आज साह्रै हतार भयो साथीहरु, केहि लेख्न भ्याइएन।
कुरा पछि गर्छु अहिलेलाई--
अब आउने भागका केहि अंशहरु--
…..ठुल्दाई फटाफट हिँड्दै थिए तर पनि नेप्चिलाई भेट्टाउन बुढालाई गाह्रो भैराखेको थियो। चुरोटको तलतल अब घर गएर पाइने मुखको झटारोको कल्पनाले उहिले नै हराइसकेको थियो। अचानक केहि भिजेको जस्तो र केहि चिसो अनुभव भयो बुढालाई सुरुवालमा तिघ्रा निर। एकछिन टक्क अडिएर बुढाले सुरुवाल हेरे। बुढा एक पटक आत्तिए। बल्ल बल्ल सबै पैसा हारेपछि उधारो ल्याएको तेलको बिर्को उनले थाहा नपाइकन कतिबेला खुलेर झरेछ र नेप्चिलाई हेरेर पछि पछि लगभग दौडँदा आजको भुटुनले बुढाको सुरुवाल भिजाएछ!.........
-----
…….आज बिहानै देखि चेलिमायाको मन हलुका थिएन। मंसिरमा बिहे गरेर यो गाउँमा आएदेखि नै उसको मन कहिले रमाउने र कहिले दुख्ने भैरहेको थियो। छ महिना भन्दा बढि भैसकेको थियो बिहेको, तर पनि उनलाई कहिले आफ्नो लोग्ने अत्यन्त मायालु र उनको हेरचाह गर्ने मरिमेट्ने लाग्दथ्यो त कहिले नितान्त अपरिचीत तथा कडा। उनि सकेसम्म पति र घरका अरु सदस्यलाई खुसि बनाउने भरमग्दूर कोशीस गर्दथिन तर निकै पटक उसलाई कसैले नबुझिदिँदा उनको मन रुने गर्दथ्यो र सात डाँडापारिको आफ्नो माइती सम्झेर एक्लै धुरुधुरु रुन्थिन्।……
………..प्यारो रिट्ठु,
टुकिको रातो उज्यालोमा म दुखि बअन्ति सेतो कागतमा निलो मसिले चिठि लेख्तई छु। जिन्तखिमा कइलेई केई राम्रो लाएन मलाई! ब्यान ब्यानै देखुन पारिको तिम्रो गामको भित्तो देखेर मन रित्तो हुन्च। दोभानेको खोलो सुसाम्दा पनि आफ्नै आँखो रसाम्छ।…….
-----
……“तितौरीssss!”
बुढाले फेरि बोलाए।
यसपटक तितौरीले सुनिन् र दौडँदै फलैँचातिर आइन्।
“यामानकि ठूलि भइसकि तै नि केटाकेटि अस्तो फिरफिरे खेलेर बस्छे ए हाउँरि नातिनी!”
बुढाले आउँदै गरेकी नातिनीलाई प्रफूल्ल मुद्रामा हेर्दै भने।
“उता जा खैरे, अइले मार्दिन्छु अनि!”
तितौरी फलैँचातिर आउँदै गर्दा तल बसेको कुकुरलाई भनिन् र कुकुर जुरुक्क उठेर अल्छि मानेको जस्तो गरि पुछ्छर हल्लाउँदै जम्मा दुई हात जति मात्र पर गएर पहिलेकै स्थितीमा बस्यो।
तितौरीले फलैँचाको डिलमा उभिएर दुवै हात फलैँचामा राख्दै, बुढाको अनुहारमा टुलुटुलु हेर्दै सोधिन् सोधिन्-
“किन बोलाउनुभा हजुर्बा्?”
नातिनीको चंचलतामा बुढा फेरि एक पटक आनन्दित भए र सोधे-
“ तिमी कति बर्खकी भयौ रे बा?”
तितौरीको मुहार चम्कियो र भनिन्-
“दस बर्स… हइन हइन एगार बर्स!”
“ ल हेर कति ठूली भैसकि मेरि नातिनी”
यति भन्दै बिर्खै बुढाले हुक्काको पानी भर्ने भाग छुट्ट्याए र तितौरीलाई दिँदै भने-
“ ल बा यो हुक्कामा पानी भरेर ल्याइदेऊ त हजुर्बालाई?”…….
………दोश्रो पटक बुढालाई छातिको टुक्रा परेछ, एकै पटक दायाँ गाला मुनिबाट बङ्गारामा हुलेर ‘किटिटिटिक्क’ आवाजका साथ बुढाले भालेको करङ् फोरेर स्वाद मानि मानि चपाउँन थाले। केहि नबोली एकछिनमा गप्ल्याक गुप्लुप गरेर निलेपछि बुढाले गिलाँस उठाए र आधि भरिएको गिलाँस एकै सासमा सिनित्त पार्दै, रिट्ठे तिर हेरे। रिट्ठे दाँत फुक्लेको बुढाले जसरि नरम मासु हल्का ओठ चलाएर चपाउँदै थियो मानौँ अलि स्वाद लिएर चपायो भने ऊ फेरि बेहोश हुन्छ।
“बडा मजा आइलियो!”
मदनवाले सपेटा तान्न थालतिर हात बढाउँदै भन्यो।
“कुम्लेले सित्तैमा भाले ल्याइदिएसी मजा आईआल्छ नि तँलाई!”
भन्दै पुन्टे बुढाले हत्त न पत्त मदनवाले उठाउन लागेको सपेटा उठाएर फेरि बङ्गारामा हुले!..........