pundit
Replies to this thread:

More by pundit
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Saru ko yaadma

[Please view other pages to see the rest of the postings. Total posts: 135]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 47261 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-24-05 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाय राम
सबै को कथा देखेर मलाई पनि लेखुं लेखूं लाग्यो , स्वभाविक नै हो । उसमाथि नामै पण्डित , कथा पुराणमा नै दिन जाने तर यि के जाति हो ठ्याक ठुकमा नै ढिला मुख चैं परररर चल्छ श्लोक पनि हाल्छु ठोक्न (अर्को हैन नि) चैं स्लो । तर पनि कनिकुथि साझा मित्रहरुको प्रेरणामा केहि लेख्ने जमर्को गर्?या छु । दादागिरि र ओके अनि निर्माण ब्रोहरुलाई त के भ्याऊनु तर पनि मनको रहर पुरा गर्न मन लाग्या नि ।
पढि सल्लाह दिनु होला ।

पोखरा
क्याम्पस भर्खर-भर्खर शुरु भएको थियो टाढा-टाढाबाट विद्यार्थी आएका थिए पोखराको फरेस्ष्ट्री क्याम्पसमा पढ्न र शायद अरु पनि थप केहिको आशमा । नयाँ पहिचान बनाउने र मैयाँसँग कुरा शुरु गर्ने सु-अबसर थियो शुरुका दिनहरु । कुनै वहानानै त हो चाहिने कुरा शुरु गर्न त्यसपछि त सम्हालिहालीथ्यो नि । राम्री केटी दुई खुट्टा टेकेकि त देख्नै नहुनि केटाहरुको सुई-सुई शुरु भै हाल्थ्यो । त्यहि त हो नि क्याम्पसका ति दिनहरुमा ठिटि जिस्क्याउने पट्याउने क्रम चलिरहन्थ्यो । सबैजना अलि अलि जिस्क्याउथें मात्र तर राज अलि एक-कदम अगाडि नै थियो । उसको दिमाग मात्र हैन रुप र शारिरीक वनावटले पनि उसलाई साथ दिएको थियो । गफ गर्नको लागि माहिर , केहि क्षणमा नै सामुन्नेको व्यक्ति उस्को फ्यान भैसक्थ्यो , अझ केटिसंग गफ गर्नपायो भनेत के भन्नु अब । म चाहिं अलि सोझै हो , अनुहार र हाईटले चाहिं साथ दिएकै थिए तर जेब चाहीं अलि नरम हुन्थ्यो आफ्नो । बाले धेरै पैसो कमाएनन् नैतिकवान् भएर धन्न जसोतसो शिक्षा मन्त्रालयको अर्ध-छात्रवृत्तिमा फरेस्ष्ट्री भएपनि पढ्न पाईयो, आश त मेडिसिन पढ्ने थियो के गर्ने । त्यहिताक एकाबिहान सरिता देखापरिन् क्याम्पसमा , उस्को रुपको के बयान गर्नु । अग्लि, गोरो अनुहार, कालो कपाल सर्लक्क मिलेको जिऊ अनि दाहिने पट्टि गालामा कालो कोठि , भगवानले पनि कसै-कसैलाई त टाईम लगाएरै ध्यानपूर्वकनै बनाऊँछन् जस्तो लाग्थ्यो । खासै भनुभने उसका सबै अङ्ग प्रत्यङ्ग बर्णन गर्न योग्य थिए । त्यो दिनमा ऊनि स्लिभलेस पिंक टि-सर्ट र ब्लू जिन्समा खुबै सुहाएकि थिई पनि । पहिलै गएर झम्टिने त कुरै भएन तर सबैको आँखाको तारो चैं भईसकेकि थिई , सबै त्यहि त हो नि चानस पर्खिराखेका थिए केटाहरु ।
 
Posted on 04-26-05 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

> औषधि त तितो होला, म चाखुँ " सरुले पुल्लुक्क हेरि ।

पण्डित जी, के हो यस्तो हुतिहारा चालले भाग्दिनी?

 
Posted on 04-27-05 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ भाग्नु दादा, ४.० को खयाल राख्नु परोईन भन्या , ल पढ्म भाग ३

******************श्री गणेशाय नम: श्री सरस्वत्यै नम: **************************
उपनयतु मंगलं व: सकलजगन्मङ्गलालय श्रीमान:
दिनकरकिरण नवोदित नवनलिनदल निभेक्षण कृष्ण: ।।
काले बर्षतु पर्जन्य पृथ्वी सस्यशालिनी
देशोयं क्षोभरहितो सज्जना सन्तु निर्भया ।।१।।

भाग ३

सरिता र मेरो नौलो नाताको रौनक नै अर्कै थियो, जिवनले नयाँ मोड न लिएको थियो । जहिले पनि फुरुङ्ग हुदैं क्याम्पस गईन्थ्यो चिट्टिक परेर । ऊ पनि सधैं झन् झन् राम्री देखिन्थिन् । क्याम्पसमा हाम्रो प्रेम-कथा परालको आगो झैं फैलिसकेको थियो । हुँदा हुँदा फेवातालमा डुङ्गा चलाउने दाईले पनि चिनिसक्याथ्यो । अब त संगै नदेखेमा कुरा गर्ने भए साथिहरु पनि । हाम्रो पनि सँगै जीउने बाचा थ्यो । पढाई र प्राक्टिकल पनि सँगै सँगै गर्थ्यौ । अब त आन्तरिक परिक्षामा पनि राम्रो अङ्क आउन थाल्यो । समयले आफ्नो गति लिदैं थियो । क्याम्पसको अन्तिम परिक्षा पनि सकियो । घर जाने त भई हाल्यम् र त्यो पनि सँगै । काठमाण्डौमा चाहि त्यति हाम्रो मिलन भएन , फोन बाटै कुरा हुन्थ्यो, आफ्नो साधन नभाको त्यसमाथि परिवारको डर जो थियो कसैले देख्लाकि भन्ने पिर । हाम्ले पनि आफ्नो मनलाई बाँधेर राख्यौ तर अलि चाडैं फर्कने निधो गर्?यौ । हामिलाई त पोखरा नै स्वच्छन्द आकाश थियो । पोखराको फेवाताल, लेक-साईड, क्याम्पा पछाडिको खुला आकाश अनि अँधेरो गुफाहरु नै हाम्रो प्रियस्थल थिए । मैले फर्कदा खुसुक्क एउटा केमरा किनेर ल्याईँ, फोटो पनि खिच्न हुने र पछि सरुलाई उपहार दिन्छु भनेर ।

 
Posted on 04-27-05 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढाई शुरु हुनु पुर्व बेगनास ताल र विन्धबासिनि मन्दिर गइयो । माता सँग सरुले खै के के हो मागिन् घण्टौसंम्म आँखा चिम्लेर मलाई त एकछिन् पट्ट्यार पनि लागि सक्याथ्यो । छड्के आँखाले हेर्दै कहिले सिध्याउने हो भन्दै प्रतिक्षा गरिरहें । क्याम्पस शुरु हुनैलागेको थियो सरुले सराङ्गकोट घुम्न जाँऊन भनिन् मेरो बजेटले सेतो झण्डा देखाइसकेको थियो , मैले टाल्न खोजें । तर राज हठ , बाल हठ र स्त्री हठको अगाडि कस्को के लाग्छ र सराङ्गकोट जानै पर्?यो र गईयो । सराङ्गकोट अति नै रमाईलो छ , त्यहाँबाट पोखराको दृश्य अतिनै लोभलाग्दो देखिन्थ्यो । त्यहि डाँडाबाट एक-अर्काको हात समाति हावामा कावा खाँदै चिलसँगै उडुँ भन्ने मन हुन्थ्यो । त्यो बेलाँ के के गर्ने शुर चड्थ्यो चड्थ्यो । प्रेममा पागल हुनु , fantasy of love भनेको यहिहोला जस्तो लाग्थ्यो । अविस्मरणीय क्षण रह्यो सराङ्गकोट, थुप्रै मिठा पलहरु केमरामा कैद गर्?यौ सराङ्गकोटको ।
 
Posted on 04-27-05 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखरामा ४ बजे पछि जहिले पनि पानि पर्ने छाँट हुन्थ्यो । त्यसदिन पनि फर्किदा अलि-अलि पानि परिरहेको थ्यो । बाटोमा हाम्रो ट्याक्सी नराम्रोसँग भिरबाट खस्यो, ड्राईभरको ध्यान बाटोमा नभई पछिल्लो सिटमा थियो , हुन त हाम्रो पनि गल्ति थियो क्यारे हामि एक-अर्कासँग धेरै टास्सिएर बसेका थियौ र शायद प्रेमालापमा मग्न पनि । भिर त्यस्तो खतरा नभए पनि ट्याक्सी ढुङ्गामा अल्झेर बल्ड्याङ खान थाल्यो । ड्राईभर ढोकातिर पुग्न कोशिश गर्दैथ्यो । सरु रुन कराउन थालि म उस्लाई आलिङ्गनमा बाँधेर सम्हाल्न खोज्दै थिए, सकभर छेक्न खोज्दै थिए, बचाउन खोज्दै थिए आफ्नो प्रियसिलाई । ट्याक्सीले अर्को एउटा ठुलो बल्ड्याङ खायो । त्यसपछि के भयो मलाई केहि थाहा भएन ।
 
Posted on 04-27-05 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो यो साझा मा पछि पोस्ट गर्या पनि अगाडि गयो । थर्ड पोस्टिङ्ग चै सेकेण्ड हो है ।


 
Posted on 04-27-05 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि भुते रहमा हाम्फाल्याछन्, कोहि ट्याउसि मा बल्ढ्याङ खा'छन्, कोहि दिन-दहाड त्यसै रोई-कराई माफ माग्याछन् , कोहि रात-बिरात चिसोमा बारिमा आगो तापेर बिता'छन्, कसैले आफ्नो नामै फेर्याछन्, लप त गर्नै नहुने बा। त्यति नभे'र बाँकि भा'का अरुले त्यसैमा तालि बजाछन् (पक्कै तिनका पनि गतिलो कहानि छैन र त होला नि। नहुनेलाई मात्र भन्या है फेरि)। बच्चेका पछि लाग्नेको नि गतिलो छाँट देख्याछैन मैले अब। एक्स्ट्रापोलेसन गर्या क्या। कोहि माइकेलाल छ यहाँ सफल लप-कहानि सुनाउने?

अँ, अँ, अनि अनि ?

-सरु
 
Posted on 04-27-05 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकै चोटी २टा साझा पेज खोलेर पुरानो पेजलाई नविकरण (Refresh) नगरिकन पोस्ट गर्नु भाऽ होला, अनि त्यस्तो हुन सक्छ।
>त्यसपछि के भयो मलाई केहि थाहा भएन ।
यहाँ पुग्यो हैन?


 
Posted on 04-27-05 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सरु, म जागिरे भन्दा नि चाँडो उढ्दो रैछन्, कस्ता रैछन् यिनी त।
 
Posted on 04-27-05 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये सब साझाका कमाल है, दादा :)
 
Posted on 04-27-05 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहा।
॥ कोहि रात-बिरात चिसोमा बारिमा आगो तापेर बिता'छन्, ॥
के हो सरु दाइ त्यतिकै नाम मुछ्ने अर्काको रे क्या।

ल ल पण्डित जी अर्को नि जावस्।
बल्ड्याङ्ग खाएछि के भयो।
निर्माण
 
Posted on 04-28-05 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि माइकेलाल छ यहाँ सफल लप-कहानि सुनाउने? .>>>>>>>>>>>>

हैन यो सरुलाई के भा भुन्या ;-) !! किन यो सफल लप-कहानि हो कि के थाहा ? क्या !!! सरू को भक्त त सफलनै देख्छु म भने सरुको लप-कहानि सफल हुननि सक्छ नि हो । तेसै मेरी सरुको आशामा तुषारापात गर्दया छ भुन्या ।

एकै चोटी २टा साझा पेज खोलेर पुरानो पेजलाई नविकरण (Refresh) नगरिकन पोस्ट गर्नु भाऽ होला, अनि >>>>>>>>>>>...
२टा पेज त खोल्या हैन दादा नविकरण चै नगर्या हो , अब बुध्दि पु?र्?याउछु अर्को पालि ।

निर्माणजी सकिनै लाग्यो, जाँच के, आज भरे पोष्ट गर्छु ।

 
Posted on 04-29-05 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ता कस्ता कथा आइसके बजारमा आफ्नो कथा चैं के के भन्या जस्तो । थयहि पनि शुरु गरे पछि त म सिध्दाई हाल्छु नि , ल पस्कदै छु भाग ४
**********************श्री गणेशाय नम: श्री सरस्वत्यै नम: **********************
प्राबिधिक गडबडिलाइ ध्यानमा राखेर भाग ३ को अंशपनि समेटेको छु ।

पोखरामा ४ बजे पछि जहिले पनि पानि पर्ने छाँट हुन्थ्यो । त्यसदिन पनि फर्किदा अलि-अलि पानि परिरहेको थ्यो । बाटोमा हाम्रो ट्याक्सी नराम्रोसँग भिरबाट खस्यो, ड्राईभरको ध्यान बाटोमा नभई पछिल्लो सिटमा थियो , हुन त हाम्रो पनि गल्ति थियो क्यारे हामि एक-अर्कासँग धेरै टास्सिएर बसेका थियौ र शायद प्रेमालापमा मग्न पनि । भिर त्यस्तो खतरा नभए पनि ट्याक्सी ढुङ्गामा अल्झेर बल्ड्याङ खान थाल्यो । ड्राईभर ढोकातिर पुग्न कोशिश गर्दैथ्यो । सरु रुन कराउन थालि म उस्लाई आलिङ्गनमा बाँधेर सम्हाल्न खोज्दै थिए, सकभर छेक्न खोज्दै थिए, बचाउन खोज्दै थिए आफ्नो प्रियसिलाई । ट्याक्सीले अर्को एउटा ठुलो बल्ड्याङ खायो । त्यसपछि के भयो मलाई केहि थाहा भएन ।

भाग ४
मलाई जब होस आयो मेरो आँखामा पट्टि थिए । मेरो खुट्टा नराम्ररी दुखिरहेको थियो । म काठमाण्डौ शिक्षण अस्पतालको एउटा बेडमा रहेछु, कति दिन पछि बल्ल थाहा भो । हप्तादिन पछि मेरो आँखाको पट्टि फेर्ने बेलामा मैले सुने , अब त केहि आस छ । उस्को आँखा धेरै clear भै सक्या हुनु पर्छ , र vision पनि हुनु पर्ने हो । म झसँग भए, के यो मेरोबारेमा कुरा भइरहेछ ? होइन होला म सम्हालिए, मनमा अनेक तर्कनाहरु खेल्न थाले सरु को यादले म झसङ्ग भएँ उस्लाइ के भयो होला ? उ कहाँ छे ? म चिच्यायें रोएँ र सोधे " सरू कहाँ छ ? "
त्यहाँ कसैले भन्यो " डक्टर, patient ले केहि बोल्न खोज्दै छ, बोलि त बुझिदैन ! "
मैले फेरि सोधे " सरु कहाँ छ भन्या ? "
"के भन्या हो केहि बुझिदैन मात्र बर्बराई रहेछ " म विवश भएँ मेरो बोलि कसैले बुझ्दैनन्
मेरी सरु कहाँ छे । म रुन थाले ।
" डक्टर, patient को आँखा त धेरै भीजेको छ, cotton swab पनि जम्मै भिजेको छ ।" प्रत्युत्तरमा
"खै मलाई हेर्न दिनुस् त नर्स, तँपाईहरूले पनि यहाँ यसरी भिड गर्दिनु भएन, अलि हावा आउन दिनुस् न।"
म रोई रहें तर मेरो रोदन सुन्ने कोहि भएन । मैले सोधिंरहे तर मेरो प्रश्न मेरो ओठको कपकपाहटमा मात्रै सिमित रह्यो । एकछिन पछि कोठा सुन्य भयो, म बिस्तारै निदाँए ।
क्रमश:



 
Posted on 04-29-05 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई हप्तापछि

मेरो आँखाको ज्योति कमजोर थियो , टाउकोमा लागेको चोटले गर्दा मेरो आँखाभरि रगत जमेकोले मेरो दृष्टि कमजोर थियो । हप्तादिनमा मेरो आँखाको पट्टि फेरिन्थ्यो । भाँचिएको देब्रे खुट्टामा स्टिल ब्लेड हालेर कसेको रैछ । शरिरमा यता-उता बेन्डेजहरु थिए । मेरो स्थिती साह्रै कमजोर थियो , केहि बेर कुरा गर्दैमा थाकेको हुन्थे , बैशाखी को सहायताले एता-उति गर्नसक्ने भएको थिए । मेरो जिज्ञासा अझै अनुत्तरित थिए । मेरो दुर्घटनाको बारेमा कोहि पनि कुरा गर्न चाहँदैनन् । जस्लाई सोधे पनि " छोड्दे पुराना कुराहरु त्यस्तो याद गर्नु हुन्न के " भन्छन् । ड्राईभर, सरु कसैको बारेमा पनि केहि थाहाभएन । म झन् झन् पिल्सिदैं गइसहेको थिँए । डाक्टरले दिमागमा चोट परेकोले मानसिक आघात पर्न सक्छ भनेर केहि नभन्नु भनेका रहेछन् । धेरै आग्रह पछि नजिकैको बेडको साथिले भन्यो । म झनै सोचमा परें , अझै के भएको होला र किन म सँग सबैले कुरा लुकाईरहेका छन् । कुनै ठुलै दुर्घटना त भएन , कतै मेरी सरु............ हैन हैन म यो के सोच्दै छु , हैन हैन अझै मैले सरुलाई उपहारदिनै बाँकि छ । सराङ्गकोटको का ति यादहरुले समेटिएका मेरो केमरा ............................. म झल्लाँस्स भए , खोई मेरो केमरा ?
 
Posted on 04-29-05 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डितजी,

हैन सरुलाई के भको ? ठीक त छिन्? मलाई पो कस्तो कस्तो लागो, मनै अमिलो भो । अनि अहिले तपाईँका आँखा ठीक भैसके की अलि अलि कमजोर नै छन्? चस्मा लगाउनु हुन्छ कि हुन्न त आजकाल? कि कन्ट्याकलेन्स हो ?

अर्को भाग पनि छिट्टै पाउने आस छ है !! (परिक्षा छोडेर चाहीँ नलेख्नुस्, बरु बिस्तारै पढौँला नि , रे क्या !)

--------
ओके
 
Posted on 04-29-05 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निको हुनै लागेको घाउ बल्झ्यो मेरो त।

:(

अनि के भयो नि?

-सरु
 
Posted on 04-29-05 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau :(
Ani ani.
 
Posted on 04-30-05 12:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो अर्को मार्मिक कथा!!!!
के भयो अनि??
चाँडै पोष्ट गरम् है।
निर्माण
 
Posted on 04-30-05 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pandit ji
hajur ko silent admirer yahan heri basiko cha , kati ber ho katha aauna
ki pandit ji ko satya ghatanama aadharit ho katha malie ta sankai lagcha.
keti haru dekhi wakka lagera yahan le pandityai suru garnu bha ta haina
dharma karma ma maan lagau na lai ;-)
 
Posted on 04-30-05 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ५
म एकदम दुब्लो थिए , खाना रूचि नै थिएन , निल्नै सक्दिन थिँए निले पनि वान्ता भै हाल्ने। मेरो हालत झनै गएगुज्रिएको छ । मेरो आँखाको ज्योति अलि राम्रो भएको थियो तर धेरै टाढा को देख्दिन थिँए ।
मैले सबैकुरा थाहा पाँए । एक साँझ कोई नभएको बेला मलाई मेरो मील्ने साथि अर्चनाले सबै बेलिबिस्तार बताईन् । मेरो मनमा धेरै प्रश्नहरु थिए, मैले उस्लाई धेरै प्रश्न गरें, प्रतिप्रश्न गरें जस्को उत्तर ऊ सँग पनि थिएन । अर्चना मेरो बालसखा हो । अर्चना र मेरो घरपनि सँगै थियो, हामि साथ-साथै स्कुल जान्थ्यौं एकै-साथै टिफिन खान्थ्यौ र सँग-सँगै खेल्थ्यौं पनि । पछि अर्चनाको बुवाको सरुवा भएपछि अलिटाढा भएका थियौ, तर पछि फेरि भेट भयो । उस्को घर-परिवार अलि सम्पन्न भएकोले उस्ले आकांक्षालाई दबाउनु परेन, उस्ले धरानमा मेडिसिन पढ्न पाई आफ्नै खर्चमा । हाम्रो मित्रता अगाढ थियो र रहिरहने छ । खैर छोडौ यि कुरा ।

दुर्घटनाको १/२ घण्टा पश्चात हामिलाई त्यहिका गाँऊले दाजुभाईले अस्पताल पु्र्?याएछन् । मलाई घिसारेर ट्याक्सिबाट निकालेको हुनाले मेरो ढाड भरि घाउहरु थिए । अनि ड्राईभर-दाईको ट्याक्सिबाट फालहान्दा डँडाल्नु नराम्ररी भाँचिएछ र आन्तरिक रक्तश्राव भएर घटनास्थलमा नै निधन भएछ ।
" अनि..... अनि ..... सरु नि सरु ?" मैले सोधेंको थिए मलाई अझ पनि याद छ त्यो क्षण ।
" को सरु ?? तिमिलाई त तिम्रो बुवा र दाईहरुले पोखरा अस्पतालबाट एक्लै ल्याएको ।
त्यस दुर्घटनामा ड्राईभरको त त्यहि मृत्यु भइहाल्यो नि अरु को थियो र तिम्रो साथमा ? "

म अचम्ममा परे खै त सरु ? कहाँ विलाइन् ? मैले केहि भेउ पाईन । यदि उनि ठिक भएकि भए त मलाई भेट्न आउनु पर्ने हो ! अनि यदि त्यस्तै अप्रिय घटना भएको भएपनि थाहा त पाउनु पर्ने हो ।
मलाई लाग्थ्यो मेरो मायामा केवल आरोह मात्र छ , अवरोह हैन । मेरो तिमि नै सहारा हो भन्थिन् उनि, सहयात्री बन्छु भन्ने वाचा उसको कहाँ गयो । यहि हो त माया, यहि हो ति वाचाहरु सरुका । यो कस्तो प्रीत जुन सुरु हुन पुर्व नै बिलायो । पलभरमै सकियो त जिवन, मेरो जिवन सरुको जिवन अनि हाम्रो जिवन। के ति सपना मात्र हुन् । । समय बित्दै गयो, म बिस्तारै निको हुँदै गए । तर पनि केहि पत्तो लागेन उस्को । मलाई अस्पतालबाट पनि डिस्चार्ज गर्यो । हप्तामा एक चोटि पट्टि फेर्न जानुपर्थ्यो । घरमा आमा दाईसबैको सहायताले म स्वस्थ्य हुँदै थिए । धेरै चोट उठाउनु भो मेरो आमाले सहारा दिने छोरालाई को नै सहारा हुनपरे पछि कस्तो विचल्ली भएको होला । म विवश भएर सोचिरहन्थे आँखाभरि आँसु लिएर ।
 
Posted on 04-30-05 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ani !!! Saru kaha gayin ta ??
saru ko ghar ma ph garera sodhnu parthiyou ni ta ??
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters