[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 101758 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 01-12-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा!!!!!!!!!कति राम्रा कबिता ,,,,,,,,,,,,,,,,
 
Posted on 01-13-06 2:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस_मी, कविताको देशमा स्वागत छ। हजुरका कविता पढ्न पाइएला चाँडैनै भन्ने आशा छ।
 
Posted on 01-13-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GautamB, tapai lai muri muri danyabad. yaha ley barnan garnu bhaako nari meri aama nai hun. khey shankha chaina.
pheri ak patak, hirdraya bata dhanyabad.
 
Posted on 01-13-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागतको लागि धन्यबाद
माथि को जस्तो कबिता त कहा हुनु तै पनि प्रयास गर्छु है त गौतम जी!
किन आभास हुन्छ? कोहि मलाई पर्हि रहेछ

फक्रिदैछन कोपिलाहरु
डेजी चमेलिका गुछ्छाहरु
तर म किन सम्झिरहेछु?
बेली चमेलीका बोटहरु
सुगन्धित बगैचाको प्रस्फुटनहरु

उस्तै हरियाली उस्तै शितलता
उस्तै छहारी उस्तै मधुरता
तर किन मलाई अनुभूतीछैन?
वरपिपलको अदभूत सितलता
थकाईको छरम सन्तुष्टता

पाइला लम्कि रहेछन्
गन्तब्य चिहाईरहेछ
तर किन याद आईरहेछ?
उकाली ओरालीका साथहरु
सफलताका अनगन्ति कामनाहरु

हरेक बिहानी मेरो आँखाको
निमन्त्रण दिरहेछ नयाँ संरचनाको
तर किन म संझिरहेछु?
स्पर्स त्यो आँखीझ्यालको
दिग्दर्शन त्यो अटल पहाडको

उही धर्ती म टेकीरहेछु
उही आकाश म देखीरहेछु
तर किन यथार्तता मेरो आँखामा नौलौ छ?
त्यो को हो? जो मलाई ईशारागरीरहेछ
किन आभास हुन्छ?
कोहि मलाई पर्खिरहेछ।।

चित्रे भाइ!कस्तो लाग्यो?मैनाको लागि लेखेको कबिता
 
Posted on 01-13-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पाइला लम्कि रहेछन्
गन्तब्य चिहाईरहेछ
तर किन याद आईरहेछ?
उकाली ओरालीका साथहरु
सफलताका अनगन्ति कामनाहरु"

------------------------------
मिस मि जी, दामि गयो तपाईको तर्फबाट!
मलाइ पनि याद आयो त्यहि वन पाखा, त्यहि ऊकालि- ओराली!
अझै थप्दै जाउँ है, मेरो शुभकामना छ।
 
Posted on 01-13-06 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथिहरु को साथको लागि केहि लेख्ने प्रयास गर्दैछु।

*********************************************

आज फैरि एउटा सन्देस आयो
साथमा काहालि लाग्दो बिधेएक आयो।
मर्न तम्त्यार त्यि जिउदा लास हरु
अनि ओइलाएका फुल हरु मा लाली आयो।
माटे माइकल भएछ , कसाइ भयो राजा
सैनिक राक्षस बनेछ अनि जनता बनिरहेका छन ऊनिहरका खाजा।
 
Posted on 01-13-06 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा मास्टर्नि नानि को काविता त साह्रे राम्रो लाग्यो। म जस्ता लाइ प्रेरणा अवश्य मिल्ने छ। त्यस्को लागि धन्यवाद! !!!!!! कि कसो!!!!! साथि हरु हो ??????
 
Posted on 01-13-06 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! मास्टर्नी दिदीले मैनाको लागि कविता पनि तयार पारेर दिनु भएछ मलाई, धन्यवाद छ है।

यो चाहीं म आफैंले मैनाको लागि लेखेको कविता। धेरै दिनपछि यस्तो अलि रोमान्टिक खालको कविता लेखेको, कस्तो अनौठो अनौठो लागिरहेछ, कहाँ नमिल्या कहाँ नमिल्या जस्तो!


तिम्रो याद

हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 
Posted on 01-13-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा बसैमा, साथको लागि धन्यवाद! आशा छ साथलाई निरन्तरता दिनुहुन्छ।
जीबन जी, सुरु गर्नुहोस तपाईँ पनि, हामि आतुर छौँ ।
चित्रे, मैना कति भाग्यमानि छिन भन्ने अहिले थाहा भयो :) लेख्दै गर है।

एऊटा म बहुलाएको बेलामा लेखेको गन्थन राख्दै छु है साथिहरु -

तिमी, रक्सी -

आज फेरि
म छु,
रक्सी छ,
तिमी छौ!

बेहोशी छ,
र त रक्सी छ।
होश छैन,
र त तिमी छौ।

पिडा भुलेँ,
र त रक्सी छ।
मति छाडेँ,
र त तिमी छौ।

आँखा लाल छन,
र त रक्सी छ।
मन कंगाल छ,
र त तिमी छौ।

कलेजो कुहियो,
र त रक्सी छ।
मुटु चोइटियो,
र त तिमी छौ।

म हल्लिएँ,
र त रक्सी छ।
अस्तित्व डग्मगायो,
र त तिमी छौ।

गिलाँस रित्तो भो,
र त रक्सी छ।
भविश्य खालि भो,
र त तिमी छौ।

आज फेरि
म छु,
रक्सि छ,
तिमि छौ!

 
Posted on 01-14-06 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे भाइ यति राम्रो कबिता मैनाको लागि…………….. ?कहा छौ मैना तिंमी????
जिवन३०जी खुशि लाग्यो कहि न कहि मेरो कबिता ले हजुरलाई प्रेरणा मिल्ने भएछ

मलाई जोस चलेको बेला यो चाँहि


खहरेखोला



खै बग्न पाएको हामिले?

समग्र भएर एउटै प्रवाहमा

बाँध प्रवाह बिरुद्ध खडा छ सधै

छिन्न भिन्न भएर बग्नु पर्छ

फोट्दै किनारका चट्टानहरु

मेट्दै बाटोका अबरोधहरु

भत्काउन निरंकुस पर्खाललाई

खहरे खोला ,

वर्षातको भेल भन्दा वेसी उर्लेर आउनुपर्छ।
 
Posted on 01-14-06 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एऊटा अर्को

गजल!
आशा छ गुरुहरुले नियम नमिलेको ठाउँमा सच्च्याइदिनु हुनेछ।


माया अझै बाँकि छ -


नजर फरक भैसकेछ, आश अझै बाँकि छ,
तिम्रो मिठो मायाको, उल्लास अझै बाँकि छ!

टुक्रिए त के भयो, मेरा मनका रहरहरु,
तिमी संग बिताएका, साथ अझै बाँकि छ।

बिछोडको यो हुरि यहाँ, जति चल्छ चल्न देऊ,
हाम्रो मिठो मिलनको, एहसास अझै बाँकि छ।

खाली भए त के भयो, मनका कोठा सबैतिर,
तिम्रो मेरो पिरतीको, खात अझै बाँकि छ।

हाम्रो चोखो माया अब, बिर्सीजाने ईतिहास,
तिम्रो प्यारो अंगालोको, मात अझै बाँकि छ।

नजर फरक भैसकेछ, आश अझै बाँकि छ,
तिम्रो मिठो मायाको, उल्लास अझै बाँकि छ!

 
Posted on 01-14-06 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नतमस्तक छु यार साँथिहरु को कविता देखि म !
 
Posted on 01-14-06 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! कविताको देशमा एक दिनमै कति धेरै सुन्दर गाऊँहरु थपिएछन!

जिवन३०जी, कविताको देशमा स्वागत छ।
----------------------------------------------------------
मिस_मी जी, nostalgic गरायो तपाईँको कविताले।

----हरेक बिहानी मेरो आँखाको
निमन्त्रण दिरहेछ नयाँ संरचनाको
तर किन म संझिरहेछु?
स्पर्स त्यो आँखीझ्यालको
दिग्दर्शन त्यो अटल पहाडको-------

र बिर्खेजीले औँल्याउनु भएका त्यान्द्राहरु बढी मन परे।
एउटा कुरो भनिहालौँ, नराम्रो नमान्नु होला;
"--थकाईको छरम सन्तुष्टता" को सट्टा "थकाई मेट्दाको चरम सन्तुष्टि" राख्दा कसो होला? किनकि थकाइमा सन्तुष्टिभन्दा बढी चाहनाको भाव (बिश्रामको चाहना) बढी हुन्छ जस्तो लाग्छ । अनि "सन्तुष्टता" भन्ने शब्द छ र? "सन्तुष्टि" नै प्रचलित हैन र?

तपाईँको दोश्रो कविताको भाव झन मन पर्यो। समयले आफ्नो खातामा लेखिसकेको देख्छु म, अबका नदीहरुले सानोतिनो बाढीमा चीत्त बुझाउने छैनन्। भूपिले कतै एक कवितामा भनेजस्तै, अब नदीहरुमा तूफानी समुद्रको वेग हुनेछ।
---------------------------------------------------------------------------------------------
मानचित्रजी, राम्रो कविता लेख्नु भयो। अरु पनि पढ्न पाइने आशा छ।
---------------------------------------------------------------------------------------------
बिर्खेजी, बहुलाएको बेलामा समेत दामी लेख्नु हुँदो रहेछ !
-----------------------------------------------------------------------------------------------
साझा बसजी र बिर्खेजी, गजलहरु मिठा लागे। साझामा गजलका एक से एक गुरुहरु छन्। धैर्य गर्नुस्, गतिला प्रतिकृया र सुझावहरु चाँडैनै आउने छन्।
---------------------------------------------------------------------------------------------------
 
Posted on 01-14-06 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ मुखियाबा। स्वागत छ यो देशमा, कविताको देशमा।
 
Posted on 01-14-06 1:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजीले बहुलाएको बेला भनेर माथि शायद पिएको बेलालाई भन्नु भएको होला। एक ताका मेरो जिन्दगीमा पनि बिजुली पानीको बाढी आएको थियो। साथमा चरम निराशा र एक्लोपनाको अनुभूति पनि थियो। अहिले त्यो क्षण सुदूर अतीतको सपना जस्तो लाग्छ। आज त्यै बेलामा लेखेको एउटा सानो टुक्रो राख्दैछु। यहि धागोमा माथि कतै टाँसिएको "सप्ताहान्तको साँझ" र यो एउटै समयका हुन्।

"जिन्दगीको अर्को उपलब्धि"

दिनभरि-
साथीहरुसंग भनिरहेँ,
"मेले पिउन छाडेँ!"
अथवा
"म अचेल
एकदम, एकदम, एकदम
कम पिउन थालेको छु!"
र सुत्नु अघि अचानक थाहा पाएँ
खाली शिशीहरुको मेरो संग्रहमा
एउटा अर्को 'फुच्चे बोतल' पनि थपिएछ;
शायद यो पनि-
जिन्दगीको अर्को उपलब्धि हो कि?
 
Posted on 01-14-06 4:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी,बिर्खे माइला लगायत सम्पुर्ण साथिहरु मा साथ अनि इनकरेज को लागि ।
म एउटा प्रयास गर्दैछु ।
********************************************************
उठ हे साझाल्याण्ड मा भएका नेपालि हरु हो अब उठ
संगठित भएर उठ।।
नया नेपालको लागि उठ,
अब नेपालि आमाको
आसु पुस्न उठ।

देसका सत्रु र सैतानहरुले
आमा का बल्तकार गरिसके ।
नया पलाएका पलुवा हरु लाइ
जरा देखिनै निमोठि सके।
घर घर बाट दाजु हरु मुङ्गलान पसिसके
भाइहरु बिदेसि भैसके ।।।

आला रगत को खोलाहरुले
बस्ति सुत्न लागिसके।
बुट र बन्दुकका भर बाट
राक्षसहरुले देस हल्लाइरहे
रगत पिउन पल्केका जङगलिहरुले
समाजलाइ तर्साइरहे।

बिन्ति छ सबैलाइ , अब हामि उठ्नु पर्छ
नया नेपालको लागि जुटनु पर्छ।
जङ्गल बाट बन्दुक बोकेर होइन
शहर बाट कलम लिएर गाउ पस्नु पर्छ।
जाति्यता र धर्मलाइ एक छिन छोडेर
देसको भबिष्य अब सोच्नु पर्छ।
अब हामि उठनु पर्छ॥
 
Posted on 01-14-06 4:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी,बिर्खे माइला लगायत सम्पुर्ण साथिहरु मा साथ अनि इनकरेज को लागि धन्यबाद।
 
Posted on 01-14-06 6:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी बैनी, आइराख्नुस् है। कोसेली लिएर।


उस्तै हरियाली उस्तै शितलता
उस्तै छहारी उस्तै मधुरता
तर किन मलाई अनुभूती छैन?
वर पिपलको अदभूत सितलता

थकाईको चरम सन्तुष्टता


साह्रै सित्तल भो।
 
Posted on 01-14-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाई, गोतामे ज्यू,मास्टर्नी दिदी, हौसलाको लागि धन्यवाद। साझाबसैमा, राम्रो प्रयाश, अरू पनि लेख्दै गरौं। दादा पनि लेख्दै गरम् न!

म चैं अर्को कविता लिएर आएँ, आजै लेखेको। अचेल कविता अलि फुर्न थालेछ।

मेरो देश : दुई रूप

रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,
समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा
नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो

तर अचेल,
के भयो मेरो देशलाई?
खै! के भयो मलाई थाहा छैन
स्वच्छ, शान्त, स्थिर तालमा
केवल मानव रक्त जमिरहेछ
रक्तरंजित लासहरू
लहरा पहरामा झुण्डी
हल्लिरहेछन्
गोली र बमका कर्कश ध्वनी
कोलाहलमा निरन्तर
गुन्जिरहेछन्
भ्रातृत्त्व र मानवता भन्ने शव्द
केवल आदर्शको पुस्तकभित्र
थन्किरहेछन्
अब मलाई
यस्तो लाग्छ मेरो देश
हत्या र हिंसा सिकाइने
पाठशाला हो
निर्ममता प्रदर्शन गर्ने
रंगशाला हो।

 
Posted on 01-14-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी Rhythm मिलाउदा सन्तुष्टि ‘सन्तुष्टता’ हुन गएकोहो। ‘चरम’ लेख्न खोजेको ‘छरम’ भएछ……..Forgot to press shift ha-ha.त्यहा अरुपनि mistype भएकाथिए । पहिलोलाइन “मेरो आगनमा,” त लेख्नै पो बिर्सेछु। apologetic for that mistake. Really be grateful for your kind suggestion. फेरि फेरि पनि गल्ति औलाईदिनु हुनेछ भन्ने आशा गर्दछु। यो अर्को गन्थन पनि पस्किएकीछु।

कोशेली

कोशेली तिमीलाई मेरो शुभकामना
थोरै होला पोकोमा सिंगो हिमाल अर्पन्छु
चढ्नू त्यो शिखरमा
झन्डा म पुराइ दिउला

हुनत,
तिमीले खनेको गोरेटोमा
एक पाइला मेरो पनि हुनु पर्थ्यो
आँधी जस्तै तिम्रो त्यो आगमनमा
गती मेरो पनि हुनुपर्थ्यो
तिमीले देखाएको ‘तारो’म
एक संगीन मेरो हुनुपर्थ्यो

तिमीलाइ भेट्दा त्यो आँखामा
ज्वाला आक्रोसको
दर्द पिडाको
आभास भएको थियो
खोलाको बगरमा मेरी बहिनी
बालुवा र रगतले पुरिएकी………..देख्दा
मेरो जमिन थर्किएको थियो

त्यहि रातो टिका तिम्रो निधारमा
अनि हरियो दुबोको माला सिंगै तराइ तिमीलाइ
लम्कदै जानू गन्तब्य पर्खीरहेछ
अटल सगरमाथा साहस दिईरहेछ
मेची देखि काली जुर्मुराइ रहेछ

बस्!
तिमी आवाज देऊ
करोडौ प्रतिध्वनी तिम्रो शंखनादको
हिमाल,पहाड,वेंसी हुदै गुन्जिनेछ
तिम्रो सफलतामा बजेका
करोडौ तालीहरुमध्ये
एक ताली मेरो हुनेछ

नडगमगाऊन तिम्रा अदम्य पाइलाहरु
अखण्ड लक्ष प्राप्तिको लागि
कोषौ टाढाबाट यी शब्दहरु काफी नहोलान्
मेरो ह्रदयभरीको अटुट “विश्वास अनि शुभ-कामना”
कोशेली तिमीलाइ!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters