Posted by: Rahuldai August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
भौते हराउनु र काग कराउनु मा सुनिएका, देखिएका हल्लाहरु। ********************************************** स्यान्जा घर भै हाला कन्नाडांडा स्थायी बसोबास गर्ने श्री भौते भंडारी बिगत २० घण्टा देखि चौतारीबाट अचानक (चारकोशे जंगलमा तपस्यारत आधुनिक बुद्ध हराए जस्तो) हराएकोमा चौतारी वरिपरि अनेक अड्कल लगाउनेले लगाए। @ कसैले, चौतारी अैडोलमा नाकले गीत गाउंदा पनि, सुर ताल मिलाउदा नि भोट दिनेले भोटको साटो चोट दिएकोले त्यो चोटको खोट सहन नसकी हजार् हज्जर्को २ ओटा नोट सहित बासी खान्छु, काशी जान्छु, तर चौतारी जान्न भनेर हिडेंको देखेको सुनेको रे। @@ कोही भन्छन्, हिजो रक्षा बन्धनको दिन गाउंका सबै चेलीहरुले ठेलिका ठेली राखी बाँधि दिएकोले कुमार मै बैकुण्ठ बास होइने डर ले दिक्क मान्दै, कर्म र मर्म दुबैलाई धिकार्दै बसाई सरेको देखेको रे। @@@ त्यो भन्दा पनि चर्को अर्को हल्ला पनि सुनिएको छ। त्यो के भने, गाइजात्राको दिन, गाई लिएर शहर परिक्रमा गर्न निस्केको रे। परलोक सुधार्नु पर्‍यो। जता गए नि हण्डर् र थन्डर् मात्र खाने भयो, अब पुण्य संचय पनि गर्नु पर्‍यो। अलि अलि आम र दाम् को नि ब्यबस्था हुने रे भन्दै थियो रे। कस्को गोठको गाई हरायो भन्ने खोजी हुंदै छ रे।
Read Full Discussion Thread for this article