hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 254733 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-07-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल-बुढा:

बुढेसकालमा केटी ?
हिँड लौरो नटेकी
फकाइदिम्ला घरबेटी।


भान्जी, जेठोबुढो चामलको चुहुँदो खाजा पकाएर राख्नुस है। अस्ति जिम्मालबाले ल्याइदेको घिउ सप्पै छ होला के रे।
 
Posted on 08-07-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिम्ले भन्या लेखेको भउते!

 
Posted on 08-07-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो त ठीक गर्या हो रिठ्ठेले, दिलै चोरे त फेरि ठुलीको ढ्याक् ढ्याक् नै गर्न छोड्छ नि

मामाघराँ नि होला नि बरु घ्यु त एक माना जति ल्याइदे त हुन्थो नि। "जेठोबुढो चामलको चुहुँदो खाजा" भनेको के हो ताअाअाअाआ?

"निसे बजिया पुलिसथाना तिर जाकियो " लौन के भनेको मेरो साथीलाई, त्यस्तो बदमाश त छैन त हो निसे। खुकुरीले यस्सो छिनाल्छु भन्दै हिड्ने मात्र हो, तरकारी काट्ने चक्कु त राम्ररी चलाउन आउँदैन तेल्लाई।
 
Posted on 08-07-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



ब्यान ब्यानै नुन धेरै खायौ कि के हो जिम्माल ? झ्याप्पै रिसायौ त।

आफूलाई त कालीलाई देखेमात्र हुन्छ, अनि सालीलाई देखे मात्र हुन्छ। तारेमाम् (राहुलदा, २००७)
 
Posted on 08-07-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! अनि सालि नै कालि परिन भने चाहिँ कस्तो हुन्छ नि? नाईँ नाईँ एउडा कुरो नि!

लोल सान्नानि! अस्ति कुन दिन हो " मोइले त छिनालि पो दियो हौ! " भन्दै कुर्लँदै उकालो लाइरा' देख्या थेँ! " कसलाई छिनालिस ए निशे बजिया?" भनेर सोधेओ बजियाले बाउले मजाले करेसामा रोप्या फर्सि सबै टिपेर छिनाल्देछ!
 
Posted on 08-07-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानि तिम्ले के शोधेको मलाइ मैले त देखिन। सरि है फेरि एक् चोति त्यो एक् चोति शोध त। अनि हाम्रि आर्ना चोरि कस्तो चिन त। आन्ति भनेर नि बोलाउने बोलाउन जान्ने भेसकि होल्नि है

bhaute daa launa mero dil ritthe le kahile choryo r. ma ta without dil baachiraakheko raicha

birkhe daa hajurko bhanjo le thuli sanga kina naboleko?
 
Posted on 08-07-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे जिम्माल बा। तेइ त। कान् समातेर ल्याउनु न त तेल्लाई चौतारीमा।

तितौरी g'mornin भन्ने बेला भएन??

ठुली
 
Posted on 08-07-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइत हेरन बिना बित्था मा अर्का लाई तेस्सै
 
Posted on 08-07-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कतिले लरकी पाएन,
बोलाउदा नि फर्की हेरेन
सपना बिपना भरि खोज्या खोजेइ भयो,
सम्झना कल्पनामा रोज्या रोजेइ भो।


जदौ, ठुल्दाई को

भात घिचेको छैन, अड्डा पुगेको छैन। तारेमाम्।
 
Posted on 08-07-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भेट्ने बित्तिकै जसरि भ' नि मोरालाई ल्याइहाल्छु नि!

खै सान्नानि! हाउँरि तितौरी नि भदौरे झरि अस्तो भा छिन अचेल। कइले बररर बर्षने कहिले टन्टलापुर घाम लाउने! बर्षने बेला त भा हो के रे नि कता गइ कुन्नि! ईँटाको धुलोले दाँत माझ्दै होलिन!
 
Posted on 08-07-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी-नानी, के को घिउ हुनु मामाघराँ। ठेका-भाँडाँ माकुराले जालो लगाछ बाबै। त्यै एउटो टकेर्नो छ। यसो मुठी-दुई तुर्क्याउँछ। त्यै पनि ब्यान ब्यानै जिम्मालबा खोक्दै चिया पका भउते भन्दै आउँछन्। पितृ हुन ला'का बुढालाई के कालो चिया ख्वाउनु भनेर त्यै दुधले यसो चिया सेतो पार्छु।

यी जिम्माल बुढाले जिन्तखी भर चिया र तमाखु मागेरै चलाए ल !

जिम्मी: सालीनै काली परिन भने हुन्छ।

जेठोबुढो: मगमग बासना आउने पोख्रेली चामल
चुहुँदो खाजा: धेरै घिउ हालेर पका'को खाजा। खाँदा खेरि हातबाट तर्केर-बगेर कुहिनो बाट चुहिने गरि घिउ राखेको के।

ठुल्नानी:

तिम्रोछेउ जाँदा
रिठ्ठे रिठ्ठे बसायो
ठुल्नानीले हसायो।

 
Posted on 08-07-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेह ठुलि, छोरि त तिम्रो स्टाइलमा बोल्ने भै सकिन् रे!
" थुल्लि आन्ती ताताआआाााअअा बुर्र् गुरर्र्र्ल गुर्र्र्लल ताताआआाााअह" गर्छे है सान्नानि?
 
Posted on 08-07-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haaaaaaaaaaaaiiiiiiiiiiiiiiiiiiiiiiiii
kyaa halla garera sutnai dienan chirrrrbire harule khai mero coffee deo aba natra ma nidaauchhu hai firi .

G' mornin!!!!!
 
Posted on 08-07-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानि पिलिज तिमि नरोउन के। ल ल मैले कान समातेके। पिलिज सरि।

आज् भोलि भाउतेदा लाइ के भाको के भाको
कोहि नपार आफ्नै थुल्बुइनिला जिस्काउने भाको
सिम्सिमे पानि मा ज्यान्ले बेमान् गर्च कि जिन्दगानिमा

birkhe daa LOL
 
Posted on 08-07-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiruuuuuuuuuuuuuuuuuuu moriiiiiiiiiiiiiiiii balla aaipugyo.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters