Posted by: Birkhe_Maila January 14, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
एऊटा अर्को गजल! आशा छ गुरुहरुले नियम नमिलेको ठाउँमा सच्च्याइदिनु हुनेछ। माया अझै बाँकि छ - नजर फरक भैसकेछ, आश अझै बाँकि छ, तिम्रो मिठो मायाको, उल्लास अझै बाँकि छ! टुक्रिए त के भयो, मेरा मनका रहरहरु, तिमी संग बिताएका, साथ अझै बाँकि छ। बिछोडको यो हुरि यहाँ, जति चल्छ चल्न देऊ, हाम्रो मिठो मिलनको, एहसास अझै बाँकि छ। खाली भए त के भयो, मनका कोठा सबैतिर, तिम्रो मेरो पिरतीको, खात अझै बाँकि छ। हाम्रो चोखो माया अब, बिर्सीजाने ईतिहास, तिम्रो प्यारो अंगालोको, मात अझै बाँकि छ। नजर फरक भैसकेछ, आश अझै बाँकि छ, तिम्रो मिठो मायाको, उल्लास अझै बाँकि छ!
Read Full Discussion Thread for this article