Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 206030 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 07-16-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे जितौरी मलाई नि देउ ल!!

 
Posted on 07-16-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-16-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli fupu, lahare kaka jitauri malai ni hai.
 
Posted on 07-16-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यहाँ आउ चेली - ल जितौरी -
ल तिमीलाई चार सुका  ओरेन्ज बल  किनेर खाउ है, म्याँगो टार्ट नि आउछ तेती पैसा ले त - है 
अर्की खोइ जित्न पाछैन जितौरी माग्ने -
 
Posted on 07-16-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को आइन - चेली वो चेली एउटा ओरेन्ज बल सान्नानी लाई नि देउ है - मिलेर खाउ नि फेरी
 
Posted on 07-16-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा!

'अले मिस ए न याउला - थम: माचा एन्का - अज' --के भनेओ त्यो  माइली आमैलाई भनदिन्चु (क्यार्नु र नबुझेसि यस्तो हुने रे'छ  मुया अरेको हो कि गालि अरेको हो केइ थाहा छैन बाबै!)


 
Posted on 07-16-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुया गरेकै हो - गाली गरेको पक्कै होइन ल -
नाकको टुप्पो को छेउनिरै रैछ, मिस को रिस पनि - अनी फरी मिस को रिस भन्या चाँही को नि
कुरा बुझ्या होइन आफुले - छु धाउ, छु धाउ का
 
Posted on 07-16-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimmal ba yo ni daami gayo.

"आफ्नो अगाडि स्वाँ स्वाँ गरेर ठूला ठूला आँखाले आफूलाई हेरिरहेकी नेप्चिको रणचन्डि जस्तो रुप देखेर ठूल्दाई डराए र काला दाँत देखाउँदै हाँसेर भने-

म जानै ला थेँ घर, तैँ एता आइछेस् अरु नि केइ किन्नु पर्ने सम्जिस कि?”"


 
Posted on 07-16-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे बाउचा, जितौरी बाँडेर पैसा सक्काउने हैन। आज साउने संक्रान्ती छ, भरे छोयला ऐला खुवाउन परेन हामीलाई?   

 
Posted on 07-16-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बाको तिनोटै कथा पढियो!

बिचरी चेलीको कस्तो माया लाएर आयो नारन! माइतीलाई साह्रै पिर पर्छ बाबै आफ्नो चेलीबेटीको यस्तो कथा पढ्दा! तर धन्न हाम्रो अतुल ज्वाइँसाब राम्रो हुनुहुन्छ र मात्रै! चेली, साह्रै दुखो हो तिम्रो खुट्टा? च्व... च्व... च्व...!

आजको कथामा नेप्ची भाउजुको साह्रै माया लागेर आयो। हत्तेरिका! कस्ता कस्ता हुन्छन् मान्छेहरु! हैन हाम्रो ठुल्दाईको दिमाखको बत्ति कहिले बल्छ? त्यस्ती माया गर्ने लक्ष्मी जस्ती श्रीमतिले "नखेल्नुस" भनेपछि त सक्किगो नि किन खेल्नुपर्यो फेरि फेरि? हेर त कुन ब्यथाले समाएको छ हाम्री भाउजुलाई। ल डाउडर कहाँ चाँडो लैजाने बेवस्था गरुम! कुखुरा सुखुरा चोरेजस्तो गरेपनि मन त हाम्रो कमलो छ नि। बरु पैसोको जोहो हामी गरौँला! लैजाम डाउँडर कहाँ।

लोल! कैले साउले खकारलाई चुइगम जस्तै चपाइरहेको रहेछ! हा हा हा!

बिस्टे बुढालाई खोलाले बगाउनै लागेछ हत्तेरिका! गालेको एन्ट्री हुनेबेलामा कथा रोकिएछ क्यारे! ल अर्को एपिसोडमा गाले हिरो हुनेभयो!

ल धेरै राम्रो गइरहेको छ है कथा!

चौतारीका सबैजनालाई यहिँ नमस्ते गरेँ है त!

:-)


 
Posted on 07-16-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

Last edited: 16-Jul-08 04:22 PM

 
Posted on 07-16-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन त्यात्रो जितेर एउटा ओरेन्ज बल मात्र दिने रे? यो लहरे कस्तो लोभि
 
Posted on 07-16-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ सबै पैसो बाड्नु - हरी बिजोग हुँदैन आफ्नु
चार सुका देको हो - चार वटा ओरेन्ज बल किनेर बाँडेर खान्छ ।

अनी हाम्रो त छदैछ नि चिप्ले - छोएला, एला मात्र होइन - कचिला अनी भुटान नि छ
जितेको पैसो ले एसरी खुवाये पो जहिले नि जितिन्छ - कि कसो


 
Posted on 07-16-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, कथा बही रहेकै छ। मौका मिले सम्म यो सुन्तले ले पनि कथा पान गरिरहेकै हो। खाली तो प्रतिकृया लेख्न नभ्याएको थियो। आज यो २-४ शब्द पनि एही बिसाए। जय होस बिर्खे दाइको।

 
Posted on 07-16-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमेन्ट गर्नुहुनेलाई प्रतिकृया पछि, अहिले

अझ अर्को पाटो-

हेर् हेर् सुड्डो गयो जस्तो छ हौ!

निशान्तले आँखा च्यातेर बिस्टेबुढा डुब्न लागेको हेर्दै केहि डर मिश्रित स्वरमा भन्यो।

झिल्केका आँखा, अघि देखि त्यतै थिए। ऊ केहि बोलेन। अवाक् भएर केवल प्रकृतीको सानो तान्डव हेर्न थाल्यो।

पर, भउते खोलामा उभिएर खोलाको बहावसंग संघर्ष गर्दा हल्का हल्लिएर दुवै हात उठाउँदै कराइराखेको थियो, तर उसको चिच्याहट खोलाको गडगडाहटमा विलिन हुँदै थियो।

दुवैका अनुहार पँहेला देखिन्थे र थाहा हुन्थ्यो एकछिन अघिसम्म गाँजाको नशामा मातेका यिनिहरु अहिले नजानिँदो किसिमले डराइरहेका थिए।

दुबैलाई थाहा  थियो, कुरा गर्दा मानिसहरुलाई थर्काउँदा जे जस्तो बोले पनि, अहिले सम्म चलचित्रमा बाहेक उनिहरुले यस्तो दृष्य देखेका थिएनन्।

अचानक उनिहरुले कोहि उनिहरुको समिपबाट दौडिएको चाल पाए।

बिस्टे बुढा बग्दै गरेको हेरिरहेका निशान्त र झिल्केले झस्किएर दौडँदै गरेको गाउँलेलाई हेरे।

गाउँले उनिहरुले हेर्न नभ्याउँदै खोलामा पस्यो र पौडिन थाल्यो।

उनिहरु झन अवाक भएर हेर्न थाले।

खोलामा पसेको गाउँले र बिस्टे बुढा कहिले डुब्दै कहिले उत्रिँदै क्रमश: नजिक हुँदै गरेको उनिहरुले देखे। उनिहरुले हेर्दा हेर्दै गाउँलेले बुढालाई पारी किनारमा लग्यो र भुइँमा लडायो।

उनिहरुले देखे भउते अब किनार तिर फर्कँदै छ।

मोर्यो जस्तो छ है?

निशान्तले एकटकले पारि हेर्दै झिल्केलाई भन्यो।

हो जस्तो छ, लाश निकालेको जस्तो छ, त्यो अघि खोलामा कराउने गाउँलेले यो गाउँलेलाई हात दिएर बोलाएको रैछ!

झिल्केले अनुमान लगायो।

निशान्त अनुहारमा भयमिश्रित भाव लेराउँदै बोल्यो-

हामिले मान्छे मोरेको देख्यो हौ आज!

झिल्के केहि बोलेन।

त्यो अघि कराउने गाउँले लाशलाई हेर्दै छ हौ!

निशान्तले भउते बिस्टे बुढाको शरिरमा झुकेको देखेर भन्यो।

झिल्के फेरि केहि बोलेन। उनिहरुले हेर्दा हेर्दै एकछिन अघिसम्म खोलामा हिँडिरहेको मान्छे मरेको यथार्थ उसको थियो जसले गर्दा ऊ भय ले चुप थियो।

पर्वतेले चिठि पठाएर गाउँ निकै रमाइलो छ र गाउँमा भने जस्तो गर्न पाइन्छ भनेपछि उनिहरु एकदिन पनि ढिलो नगरि गाउँ हेर्न आएका थिए र अघि सम्म आज बेलुका कुनै धोबिनीको पसलमा पर्वतेले बयान गरेको जुरेली नामक षोडशीको सामिप्यमा रक्सिको नशामा झुम्ने कल्पनामा मग्न थिए। तर अहिले उनिहरुको अगाडिको दृष्य र उनिहरुको अवश्था हेर्दा लाग्दथ्यो, शायद उनिहरु जीवनमा कहिले पनि यो खोला तर्ने साहस गर्न सक्दैनन्।

आफ्ना कुरा र हाउभाउले शहरको टोलमा दादागिरी देखाउनेहरु आज खोलाको दादागिरि देख्दै थिए। कलेजका क्यान्टिनमा साहसको खोक्रो आडम्बर देखाउनेहरु, आज बर्खाको गड्गडाउँदो खोलाको जङ्घार छिचोल्ने साहस भएका गाउँलेहरु देख्दै थिए। बहादुरीको नक्कलि कुरा गर्नेहरु आज एउटा गाउँलेले जीवन जोखिममा पारेर डुब्न लागेकोलाई बचाएको वास्तविक बहादूरी देख्दै थिए!

------

त्यो कुनै शक्ती नै थियो जसले अचानक गालेको मनमा भएको डर तिरोहित गरेको थियो र डुब्न लागेको बिस्टे बुढालाई बचाउने भावनाले ऊ लुगा समेत नखोलि गड्गडाउँदो खोलामा हामफालेको थियो। खोलामा पस्न बेलामा ऊ, ती दुईजना अवतारीहरुको नजिकबाट पसेको थियो र उसको सोचाईबाट धेरै पर, उसले ती अवतारीहरुको अनुहारमा अघिसम्म उलाई लागेको भन्दा निकै ठूलो डर देखेको थियो। उ सकेसम्म छिटो बुढालाई भेट्टाउने आशामा निकै बलपूर्वक बाँकटे हान्दै थियो। उसलाई केवल एउटै डर थियो अहिले, ऊ खोलाको बिचमा पुग्दा बिस्टे बुढालाई खोलाले ऊ भन्दा तल पुर्याउँछ कि भनेर। गाले बुढा कहिले उत्रने कहिले डुब्ने गरेको हेर्दै छिटोछिटो पौडिरहेको थियो।

उ बिचतिर पुग्यो त्यहिबेला बुढालाई खोलाले उसको नजिक केहि पलको लागि सतहमा देखाएर फेरि डुबायो। उ त्यतै पौडियो र हातले बुढालाई समात्ने प्रयास गर्न थाल्यो। उसका हातले बुढाको पाखुरा भेट्यो र उसले समात्यो। लगत्तै उसले महशुस गर्यो बिस्टे बुढा बाँच्ने आशामा उसको शरिर समात्न खोज्दैछन्। उसले निकै कुशलतापूर्वक केहि पलको लागि बिस्टे बुढाको पाखुरा छोडिदियो र घुमेर खोलाको माथिपट्टि पौडियो, लगत्तै फेरि हात बढाएर बुढाको कपाल समात्ने कोशिस गर्यो र उसका हातले बुढाको गर्धन समाते। उसले हात बढाएर बुढाको कपाल बलियो संग समात्यो र बुढाको टाउको पानीको सतह माथि ल्यायो। आफू खोलाको माथिपट्टि नै रहेर बुढाको बाँकि शरीर खोलाको तलपट्टि लडन दिएर कपाल समात्दै पौडँदै पारिपट्टि गयो र किनारमा पुगेर बुढालाई बगरमा सुतायो र आफू उत्तानो परेर निकै जोड जोडले स्वाँ स्वाँ गर्न थाल्यो। अत्याधिक शारीरीक परिश्रम परेकोले होला उसलाई मुटु पोलेको भान भयो। ऊ आँखा चिम्लेर उत्तानो परेर बालुवामा लडेर सास फेर्न थाल्यो। उसले थाहा पायो भउते किनारमा फर्केर दौडँदै बुढा नजिक आएर बुढाको छाति थिच्दै थियो।

ऊ निकै बेर यत्तिकै पल्टियो। केहि समयपछि उसको स्वाँ स्वाँ घट्न थाल्यो र उसले पल्टेर बुढा पट्टि हेर्यो भउतेले बुढालाई पानी छदाउँदै थियो। ऊ उठेर टुक्रुक्क बस्यो र भउते तिर हेर्यो।

जिम्दै छन्, सास फेर्दै छन्…..एक गाग्रि जति छादे होलान्!

भउतेले गालेको आँखाको प्रश्न बुझेर उत्तर दियो र बुढा नजिकै बालुवामा थ्याच्च बस्यो।

गाले फेरि उत्तानो परेर बालुवामा पल्टियो र आँखा चिम्लेर लामो सास फेर्न थाल्यो।

----


 
Posted on 07-16-08 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hijo chelimaya ko dukha dekheyara senti bhako  -- ani ti budha baaje aba kholaa bagne nai bhaey  

ae budha baa lai rescue ni gari sakeychan.

Last edited: 16-Jul-08 04:46 PM

 
Posted on 07-16-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यसपाली आफ्नो यो हबिगत भयो, अब बिर्खे बुढाको नि माइली बज्यैले लट्टु घुमाए जस्तो घुमाएको हेर्न पाओस पर्भू।

 
Posted on 07-16-08 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ बौचा खोइ त्यो जितेको पैसो बाट १ फुल शिवस रेगल ले'र आउत जाउ ! बजाउनु पर्‍यो आज !
 
Posted on 07-16-08 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले जितेछ सबै पैसा अब जितौरी त दिने होलानी?
छ्या त्यो कैले साहु को भाग पढ्दा त कस्तो गाह्रो भयो। झन खाँदै पढिराथे, खाएको खान पनि उल्टो निस्केला जस्तो भयो कती फोहरी बुढो
गालु ले बचायो जस्तो छ मेरो मामालाई।

ठुल्दाइ अब त्यो धेरै तास खेलेर भाउजुलाई दु:ख नदिनु है भन्देकी छु  बिचरी भाउजु


 
Posted on 07-16-08 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही जितौरी माग्छ भनेर पहिले नै चेली लाई
चार सुका दिएको छु - चार वटा ओरेन्ज बल किनेर
चेली, दिपिका , सन्नानी मिलेर खाउ है।।।।।। 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters