[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 203635 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 07-02-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वहाँ वहाँ पर्बते दाई छुपारुस्तम, के हो यस्तो, लौ भौतेलाई पर्नु पिर पर्ने भो अब अर्को भागमा चै फाइटको सिन हेर्न पायिएने भो, लौ सिठ्ठी बजाउन तयार छु है म चै।
जिम्माल गाना बजना नि हुनु पर्‍यो फिलिम मा अनी रमाइलो हुन्थ्यो क्या।
 
Posted on 07-03-08 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ परभु सम्धी ज्यु के अर्या तपाईं ले आधा राताँ आर दिउसो नभ्याको भाग पढ्न लाछु। कथा नसुनी निन्द्रै परेन भन्या...
दिउसो ठ्याक्कै क्लाईमेक्स मा रोक्देर..
सब्बु को नुहाइ को ३६० बर्णन गजब छ्। चेली को ईन्ट्री गज्जप ले भएछ, दिपे ले एक चमाटा भेट्ने भो जस्तो छ् चेली को। हो हो एक मज्जा ले देउ है चेली,बिचरो रिट्ठे को पैसो चोर्ने लाई।


अग्घिल्लो रात को बाँकी अंश उत्तिकै रोचक छ्,पुन्टे बुढा को कुरा धुत्ने ट्यौटिस बडा मजाले पोख्नु भाछ, पाका बुढा बुढी ले त्यसरी नै कुर ओकलाउछन नि आला काँचा लाई।

दुई जिउ कि हुने त हैन कतै  (जुरेली क्यरक्टर त छैननि यहाँ,नत्र लौरो लेर आउलिन मलाई मार्न )
पर्बते ले ३ मैना को अन्तराल मा के के मात्र गर्या होला। १२९औ भागमा चै पर्बते गाउ छोडि लापता हुने होला है,

लौ अब ब्याक टु मद्न्वा को क्लिनिक हो कि कैले साउ को पसल
भोली दिउसो लन्च पछी एसो डिजेर्ट भए काइदा हुन्थ्यो

अनी एउटा कुरा यो स्लोक " स्त्रीया चरितम् पुरुषस्य भाग्य……।।” बडो घत लाग्डो लाग्छ मलाई पुरा बिर्सिए मैले, बडा मज्जको उदाहरण दिन मिल्छ ,,,इस्त्री को चरित्र र पुरुष को भाग्य भगवान ले त जाँन्दैन भन्ने हो क्यार हैन।
लौ रात धेरै भएछ अहिले नातिनी उठ्छे फेरी ,

दुई पहर बित्न लाई सकेछ, पुण्ट्या भाले कराउथ्यो ब्यान,त्यो पनि कुम्ले ले लई हालो।
हरी शरणं


 
Posted on 07-03-08 2:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, Birkhe_maila ज्यु,  यो त उत्कृष्ट छ ।
खास गरि भाषा र बर्णनमा गरिएको सुक्ष्म अवलोकन बेजोड छ । लेख्दै गर्नु होला । हामी रमाउँदै गर्छम् ।

अनि दिप ज्यु, please return to sajha. जस्का बर्णन मात्र साक्षात बिर्खे माईलाले गरि भ्याउनु भाको छैन, हामीले के सक्छम । रिसानी माफ होस, साझा फर्कम बोरो ।साझा फर्कम ।
 
माईला दाई , बढो पुरानो कुरो झिकेर  अधुरो राख्नु भयो नि?
स्त्रिय्स्य चरित्रम्  पुरुषस्य भाग्यम्

दैबो नजानेति कुतो मनुष्यम् ।

(कत्ति को सत्य हो थाहा छैन!!)

मिस ज्यु को

‘’भइमा झरन किरिस्न भइमा झरन

आपत पर्यो हामीलाई रक्षे गरन!’’ 

दामी छ ।



 
Posted on 07-03-08 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाजै मर्दो बनाएचन लौ, के जवाफ दिने खै ? हिजो सम्म 'हजुर नै मेरो प्राण हो' भनेकी ले आज देखिन 'भौते को माया लाग्छ' भनेसी क्यार्नु, आफ्नो धोका पाउनी कर्म रैच
हो नि ठुल्दाइ हेर्नुस् त जिम्मालले मलाई कस्तो रोल दिएको ?
चेली लाई मेरो ब्यवसाय चाहियो रे? भो नभनौ फेरी तिमीलाई नै पनि अफ्ठ्यारो पर्न सक्छ
अब अरुले हैन लहरे ले चाँही भेट्ला जस्तो छ है मेरो रिसको झोक
दुई जिउ कि हुने त हैन कतै ,  बिस्टे ले पनि अत्ती हसाएछ यस्तै गरेर खेदो खने भने हराउनै पर्ला क्यार्नु
 
Posted on 07-03-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अती उत्तम अती उत्तम
तारिफ गर्न लाई म सँग अब त शब्द नै छैन।

  मिस ज्यु को कथा नि राम्रो छ। कन्टिन्यु गर्नु हजुरले नि


 
Posted on 07-03-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

double posting cuz of some error..

Last edited: 03-Jul-08 09:34 AM

 
Posted on 07-03-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कजरी- के हुन्थ्यो निमोनिया! नुहाएकै छैन नि त्यो त पानीको छिटाले भिजाएको,भर्खर त कपाल धुँदै छिन्।

दीपीका- बिचरी मार्दिनन शबुले। उसको केहि दोश छैन गंगा जस्तै नीर्मल छिन् दोश सपै दीपको हो! लोल

लहरे- ल ट्वाल्ल  परेर हेर्या रे?? चेली नानी लडिन के भयो कुन्नि पछि था होला।

चिप्ले- हाहाहा एकैछिन नुहाउन दिनु रे!

पर्वते- केइ रेटेड नि छैन,हंग प्रदर्शन पटक्कै छैन, शरीरको उत्तरार्ध र पूर्वार्ध सबै ढाकिएको छ, पारिवारीक छ। :पि

ठूल्दाई- लोल! लोल! क्या रिस उठेको हाहाहाहा। एक हप्ते चाहियो रे हाहाहाहा।

कुम्ले- हाहाहाहा, तेस्तो बेलामा गर्नु पर्ने चाहिँ के होला कुम्ले???

हर्के- आउँछ आउँछ चपाको आउँछ तर कसले के चपाको हो त्यो चाहिँ पछि।

प्रेरणा- बिचरि तिम्रो जिजुमुआ,गिजाले गम चपाउन नसकेर नि!:( तेइ त है उरन्ठेउला पाटिहरु, के हेर्नु पर्या होला तिनेरलाई!

ठूल्दाई- हो नि तिनपाने चढाएका त हुन नि पुन्टे बुढाले।

चेली- हाहाहा आउँछ तिमिले के के गर्यौ सपै आउँछ!

लहरे- पहिले नै चिन्या हो तिम्ले पर्वतेलाई? ल पुन्टे बुढालाई भन्देऊ त्यसोभए।

कुम्ले- हाहाहा इनभेस्टमेन्ट तगडा थियो नि सोमको। पुन्टे बुढाले मुसारिहाल्छन नि ढाड!

बिस्टे सम्धिज्यू- के भयो? गाथमा आराम भएन कि? आधारातमा आधारातको कथा पढ्नुभो त? डिजर्टको सकेसम्म तयारि गरेको हो, कथा जोड्ने काम चाहिँ भयो। तल सोमेजीले दि सक्नुभो अर्थ।

सोमे जी- दीप आउँदैछन् साझामा फर्केर!!धन्यवाद्! यो साहित्यिक कथा भन्न नमिल्ला किनभने संकेतात्मक र भावपरक  छैन सकेसम्म केहि दृष्य छोडेर, त्यसैले कथा भन्दा पनि कुनै हल्का उपन्यासमा दिइने वर्णनहरु संगै घटनाक्रमहरु तन्काइएको भने अवश्य हो,हल्काफुल्का मनोरंजन बढि होस भनेर। त्यो श्लोक पुरा नगरेको चाहिँ,दृष्य सकाउन अन्तयमा डटडट राखिदिएको हो! "कतिको सत्य हो थाहा छैन" हाहाहाहा भगवानलाई त थाहा छैन रे हाहाहा!!

पर्वते- खै के भन्नु, बोल्नै नहुने बनायौ! लोल!

बसन्ती- धन्यवाद्! कता हराको यतिका दिन???

सबैलाई धन्यवाद्!

( लामो सपताहान्त परेकोले शायद मंगलबार नभै केहि राख्न नसकिएला। नसकेमा क्षमाप्रार्थी छु!)

Last edited: 03-Jul-08 10:16 AM

 
Posted on 07-03-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई एउटा  अनुरोध:

कथा लेख्न सुरु गरियो, चौतारी धागोमा आउने सबै साथिहरुलाई समेटेर एउटा काल्पनिक नेपाली पहाडि गाउँको र त्यहाँको जीवन चित्रण सहित्।  घटनाहरुका उतार-चढाव सुख-दुख, साथि-शत्रु, धर्म-पाप, र जे जस्ता कुराहरु हाम्रा गाउँ-घर र जीवनमा घट्छन ती कुराहरु समावेश गर्दा रमाइलो र अर्थपूर्ण समेत हुन पुग्ने सम्भावना देखिएला। यस्तोमा कुनै चरीत्रको राम्रो पक्ष  र कुनै चरीत्रको खराब पक्ष हुन सक्छ घटना र परिस्थीती अनुसार। कथाको सुरुमा नै नामहरु हामिले प्रयोग गर्ने नभएर अरु कुनै काल्पनिक नाम भएको भए, स्वतन्त्र रुपले कथा अगाडि बढाउन सजिलो हुन्थ्यो होला, तर हामिले देखेको र पढेको नाम प्रयोग गर्दा कतै कसैलाई व्यक्तिगत रुपमा चिमोटे जस्तो अनुभव हुन पनि सक्छ कथाले प्रतिकुल मोड लिँदा, र यसरि रमाइलो बनाउन खोज्दा खल्लो लाग्न सक्छ। अर्को कुरा, चौतारी धागोमा यति धेरै पात्रहरु नभएको भए कथा जन्मिने पनि थिएन! कथा जन्मियो र लामो बन्दै गयो यो तपाइँहरुकै देन र साथ हो। एउटा अनुरोध के भने, तपाइँहरु कस कसलाई,  चरित्रको कतिसम्मको खराब पक्ष, घटनाको कतिसम्मको प्रतिकुलता पाच्य छ? यो थाहा पाउन पाए अझ रमाइलो बनाउन सकिन्थ्यो कि भन्ने लागेको के।


 
Posted on 07-03-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बत्या ज्यु को भेद पनि खुल्यो

हा हा हा त्यसो भए जुरेलीलाइ शहरमा काम लगाइदिने होइन त? मजाक मात्रै गरेकी है।
पुन्टे बुढालाई फेरी कती औडाह। कुरा धुत्न क्या जान्ने फेरी

"एउटा मसिनो कोपीला फक्रेर सुन्दर फूल भएको देखेका थिए"  मात्तेको पुन्टे बुढा आफ्नै अगाडि हुर्केकी बच्ची मा पनि अब आँखा लगाउने कस्तो पापी


 
Posted on 07-03-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

सब्बु लजाउदा मात्रै हैन के रिसाम्दा झन बबाल राम्री देखिन्चिन नि। सप्पैलै कस्तो नुहाएको मात्र  हेर्न मुन ला'को नि  बाबै!

जिम्माल बा,

धन्यवाद।  अब क्यार्नु त हउरले लेख्दै अर्दा हउरकै सिक्या त हो  भन्चु र।  मलाई त  सधै लाउच क्या   हउर निकै  सपोर्टिङ छौ भन्ने कुरो हिहिहि। अब कुरै त हो रमाइलोको लागि अरेकिम  ---हउरले सप्पैको लेख्याभ'र यसो हउरको नि   चौतारीओ रोल देखाइदिम न त  भन्ने लाओ त्यसैले लेखेकिम (अन्यथा नजाओस है) ---

तितौरी, साझा संसारबाट टाढाछिन अहिले तर कुनै बेला निकै  शिष्ट तरिकाले यहि चौतारीमा रमाइलो र मिठो कुरो गर्ने गर्थिन।अझै पनि उनि म भित्र उत्तिकै ताजा संझनाकोरुपमा छिन।:)

कुम्लेभाइ,

रमाइलो लाग्यो हो ? रोल त तिम्रो झन मिठो सोचिराकिम  बच्चाकै।

दिपू र प्रेरणा सिस,

यसो हजुरहरुको सिको अरेकिम के कथा लेख्नलाई :)  त्यो छ नि 'भइमा झरन किरिस्न भइमा झरन .....' यो चै मेरो हजुर्माले गाउनु हुन्थ्यो म सानी छदा हजुर्मा त अब रहनु भएन  तर उहाँको याद हरु मिठो स्मृतीको रुपमा  जिवितै छन

बसन्तीदिदी,  धन्यवाद । के भन्च रे अब दिदीले प्रोत्साहन दिने गर्चन नि  हइ । हत्तेरिका हजुरको नामले मलाई मेरो दिदीको संझना गराउच  

somewhereondearth ,  धन्यवाद!   अनिखेरि त्यो ज्यू चै किन राख्नु भा नि मेरो नाम सअ? 

विष्टेजी,  

 हजुरलाई मेरो बोल्ने तरिका मनपर्च भन्ने कुरो  थाहा थियो मलाई ।  आज पनि सुनेर साह्रै रमाइलो लाग्यो । धन्यावाद हजुरलै ! :) खास  यो मेरो जन्मस्थानको  लवज होइन। मिश्रित छ । एक जमानामा  पोखरा, बागलुङ ,पर्वततिर घुमघाम गर्दै केहि समय बिताउने मौका मिलेको थियो। त्यतातिरको बोल्ने तरिका निकै मनपरेको थियो । अनिपछि मेरो घरतिरको र    चौतरीआँ जिम्माल बा  सअ कुरा अर्दा अर्दा मेरो बोल्ने तरिका नै  यस्तो भओ  


 
Posted on 07-03-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'- दीप आउँदैछन् साझामा फर्केर'

हो र जिम्माल बा?  लौ न गज्जब हुने भओ नि जिम्माल बा! दिपदा आम्नु भओ भने हाम्ले   यो चौतारी  सिनेमाको हिरो बनाम्नु  पर्च    


 
Posted on 07-03-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी हजुरको बोल्ने तरिका मलाई पनि मन पर्छ। हजुरको लेखाइ  सँग त धेरै पहिले नै मेरो चिना पर्ची भईसकेको हो।   तर हजुर यती राम्रो लेख्ने मान्छे किन केही पनि टाँस्नु हुन्न? हजुरलाई त साहित्य अनी भाषा को राम्रो ज्ञान छ।  तर मैले हजुरको धेरै कथाहरु पढेकी चै छैन। हजुरले मौका नै दिनु भएन। बरु यही चौतारीकै कथामा भएपनी लेख्नुस् न। हामीले पनि सिक्ने थियौं हजुरबाट।
 
Posted on 07-03-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढि भ्याएं। अत्यन्तै राम्रो बगिरहनुभाको छ जिम्माल बा। जहांसम्म घटनाहरु र चौतारी गाउंको द्रिश्यहरु छन, ती सबैलाइ अहिले जसरि तपाइले लेख्दै आउनु भाको छ, निरन्तरता दिनुस। तपाइले उल्लेख गर्नुभाको बाकिं कुराहरुमा म र मेरो बुढा समेत को कुनै आपत्ति नभएको कुरा स-हर्ष जानकारि गराउछु।


नसकिने भो प्रभु यो चौतारी गामका ठिटा-ठिटी हरु सङ। मैले चैं यो सबै एकमुस्ठ छापेर फेरि पढने बिचार गरेकि छु।

अब को-कस्को पालो बाकिं छन? चित्रे, ठुली, गाले, गोताएं, ग्वांचे, पार्ट्नर (चिप्ले)  हरुलाइ नि छिट्टै हेर्न पाइयोस।
सबैको लामो सप्तहान्त राम्रो बितोस।


जय जिम्माल बा!!! जय चौतारी!!!!


 
Posted on 07-03-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन मार्यो, जिम्मालले चौतारीको कथा यती धेरै दौडाइ सकेछन। सप्ताहान्तमा ट्याम मिलेर फुर्सद भयो भने पढ्ने नै छु। मेरो बारेमा  त केही लेख्या भये पनि नराम्रो लेख्या छैन होला नि?   JK
 
Posted on 07-03-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"

( लामो सपताहान्त परेकोले शायद मंगलबार नभै केहि राख्न नसकिएला। नसकेमा क्षमाप्रार्थी छु!)"

हजुरले यी सब कथाहरु अफिसबाट लेख्ने हो माल्दाइ ? म नि त्यही अफिसमा काम गर्छु नि प्लीज!!!


 
Posted on 07-03-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, तेइ कुना   बसेर हजुर को कथा पढ्दै थिए। 

 वीकेन्ड को लागि अहिले नै  टासेर  जानु ल

मिस ज्यु


 
Posted on 07-03-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्मालबा, यस्तो गर्मीमा महँगो तेल खेर फाल्दै कहाँ जान लाग्नु भएको? घरमै बसेर कथा लेख्नुहोस् न बरु। हामी पनि घरडेराबाटै चिहाँउदै अरम्ला। 

 
Posted on 07-06-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-07-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss didi gajjab lekhnu bhaechha. :)

jimmal baa :D ikhikhikhi..... :P


 
Posted on 07-08-08 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामो बिदामा हिँडियो त्यसैले कमेन्ट पनि गर्न मिलेन।

कुरा पछि गरौँला एउटा सानो भआग टाँसेर टाप कस्छु है अहिलेलाई---

सानो भाग--

नेप्चे निकै खुसि थियो, घाम चर्केँ छँदा उसको डोकोको आधा भन्दा बढि फर्सी बिकिसकेको थियो र गालेको डोको अझै लगभग भरिएको थियो। गाले टुलुटुलु बजारमा आवत जावत गर्ने मान्छेको अनुहार तिर हेरिरहेको थियो र ऊ तिर बढेर कसैले फर्सी किनिदिने आशमा थियो।

“ तरकारी च्युरा खान्छस?”

नेप्चेले पटुकाबाट केहि गुजुमुजु परेका नोट निकाल्दै गाले तिर हेरेर भन्यो।

गालेले पुलुक्क नेप्चेलाई हेर्यो र बिस्तारै भन्यो-

“फर्सि बिक्या छइन, पइसो नि छइन क्यारि खानु, भोक त ला थो!”

नेप्चेले गालेको कुरा सुनेर अनुहारमा घमन्डको भाव ल्याउँदै भन्यो-

“ हाम्रो बिको नि फर्सि, पइसो चाइँदइन म ख्वाउँछु तँलाई!”

गालेले झन लाटो अनुहार बनाउँदै नेप्चेतिर हेरेर दाँत देखायो र भन्यो-

“कति भओ तेरो?”

“भयो नि गोडा तीन बिस चानचुन, एसो बोल्नु गफ गर्नु हाँस्नु अन्खेरुन पो भन्या दाम्मा फर्सि बिक्छ! चुपोss लाएर तेरा तरिकाले त डोकैमा कुइएर बस्छ, खाजा खान नि नपा’र भुँडि दोबारेर बस्छु पर्छ अनि!”

नेप्चेले गालेको सोझोपनलाई हल्का होच्याउँदै आफ्नो सम्पूर्ण फर्सि बिकेको अभिमान प्रदर्शन गर्न थाल्यो; शायद उसको आफ्नो फर्सि बिकेकोमा भन्दा ऊ गाले भन्दा बाठो भएको कारणले फर्सि बिकेको सम्झेर बढि घमन्डमा थियो।

“ म पसलाँ ग’र तरकारी चिउरा किनेर ल्याउँछु!”

नेप्चे गुजुमुजिएको पैसा संगाल्दै एकातिर लाग्यो।

गाले नेप्चेको तरिकाले प्रभावित देखिन्थ्यो। गालेले नेप्चेको कुरा बुझ्यो तर उसले देखाएको अभिमान बुझेन। उसले बस स्विकार गरेको थियो कि नेप्चेलाई बोल्न र फर्सि बेच्न उसलाई भन्दा धेssरै आउँछ।

भुइँमा बोरा ओछ्छ्याइएको थियो र बोरामै फर्सिले भरिएको डोको ढालेर राखिएको थियो। जसले गर्दा केहि फर्सि बोरामा थिए र डोकामा पनि थिए। गाले एउटा ढुङ्गामा बसेको थियो। बाटोमा मान्छेहरु कहिलेकाहिँ हिँड्थे, पुलुक्क फिँजाइएको फर्सीमा एकछिन हेर्थे र पुलुक्क गालेतिर एक उपेक्षित नजर दिँदै आफ्नो बाटो लाग्थे।

गालेले फर्सिको थुप्रोतिर नजर लग्यो।

हरिया छिर्बिरे गोलाकार ताजा र रसिला फर्सी थिए। गालेले एकटकले फर्सिहरु हेरिराख्यो। उसको पसिना, उसको सपना, उसको मिहिनत सबै यहि फर्सि थिए। कलिला फर्सिका डल्लाहरु उसलाई सुन्दर लागे। उसले बिस्तारै दाहिने हातले एउटा फर्सि छोयो र केहि बेर मुसार्यो। बुढि औँलाको नङ अलिकता गाड्यो र फर्सिमा घाउ बनायो। नङको आकार जस्तै गाढा हरियो देखियो त्यो भाग!

“फर्सि त अनपारको छ! नेप्चेको छिप्पिसक्या फर्सि चाहिँ किन्छन् मान्छेहुर मेरो क्यार्न नकिन्या होलान्?”

उसले सोच्यो र फेरि बाटोतिर कोहि आउने आशामा टुलुटुलु हेर्न थाल्यो।

रातो खास्टो टाउकाको पछाडि सम्म ओढेर फटाफट हिँड्दै एकजना युवती गालेको फर्सि हो या गालेलाई हेर्दै आउँदै गरेको गालेले देख्यो। उ सतर्क भयो र ढुङ्गामा तन्किएर बस्दै यता आउँदै गरेकी युवतीलाई हेर्न थाल्यो।

युवती वास्तवमा नै यतै आउँदै थिइन्। गालेको अगाडि आएर उनि टक्क उभिइन् र मुसुक्क गालेतिर हेरेर हाँसिन्। गाले वाल्ल पर्यो। उसले थाहा पाए देखि र ऊ जवान भए देखि कुनै पनि स्त्रीले उसलाई हेरेर मिठो हाँसो मुखमा ल्याएको उसलाई थाहा थिएन। फर्सि किन्न आउने स्त्रीहरु पनि रुखो स्वरमा फर्सीको भाउ सोध्थे, रिसाउँदै घटाउँदथे र फत्फताउँदै महंगो भयो भनेर पैसा गालेतिर हुर्याएर फर्सी लिएर जान्थे! उसले पल्याक पुलुक यताउता हेर्यो। वरिपरी कोहि थिएनन्। उसले फेरि युवतीतिर हेर्यो, उनि अझै गालेलाई हेरेर मुस्कुराउँदै थिइन्। गालेले युवतीलाई चिन्यो। सधैँ बजारमा केहि बेच्न आउँदा उसले खाजा खाने गरेको पसलेको छोरी बसन्ती थिइन्। चिनेपछि गाले झन वाल्ल पर्यो। खाजा किन्न पसलमा जाँदा उसले बसन्तीलाई देख्ने गर्दथ्यो र उसलाई देख्नासाथ गाले भित्रभित्रै केहि खुम्चिएको हुन्थ्यो। देख्नासाथ एकैपटक उसलाई आफू युवा भएको , गरिब भएको, सोझो भएको र व्यक्तित्वविहिन भएको थाहा हुन्थ्यो।

“कुनबेला आयौ गालु तिमी फर्सि बेच्न?”

बसन्तीको स्वर सुनेर गाले तिनछक पर्यो। उसले महशुस गरे सम्म कयौँ पटक बसन्तीको पसल गयो होला ऊ, तर बसन्तीले कुनै दिन पनि उसलाई देखेकि थिइनन् वा हेर्दिनथिइन् र अहिले बसन्ती ऊ भएको ठाउँमा आउनु र अझ मायालु पाराले ‘गालु’ भनेर सम्बोधन गर्नु उसको लागि कुनै चमत्कार जस्तो थियो। अझ बढि चमत्कार त उसको नाम बसन्तीलाई थाहा हुनु थियो। उसलाई हल्का लाज लागेको जस्तो भयो।

“फ् फर्सि …हउर…भर्खर…हइन ब्यान!”

उसले जवाफ दिँदा उसलाई मुख सुखेको अनुभव भयो र उसको अस्पष्ट बोलि निस्कियो। बोल्दाखेरि उसको देब्रे हत्केलाले उसको नाक र मुख लगभग छोपेको थियो र दाहिने हात एउटा फर्सीमा थियो र शायद काम्दै थियो। शायद उको मुटु पनि जोडजोडले ढुकढुक गर्दै थियो।

आँखा झिमिक्क पनि नगरी ऊ बसन्तीलाई हेर्न थाल्यो।

बसन्तीले मायालु पाराले हँसिलो अनुहार लिएर गालेलाई हेरिन् र फेरि भनिन्-

“कठैबरा ब्यान देखुन आ रेछ, भोक लाग्यो होला हई?”

गाले अक्क न बक्क भयो। उसलाई के भन्ने उत्तर नै आएन। सबैकुरा नौलो भइराखेको थियो।

“लाया छ…छइन….नेप्चे…साथि लिन गा छ तरकारि चिउरा!”

गालेले बल्ल बल्ल उत्तर दियो।

बसन्तीले ‘बिचरा’ को भावमा फेरि मुस्कान बिछाइन् र टुक्रुक्क अगाडि बसिन्। खास्टो भित्र लुकाइ राखेको हात निकालिन् र कागजले पोको पारेको केहि चिज झिकेर गालेको अगाडि राखिदिँदै भनिन्-

“ गालु, भोक लाया छ तिम्लाई मइँले दोटा फुल ल्याइद्या छ यो मजाले खाऊ, अन्खेरुन बिचरा फर्सी नि बिक्या रइन्छ, म एकछिनपछि आ’र तिम्रो फर्सि सपै किन्दिन्छु है?”

गालेलाई मध्य निद्रामा सपनामा उड्दै कतै झर्दै गरेको अनुभव भयो।

गालेको बोलि घाँटिमा कतै अड्कियो, ऊ केहि बोल्न खोज्दै थियो बसन्ती कुखुराको फुलको पोका त्यहिँ राखेर जुरुक्क उठेर फटाफट हिँड्दै पसलतिर लागिन्।

परबाट नेप्चे एउटा प्लास्टिकको थैलामा कुनै तरकारीको पँहेको झोल र अर्को प्लास्टिकको थैलामा च्यूरा लिएर आउँदै थियो।

गालेको संसार अझै उड्दै थियो।

उसले बिस्तारै कागजको पोकातिर हात बढायो र पोको फुकाउन थाल्यो। भित्र दुईवटा उसिनेको कुखुराका फुल थिए। एकछिन किर्कर्तव्यविमूढ भावमा त्यसै वाल्ल परेर बस्यो र परतिर हेर्न थाल्यो। नेप्चे नजिक आउँदै थियो।

गालेले केहि सोच्यो र एउटा फुल छोडाउन थाल्यो। फुल छोडाएर हातमा लिँदै लगभग आधा फुल क्वाप्प मुखमा हाल्यो र सुख्खा घाँटिबाट किक्लिक्क गर्दै निल्न थाल्यो।

नेप्चे आइपुग्यो।

गालेले फुल खाएको देखेर नेप्चे अचम्ममा पर्यो। तरकारी च्युरा खाने पैसा समेत नभएको सोझो गाले, कपाकप उसिनेको कुखुराको फुल खाँदै थियो।

गालेलाई हेर्दै ढुङ्गामा बस्दै नेप्चेले सोध्यो-

“ काँटि ल्याइस बज्जे फुल?”

गाले जवाफ दिन खोज्दै थियो तर मुखभरि फुल भएकोले केहिबेर फुल चपाउँदै ठुला ठुला आँखा पारेर नेप्चेतिर हेर्दै गर्यो र अन्त्यमा निकै सकसका साथ फुल घाँटिभित्र हुलेर भन्यो-

“ तो खाजा पसलाटि बसन्तीले ल्याइदेकि, म भोकाएँ भनेर रे!”

गालेले अचम्ममा पर्दै उत्तर दियो।

नेप्चे सतर्क देखियो। त्यस्ती पोटिली, रसिली र राम्री बसन्तीले गाले जस्तो सोझोलाई भोक लाग्यो भनेर कुखुराको फुल ल्याइदिएको कुरा उसलाई पचाउन गाह्रो भयो तर उसलाई थाहा थियो गालेले झुटो कुरा गर्न जान्दैनथ्यो।

नेप्चेले बसन्तीलाई सम्झियो र पसलमा चिया खाजा खाँदा उसले लुकेर बसन्तीलाई चिहाएको सम्झियो। बसन्ती हिँड्दै पसलमा यताउता गरेको सम्झियो। त्यहि बसन्तीले गालेलाई भोक लाग्यो भनेर फुल ल्याइदिएकी रे! यो चानचुने कुरा थिएन।

नेप्चेको पेट पोल्यो।

“ खुर्खुरु आ’र तँलाई फुल ल्यार दि तेल्ले?”

नेप्चेले सशंकित पाराले सोध्यो।

गालेले अर्को गाँसमा फुल सबै मुख भित्र हुल्यो र एकछिन चपाउँदै निलेर आश्चर्य र खुसि मिश्रित स्वरमा जवाफ दियो-

“ खुर्खुरु आ’र मलाई भोक लाग्यो होला भनेर फुल दे’र गइ, फर्सि नि सपै किन्दिने रे मेरो!”

नेप्चेको पेट पोलाई झन तिव्र भयो। केहि बेर केहि सोच्यो। गालेलाई निकैबेर तलदेखि माथि सम्म हेर्यो र फेरि केहि सोच्यो, गालेलाई माया गरेर बसन्ति जस्तो राम्रि तरुनि केटिले कुखुराको फुल ल्याएर दिनु उसलाई लगभग असंभव लाग्यो।

“यस्तो हेर्दै गोज्याङ्ग्रेलाई नि हेर्लि अब कोइ नपा’र तेस्ति अप्सरा जस्तिले!”

नेप्चेले आफ्नो मन बुझायो।

भोको गाले चुपचाप अर्को फुल छोडाउनमा व्यस्त थियो।

नेप्चेले प्लास्टिकको थैलामा कुहिनु सम्म दाहिने हात छिरायो र मुट्ठी भरि च्यूरा लिएर हल्का टाउको ठाडो पारेर सबै चिउरा मुखमा हुलेर चपाउँदै च्यूराको थैला गालेतिर बढाउँदै फेरि सोध्यो-

“हैन खुर्खुरु नै आ’र केइ नभनि तँलाई फुल दे’र सपै फर्सि किन्दिन्छु भनेर गइ रे?”

गालेले फुल छोडाउन छाडेर नेप्चेले दिएको थैलाबाट एक मुठि च्यूरा निकाल्यो र फुल बेरेको कागजमा राख्दै भन्यो-

“ मेरो त नाउँ नि था रेछ तेल्लाई!”

गालेले फेरि बाँकि फुल छोडाउन थाल्यो।

“ के रे?”

नेप्चेको मुखबाट अबिश्वास निस्कियो। उसले च्यूरा चपाउन बिर्सियो।

“ तँलाई तेल्ले, गाले तँ भोकाइस फुल खा भनेर नै भनि तेल्ले?”

नेप्चेले एकोहोरो गालेलाई हेर्दै सोध्यो।

“ तेइ त भन्या, गालु तिम्लाई भोक लागो होला भनेर फुल दे’र फर्सि किन्दिन्छु भनेर गइ भन्या!”

गालेले दोश्रो फुलको पहिलो गाँस मुखमा हुल्दै बोल्यो।

नेप्चेलाई चपाइराखेको च्यूरा घाँटिमा कतै अड्किएको आभाष भयो। एक पटक नराम्रो संग खोक्यो र हत्त पत्त तरकारीको थैलिको मुखमा मुख राखेर थैलि घोप्ट्याएर मुखभरि तरकारि हालेर निल्यो। निकैबेर केहि सोच्दै गालेले कुपुकुपु फुल खाएको हेर्न थाल्यो। नेप्चेको पेट पोलाई अझै तिव्र भएर आयो।

“कसरि था पा होलि मेरो नाउँ है?”

गालेले फुलको अन्तिम गाँस निल्दै नेप्चेतिर हेरेर भन्यो।

नेप्चेले गालेलाई नियालेर हेर्यो। उसलाई यस पटक गाले त्यति हेर्न नहुने लागेन।

“ राम्रो त राम्रै हो बज्जे!”

मनमनै भन्दै केहि सोच्दै तन्किएर बसेर प्रत्यक्षत: नेप्चेले हँसिलो हुँदै गालेको उत्तर दिँदै भन्यो-

“ तेरो नाउँ त मइँले सधैँ तेसको पसलमा भन्छु नि मेरो सइँ भनेर!”

गालेले तुरन्तै विश्वास गर्यो र अनुग्रहित भएको पाराले नेप्चे तिर हेर्यो र भन्यो-

“तइँले भन्या रेछस र पो मेरो नाउँ था पा रेछे त!”

नेप्चेले सहमतिमा टाउको हल्लायो र घोरिएर सोच्न थाल्यो।

उसले बेला बेलामा खाजा खान जाँदा बसन्तीलाई हेर्ने गरेको सम्झियो।

“बिछट्ट राम्रि छे छन नि!”

बसन्तिलाई सम्झँदै मनमनै भन्यो।

गाले तिर हेर्यो। उसको पेट फेरि पोल्न थाल्यो।

निकै बेर केहि सोच्यो र जुरुक्क उठेर गालेलाई हेर्दै भन्यो-

“च्या खान मन लाओ मलाई म च्या खा’र अलिब्यारमा आम्छु है?”

गालेले पुलुक्क नेप्चेलाई हेर्यो र सहमतिमा टाउको हल्लायो।

 

नेप्चे फटाफट बसन्तीको पसलतिर गयो। पसलको पिँढिमा पुगेर उभियो र भित्र नहेरि बोल्यो‍-

“एक गिलाँस च्या पाइएला साउनि?”

“ च्या त पाइएला एकछिन कुर्न पर्च, दुध तता छइन!”

भित्रबाट धोत्रो स्वर आयो कुनै लोग्नेमान्छेको।

नेप्चेले भित्र हेर्यो, बसन्तिको बाबु दूधको भाँडो चुल्होमा राख्दै थिए र बसन्ति अर्को कुनामा केहि सामान मिलाउँदै थिइन्।

यता चिया कुर्दा उता उसको सट्टामा गालेको फर्सी बिक्ने पक्का थियो। तर पनि उसले भन्यो-

“हुन्छ पकाउनोस न!”

उ पसलको खामोमा अडेस लागेर आधि जिऊ भित्र र आधि जिउ बाहिर पारेर बसन्ती तिर अनुहार पर्ने गरेर उभिएर कुर्न थाल्यो।

बसन्ती जुरुक्क उठिन् र ऊ तिर एक नजर पनि नहेरि उसकै सामुबाट बाहिर निस्किइन्।

बसन्ती उसको सामुबाट हिड्दा, केहि धुँवाँको र केहि पसिनाको मादक गन्ध नेप्चेको नाकमा एकपललाई छिर्यो र बिलायो।

नेप्चेले भित्र बुढाको आँखा छलेर एकछिन बसन्ति हिँडेतिर चिहायो, बसन्ती अघि ऊ आएको बाटोबाट फर्कँदै थिइन्। उसलाई उकुस मुकुस भयो। तत्कालै  भित्र हेर्यो, बुढाले चियाको केत्लि अर्को चुल्होमा बसालिसकेका रहेछन्।

 

 

गाले नजिक आएर पल्याकपुलुक यताउता हेर्दै बसन्ती अघि जस्तै फेरि टुक्रुक्क बसिन् र मुसुक्क हाँसिन्। यसपटक गाले अघिभन्दा सम्हालिएको थियो। गाले पनि जवाफमा सुख्खा ओठ बङ्ग्याएर मुसुक्क हाँस्यो।

“फुल मिठो लाओ?”

बसन्तीमे मुस्कान बिछ्याउँदै सोधिन्।

गालेले बसन्तीले मुस्कुराउँदै सोधेको हेर्यो। स्त्रीहरु राम्रा हुन्छन उसले धेरै देखेको थियो र, सुनेको थियो तर अहिले उसले भोग्दै थियो। बोल्दाखेरि बसन्तीको ओठ तलमाथि गरेर चलेको उसलाई निकै मन पर्यो। उसलाई उसको उमेरको बोध भयो।

“ गालु फुल मिठो लाओ भनेर सोध्या के सोचिरा?”

बसन्तीको ओठ फेरि चलेको देख्यो गालेले।

“कस्तो मिठो रेछ मइँले त दुईँ गाँसमा सक्काईँ!”

गालेले सोझो उत्तर दियो।

“ ल भन यो सपै फर्सीको कति हो?”

बसन्तीले फर्सि तिर हेर्दै सोधिन्।

गाले दंग पर्यो।

“अब हउरले जति दिनुन्छ तेति!”

बसन्तीले एक पटक गालेलाई हेरिन् र भनिन्-

“ म सपै फर्सि किन्दिन्छु र सइ रुप्पे दिन्छु तर तिम्ले मइँले भन्या काम गर्दिनु पर्छ नि फेरि है त?!”

बसन्तीको कुरा सुनेर गालेले प्रश्नवाचक दृष्टीले बसन्तीलाई हेर्यो र भन्यो-

“ हुन्छ गरिआल्छु नि!”

गालेको अनुहार अहिले बसन्तीले जेसुकै भनेता पनि गर्नलाई राजि देखिन्थ्यो।

“ सुन गालु तेसोभ’, म सपै फर्सि किन्छु, अन्खेरुन तिमि खुरुक्क गाम गईआल रात नपारी है?”

बसन्तीले भनिन्।

गालेले सहमतीमा टाउको हल्लायो।

बसन्तीले फेरि खास्टोमा लुकाएको हात निकालिन र हातमा एउटा खाम थियो। त्यो खाम गालेलाई दिँदै भनिन्-

“अन्खेरुन, यो खाम कसइलाई नभनि, रिट्ठेलाई ल’र देऊ है? कसइलाई नभन नि फेरि, भन्यौ भने म अर्कोपालि तिम्रो फर्सि किन्दिन नि फेरि!”

गाले एकटकले बसन्तीलाई हेर्दै थियो र बसन्तीले जे भने पनि उ इमान्दारीका साथ गर्न तयार देखिन्थ्यो।

“हुन्छ कसइलाई भन्दिन!”

यति भन्दै उसले बसन्तीको हातबाट खाम लियो। बसन्तीले चोलोमा छातिभित्र हात हालिन र गुजुमुजु भएको पैसा निकालेर एउटा सयको नोट गालेलाई दिइन् र भनिन्-

“ ल यो पइसो र खाम लुका’र राख छिटो कसइले नदेख्नि गरि!”

“हस”

भन्दै गालेले पैसा र खाम दुवै पटुकाकमा पोको पारेर सुरुवाल भित्र लुकायो।

“ ल यो फर्सिको भारि बोकेर मेरो पसल हिँड, पसलमा फर्सि खन्या’र डोको ले’र गाम फर्किहाल है?”

गालेले सहमतिमा टाउको हल्लायो र फर्सिको भारि बोकेर बसन्तीको पछि पछि लाग्यो।

ऊ निकै खुसि थियो। बसन्ती जस्ति केटि उ संग बोलेकि थिइ र उसलाई माया गरेर फुल खान दिएको मात्र हैन सबै फर्सि पनि किनिदिएकि थिइन। ऊ पछि पछि कहिले भुइँ हेर्दै त कहिले आफ्नो अगाडि बसन्ती हिँडेको हेर्दै खुसिसाथ हिँड्दै थियो।

----

Last edited: 08-Jul-08 05:30 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters