Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 205942 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 06-20-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चै कथा पढ्दै जाँदा,एस्को एउटा टेली स्रिन्खला नै बनाउन मन लाग्यो,

कथा पट्कथा : बिर्खे माईला, निर्देशन : बिस्टु राम बिष्ट।

एउटा सम्धी को कथा, अर्को  सम्धी को निर्देशन। कसो सम्धी ज्यु


 
Posted on 06-20-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशब्द भएँ जिम्माल पर्भु म। पढुन्जेल मैले प्रतछ्य यो घटना देखी राख्या जस्तो लाग्यो। अती नै राम्रो गई राख्या छ । किप इट अप जिम्माल।  
 
Posted on 06-20-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माल्दाइको कल्पना शैली, ग्रामीण परिबेश को यथार्थ चित्रण र भाषिक सन्तुलनलाई फेरि पनि सलाम गरें। 

नेप्ची भाउजुलाई चोथाले रे!!! मार्नु होला है माल्दाइ हजुरलाई भाउजुले!!!


 


 
Posted on 06-20-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि जुवाडे बनाइदियो - मैले पनि चिलिम ताने र भन्या,
ठुल्दै त कस्तो जुवाडे रैछ, थाहै थिएन
अनी पित: त कस्तो किच्किचे-- बिहान बिहानै देखी किच्किच गर्नु पर्ने,
रुन पनि कती सक्या हो, आसुँ पनि कती आउने हो
 
Posted on 06-20-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई भाउजु को झगडा भएर पैसा चोरेको त मलाई मात्र होला भनेको त जिम्माल लाई समेत् भन्न भ्याउनुभएको रहेछ ठुल्दाइ ले लौ हेरओ तो सुन्तले र लहरे डाँका समेत् मिलेछन हाम्रो दाइलाई फस्साउन
 
Posted on 06-20-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-20-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो जिम्माल बा, हाम्रो फिलिम नै बनाउनु भो। अझ भन्नु पर्दा, फिलिम भन्दा नि राम्रो। भरे बुढा-बुढी बसेर यस्तै भला कुसारि गर्नु पर्ला।

कत्ति हांस्नु अब।


"ठुल्दाई नेप्चिको अगाडि आएर टुक्रुक्क बसे र नेप्चिको दुबै कुममा हात राखेर अनुहार हेर्दै चुरोटले कालो बनाएको दाँत देखाउँदै भने"  ....लोल, लोल लोल।

"ठूल्दाईलाई नेप्चिको स्वर कानबाट छिरेर तालुभित्र कतै घोच्ने झिर जस्तो लाग्दै थियो, तै पनि निदाएको जस्तो गर्दै सिरकले कान छोपेर कोल्टे फर्किए".........हो बाबै त्यस्तै गर्छ बुढोले।

" झ मेरै थुतुनो बज्या लाग्छ बुडा तिम्लाई! अर्काको छोरि ल्याएपछि पाल्न नि जान्न पर्छ। ब्यान उठ बडारकुँडार लिपपोत गर, पँधेरा जाऊ सकि नसकि गाग्रि भरेर पानी ल्याउ, भैँसिलाई कुँडो खुवाउ, आगो बाल, भात पकाऊ सपै म एक्लैले गर्नु पर्छ, एसो मैले मेसो नपा कुरा बाइर ग’र लौन बुडा गर्देऊ भन्दा मेरो थुतुनो बज्यो रे!”.............लौ न प्रभु म के गरुं?
 

जिम्माल बा म फ्यान माथि फ्यान भएं। तल्ला एक नभएर पांच पुग्यो।
किप अप गुड जब।


 
Posted on 06-20-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'नेप्चिको दुबै कुममा हात राखेर अनुहार हेर्दै चुरोटले कालो बनाएको दाँत देखाउँदै भने" 

 यो त ठ्याक्कै मिल्छ होला --जैले नि चिलीम बिरेक  हुन्छ

  लौन   जिम्माल बा !! हास्दा हास्दा नथाक्ने भए, म पनि   के गरू --उफ् -हरिशरणम !


 
Posted on 06-20-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्या हो ठुल्दाइ, चाला निको छैन है। जुवा खेल्ने, पैसा चोर्ने, चुरोट खाने के के नराम्रो बानी लाग्या होला।
जिम्मालबा, सदा झै यो कथा पनि रमाइलो लाग्यो, तर सोचे भन्दा चाँडो टुङियो नि। ठुल्दाइको हार जित के कती भयो, घरमा मास र तेल पुग्यो कि पुगेन, अनी नेप्चिको के कस्तो प्रतिकृया आयो, त्यो त केही जान्न पाइएन।     


 
Posted on 06-20-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह बिर्खे माइला दाई वाह। हजुरको कल्पना शक्तीलाई मान्नै पर्छ। मैले हजुरको अरु पोस्ट हरु पनि पढेकोछु चौतारीमा। 
 
Posted on 06-20-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ठुल्दाइले पैसा निकालेको सिन चै दामी छ है।
 
Posted on 06-20-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाल बस्न नपाएको थुप्रो भा थ्यो, बल्ल आज कोरमा पुग्यो। झन्डै ठुल्दाइ नबसेर। फेरी ठुल्दाइ नै नबसे कस्को पोइसा मार्ने हो र।

लु आफु नि हिरो भाईयो है गाम्ले हो। होसियार!


 
Posted on 06-20-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नेप्ची भाउजु लाई चोथाले रे , यो माइला दाई लाई ठीक पार्ने हुनु भयो अब भाउजु ले
तर दाई र भाउजुको माया अनी झगडा कस्तो राम्रो सँग प्रस्तुत गर्नु भएको, सबै आँखामा नै झल्झली आउने गरेर.
अनी त्यो अगेनामा चुरोट सल्काको पनि मैले त प्रत्यक्ष देखे  
नाइ म मिस दिदिको छोरी पनि नबन्ने बाथरूम मा थुनिदिनु हुदो रहेछ।

अनी लहेर र सुन्तले दाई मलाई जितउरी है


 
Posted on 06-20-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बबाल दामी लाग्यो मलाई यो भाग त झन! ठुल्दाईले कस्तो लुगा लगाउनु भएको होला भन्ने त ठ्याक्कै आउने आँखामा!! त्यो गैँडा चुरोट हातमा बोकेर सुइँ सुइँ तान्दै कैलेको पसलमा गएको अनि झन् दीपले तास फिट्दा खेलौँ केलौँ लागेको झल्झली आयो आँखामा!!

बिचरी हाम्री नेप्चि भाउजुलाई दिनु सम्म दु:ख दिएछन् हाम्रा ठुल्दाईले। त्यसरी बिग्रिनु भएन दाई!! के भन्लान् समाजले? हे हे हे!! (एउटा कुरो नि!)

हाम्रो बिर्खे माइलाको त कत्ति बयान गर्नु? तारिफ गर्ने शब्दहरु नै सकिए आफ्नो त! कथा कस्तो स-र-र बगेको, झन शब्द चयनको त के कुरा! वाह वाह!


 
Posted on 06-20-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई- धेरै धन्यवाद्! लोल! अब ठुल्दाईको कुरामा चिलिम किन छाड्नु भनेर हाल्देको नि! कि ठ्याक्कै मिल्यो?

बिस्टे सम्धी-धन्यवाद छ सम्धिज्यू।  हन कुरा त मजाको गर्नुभो, ल सुरु गरौँ मिल्छ भने, अनि कलाकार हरु पनि चाहिए जति छन हाम्रा चौतारीमा।

नेत्रे- धेरै धेरै धन्यवाद्। लेख्ने हो अब अगाडि त बढाउन पर्यो नि के गर्नु।

चेली नानी- धेरै धन्यवाद्। हाहाहा मैले किन भन्दोहुँ बाबै भाउजुलाई चोथाले, त्यो त दाईको मनको कुरो गर्या नि! :)

लहरे- बौचा तिम्रो चर्तिकला त आउनै बाँकि छ अझै।

पर्वते- बस बस, अझै केहि बेर हाँसेर बस, आउँदै छ पालो।

सान्नानी- माष्टरनीको घरमा छौ भन्ने कुरा बिष्टे बुडा र भउते दुबैलाई थाहा छैन के गर्नु।

नेप्चि भाउजु- हेँख हेँख हेँख :D.. धेरै धन्यवाद! ठ्याक्कै मिले जस्तो छ कपि गरेर राख्नुभएको लाइन लोल!

माष्टरनी नानी- हाँसम हाँसम, अब हउरलाई रुवाने जमर्कोमा छु, सके सम्म हासम्!

चिप्लेजी- यो कथा पछि जोडिन्छ र सबै प्रश्नको उत्तर आउँछ। धन्यवाद्!

सुजाता जी- धेरै धेरै धन्यवाद मैले केरेका सबैकिसिमको कुरा मन पराइदिनुभएकोमा!एक पटक, केवल एक पटक तपाइँलाई देखेको थिएँ चौतारीमा एउटा पोस्ट मा आउँदै गर्नुहोस है?

हर्के- लोल! दामी लागिहाल्छ नि अब, राति दीपले निकाल्दा झन दामि लाग्या थ्यो होला हैन? हेहेहे। धन्यवाद राम्रो लागेकोमा!

सुन्तले-बिचरा ठूल्दाईको सबै पैसा धुत्ने होला हैन अब?

दीपीका नानू- मार्नुहुन्न हाम्रो भाउजुले हाम्लाई! त्यो त ठुल्दाले सोच्या कुरा भन्देको, बरु भरे ठुल्दाईलाई के गर्नुहुन्छ!

कुम्ले- धेरै धन्यवाद्!हाहाहा मैले पनि ठूल्दाईको अनुहार मनमा राख्दै त्यस्तो लुगा लाएर गैँडा चुरोट बिरेक लिएर कैले साउको पसलमा गा' कल्पना गरेको हाँसो उठ्यो!


 
Posted on 06-20-08 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wonderful! katha matra ta hoina yo lekhai - - andhaa ley padhyo bhaney pani jhaljhali sansaar dekhla jasto - - --


 
Posted on 06-20-08 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! कथा त यहाँ पो रैछ।

बिरु त खतरा कथाकार रहेछ। आफु यस्तो लेख्ने भएर पनि सबैको कथा पढ्दै हौसला गर्ने बानी राम्रो लाग्यो मलाइ तिम्रो।

ल रमाइलो भइ रहेछ कथा पढ्दा।

तर कहिले कहिँ कुनै कुनै शब्द चाँहि बुझ्न गार्हो हुन्छ।

त्यस्तो शब्दहरुको माने पनि कथाको अन्त्यमा लेख्नु नि म जस्तो अबुझ मान्छेको लागि।

E.g, ससर्किएर, लाइथाज,कछाड etc..


 
Posted on 06-20-08 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने सि यो भाग चाइ ठुल्दाइ स्पेसल रहेछ। ठुल्दाइ अनी भाउजु को गन्थन पढ्न मज्जा आयो। अब तास खेल्दा जल्ले जिते नि जितौरी चाइ मलाई नि चाहिन्छ है।

अब कथामा हिरो हुने कस्को पालो हो, जिम्माल बा?


 
Posted on 06-20-08 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chhyaa yo NKChora pani ko hero hune re  -- queue ma basa queue ma  -- timi bhanda agaadi hera ta ko ko cha line ma
 
Posted on 06-20-08 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haha Prerana.  It was my curiosity which gave birth to that question about "who is next hero in the story?"...Malai ta queue ma basa re??   Basna ta queue mai basi rako ho. Waha jimmala baa le aghi nai last fight ma malai hero banaune bhanera bhani saknu bhako chha.   
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters