[Show all top banners]

pundit
Replies to this thread:

More by pundit
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Saru ko yaadma

[Please view other pages to see the rest of the postings. Total posts: 135]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 47140 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-24-05 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाय राम
सबै को कथा देखेर मलाई पनि लेखुं लेखूं लाग्यो , स्वभाविक नै हो । उसमाथि नामै पण्डित , कथा पुराणमा नै दिन जाने तर यि के जाति हो ठ्याक ठुकमा नै ढिला मुख चैं परररर चल्छ श्लोक पनि हाल्छु ठोक्न (अर्को हैन नि) चैं स्लो । तर पनि कनिकुथि साझा मित्रहरुको प्रेरणामा केहि लेख्ने जमर्को गर्?या छु । दादागिरि र ओके अनि निर्माण ब्रोहरुलाई त के भ्याऊनु तर पनि मनको रहर पुरा गर्न मन लाग्या नि ।
पढि सल्लाह दिनु होला ।

पोखरा
क्याम्पस भर्खर-भर्खर शुरु भएको थियो टाढा-टाढाबाट विद्यार्थी आएका थिए पोखराको फरेस्ष्ट्री क्याम्पसमा पढ्न र शायद अरु पनि थप केहिको आशमा । नयाँ पहिचान बनाउने र मैयाँसँग कुरा शुरु गर्ने सु-अबसर थियो शुरुका दिनहरु । कुनै वहानानै त हो चाहिने कुरा शुरु गर्न त्यसपछि त सम्हालिहालीथ्यो नि । राम्री केटी दुई खुट्टा टेकेकि त देख्नै नहुनि केटाहरुको सुई-सुई शुरु भै हाल्थ्यो । त्यहि त हो नि क्याम्पसका ति दिनहरुमा ठिटि जिस्क्याउने पट्याउने क्रम चलिरहन्थ्यो । सबैजना अलि अलि जिस्क्याउथें मात्र तर राज अलि एक-कदम अगाडि नै थियो । उसको दिमाग मात्र हैन रुप र शारिरीक वनावटले पनि उसलाई साथ दिएको थियो । गफ गर्नको लागि माहिर , केहि क्षणमा नै सामुन्नेको व्यक्ति उस्को फ्यान भैसक्थ्यो , अझ केटिसंग गफ गर्नपायो भनेत के भन्नु अब । म चाहिं अलि सोझै हो , अनुहार र हाईटले चाहिं साथ दिएकै थिए तर जेब चाहीं अलि नरम हुन्थ्यो आफ्नो । बाले धेरै पैसो कमाएनन् नैतिकवान् भएर धन्न जसोतसो शिक्षा मन्त्रालयको अर्ध-छात्रवृत्तिमा फरेस्ष्ट्री भएपनि पढ्न पाईयो, आश त मेडिसिन पढ्ने थियो के गर्ने । त्यहिताक एकाबिहान सरिता देखापरिन् क्याम्पसमा , उस्को रुपको के बयान गर्नु । अग्लि, गोरो अनुहार, कालो कपाल सर्लक्क मिलेको जिऊ अनि दाहिने पट्टि गालामा कालो कोठि , भगवानले पनि कसै-कसैलाई त टाईम लगाएरै ध्यानपूर्वकनै बनाऊँछन् जस्तो लाग्थ्यो । खासै भनुभने उसका सबै अङ्ग प्रत्यङ्ग बर्णन गर्न योग्य थिए । त्यो दिनमा ऊनि स्लिभलेस पिंक टि-सर्ट र ब्लू जिन्समा खुबै सुहाएकि थिई पनि । पहिलै गएर झम्टिने त कुरै भएन तर सबैको आँखाको तारो चैं भईसकेकि थिई , सबै त्यहि त हो नि चानस पर्खिराखेका थिए केटाहरु ।
 
Posted on 05-09-05 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यारि क्विग्ले ? Hari Wagle hola ni? हरि वाग्ले >>>>>>>
हाहाहा hasayo dada le Harry Quigley nai ho dada guru हri वाग्-le haina. Aba usko बा le rakhya नाम फेरेर आम्रिकाने भा भे त थाहा छैन है मलाई
तिर्थमणि TIMOTY भा जस्तै :)

लौ आँखा त ठिक हुने भो, सरु पनि भेटिने हुन् कि भन्या त, सकिसक्या हो कि क्या हो पण्डित जी ?
sakya chiana भउते dai saru ta yahin raichin नि त , ma chaine उहाँ prem-pagal bhaisakya . u ta lussuka aai sakiche usko बा lai bhanera

Ani ? tyas pachi.. kura bho ta Saru sanga ?? >>>>>>>>>>
कुरा matrai rickey bro k k bhaisakyo yahan पख्नुस है म ठोक्दै छु क्या !

हो नक्शाजी यो स्टोरि को मात्र हैन यो जिवनकै टुइष्ट हो ।
निर्माण नट अरु सबैलाई धन्यवाद !!
 
Posted on 05-09-05 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I hope you are not making up the story? Now your saru is in States? How come she is working as a nurse? that too in US? I am puzzled
 
Posted on 05-09-05 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि ले त नया केहि राख्नु परयो !निदरा लागि सक्यो काम मा हाहायि।।।।।।
 
Posted on 05-09-05 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउन निदरी आउन,
रिक्कुलाई ले'र जाउ न।

:)

-सरु
 
Posted on 05-09-05 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो होला नि, त्यो बुइनी त वन विज्ञान सकेर अनि १,२ वर्ष नर्सरीतिर गेऽर नर्स भाऽ होला नि।

(हावा गफ देको।, गाँठि कुरो के भने नि त्यो केटी वन विज्ञान सकाएर, अनि नर्सिङग सकाएर अनि बेऽ गरेर अम्रिका छिर्या। पण्डित जी त हेर्या हेरै रे क्या! पख न पछि पर्दा फास होला नि। )
 
Posted on 05-09-05 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू त लाटै-लाट, बाटै-बाट भइएछ गाँठे। पण्डितका कथा, साँचै बोल्याहोलान् नि भुनेर हातमा फुल लिएर खेलाउदै बसेको त । सबैलाई खाल्टैमा जाकेछन् कि क्या हो यी पण्डित नानि ले त।
सरु नर्सको हाताँ झाडु त थे'न भन्या।

:)

-सरु
 
Posted on 05-09-05 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saru Ji lai maile emial dhokdiyako chu hai pheri junk bhanera trash gardini po hun ki?
 
Posted on 05-10-05 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा क्या अडकल लगाउछन् यार मेरो जिन्दगिको , ल ल गफै हान्ने त हो नि सबैले देख्नु भोग्नु पर्या कसैलाई होइन । आफ्नो दु:ख आफै सँग । :(
 
Posted on 05-10-05 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग १०
म उनलाई हेरेको हेर्?यै भइन् र उनि मलाई । मेरो मनमा कति प्रश्न उठे, कति विलाए, कति कुरा भए कति, तर मेरो वाक्य फुटेन । मेरो आँखाहरु मात्र बोलिरहेका थिए, निचोरिदैं जलको प्रवाह सँगै । सरु पनि रुन लागि । लोलाएका ति नजरहरु विच कति भावहरु साटियो कति , तर केवल एक अर्काको रोदन सुनियो केवल रोदन । खुशीको रोदन दु:खको रोदन पीडा अनि अव्यक्त भावनाहरु को रोदन । हामीले एक-अर्कालाई केहि सोधेनम् । कसरि ? किन ? शायद ति सबै कुराहरु हामिहरुलाई अवगत थियो अथवा विगतका दु:ख भन्दा नि हाम्रो लागि मिलन नै ठुलो थियो । म सँग यस्को उत्तर छैन अहिले पनि । हामि एक-अर्काको अँगालोमा बाँधियौं त्यो एति कसिलो थियो एति मिठो थियो म अहिले पनि सम्झिन्छु त्यो पल र आँखा रसाउछन् मेरा । अव्यक्त रुपमा हामिले हाम्रा सबै प्रश्न र उत्तरहरु साट्यौ अतितका बिछोडहरुको सक्दो प्यास मेट्यौ , बिछोडको तृष्णालाई मिलनका पलहरुले जिते त्यो रात ।

बिहानिको मिर्मिरेले हामिलाइ ब्युँझाइदियो , सरु हतार गरेर जान लागिन् । सरु जाने बेलामा मैले सरुलाई भोलिपल्ट दिउसो पनि आउन आग्रह गरें । उस्ले तिम्रो घरबाट कोहि नआउने भए क्लास सकिए पछि आउछु भनिन् । ऊ हाम्रो दुर्घटनापछि फरेष्ट्रिको पढाइ छोडेर अमेरिका आएकि रहिछन् र यहाँ जोन हप्किन्समेडिकल कलेजमा नर्सिङ् पढ्न थालिछन् । उनिहरुलाइ पढाइको सिलसिलामा स्वयंसेवक भयर अस्पतालमा पनि काम गर्नु पर्ने रैछ । नेपालबाट कोहि उपचार गर्न आएको छ भनेपछि उस्ले चासो लिएर हेर्दा म आएको थाहापाईछिन् । म सँग भेट्ने तिव्र ईच्छा भएपनि मेरो आमाको वचन सम्झेर सोझै भेट्न नसकेर रातिको पालो गरेकि रहिछिन् ।

तर म सँगै अझै एउटा प्रश्न थियो उनले मलाई पनि किन नभनेकि त - उनले केहि बोलिनन् पहिला त र बिस्तारै भनिन् " तिम्रो पनि मन फेरिएको छ कि भनेर ! "
" सरु तिमिले मलाई अझै चिनेकि रहिनछ्यौ " मैले भनें ।
" तर तिम्रो मामु..............." उनि चुप लागिन् । हो मलाई थाहाथियो त्यो कुरा र म पनि सोचमा थिए ।
मैले सरुसँग माफिमागें मेरो आमाको तर्फबाट र भनें आमा त्यस्तो हुनुहुन्न उहाँले आवेशमा आएर त्यसो भन्नु भयको हो । अरु म सँग भन्ने वाक्य पनि थिएनन् । मैले आमालाई सबैकुरा बिस्तारमा भन्ने र उहाँलाई राजि गराउने कुरा भनें । मैले सरुलाई शनिबार दिँउसो बोलाएँ , आमासँग भेट गराउने भनेर । मैले आमासँग मेरो प्रेम-खुशी माग्छु जिवन-भर मेरि सरुको साथ माग्छु भन्ने सोचेको थिए ।
 
Posted on 05-10-05 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

O hooo, maile ta dhera wata bhaag po chutayechu. Pundit jeee kya bhagya yaar tapaiko. Nepal maa chuteko maya america ma bhetne, yaar.

Kuum ko mela ma harako jodi jastai bhayecha ni ta yaar.


Waiting for some more.


harkeDai

 
Posted on 05-10-05 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bababababba yoo pundit ko ta bhagye nai baliyo raicha. Aba Nepal ma harako maya Nepal bhanda sayeuuu guna thulo Amerika ma ayera bhetecha. Bacha ma purako hindi movie ma pani yestai yeuta scene thio jasto lagcha. Kasto samma baliyo ho gathe ko bhagye. Mane maile.

Je hoss movie banauna layek cha ahile samma. Puja paath dhyan archana le sachai mageko paune raicha la baaaaa, maile ta mane. Tara pani pundit le bichod bichod hune jasto hauu bhau dincha, khai ke ho ke. Aba ni chutyo bhane ta pundit hutti nabhayera nai ho la ja ta.

Anyways, pundit, timro saru lai mero namaskar bhanidinu. Pachi paisa kamaye yeuta sano movie banamla hai ta. Enjoying yooo... keem em' comin.

IndisGuise:)
 
Posted on 05-10-05 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब म के भनुम् मेरो जिन्दगी नै कथा भएपछि , मान्छौ भने मान नमाने फिल्मको कथा नै सहि, नमान । गुरुले फिल्म बनाउने बेलासम्म बाँचिए र बनाए हेरम्ला पनि । अब अम्रिकामा डिभि परेर आउने मान्छे कहाँ जान्छन् र ठुला शहरमा नआए , त्यहि त हो नि टेक्सस , डिसी, तिर ।
 
Posted on 05-10-05 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि अर्को कुरा : सबै कुरा उदाङ्ग पार्ननि भएन न साथि । भोलिको मेरो र अरु कसैको जिबन सार्वजनिक गर्दा कसैलाइ चोटलाग्न पनि त सक्छ नि ! विचार पुर्-याउनु पर्-यो नि !
 
Posted on 05-10-05 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यान्सिगाइ

पत्रको लागि धन्यबाद है।

अनि पण्डित जी, तपाईको कथा चैँ फेरि साँच्चिको जस्तो भयो त। :p

:)

-सरु
 
Posted on 05-11-05 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

punditji ko katha le sabailai khalda ma halya ho jasto ni cha, tara hoina jasto ni lagcha.
Nepal bata aaka sathi haru maile yahan bheteko ta dekhya chu ra panditji le bhane ko kura DV pareka haru thulai saharma aaunchan nai tyo pani ho.
Medical school nursing ko lagi JOHN HOPKINS euta alternative pani ho. Kati kura haru sachi chan jasto lagcha kati katha nai jasto :s :s
aba yo katha ko naam nai KHAI KE KE rakhnu parla jasto cha panditji k cha bichar. Tara fiction bhayepani, satya bhaye pani ra aadhi satya bhaye pani , i am enjoying it .
KEEP IT COMING !!

 
Posted on 05-12-05 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले हात धोई, पुष्पाजलि लिई, अंजलि बाँधि ध्यान गर्न र श्लोक सकिए पछि पुष्प चढाउनु हुन अनुरोध गर्दछु ।

अन्तिम भाग
यं ब्रह्मा बरुणेन्द्ररुद्रमरुत: स्तुन्वतिदिव्यैस्तथा, देवै साङ्गपदाक्रमोर्पनिशदैर्यगायन्तियम् शामगा ॥
ध्यानाबस्थित तद्गतेनमनशा पश्यन्तियं योगिनो यस्यान्तं नविदु:सुरा सुरगणा देवाय: तस्मै नम: ॥१॥

भोलिपल्ट मैले आमालाई सबै कुरा भने , सरू सँगको भेट, हाम्रो त्यो साराङ्कोट क्षण, सरुको अम्रिका आगमन् अनि उस्ले मेरो रेखदेखमा पुर्?याएकि समर्पण । आमा मेरो कुरा सुनेर भावबिहोर हुनु भो र भन्नु भो " बाबु त्यो बेलामा मैले होश नै गुमाएको थिए, मैले आवेशमा के के भनें मलाई पनि थाहा छैन, मलाई पछिबाट मनमा त लागेको थियो तर त्यतिबेला सम्म धेरै ढिला भइसकेको थियो ।"
" हो मैले पनि उ सँग माफि माग्नु छ । तिमिहरुको अटुट साथको लागि म पनि भगवान सँग प्रार्थना गर्छु । " म सार्है खुशी भएँ र आमालाई हेरिरहें, आँखाबाट आँशुका धारा बगे आमाले आँशु पुछ्दै टाउको हल्लाएर मौन स्विकृति दिनुभयो । मेरो जिवन अब बल्ल सुरु हुने भो मलाई लाग्यो । मेरा सबै आकांक्षाहरु पुराभए । मेरो जिवनका सुखद मोडहरु यसरि एकपछि अर्को गरि आउला भनि मैले कहिल्यै सोचेको थिईन ।

भोलिपल्ट जब सरु आइन् आमा आइसक्नु भएको थियो । सरु भित्र पस्न नपाउदै आमाले ठट्यौलि गर्दै भन्नु भयो " लौ सरु यहाँ कहाँबाट आइपुगिन् त !"
सरु अलमल्ल परिन् । आमाले सरुको टाउको मुसार्दै भन्नुभयो
" नानु, मलाई माफ गरिद्यौ म अति आवेशमा थिए " सरुले केहि बोलिनन् मात्र टाउको निहुराईन् ।
दुवैको अनुहारमा चमक थियो म मुक-दर्शक भएर हेरिरहें । मेरो पहिलो प्रेम नै अन्तिम प्रेम बन्ने भो , म अति भाग्यमानि रहेछु ।

डा क्विग्ले र डा फार्कस् को देन म कहिल्यै पनि भुल्न सक्दिन । म निको भए तर चोटलागेको अंग पहिलेको जस्तै कहाँ हुन्छ र । समस्या अहिले पनि छ, मेरो आँखा अहिले पनि रातो हुन्छ धेरै बेर कम्प्युटर हेर्दा , अनि घाम धुलो र धुवाँबाट मैले जोगाउनु पर्छ यस्लाई । तर सबैभन्दा खुशीको कुरा मैले आफ्नो जिवन फेरि पाँए, मैले आफ्नो मायालु पाँए । मैले बिस्तारै कामको खोजि गर्न थाले तेसै पनि घरमा कति बस्नु , जता हेर्यो सबै काममै दौडेका छन् । आफ्नो हातमा फरेष्ट्रिको बर्षे डिग्रि बाहेक अरु केहि थिएन तर एकदिन Adirondack trail मा स्वयंसेवक मागेको रैछ मैले कामशुरु गर्ने त हो नि भनेर निवेदन दिए । फरेष्ट्रिको बर्षे डिग्रिले थप मद्दत पुर्?यायो र मैले पनि Adirondack , NY मा काम पाँए । यहाँको केहि ट्रेनिङ र कामको लगनले गर्दा मलाइ उनिहरुले स्थायी सेवामा नियुक्त गरे । फेरी विछोड त आयो तर यो विछोड धेरै प्रीय थियो ।

 
Posted on 05-12-05 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरु लगनका साथ पढ्दै छिन् र अघि बढ्दै छिन् । हाम्रो छुट्टि सँगै बित्छ आजकल । कहिले म भर्जिनियामा आमा-बुबा, सरू कहाँ र कहिले सरु र म Adirondack को पहाडमा । यो पालि गर्मीको बिदामा सरु Adirondack आउने भएकि छे । मैले डिजिटल क्यामेरा किनेको छु Adirondack का सयौं फोटोहरु समेट्नु को लागि र सरुलाई उपहार दिनको लागि । अहिले सरुको कलेजमा पढाइ सकिनै लागेको र जाँच भइरहेको हुनाले मलाई लाग्छ उस्लाई यो पढ्न फुर्सत छैन र यो सरप्राईज नै हुनेछ ।
बुबा-आमाहरु आ-आफ्नो काममा व्यस्त भएपनि धेरै खुशी हुनुहुन्छ । दाजुलाई पनि सञ्चै छ नेपालमा, नेपालको विषम परिस्थिति बाबजुद । अस्ति फोन गर्दा सरु र बुबा-आमाहरु एक-अर्काको तारिफ गर्दै थिए । मेरो लागि यो अर्को खुशिको कुरो थियो सुनिश्चित भविष्यको लागि ।
******************************* ईति शुभम्: ******************************
 
Posted on 05-12-05 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उपनयतु मंगलं व: सकलजगन्मङ्गलालय श्रीमान: दिनकरकिरण नवोदित नवनलिनदल निभेक्षण कृष्ण: ।।
काले बर्षतु पर्जन्य पृथ्वी सस्यशालिनी देशोयं क्षोभरहितो सज्जना सन्तु निर्भया ॥१॥

दादा, भउतेदाइ, निर्माण, ओके, आर्डेन्ट, ईन्डि, कालो-भाले ,ह्यान्सि, जोन, रिकि , फुलमाया, नट, फर्गेट-मि-नट, बाथरुम कफि , ब्रुन, .................................................................र अन्य सबैलाइ धन्यवाद । पुष्पाञ्जलि चढाउनु होस् र नैवेद्य ग्रहण गर्नुहोला ।

यस कथा लेखनका प्रेरणाका श्रोतहरु, चाखलिएर पढ्ने, झ्याउ मानि-मानि पढ्ने, टाइम पासका लागि पढ्ने, कमेन्ट नगर्ने, पढि सल्लाह दिने र प्रोत्साहन गर्ने , पढ्ने र पढ्दै नपढ्नेलाई पनि धन्यवाद दिदैं बिदा माग्छु यो कथे धागो बाट धन्यवाद ।


 
Posted on 05-12-05 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yesko agadi ko part ma "मैले आमासँग मेरो प्रेम-खुशी माग्छु जिवन-भर मेरि सरुको साथ माग्छु भन्ने सोचेको थिए । " bhanda ta ma ta feri tragedy nai hola bhan thaneko. Pundit bajiye le ta khusi ko endign po sunaucha. Hehe.

La la पुष्पाञ्जलि chadaye र नैवेद्य ग्रहण pani gare. Aba ta saru ko exam pani sakina lago hola. Yeso comment hannu launu yaha. Heram usko side ko esstory pani. Hahahaha. Ani digital camera bata photu ni rakham.

Tara yeuta kuro hai...
"मेरो पहिलो प्रेम नै अन्तिम प्रेम बन्ने भो , म अति भाग्यमानि रहेछु । "
Yo kura chai hajam bhayena. Afu lai ta pahilo prem nai kahilebhako tha bhena hernus. Haha. Aba pahilo ma nai the END bhayo bhane, 'internet explorer' kasari chalaune? Anyways, katha mitho raicha. say wot, Afno ta jun prem pani pahilo prem.;) Re kya.
Feri bhanya matrai hai pundit ji, ankhaa ghumauna suru hola feri.

Lala baje ra bajaini ko jinda sukhi ra khusiyali ma bitoss. Jai bhagawaan bisnu, mahadeva haro hareee.

Mero ni timro jastai bhagye hosss.. bhanya prem ma ni feri. Baki ta chaiyena. Pahila sano ma surunai nabhayera khattam, aba chai khattam nai nabhayera khattam. Bhanya matrai ni feri, meri tweets risaula. LOL.

Thukrawooo ki muje pyaar karooooooooo, Mein nashe mein huuu.

In jest,
IndisGuise:)







 
Posted on 05-12-05 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La pundit jee ko katha samyoganta raichha.........khusi lagyo

Saru sanga photo kiche pachi sutukka malai pani email garum hai pundit jee
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters