नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम -चौतारी - भाग ६७ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँदाइको ब्लग * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी * चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न
अन्तरेको कविता
भो शिष्ठताका कुरा नगर, अब मीठो बोलि के रुखो वचन के? सिमाना मुटुकै मिचे पछि, अब साँध दोसाँधको गुनासो के?
भो तिर्सनाका कुरा नगर, अब त्रिप्ती के तिर्खा के? पिलाउने नयन तिम्रै थिए, अब होश के बेहोशी के?
भो विश्वाश का कुरा नगर, अब पाप के पुण्य के? स्पर्श को न्यानो तिम्रै थियो, अब सम्हालिनु के बहकिनु के?
भो सम्झनाका कुरा नगर, अब अतित के वर्तमान के? द्विविधा तिम्रै थियो, अब मेरो साथ के उस्को हात के?
भो अँध्यारोका कुरा नगर, अब दिन के रात के? मर्नु मनै मरि सक्यो, अब रमझम के उजाड के?
भो जिन्दगीका कुरा नगर, अब बाँच्नु के मर्नु के? जल्नु मुटु जलि सक्यो, अब ओखति के विष के?
मास्टर्नी दिदीको कविता
रुखो-मिठो जे थियो साथ थियो मर्यादाको दोशाधको तुलो भित्र अब भो हाल्न नखोज। संझे चोखो साहारा तर रहेछ तिर्सना आलिंगनले यो मन अब भो गाल्न नखोज। ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार पाप-पुण्य भित्र अब भो ढाल्न नखोज। बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ संझी अतितको द्वविधा अब भो टाल्न नखोज। ओखतीको के कुरा पिसके बिषको ज्वाला भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।
किन ठुस्स परेको नि मुन्नि फेरि। न रोउ बा, न रोउ। छुच्ची भनेर रिसाको? ल ल छुच्ची भन्दिन नि त अब। अब बिहानै ४-५ प्याकेट पुस्टकारी खाएर फेरि अब नेप्ची दिदी को भाग पनि खानु पर्ने तिमी लाइ? लोभीनी कही कि? हुदा हुदा सुनिमा लाइ पनि मैले देको न खाउ रे। भिनाजु को धाक पो देको? हमी नि हेरुम ला नि। तिम्रा भिनाजु त हाम्रा नि गुरु हुन के रे। तिमी ले भिनाजु भन्नु भन्दा अगाडी नै हाम्ले गुरु भन्न थालेको।
के भन्नुभाको पून्टेदाईले? के छ त्यो "बाडी" मा? (भन्न खोजेको बांडी हो) हे हे भौते, टिरेन छुतेको त ३ घन्टा थ्याम्मै भो। अब एक् छिन म दोस्रो राउन्ड धुंवा छुट्छ होला चना भाई के छ हो?
कुम्ले ग्रेट जब। बम्पर पुरस्कार हात पार्ने दाऊ जस्सो छ । गाडी बाडीमा डुब्या झोंकमा पुनटेन्द्र माहाराजले गाडीको मोविल झिकेर टाउकोबाट खन्याइदिने पो हुन कि ?
हो रे छ नेप्चे ज्ञानि बनेर आ' रे छ । ल ल कतै कुरो सुरो चल्या' भे दह्रो सिफारिश चढाइदिम्ला,
यो मुन्नी को कुर न पत्याउनुस है, दुर्गी दिदी। भोली बिहानै हजुर कहा पुग्छ होला मैले आज पथाको कोशेली। आफु ले खान पाइन भनेर डाहा लागेको होला नि, यो मुन्नी लाइ।
ल ल चना दाइ, दरो सिफारिस गरि दिनुस है त कुरो चल्यो भने। मुन्नी, मैले तिम्रो मा पठाको भए पो आइ पुग्छ त भोली? लौ के को अन्याय नि? अब कालो लाइ कालो, गोरो लाइ गोरो, राम्रो लाइ राम्रो अनि ग्यानी लाइ ग्यानी पनि भन्न न पाउने? घोर कलि जुग पो लगेछ बा।
हे हे मुन्नी, गुत्पाक भेटे यही चौतारी को रुखमा पोको पारेर झुन्ड्याइ दिने रे। कति रमाइलो। भाउते गुरु, त्यो मुन्नी ले झुन्ड्याइदेको गुत्पाक तपाइ र म मिलेर खाम्ला है त।
कि लाग्या मुलाई हो बिजुली पानी? फिरि यो अन्तरे क्यार्न लाओ चौतारीआँ राति हुँदो कहिले झिसमिसेमै आँउच कहिले आधा राताँ भन्लान गाम्लेले। अब बिर्सेलान् भन्नि पिरलो छुट्टै छ आफ्नु।
साहु बुढाले दुई दिन् टेरलिङ् लेर आइज सहराट राम्रो जोत्नि भनेर राजधानी पठाछन के अइले र त पाइयो चौतारी च्याउन। नत्र त काँ याँ क्यानडाँडा सप्पै फाँड भनेर राख्या छन् के डाँडा हुँदि। न घराँ फुन न तो इन्टर्नेट।
ह्याँ फिरेन्च बोलेर हैरान पारे फिरि अरु जोताहाहेरुले। बुझ्न खोज्दा आधि कपाल मदनवाको जस्तै भैसको। नेपाली, हिन्दी के अउँरेजी धरि सुन्न नपाईनि। खान लाओ जुकिनि भन्दै उसिनेको हरियो कैँडो ख्वाँउदै गर्याछन् बज्जेहर्ले। बल्ल डेढ महिना पछि दाल भात बजाइयो आज। मनै फुरुंग भो।
लौ अब फिरि डाँडा तिरै जानि बेला भो भोलि, साहुले रिपोट लेलान जस्तो छ कसरि रामरी जोत्नि भनेर दुई चार दिन च्याउन पाइन्न होला।
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
The delusion created by mainstream media is creating fake reality for biden supporters
The RSP Convention
Supreme Court Decision Crushes TPS Dreams
Does he deserve Noble Peace prize??
Democrats cannot think for themselves
The Battle of the Titans
Michael Kobold's expose on Nimsdai Purja
Example of how media controls the sheeps
TRUMP 2016!!! Here is why?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.