[Show all top banners]

pundit
Replies to this thread:

More by pundit
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Saru ko yaadma

[Please view other pages to see the rest of the postings. Total posts: 135]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 47386 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-24-05 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाय राम
सबै को कथा देखेर मलाई पनि लेखुं लेखूं लाग्यो , स्वभाविक नै हो । उसमाथि नामै पण्डित , कथा पुराणमा नै दिन जाने तर यि के जाति हो ठ्याक ठुकमा नै ढिला मुख चैं परररर चल्छ श्लोक पनि हाल्छु ठोक्न (अर्को हैन नि) चैं स्लो । तर पनि कनिकुथि साझा मित्रहरुको प्रेरणामा केहि लेख्ने जमर्को गर्?या छु । दादागिरि र ओके अनि निर्माण ब्रोहरुलाई त के भ्याऊनु तर पनि मनको रहर पुरा गर्न मन लाग्या नि ।
पढि सल्लाह दिनु होला ।

पोखरा
क्याम्पस भर्खर-भर्खर शुरु भएको थियो टाढा-टाढाबाट विद्यार्थी आएका थिए पोखराको फरेस्ष्ट्री क्याम्पसमा पढ्न र शायद अरु पनि थप केहिको आशमा । नयाँ पहिचान बनाउने र मैयाँसँग कुरा शुरु गर्ने सु-अबसर थियो शुरुका दिनहरु । कुनै वहानानै त हो चाहिने कुरा शुरु गर्न त्यसपछि त सम्हालिहालीथ्यो नि । राम्री केटी दुई खुट्टा टेकेकि त देख्नै नहुनि केटाहरुको सुई-सुई शुरु भै हाल्थ्यो । त्यहि त हो नि क्याम्पसका ति दिनहरुमा ठिटि जिस्क्याउने पट्याउने क्रम चलिरहन्थ्यो । सबैजना अलि अलि जिस्क्याउथें मात्र तर राज अलि एक-कदम अगाडि नै थियो । उसको दिमाग मात्र हैन रुप र शारिरीक वनावटले पनि उसलाई साथ दिएको थियो । गफ गर्नको लागि माहिर , केहि क्षणमा नै सामुन्नेको व्यक्ति उस्को फ्यान भैसक्थ्यो , अझ केटिसंग गफ गर्नपायो भनेत के भन्नु अब । म चाहिं अलि सोझै हो , अनुहार र हाईटले चाहिं साथ दिएकै थिए तर जेब चाहीं अलि नरम हुन्थ्यो आफ्नो । बाले धेरै पैसो कमाएनन् नैतिकवान् भएर धन्न जसोतसो शिक्षा मन्त्रालयको अर्ध-छात्रवृत्तिमा फरेस्ष्ट्री भएपनि पढ्न पाईयो, आश त मेडिसिन पढ्ने थियो के गर्ने । त्यहिताक एकाबिहान सरिता देखापरिन् क्याम्पसमा , उस्को रुपको के बयान गर्नु । अग्लि, गोरो अनुहार, कालो कपाल सर्लक्क मिलेको जिऊ अनि दाहिने पट्टि गालामा कालो कोठि , भगवानले पनि कसै-कसैलाई त टाईम लगाएरै ध्यानपूर्वकनै बनाऊँछन् जस्तो लाग्थ्यो । खासै भनुभने उसका सबै अङ्ग प्रत्यङ्ग बर्णन गर्न योग्य थिए । त्यो दिनमा ऊनि स्लिभलेस पिंक टि-सर्ट र ब्लू जिन्समा खुबै सुहाएकि थिई पनि । पहिलै गएर झम्टिने त कुरै भएन तर सबैको आँखाको तारो चैं भईसकेकि थिई , सबै त्यहि त हो नि चानस पर्खिराखेका थिए केटाहरु ।
 
Posted on 05-05-05 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डित जी,

पोखराको बन र अम्रिकाको बनमा के फरक र छ त? अनि पोखराकी सृरु र अम्रिका कि Sean बिचको फरक नि? बाहिर हेर्दा भनेको हैन नि मैले भित्र हेर्दा भनेको । फेरी सरु भउते दाइ (भाइ) ले कुरा मोड्न बेर छैन।
-----
ओके
 
Posted on 05-06-05 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहो पण्डित जी हाम्री सरुलाइ डि भि पर्यो भन्दैमा बिर्सने, फेरि........ रे क्या!!!!
अनि अम्रिकामा पण्डित्याइ नै गरिंदै कि के हो यार???
ल है अरु पुराण नि जावस्,
निर्माण
 
Posted on 05-06-05 12:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He he he he Pandit ji ko katha ta ramro chha ni..la la jaoosh aru panii !!
 
Posted on 05-06-05 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saru= Gorilla Chimpanze
 
Posted on 05-06-05 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए !!!!!!! नुहाउने कोठा का कफी !!!!!!!

हजुरले मलाई भन्नु भा'को हो कि पण्डित की सरुलाई ?
मेरा त कन्सिरि नै रनन्न भे'र आए त यार ।

:)

-सरु
 
Posted on 05-06-05 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए !!!!!!! नुहाउने कोठा का कफी !!!!!!!

हजुरले मेरी सरुलाई भन्नु भा'को हो कि भउते दाईलाई ?
मेरा त कन्सिरि सन्सिरि नै रनन्न भे'र आए त यार । म त हान्दिन्छु है ड्याक्क लाएर ॥

:@
 
Posted on 05-07-05 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa pandit ji arko aaune bela bhayane. katha pani sunnu paryo janai pani launu paryo.
 
Posted on 05-08-05 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ८
मेरो उपचार अलि जटिल भएकोले सस्तो अस्पताल गएर पनि काम लाग्ने भएन । दिदी-भिनाजुको सल्लाह अनुसार र मेरिल्यान्ड पनि नजिकै भएकोले मेरिल्यान्डको जोन हप्किन्स मेडिकल कलेजमा उपयुक्त ठानियो । तर अस्पताल एकदम महंगो भयो इन्स्युरेन्सले सबै पैसा तिर्ने भएन । फेरि निराशाका वादल हरू मडारिन थाले । मरो भाग्य नै यस्तो कर्ममा नलेखेपछि कस्को के लाग्छ त , मैले आफैलाइ धिक्कारें । किन मलाई मात्र यस्तो किन मेरो जिवनमा मात्र ओरालि ? किन खुशी देखाएर मलाई जहिले पनि दु:खको सागरमा धकेल्छ जिवनले । सरु आइन् खुशि आयो सुखद पलहरु आए तर ति सुखका पालुवा फक्रन पनि नपाउदै वतासले यसरि हुत्याएर लग्यो कि, सारा जिवन अन्धकारमा वित्ने भो मेरो । उपचारका सु-संकेत देखा परे तर यस्लाई पनि चटक्क टिपेर लग्यो दैवले । म निराश भएँ फेरि मेरो जिवनका उहि पानाहरु पल्टिन लागे । एकान्तमा घोरिरहने अनि आफैं पिल्सिने भित्र-भित्रै भुसमा सल्केको आगो जस्तो ।
समयले आफ्नो गति त कहाँ छोड्थ्यो र , कसैको सुख दु:ख सँग यस्लाई के मतलब । तर यहि एउटा अचुक औषधि रहेछ जस्ले जस्तो घाऊलाई पनि मत्थर बनाऊँछ । म मन भुलाऊन फेरि एकाग्र हुन थाले । फेरि गीता पाठ र ईश्वर भक्तिमा नै दिन बित्न थाले । एउटा यहि सहारा थियो मेरो ।
भगवान्ले हामिलाई साँच्चिकै हेरेका रहेछन् पनि रहेछन् । अब धेरै दु:ख देख्न नपर्ने भयो शायद । वुबाको जागिर डि सि को एउटा होटेलमा लाग्ने भो । ७/११ मा रातभर काम गर्दा बुवा वाक्क भैसक्नु भएको थियो । पहिला काम नपाउदा त यहि घ्यू भएको थियो तर पछि होटेलमा काम पाएपछि त सुविधा पनि बढि हुने भयो । सबै भन्दा खुशिको कुरा त होटेलले स-परिवारलाई ईन्स्युरेन्स कभरेज दिने भो त्यो पनि हरेक क्षेत्रमा । ईन्स्युरेन्स पनि बढ्ने भएपछि त रात-विरात पनि काम गर्नु नपर्ने अनि उपचारको सुविधा पनि बढि हुनेभयो । त्यसपछि मेरो उपचारको कुरा फेरि शुरु भयो ।
 
Posted on 05-08-05 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म हप्किन्स मेडिकल कलेजमा भर्ना हुने भएँ । मेरो खुशिको सिमा नै रहेन । मैले प्रभुलाई धेरै धन्यवाद दिँए । नेपालबाट ल्याएको गणेश देवी र बाल-मुकुन्दको सानो मुर्ति भान्छाको एउटा सेल्फमा राखेर बनाएको पूजाकोठामा गएर म ईश्वर अगाडि नतमस्तक भए । सरुको विछोड पछि मन सम्हाल्न म ईश्वरभक्तिमा जो लागेको थिँए तर सरुलाई भुलाउनु, मेरो पहिलो प्रेमलाई भुलाउनु म कहाँ सक्छु र । उनि अझै ताजै थिइन् मेरो मानसपटलमा ।

मेरो आँखाको 'प्रिलिमिनरी टेस्ट' पछि आँखा-विशेषज्ञ ह्यारि क्विग्ले ले मेरो उपचार गर्ने भए । उनि उपचार टोलिका प्रमुख थिए, रोनाल्ड फार्कस् र अर्का डाक्टर पउल हफम्यान पनि सहायकका रूपमा थिए । परिक्षणका तमाम प्रक्रिया पूरा गर्दै म अघि बढ्दै गएँ । मेरो आँखाको सल्यक्रिया हुने भयो , शल्यक्रिया गरेर आँखाभित्र जमेका रगतका टाटाहरु अनि पानिलाई निकालने रे भन्थे । खै के के गरे गरे र म फेरि उहि पट्टि बाँध्ने अवस्थामा पुगेँ जहाँ पहिलेको जस्तै म सँग मेरा कल्पनाहरु थिए , म थिँए अनि मेरी सरुको याद ।
 
Posted on 05-08-05 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

comment ko lagi sabailai dhanyabaad dindai bhag 8 prastut gariyeko cha .
 
Posted on 05-08-05 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-08-05 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यारि क्विग्ले ?
Hari Wagle hola ni? हरि वाग्ले
 
Posted on 05-08-05 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आँखा त ठिक हुने भो, सरु पनि भेटिने हुन् कि भन्या त, सकिसक्या हो कि क्या हो पण्डित जी ?
 
Posted on 05-08-05 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-08-05 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pundit ji

waiting for more.....
 
Posted on 05-08-05 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ९
नर्सहरुले अस्पतालमा मेरो धेरै ख्याल राख्थे । यहाँ त पुरूष नर्स र महिला नर्स दुवै थिए । तर महिला नर्सले चाँहि बढि ख्यालराख्ने रै छ । उनिहरुको कामनै त्यहि तर पनि नेपालको तुलनामा मलाई चै धेरै लाग्या होला । कहिले-काहि त झ्याउ पनि लाग्थ्यो मलाई, 'एक्लै छोडिदेउ' भन्ने लाग्थ्यो । म सँग दिऊसो अस्पतालमा केहिबेर बस्न बुबा र आमा पालो मिलाएर आउनु हुन्थ्यो र राति चाहि म एक्लै हुन्थे । सबैजना आ-आफ्नो काममा व्यस्त त्यो पनि भर्खर भर्खर सुरु भएको काम छोड्न पनि गाह्रो । दिदि-भिनाजु चाहि बिदाको दिन आउनु हुन्थ्यो । बिदाको दिन अरु मानिसहरु पनि आउथें जस्लाई मैले ऐले अनुहारले भन्दा पनि आवाजले राम्रोसँग चिन्छु होला ।
मेरो आँखामा फेरि पट्टि बाधियो । केहिदिनमा मेरो रातिको नर्सको सिफ्ट चेन्ज भयो । मेरो रातिको सिफ्टमा आउने नर्सले मलाई अझै बढिनै ख्यालराखे जस्तो देखिन्थ्यो तर ऊ एकदम कम बोल्दथिन् । हुन त राति निदाईन्थ्यो धेरैजसो, तर कहिले कहिले निन्द्रा नलागेको बेलामा पनि उ कुरा धेरै गर्दिनथिएन् । बोलिपनि अचम्मको थियो उस्को नाटक पारेर बोलेको जस्तो । उसको बोलाईले उ एसियन हो भन्ने मैले अन्दाज लगाएको थिँए तर उस्को बोलि फेराइले अन्दाज लगाउन गाह्रो थियो । आफु पनि एसियननै भएर धेरै स्याहार गर्?या होला भन्ने लख काटें । तर पनि मलाई कता?-कता कसैको झझल्को आउथ्यो उस्को व्यवहारले ।

सबैको अनवरत प्रयास र भगवानको अनुकम्पाले मेरा दिनहरु फिर्दै गए, अस्पतालको खुराक नै बलियो म मोटाउदै पनि गएको थिए र उपचार पनि अन्तिम चरणमा थियो । अस्पतालको अन्तिम दिनहरु आउदै थिए मेरो पट्टि अब चाँडै नै निकाल्ने भयो । डाक्टरले अन्दाज गरे भन्दा ४ दिन अगाडि नै मेरो पट्टि खोलिदीयो , आँखा सुख्खा राख्ने अनि हेर्ने भनेर । भोलिपर्सि इन्फेक्सनको डर हुन्न भनेर र भय अहिले नै हेर्ने रे मैले चाँडै सेसार हेर्न पाँए । मेरो आँखामाथि कपासको एक तह राख्न लाएको थ्यो रात-विरात केहि होला भनेर । एकरात सधै जसो नर्स आईन् , म सुतिरहेकै थिए , उस्को आगमनले मलाई झस्काई दियो । म रेस्ट-रुम जान्छु भनेर आँखामाथिको कपास हटाए र उठें । नर्स आफ्नै काममा व्यस्त थिईन् तर जब मैले उस्को अनुहार हेरें म थचक्क बसें खाटमा । मैले सोच्दै नसोचेको घटना घट्यो , मेरो रेखदेखमा विषेश ध्यान दिने नर्स अरु कोहि नभएर मेरि सरुनै थिइन् ।
 
Posted on 05-08-05 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani ? tyas pachi.. kura bho ta Saru sanga ??
 
Posted on 05-08-05 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oho pundit ji, tapai ta sarai lucky hunuhudo raichha. Story is in an interesting twist. Waiting for more.
 
Posted on 05-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-09-05 2:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) सरु आइ!!!!
३ ३६ ने स
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters