नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
ओहो, ग्वाँच्स् ब्रो! क्यार्दै ओ!! जराको मुन्तिर अँझै कुन चैं वनस्पतिको डि एन ए हेर्दै हो? धेरै काम गर्यो भने माम खाने टाइम पनि हुँदैन, गाम चहार्ने फुर्सत पनि हुँदैन। यस्तै चाल हो भने आर्को चोटि न्युरोडमा भेट्दा पनि सिंगलै भेट्न पर्ला है!!!! :) त्यै भ'र धमाधम विदा लिन पर्च लिन पा' बेलाँ।
चित्र्स् सोम! ब्रोले त चौतारीको बरियाँतक्रममा (कि मर्यादाक्रम हो?) आफ्नो नाम कान्छोमा पारेछौ केरे त नि! म भन्दा पनि तल!!! सर्टिपिकेटतिर जन्ममिति सच्यायौ कि क्या हो????? जापुनमा अहिले रात भइराछ। सारा जापुनीहरु निद्रादेवीको चरणकमलमा लमतन्नै लम्पसार पर्दै नाकका पोराबाट ठुला ठुला सास फेर्दै घुर्दै छन्। त्यै छ जापुनको हालखबर!!!!
माया तिमीले गरिनौ वास्ता चौतारीको छेवैमा म बस्दा तिमी हामी जाउँ हिंड चितौन चितौनमा जिन्दगी बिताउन शुक्रबारे जदौ यो बिर्खेमाइलाको।
पल्लो घर कि तरुनीले किनिन छोटो जामा ! घरमा पैसा चोरी भयो भन्दैथिन् है आमा !!
के हो "सोझो" कुम्ले, बिजुलीको तार मात्रै होइन घरको पैसा चोरेर तरुनिलाई जामा किन्न थाल्या हौ कि कसो?
आफु त यो महिना भरि तर्कारि बेच्न मा बिजि हुन्चु।
ठुलि, आज महिनाको अन्तिम दिन, त्यो पनि २ बजेसम्म मात्रै, के गुनासो गरिरा हो? रायोको हरियो डुकु भए देखी यसो बचाइरखिदेउन, भरे तिहुन के बनाउने भन्थी बुढीया।
तारेमाम्, बिर्खे जी, गालब गुरु, माकुरे, चिप्ले, चित्रे आदि इत्यादि सबै मा। मीटिङ् सकियो, इटिङको ट्याम् भो। अब भात खान जान्छु अनि ध्याउुउुउुउुउुउु गर्दै आउनु पर्ला।
शुक्रबार त कति आए कति गए जिन्दगीमा भने जस्तो बार,एक बार आएन जिन्दगीमा
सुन्तले यस्तो मुटु नै छोयला छोयला, कचिला कचिला हुने गाना राख्नु भयो। आय्या, चसक्क दुख्यो, एम्बुलेन्स बोलाउनु पर्ला जस्तो छ। एम्बुलेन्स् को पैसा तिर्नु पर्छ रे $६०० अम्रिकामा। भो भो न बोलाउ। दुख्न देउ यो मुटुलाई। बाचुन्जेल सम्म त दुख्न पाउछ यो मुटुले।
माकुरे जी, मलाई जी हाल्नु पर्दैन, चुनचान मान्छेलाई जी लगाएको सुहाउदैन र कहिले कहिं त ब्यङ लाग्छ।
भात न खाई नेपाली भएको महशुस् नै न हुने भने। चाइनिज कै भए नि भात त भातै हो। हसुर्न जानु परो। भाते ब्रेक पछि भेटौला। तारेमाम।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.