Posted by: Gautam B. January 14, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
बिर्खेजीले बहुलाएको बेला भनेर माथि शायद पिएको बेलालाई भन्नु भएको होला। एक ताका मेरो जिन्दगीमा पनि बिजुली पानीको बाढी आएको थियो। साथमा चरम निराशा र एक्लोपनाको अनुभूति पनि थियो। अहिले त्यो क्षण सुदूर अतीतको सपना जस्तो लाग्छ। आज त्यै बेलामा लेखेको एउटा सानो टुक्रो राख्दैछु। यहि धागोमा माथि कतै टाँसिएको "सप्ताहान्तको साँझ" र यो एउटै समयका हुन्। "जिन्दगीको अर्को उपलब्धि" दिनभरि- साथीहरुसंग भनिरहेँ, "मेले पिउन छाडेँ!" अथवा "म अचेल एकदम, एकदम, एकदम कम पिउन थालेको छु!" र सुत्नु अघि अचानक थाहा पाएँ खाली शिशीहरुको मेरो संग्रहमा एउटा अर्को 'फुच्चे बोतल' पनि थपिएछ; शायद यो पनि- जिन्दगीको अर्को उपलब्धि हो कि?
Read Full Discussion Thread for this article