Posted by: miss_ me January 14, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
गौतम जी Rhythm मिलाउदा सन्तुष्टि ‘सन्तुष्टता’ हुन गएकोहो। ‘चरम’ लेख्न खोजेको ‘छरम’ भएछ……..Forgot to press shift ha-ha.त्यहा अरुपनि mistype भएकाथिए । पहिलोलाइन “मेरो आगनमा,” त लेख्नै पो बिर्सेछु। apologetic for that mistake. Really be grateful for your kind suggestion. फेरि फेरि पनि गल्ति औलाईदिनु हुनेछ भन्ने आशा गर्दछु। यो अर्को गन्थन पनि पस्किएकीछु। कोशेली कोशेली तिमीलाई मेरो शुभकामना थोरै होला पोकोमा सिंगो हिमाल अर्पन्छु चढ्नू त्यो शिखरमा झन्डा म पुराइ दिउला हुनत, तिमीले खनेको गोरेटोमा एक पाइला मेरो पनि हुनु पर्थ्यो आँधी जस्तै तिम्रो त्यो आगमनमा गती मेरो पनि हुनुपर्थ्यो तिमीले देखाएको ‘तारो’म एक संगीन मेरो हुनुपर्थ्यो तिमीलाइ भेट्दा त्यो आँखामा ज्वाला आक्रोसको दर्द पिडाको आभास भएको थियो खोलाको बगरमा मेरी बहिनी बालुवा र रगतले पुरिएकी………..देख्दा मेरो जमिन थर्किएको थियो त्यहि रातो टिका तिम्रो निधारमा अनि हरियो दुबोको माला सिंगै तराइ तिमीलाइ लम्कदै जानू गन्तब्य पर्खीरहेछ अटल सगरमाथा साहस दिईरहेछ मेची देखि काली जुर्मुराइ रहेछ बस्! तिमी आवाज देऊ करोडौ प्रतिध्वनी तिम्रो शंखनादको हिमाल,पहाड,वेंसी हुदै गुन्जिनेछ तिम्रो सफलतामा बजेका करोडौ तालीहरुमध्ये एक ताली मेरो हुनेछ नडगमगाऊन तिम्रा अदम्य पाइलाहरु अखण्ड लक्ष प्राप्तिको लागि कोषौ टाढाबाट यी शब्दहरु काफी नहोलान् मेरो ह्रदयभरीको अटुट “विश्वास अनि शुभ-कामना” कोशेली तिमीलाइ!!
Read Full Discussion Thread for this article