Posted by: miss_ me January 13, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
स्वागतको लागि धन्यबाद माथि को जस्तो कबिता त कहा हुनु तै पनि प्रयास गर्छु है त गौतम जी! किन आभास हुन्छ? कोहि मलाई पर्हि रहेछ फक्रिदैछन कोपिलाहरु डेजी चमेलिका गुछ्छाहरु तर म किन सम्झिरहेछु? बेली चमेलीका बोटहरु सुगन्धित बगैचाको प्रस्फुटनहरु उस्तै हरियाली उस्तै शितलता उस्तै छहारी उस्तै मधुरता तर किन मलाई अनुभूतीछैन? वरपिपलको अदभूत सितलता थकाईको छरम सन्तुष्टता पाइला लम्कि रहेछन् गन्तब्य चिहाईरहेछ तर किन याद आईरहेछ? उकाली ओरालीका साथहरु सफलताका अनगन्ति कामनाहरु हरेक बिहानी मेरो आँखाको निमन्त्रण दिरहेछ नयाँ संरचनाको तर किन म संझिरहेछु? स्पर्स त्यो आँखीझ्यालको दिग्दर्शन त्यो अटल पहाडको उही धर्ती म टेकीरहेछु उही आकाश म देखीरहेछु तर किन यथार्तता मेरो आँखामा नौलौ छ? त्यो को हो? जो मलाई ईशारागरीरहेछ किन आभास हुन्छ? कोहि मलाई पर्खिरहेछ।। चित्रे भाइ!कस्तो लाग्यो?मैनाको लागि लेखेको कबिता
Read Full Discussion Thread for this article