[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 252791 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-07-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद छ है जिम्माल बा र कुम्ले ब्रो लाइ
मेरि छोरिहरु दुबै दंग छन सबैले क्युट भनेकोले
 
Posted on 08-07-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा हजुर अब कहिले हाम्रो गाउँ घुन आउने। मलाई त्यो झुम्का क्या लगाउन मन लागि सक्यो।
 
Posted on 08-07-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, अब तिम्रो पुष्टकारी खाने दिन रहेन। अर्ना भान्जीले खाने दिन नजिक छ। अहिलेलाई मसला हालेको गुँडपाक खाने बेला हो। नेपाल गएको बेला, ध्याको बनियाको पसलमा किनेर ल्याउला।
 
Posted on 08-07-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली आइ एम फाइन! (झिमिक झिमिक)

ए सान्नानी! क्यार्न नबोल्नी हो म सअँ? हन यो उमेराँ के के सुन्न पर्छ यो कानले? किन रिसाएउ सान्नानी? कि ज्वाइँ साबले नबोल्नु भन्नी आदेस अर्नु भो?

हे हे हे! जिम्माल बा! हाउरको अस्तो कहाँ सक्छु र? यसो टराई अरेकिम क्यारे! (लु अब फेरि के भन्ने हुन बुढा मान्छे ले?)
 
Posted on 08-07-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि ठुलि चै ५ बर्षकि भै सानि चै १९ महिनाकि भै
राहुल दाइ झुम्का त हाम्लाइ ( चौतारिका सबै महिलाहरुलाइ राहुल दाइले आफ्नै हातले बनाको झुम्का ) पनि चाहिन्छ है
 
Posted on 08-07-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्या माथी लिस्टाँ मेरो नाम किन नरख्या त?
 
Posted on 08-07-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahuldaaaaaaaaaaaaaaaaaaaaaaaa taaremaam ! :P (ji hataechhi dil khus huwaa)


इज्जतले मर्न नि नदिने भयो रे sorai aana thick kuroooo :P

saannani arna le malai ke bhani sunau na.

durge bhauju kyaa raamro naam manche jastai aahaaa - thuli chai bhaujasto sani chai chana dai jasto holaa hai :D

thuluuuuuuuuuuuuuuuu....
 
Posted on 08-07-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली तिम्रो गाउं त अस्ति नै आउन मन लागेको थियो, एक हफ्ता अगाडि खबर पाएको भए आउथें। बुबा मुमाको दर्शन गर्ने अभिलाषा अधुरो रह्यो। कुनै दिन कुरिरहेको छु। बरु अगस्टमा यता आउने पिलान सुनेको थिएं। यो गरिबको डेरा त्यो दिनको प्रतिक्षामा छ।
बरु म आफै अगस्तको तेस्रो हफ्तामा मिचिगन स्टेट युनिभर्सिटि जादैछु। चौतारीका दौतरी कोइछन् कि मिचिगन तिर्?
 
Posted on 08-07-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiruuuuuuuuuuuuuuuuuuuuuu तिम्लाई आर्ना छोरी ले तिलुउुउुउुउुउ आन्तीईीईीईीईीईीई रोतफल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल गर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ रे खित खित खित
 
Posted on 08-07-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न तिरु मोरिले ठ्याक्कै मिलाइ बाबै

कसरि थाहा पायौ ह?????????
 
Posted on 08-07-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवा अस्टाइल सिखेछ।

देहातमे सुसरा ठिके थियो देहातिमे बात करथियो
नेपालिमे सोधे भने देहातिमे ऐनसर करथियो
शहर आइले कुमलवा बहुते अस्टाइल सिखेछ
माइँ बाप! शादिके बात तो बहुते भाषा लिखेछ

जे राम जि कि गावँवालोँ।
 
Posted on 08-07-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा आउने तर हजुरको गाम्माको नजिक नजिक तिर हो। खाइ हजुरको गाम्तिर मिल्यो भने आम्लानी।
 
Posted on 08-07-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सान्नानी, अब तिम्रो पुष्टकारी खाने दिन रहेन। " जिम्माल जस्ता बुढाले त अझै पुस्टकरी खादै छन् हाम्ले किन नहुने?
 
Posted on 08-07-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भान्जीले किन ज्ञानेको जस्तो थुतुनो बनाइराखेको?

सबैलाई नमस्ते है फेरि। हैन १ घन्टामा त चौतारीले नेटो काटेर कहाँ पुग्नेहो भन्या, भेट्टाउनै गार्हो।

दुर्गी-भावी, नानुहरु देखेपछि बल्ल दाइको अनुहार याद आयो मलाई। नामले मात्र त अनुहार बिर्सिसकेको रे'छु। कस्तो राम्रो नानुहरु। मेरो तर्फबाट सुस्त सुस्त प्याट्ट गालामा पिटिदिनु ल दुबैलाई। नदुख्ने गरि पिट्नु नि फेरि।

म आएकिम के रे, भावी-जी कता गएकिम कुन्नि।
 
Posted on 08-07-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि रसबरि बनायौ त??

जिम्माल बा रसबरि भत्ता कति पाउने हो मैले र कहिले पाउने हो??? खुलस्त गर्नु परो
 
Posted on 08-07-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाते दा लन्च गरेर आउनु भा जस्तो छ नि।
 
Posted on 08-07-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गी दि momले रस्बरी बनाको त खुवा भयो खित खित खित
 
Posted on 08-07-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाते रे ?


के मात्र भन्न बाँकी राखेनन्ल मलाई। बिचरा सोझो भउतेलाई भेटे पछि ठूलीले नि खेद्छे भनेको यै हो।
 
Posted on 08-07-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गे माता तलको सुचनामा हजुरले खोजेको उत्तर छ!


भत्ता वितरण सम्बन्धि डिटेल-

१) सबै किसिमका भत्ताहरु प्रत्येक महिनाको तेत्तिस गरे वितरण गरिने छ।
२) भत्ता वितरण जम्मा बत्ताईस जना भत्ता अधिकृतहरुको उपस्थितीमा गरिने छ।

तारेमाम्
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters