसले भालेको दुबै खुट्टा समातेर हातमा झुन्ड्यायो। भाले एक पटक फट्याक फुटुक गर्यो र चुप लाग्यो। भाले झुन्ड्याउँदै ऊ मदनवाको कोठातिर गयो।

भित्र मदनवा कसौँडिमा दाल घोट्दै थियो।

डाउडर!

कुम्लेले ढोकामा उभिएर बोलायो।

मदनवाले फर्किएर ढोकातिर हेर्यो। कुम्लेको हातमा झक्किको रातो भाले देखेर अवाक भयो।

ल यो बेच्न निस्क्या थेँ, रिट्ठे बजिया मर्न लागो बनेर यतै ल्या को, भोक नि लागो, काटकुट पारेर बनाम्न मिल्ने भ बनाम के रे, खार बाँकि भा मासु चाइँ मलाई चाइँछ नि फेरि?!

दाँत देखाउँदै मदनवातिर हेरेर कुम्लेले भन्यो।

मदनवाको मुहारमा खुसि र तीव्र मासुको भोक देखियो! अत्यन्त उत्साहित भएर जुरुक्क उठ्यो र भन्यो-

जायकेदार भाले लियावनुभएछ तपाइँ, हमि काइटके मसाला वसाला डाइलके बनावँछ!

मदनवा कुम्ले तिर आयो र पहिले भन्दा झन उत्साहित हुँदै भालेतिर हेर्दै भन्यो-

बडावाला भाले छ, हमि तीनजने भरपेट खाइके भि बहुते मासु बचनेको छ तपाइँके घइर लानेको लागि!

अचानक कुम्लेले मन परीवर्तन गर्ला भन्ने डरले मदनवाले भन्यो।

ल खाम खाम भोक लागेर आन्द्रा छुत्ति खेल्न थालिसको मेरो त!

कुम्लेले भित्र पस्दै भन्यो।

भइहाल्छ कुम्ले दाजु, तपाइँ बस मारनेको काम गरिदिनुहोस, काटने वाटने पिस बनावने काम हमि करिहाल्छु!

मदनवाले भाले मार्न डराएर भन्यो र कुनामा राखिएको खुल्ला दराज जस्तो ठाउँबाट एउटा खुकुरि निका्दै कुम्लेलाई दियो।

कुम्लेले बायाँ हातले खुकुरी लियो र दायाँ हातले भाले झुन्ड्याउँदै बाहिर गयो। मदनवाले चुल्हो बाट दालको भाँडो निकालेर एकातिर राख्यो र एउटा डेक्चिमा गाग्रिबाट पानी सारेर चुल्होमा बसाल्यो, एउटा प्लास्टिकको बोरा लियो र बाहिर आयो।

आँगनमा अलि पर कुम्ले मदनवालाई कुरिराखेको थियो। मदनवा पुग्यो र आँगनमा बोरा ओछ्छ्यायो।

अचानो छइन डाउडर?

कुम्लेले खुकुरी बोरामा राख्दै सोद्धयो।

अभि लियावँछु कुम्ले दाजु!

मदनवाले केहि सम्झे जस्तो गर्यो र लगभग दौडेर भित्र छिर्यो र एउटा डल्लो अग्राखको अचानो लिएर आयो र बोरामा खुकुरि संगै राख्यो।

कुम्ले टुक्रुक्क बस्यो र भालेको दुवै खुट्टा आफ्नो दायाँ खुट्टाले थिच्यो। भाले अलिकता छट्पटायो। पखेटा पहिलेदेखि नै खप्टिएका थिए त्यसैले फडफडाउन पाएन।

मदनवा निकै उत्सुकता पूर्वक हेरिराखेको थियो।

कुम्लेले अचानो अलिकता अगाडि सार्यो। दायाँ खुट्टाले भालेको खुट्टा थिचेकै स्थितीमा देब्रे हातले भालेको मुख च्याप्प समात्यो र अचानोमाथि लगभग टाँसेर तन्काएर राख्यो । भाले हल्लिन सकेन।

खुकुरी दाबबाट झिक्नुस त डाउडर?

उसले त्यहि स्थितीमा मदनवालाई भन्यो।

मदनवाले उस्तै उत्सुकताका साथ दाबबाट खुकुरी झिक्यो, अगाडि राखिदियो र आँखा झिमिक्क नगरि हेर्न थाल्यो।

कुम्लेले दायाँ हातले भालेको गर्धनको प्वाँख केलायो र माथिपट्टिका केहि प्वाँख जोडका साथ लुछ्यो। साना साना मसिना भुवाहरु एकछिन यता उता उडे। उसले दाहिने हातले खुकुरी समात्यो। देब्रे हातले भालेको टाउको देब्रेतिर अचानोमा टाँस्दै तन्कायो र दाहिने खुट्टाले भालेको खुट्टा थिचेर केहि दायाँ तर्फ तन्कायो। दाहीने हातमा खुकुरी केहि माथि उचालेर भालेको गर्धनमा जोडले हान्यो, हात र खुट्टामा उसले लगाएको बल छाडिदियो। भाले दुई टुक्रा भयो र भालेको शरीर बोरामा केहि बेर फड्फडाउन थाल्यो। अचानोमा अलिकता रगत पोखियो र सेतो प्लास्टिकको बोरामा धेरै रगत पोखिए।

हँसिलो मुख लिएर कुम्लेले मदनवा तिर हेर्यो। मदनवाले अझ हँसिलो मुख लिएर कुम्ले तिर हेर्यो।

केहि बेर मै भाले फड्फडाउन बन्द भयो र मासुमा परीवर्तन भयो।

कुम्लेले खुकुरीमा लागेको रगत भालेको पेटको प्वाँखमा पुछ्यो र खुकुरी दाबभित्र हुल्यो।

ss! पानी त उमाल्या छ?

कुम्लेले केहि सम्झे जस्तो गरेर मदनवातिर हेर्दै भन्यो।

बाहिर आवनेको टेममा चुल्होमा रइखके आएको , तात्दे छ!

हँसिलो मुख लगाउँदै उत्सुकतापूर्वक मदनवाले उत्तर दियो र यता उता हेर्न थाल्यो।

आँगनको डिलको बाटोतिर हेर्दै मदनवाले झन हँसिलो मुख बनायो र अझ रमाएको जस्तो देखियो। कुम्लेले मदनवालाई हेर्यो र मदनवाको आँखा बाटोतिर लागेको देखेर बाटोतिरै नजर घुमायो। कुम्लेलाई आफ्नो मुटुको धडकन अचानक बढे जस्तो लाग्यो। ऊ किर्कर्तव्यविमूढ देखियो र बेचैन देखियो। आँगनको डिलको बाटोबाट पुन्टे बुढा यतैतिर आउँदै थिए!

------


 
Posted on 07-01-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला!! मार्ने भए अब पुन्टेले कुम्ले दाजुलाई!!!

 


 
Posted on 07-01-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle darako??? kasto darpok raichha, chorni bela chorni ani ahile darauni? madanawalai nafasau hai feri.

ritthe lai thik huna thalechha la ramro bho. :)


 
Posted on 07-01-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho yo error le sataunu satayo. :(

Last edited: 01-Jul-08 12:22 PM

 
Posted on 07-01-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा को यो खण्ड त बडा मार्मिक रहेछ। हिजो को जस्तो झिलिमिली सीन राख्नु परो।  
 
Posted on 07-01-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मासु खान लारैछ र पो -
एउटा काम गरिदिनुपरो जिम्बाल - मासु पाकिसकेपछी
खाने ट्याम्मा मलाई त्यहाँ टुप्लुक्क पुर्याइदेउन - मासु भात बजाउन मुन लाग्यो क्या।
एती गर्देउ न बाइ,

कुम्ले ले ब'बाल भेट्छ जस्तै छ - तर मेरो बिचारमा अहिले नै भेट्दैन - अहिले चाँही
पुन्टे बुढा पनि फोकट मा पोका मासु भन्दै ग्वाम ग्वाम घिच्छ - हेर्दै जाउ न - पछी मात्र
थाहा पाउछ।

फेरी बिस्टे बुढा कती पाट्या भन्या - खोलाले बगार लान लाछ - नतिनिलाई भोकै सुताछ,
आफुले नि दुई दिन देखी केही खा छैन - एस्ता कुराको वास्ता गर्न छोडेर - शब्बु को इपिसोड कन्टिनिउ गर्नु पर्‍यो रे,
बुढा हरु तेस्तै हुन्छ कि क्या हो - फोर एक्जामपल - जिम्बाल भन्नै परेन - यी बुढा हरु भन्दा त हाम्रै ठुल्दाइ जाती चिलिम र एक्काइस पत्ती भएछी केही चाहिदैन - 
 


 
Posted on 07-01-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा को बखान गर्न मैले नि गिभ अप दि सके।
मदन्वाको क्लिनिक भएको ठाउँ कस्तो छर्लङ देखेँ , अनी भित्र बाट दाल को बास्ना आको, कुखुरा मार हान्य,हरेक डिटेल एकदमै सिनेमा हेरेको जस्तो छ्।
पुन्टे ले नि लुछ्ने भो आफ्नै भाल्या सपेटो। 
ए केटा केटी हो किन जिस्काउछौ ए यो बुढो लाई , तिमी हरु को मन चै मन, बुढो को मन चै अग्राख को काठ, उता नातिनी एक्लै छे, उस्लाई नि साथी हुन्छ भनेर पो त,हेर्नलाई पैसो पर्दैन केरे,सम्धी ज्यु ले सित्तै मा देखैइ दि हाल्छन, तिमी हरु को के टाउको दुखई ह्ँ। 

लहरे कत्ती न ठुल्दाइ को बखान गर्ने भा थ्यो नि 
"यी बुढा हरु भन्दा त हाम्रै ठुल्दाइ जाती चिलिम र एक्काइस पत्ती भएछी केही चाहिदैन "
ठुल्दाइ :हिजो को जस्तो झिलिमिली सीन राख्नु परो।
ठुल्दाइ हाउरो कुम्ले भन्दा नि सोझो हुनुहुन्छ तर उभिँदा खेर


 
Posted on 07-01-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउच..
डबल पोस्टिङ्

Last edited: 01-Jul-08 02:03 PM

 
Posted on 07-01-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भालेको सुप खाए पछी त बलियो हुन्छ होला नि अनी त्यो पर्बते, हर्के, लहरे कसैलाई बाँकी राख्दिन !
 
Posted on 07-01-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oouch Triple posting :-D

Last edited: 01-Jul-08 02:16 PM

 
Posted on 07-01-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Confused confused

Ritthe bro ko paisa chorne ta Deep ra harka dai po! parbate ra lahare lai kina baaki narakhne?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters