Posted by: pundit April 24, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
हाय राम सबै को कथा देखेर मलाई पनि लेखुं लेखूं लाग्यो , स्वभाविक नै हो । उसमाथि नामै पण्डित , कथा पुराणमा नै दिन जाने तर यि के जाति हो ठ्याक ठुकमा नै ढिला मुख चैं परररर चल्छ श्लोक पनि हाल्छु ठोक्न (अर्को हैन नि) चैं स्लो । तर पनि कनिकुथि साझा मित्रहरुको प्रेरणामा केहि लेख्ने जमर्को गर्?या छु । दादागिरि र ओके अनि निर्माण ब्रोहरुलाई त के भ्याऊनु तर पनि मनको रहर पुरा गर्न मन लाग्या नि । पढि सल्लाह दिनु होला । पोखरा क्याम्पस भर्खर-भर्खर शुरु भएको थियो टाढा-टाढाबाट विद्यार्थी आएका थिए पोखराको फरेस्ष्ट्री क्याम्पसमा पढ्न र शायद अरु पनि थप केहिको आशमा । नयाँ पहिचान बनाउने र मैयाँसँग कुरा शुरु गर्ने सु-अबसर थियो शुरुका दिनहरु । कुनै वहानानै त हो चाहिने कुरा शुरु गर्न त्यसपछि त सम्हालिहालीथ्यो नि । राम्री केटी दुई खुट्टा टेकेकि त देख्नै नहुनि केटाहरुको सुई-सुई शुरु भै हाल्थ्यो । त्यहि त हो नि क्याम्पसका ति दिनहरुमा ठिटि जिस्क्याउने पट्याउने क्रम चलिरहन्थ्यो । सबैजना अलि अलि जिस्क्याउथें मात्र तर राज अलि एक-कदम अगाडि नै थियो । उसको दिमाग मात्र हैन रुप र शारिरीक वनावटले पनि उसलाई साथ दिएको थियो । गफ गर्नको लागि माहिर , केहि क्षणमा नै सामुन्नेको व्यक्ति उस्को फ्यान भैसक्थ्यो , अझ केटिसंग गफ गर्नपायो भनेत के भन्नु अब । म चाहिं अलि सोझै हो , अनुहार र हाईटले चाहिं साथ दिएकै थिए तर जेब चाहीं अलि नरम हुन्थ्यो आफ्नो । बाले धेरै पैसो कमाएनन् नैतिकवान् भएर धन्न जसोतसो शिक्षा मन्त्रालयको अर्ध-छात्रवृत्तिमा फरेस्ष्ट्री भएपनि पढ्न पाईयो, आश त मेडिसिन पढ्ने थियो के गर्ने । त्यहिताक एकाबिहान सरिता देखापरिन् क्याम्पसमा , उस्को रुपको के बयान गर्नु । अग्लि, गोरो अनुहार, कालो कपाल सर्लक्क मिलेको जिऊ अनि दाहिने पट्टि गालामा कालो कोठि , भगवानले पनि कसै-कसैलाई त टाईम लगाएरै ध्यानपूर्वकनै बनाऊँछन् जस्तो लाग्थ्यो । खासै भनुभने उसका सबै अङ्ग प्रत्यङ्ग बर्णन गर्न योग्य थिए । त्यो दिनमा ऊनि स्लिभलेस पिंक टि-सर्ट र ब्लू जिन्समा खुबै सुहाएकि थिई पनि । पहिलै गएर झम्टिने त कुरै भएन तर सबैको आँखाको तारो चैं भईसकेकि थिई , सबै त्यहि त हो नि चानस पर्खिराखेका थिए केटाहरु ।
Read Full Discussion Thread for this article