Posted by: pundit May 8, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
भाग ८ मेरो उपचार अलि जटिल भएकोले सस्तो अस्पताल गएर पनि काम लाग्ने भएन । दिदी-भिनाजुको सल्लाह अनुसार र मेरिल्यान्ड पनि नजिकै भएकोले मेरिल्यान्डको जोन हप्किन्स मेडिकल कलेजमा उपयुक्त ठानियो । तर अस्पताल एकदम महंगो भयो इन्स्युरेन्सले सबै पैसा तिर्ने भएन । फेरि निराशाका वादल हरू मडारिन थाले । मरो भाग्य नै यस्तो कर्ममा नलेखेपछि कस्को के लाग्छ त , मैले आफैलाइ धिक्कारें । किन मलाई मात्र यस्तो किन मेरो जिवनमा मात्र ओरालि ? किन खुशी देखाएर मलाई जहिले पनि दु:खको सागरमा धकेल्छ जिवनले । सरु आइन् खुशि आयो सुखद पलहरु आए तर ति सुखका पालुवा फक्रन पनि नपाउदै वतासले यसरि हुत्याएर लग्यो कि, सारा जिवन अन्धकारमा वित्ने भो मेरो । उपचारका सु-संकेत देखा परे तर यस्लाई पनि चटक्क टिपेर लग्यो दैवले । म निराश भएँ फेरि मेरो जिवनका उहि पानाहरु पल्टिन लागे । एकान्तमा घोरिरहने अनि आफैं पिल्सिने भित्र-भित्रै भुसमा सल्केको आगो जस्तो । समयले आफ्नो गति त कहाँ छोड्थ्यो र , कसैको सुख दु:ख सँग यस्लाई के मतलब । तर यहि एउटा अचुक औषधि रहेछ जस्ले जस्तो घाऊलाई पनि मत्थर बनाऊँछ । म मन भुलाऊन फेरि एकाग्र हुन थाले । फेरि गीता पाठ र ईश्वर भक्तिमा नै दिन बित्न थाले । एउटा यहि सहारा थियो मेरो । भगवान्ले हामिलाई साँच्चिकै हेरेका रहेछन् पनि रहेछन् । अब धेरै दु:ख देख्न नपर्ने भयो शायद । वुबाको जागिर डि सि को एउटा होटेलमा लाग्ने भो । ७/११ मा रातभर काम गर्दा बुवा वाक्क भैसक्नु भएको थियो । पहिला काम नपाउदा त यहि घ्यू भएको थियो तर पछि होटेलमा काम पाएपछि त सुविधा पनि बढि हुने भयो । सबै भन्दा खुशिको कुरा त होटेलले स-परिवारलाई ईन्स्युरेन्स कभरेज दिने भो त्यो पनि हरेक क्षेत्रमा । ईन्स्युरेन्स पनि बढ्ने भएपछि त रात-विरात पनि काम गर्नु नपर्ने अनि उपचारको सुविधा पनि बढि हुनेभयो । त्यसपछि मेरो उपचारको कुरा फेरि शुरु भयो ।
Read Full Discussion Thread for this article