Posted by: world_map January 14, 2006
Login in to Rate this Post:
0
?
बिर्खे दाई, गोतामे ज्यू,मास्टर्नी दिदी, हौसलाको लागि धन्यवाद। साझाबसैमा, राम्रो प्रयाश, अरू पनि लेख्दै गरौं। दादा पनि लेख्दै गरम् न!
म चैं अर्को कविता लिएर आएँ, आजै लेखेको। अचेल कविता अलि फुर्न थालेछ।
मेरो देश : दुई रूप
रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,
समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा
नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो
तर अचेल,
के भयो मेरो देशलाई?
खै! के भयो मलाई थाहा छैन
स्वच्छ, शान्त, स्थिर तालमा
केवल मानव रक्त जमिरहेछ
रक्तरंजित लासहरू
लहरा पहरामा झुण्डी
हल्लिरहेछन्
गोली र बमका कर्कश ध्वनी
कोलाहलमा निरन्तर
गुन्जिरहेछन्
भ्रातृत्त्व र मानवता भन्ने शव्द
केवल आदर्शको पुस्तकभित्र
थन्किरहेछन्
अब मलाई
यस्तो लाग्छ मेरो देश
हत्या र हिंसा सिकाइने
पाठशाला हो
निर्ममता प्रदर्शन गर्ने
रंगशाला हो।