[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 149926 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-29-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu lu kumle dai ma hajur vote haldai chu. click click gardai. click click garda gardai aulai dukhi sakyo.
 
Posted on 08-29-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी आइडल प्रतियोगिता (समूह २)

Voting deadline:- 8/30/07 12 pm EST

पून्टेदाइ:


अन्तरे:
क)

ख)




कुम्ले:


सुन्तले:


दुर्गे भाउजू:



मास्टर्नी दिदी:




भोटीङ् बुथ





 
Posted on 08-29-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भनेको तिरु, किन मार्ने भनेको मलाई? त्यो त मैले थपेको।
 
Posted on 08-29-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी को साची धेरै याद आइरा छ आज पोहोर साल गाइजात्रा तिरै कस्तो हसाउने पेन्सिल् हिल् को कथ लेखे कि थि प्राडा हिल् को कथा लेखे'छि हराइ केटि
कि जिम्माल् हजुर्बा ले कोइसन् सोधेर हैरान् पारेर हो कि केहि बुझ्या भे मार्दिनु आफु त लुकि लुकि यसो आर्ना को खबर् त पठाउदै गर्नु पर्छ काहि नभाकि
यि हजुर्बा पनि महिना भरि लाइ पुग्ने कोइसन् एकिदिन् सोध्नु पर्ने कुम्ले नि थप्छ tyahi mathi bichari laai फिरि

हजुरबा "गाइ ले घास् खायो के खायो? जिम्माल् नि आमै ले हजुर्लाइ हिजो किन सरापेको ?
गोरु मर्यो ?अनि हजुर्को भैसि कति पाथि दुध् दिन्छ?बाखा चर्न गयो कि गोठ् मा छ?
सहर् कैले जाने अब ?ग्वाचे ले यस्पालि नि घुमाइदिन्छ रे राउरओ स?फुट्या चस्मा किन लाको ? कान् को मशिन निसेले चोर्यो रे हो ?

उफ्फ्फ्.... सान्नानि अब त आउन

कुम्ले, आज बेलुकि को मेरो भोट् सप्पै तिम्लाइ aham..कफि विथ् कुम्ले मा कैले बोलाउछौ?
 
Posted on 08-29-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली नमस्ते। सच्चिनै मदन्वा ले तरकरी ब्यापार् खत्तम् गरिदियो कि कसो। भौते काजि लाई मखुन्डो लगाएर लाखे नचिराको देखेको थिएँ, हनुमान् ढोका तिर।

अनि त्यो कुम्ले दाजु कहिले देखि कुम्ले डाडु भएछन्।

तिरु, धन्याबाद् है। भोट् माग्न आको। अब ठुली ले त कुम्ले दाई लाई हाल्ने रे। भाड्नु भएन उन्लाई।


राहुल्दाई, रिठ्ठे दाई हजुर् हरु कस्तो हुनुहुन्छ?
जाहा जस्तो हुनुहुन्छ, आराम् कुसल् र खुसि हुनुहोस्, मेरो यहि कामना। त्यो "मेरो कथा मेरो गीत्" को कल्याण को dialogue चोरेको।
 
Posted on 08-29-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्ते है!

ठूली, तिम्रो तरकारी ब्यापार कस्तो भैराछ?

राहुलदाइ, हरी, जिम्माल बा, तिरू, कुम्ले, ठूली, रिठे, ग्वाचे, सुन्तले सबैमा जदौ!

ल ल भोट हालुम्!
Last edited: 29-Aug-07 02:57 PM

 
Posted on 08-29-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 30-Aug-07 03:56 PM

 
Posted on 08-29-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल !
पुन्टेदाईले आफ्नो माउस पोइन्टर vote मा राखेर माउस को लेफ्ट बटनमा ठुलो ढुङ्गाले थिचेर अटोम्याटिक सिस्टम बनाको जस्तो छ
 
Posted on 08-29-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sunte ke cha mora timro halchal. lu ghar tira lagnu paryo
 
Posted on 08-29-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डियर कल्यान (सुन्तले जी) हामी यही छौ ठीक छौ सञ्चै छौ, आफ्नो ?
 
Posted on 08-29-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि के छ बा?
सब गाते है सब मदहोस् है हम तुम क्यु खामोस है ठुलि?
 
Posted on 08-29-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के थपेको के थपेको लाग्यो जस्तो छ मलाई त, हरिले अघी के राखेर दिएछ, चिलिममा!!!!!
 
Posted on 08-29-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ निश पाट कता गयो हो तिमी अन्त! लु नोर्बु, बाङ्गे डल्लेहरुलाई लिएर आउ त आज झर्याप झिरिप पार्नु पर्छ यो भोटको बुथलाई। अन्त फिरी छेमाको बबाल छ्याङको पार्टी!

हे हे हे सुन्त्स पाट मो डाडु भयो रे! लु आबो डाडु भए नि पन्यु भने केहि छैन हो! आफु त भोट माङ्नु निस्केको कि! लु आबो तिमीपोनी हाल्नु सुरु गर त मोलाई! बेल्का तिम्लाई पोनि छ्याङ खानु बोलाउछु हो मोइले!

हे हे हे तितौरी! बोलाइहाल्छु नि! :-)

ल ल ठुली! छिटो छिटो! :-)

आबो ह्यारिज पाट पोनि जाग्यो कि! आबो इन्द्रेको बाउ चन्द्रे आएपोनि मोइले जिती छाड्यो ल!


 
Posted on 08-29-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे डाईले नि कल्यणलाई सुन्नु हुन्थ्यो? एकचोटी मेरो नि कथा आथ्यो, तेहि भर म त adict।

म पनि ठिक् ठक् छु दाई। उहित हो हो, गाइजात्रे तालमा गुरुबालाई झुक्याउने काम् भैराछ।
 
Posted on 08-29-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hyaa तपाईं पनि सुन्तले जी, कताको दाई नि, भर्खर को कल्कलाउदो ठिटो म बिचरोलाई
 
Posted on 08-29-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीSSS!!

झन मैले आजकल सान्नानि किन आइन भनेर हिजो भर्खर ठुलिलाई सोधेओ! है ठुलि??
म कति कोइसन अर्छु भनेर नि भनेको!!
सान्नानि म तितौरीको कोइसनको उत्तर दिन्छु झट्टै आऊ है?


हजुरबा "गाइ ले घास् खायो के खायो?
उत्तर- खाएन बा खाएन! हाउँरा घराँ त मुन्छे मात्तै हैन गाइ नि मात्तिन थाल्या छ बाबै! बन्दागोबिको तरकारिमा गोलभेँडा हालेर दिए मात्र खाने रे!!

जिम्माल् नि आमै ले हजुर्लाइ हिजो किन सरापेको ?
उत्तर- हेरि यो मेरो कानको मिसिन बिउरेकोले मया अरेर बिस्तारे बोलेओ म सुन्दिन तेसइले सराप्दा स्वर ठुलो हुने तर मइँले सुन्दा बिस्तारै माया गरेर बोलेको सुन्ने भएर!

गोरु मर्यो ?
उत्तर- के खा'र मर्थो तितौरी यो गोरु, यो गोरुको काल कुर्दा कुर्दा पइले आफैँ माथि पुइएला जस्तो छ।

अनि हजुर्को भैसि कति पाथि दुध् दिन्छ?
उत्तर- १० पाथि कुँडो खाएसि बल्ल एक माना दुध दिन्छ बाबै, भैँसि पाल्दा घाटा छ साह्रै क्यार्नु!

बाखा चर्न गयो कि गोठ् मा छ?
उत्तर- बाख्रा मास छर्न गयो नानु दुइ हप्ता पइले तिर, तो बाघको आहाराले दिनु दुख दिएन जिम्दो छँदा, अर्काको बारिमा पसेर सपै ला'को तरकारि खाइदेर भरपाइँ म बुडाले तिर्नु पर्थो!

सहर् कैले जाने अब ?
उत्तर- खै बा कैले हो कैले!! हेरि जान पाए त कि एइ मुङ्सिराँ कि त माघाँ जानि भन्या हो, मेलापातको कुरो केइ मिल्या छैन तेसइले ठेगान छैन!

ग्वाचे ले यस्पालि नि घुमाइदिन्छ रे राउरओ स?
उत्तर-खै अचेल ग्वाँचेनि यास्याल्सि फस डिसेना पास भ'र ठालु भा' छ के पो अर्छ!!

फुट्या चस्मा किन लाको ?
उत्तर-नाति-नातिनाले हेलाँ अरेकोले नि बाबै! खै एउडा चस्मा बनाइदिएनन् कसैले! एक दिन तिनेरु नि बुडो हुन्डन अनि था' पाउलान नि!

कान् को मशिन निसेले चोर्यो रे हो ?
उत्तर- चोर्यो बा चोर्यो, कानओ मिसिन मात्तै हैन टेक्ने लौरो बाहेक केइँ बाँकि राखेन अस्ततिले। चोरेर सपै बेचेर के जाति डाउडरले लाइदिने सुइ लाम्दै हिँन्छ रे अचेल!!

 
Posted on 08-29-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामा यहाँ त रमाइलो भैरा'को रैछन्त हो !!! चौतारी आइडल रे ?? इहिहिहि । यस्तो त फर्स्टटाइम सुनेको, बिद्याकस्सम । क-कसले गीत गायो ? त्यो सोवर केटाहरु छन नि, राहुलभाइ, दीप तिनारुले गायो ? सुर्नताल ? इहिहिहि, सुन्तले खत्त्त्तर्रा मादल ठोक्छन्त हगि ??
 
Posted on 08-29-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! पून्टेदाइले नयाँ ओक्रेका सबैलाइ फून गरेर भोट मागेको जस्तो छ! एक सेकेन्डमा १२ भोट पो बढ्छ त!
 
Posted on 08-29-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते हराउनु र काग कराउनु मा सुनिएका, देखिएका हल्लाहरु।
**********************************************
स्यान्जा घर भै हाला कन्नाडांडा स्थायी बसोबास गर्ने श्री भौते भंडारी बिगत २० घण्टा देखि चौतारीबाट अचानक (चारकोशे जंगलमा तपस्यारत आधुनिक बुद्ध हराए जस्तो) हराएकोमा चौतारी वरिपरि अनेक अड्कल लगाउनेले लगाए।
@ कसैले, चौतारी अैडोलमा नाकले गीत गाउंदा पनि, सुर ताल मिलाउदा नि भोट दिनेले भोटको साटो चोट दिएकोले त्यो चोटको खोट सहन नसकी हजार् हज्जर्को २ ओटा नोट सहित बासी खान्छु, काशी जान्छु, तर चौतारी जान्न भनेर हिडेंको देखेको सुनेको रे।

@@ कोही भन्छन्, हिजो रक्षा बन्धनको दिन गाउंका सबै चेलीहरुले ठेलिका ठेली राखी बाँधि दिएकोले कुमार मै बैकुण्ठ बास होइने डर ले दिक्क मान्दै, कर्म र मर्म दुबैलाई धिकार्दै बसाई सरेको देखेको रे।
@@@
त्यो भन्दा पनि चर्को अर्को हल्ला पनि सुनिएको छ। त्यो के भने, गाइजात्राको दिन, गाई लिएर शहर परिक्रमा गर्न निस्केको रे। परलोक सुधार्नु पर्‍यो। जता गए नि हण्डर् र थन्डर् मात्र खाने भयो, अब पुण्य संचय पनि गर्नु पर्‍यो। अलि अलि आम र दाम् को नि ब्यबस्था हुने रे भन्दै थियो रे। कस्को गोठको गाई हरायो भन्ने खोजी हुंदै छ रे।
 
Posted on 08-29-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे बुढाले ADHRN को चुनाउ जितेको एक्पिरियन्स युज गरे जस्तो छ, भटाभट भोट त बढ्या बढ्यै छ बा! यस्तै ताल हो भने त एक लाख नाघ्छ जस्तो छ भोली सम्म।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters