Posted by: Birkhe_Maila January 13, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
साझा बसैमा, साथको लागि धन्यवाद! आशा छ साथलाई निरन्तरता दिनुहुन्छ। जीबन जी, सुरु गर्नुहोस तपाईँ पनि, हामि आतुर छौँ । चित्रे, मैना कति भाग्यमानि छिन भन्ने अहिले थाहा भयो :) लेख्दै गर है। एऊटा म बहुलाएको बेलामा लेखेको गन्थन राख्दै छु है साथिहरु - तिमी, रक्सी - आज फेरि म छु, रक्सी छ, तिमी छौ! बेहोशी छ, र त रक्सी छ। होश छैन, र त तिमी छौ। पिडा भुलेँ, र त रक्सी छ। मति छाडेँ, र त तिमी छौ। आँखा लाल छन, र त रक्सी छ। मन कंगाल छ, र त तिमी छौ। कलेजो कुहियो, र त रक्सी छ। मुटु चोइटियो, र त तिमी छौ। म हल्लिएँ, र त रक्सी छ। अस्तित्व डग्मगायो, र त तिमी छौ। गिलाँस रित्तो भो, र त रक्सी छ। भविश्य खालि भो, र त तिमी छौ। आज फेरि म छु, रक्सि छ, तिमि छौ!
Read Full Discussion Thread for this article