[Show all top banners]

pundit
Replies to this thread:

More by pundit
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Saru ko yaadma

[Please view other pages to see the rest of the postings. Total posts: 135]
PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 47389 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-24-05 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाय राम
सबै को कथा देखेर मलाई पनि लेखुं लेखूं लाग्यो , स्वभाविक नै हो । उसमाथि नामै पण्डित , कथा पुराणमा नै दिन जाने तर यि के जाति हो ठ्याक ठुकमा नै ढिला मुख चैं परररर चल्छ श्लोक पनि हाल्छु ठोक्न (अर्को हैन नि) चैं स्लो । तर पनि कनिकुथि साझा मित्रहरुको प्रेरणामा केहि लेख्ने जमर्को गर्?या छु । दादागिरि र ओके अनि निर्माण ब्रोहरुलाई त के भ्याऊनु तर पनि मनको रहर पुरा गर्न मन लाग्या नि ।
पढि सल्लाह दिनु होला ।

पोखरा
क्याम्पस भर्खर-भर्खर शुरु भएको थियो टाढा-टाढाबाट विद्यार्थी आएका थिए पोखराको फरेस्ष्ट्री क्याम्पसमा पढ्न र शायद अरु पनि थप केहिको आशमा । नयाँ पहिचान बनाउने र मैयाँसँग कुरा शुरु गर्ने सु-अबसर थियो शुरुका दिनहरु । कुनै वहानानै त हो चाहिने कुरा शुरु गर्न त्यसपछि त सम्हालिहालीथ्यो नि । राम्री केटी दुई खुट्टा टेकेकि त देख्नै नहुनि केटाहरुको सुई-सुई शुरु भै हाल्थ्यो । त्यहि त हो नि क्याम्पसका ति दिनहरुमा ठिटि जिस्क्याउने पट्याउने क्रम चलिरहन्थ्यो । सबैजना अलि अलि जिस्क्याउथें मात्र तर राज अलि एक-कदम अगाडि नै थियो । उसको दिमाग मात्र हैन रुप र शारिरीक वनावटले पनि उसलाई साथ दिएको थियो । गफ गर्नको लागि माहिर , केहि क्षणमा नै सामुन्नेको व्यक्ति उस्को फ्यान भैसक्थ्यो , अझ केटिसंग गफ गर्नपायो भनेत के भन्नु अब । म चाहिं अलि सोझै हो , अनुहार र हाईटले चाहिं साथ दिएकै थिए तर जेब चाहीं अलि नरम हुन्थ्यो आफ्नो । बाले धेरै पैसो कमाएनन् नैतिकवान् भएर धन्न जसोतसो शिक्षा मन्त्रालयको अर्ध-छात्रवृत्तिमा फरेस्ष्ट्री भएपनि पढ्न पाईयो, आश त मेडिसिन पढ्ने थियो के गर्ने । त्यहिताक एकाबिहान सरिता देखापरिन् क्याम्पसमा , उस्को रुपको के बयान गर्नु । अग्लि, गोरो अनुहार, कालो कपाल सर्लक्क मिलेको जिऊ अनि दाहिने पट्टि गालामा कालो कोठि , भगवानले पनि कसै-कसैलाई त टाईम लगाएरै ध्यानपूर्वकनै बनाऊँछन् जस्तो लाग्थ्यो । खासै भनुभने उसका सबै अङ्ग प्रत्यङ्ग बर्णन गर्न योग्य थिए । त्यो दिनमा ऊनि स्लिभलेस पिंक टि-सर्ट र ब्लू जिन्समा खुबै सुहाएकि थिई पनि । पहिलै गएर झम्टिने त कुरै भएन तर सबैको आँखाको तारो चैं भईसकेकि थिई , सबै त्यहि त हो नि चानस पर्खिराखेका थिए केटाहरु ।
 
Posted on 04-24-05 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संजोकले मान्छेलाई डोर्?याउँछ भन्याजस्तै , म आफ्नो होस्टेलबाट फर्किदै थिए लुगाहरु मिलाएर यसो क्याम्पसको चक्कर लगाउनु पर्यो भन्दै मेश पछाडिको चऊरमा ऊ भेटिई , हाई हलो शुरु भयो । ऊ काठमाण्डुबाट आएकि रहिछ र म पनि त्यतैबाट भएकोले कुरा अलि चाडैं मिल्या जस्तो लाग्यो मलाई । ऊ सँग कुरा गर्दा त्यत्ति फर्वाड जस्तो लागेन जति ऊ देखिन्थि । बिस्तारै हाम्रो मित्रता बढ्न थाल्यो । हाम्रो प्राक्टिकल क्लास पनि एउटै थियो , तर ल्याबमेट चैं भिन्दाभिन्दै , हुन त पाट्नर बनाउने बेलामा पनि आश त नपलाएका होईनन् तर ऊस्को रुममेटले धोका दि । राज पनि त्यहि क्लासमा थ्यो । म र राज पाट्नर भयौं । त्यो राजेलाई बहाना चाहिया अब प्राक्टिकल हुँदा पनि ऊ जता लाग्यो तेतै तेतै जाने पहिलो प्राक्टिकल सकिने बित्तिकै कुरा गर्न गईहाल्यो । मोराको बानि न हो गफ गनै तर आफूलाई पर्?यो छटपटि । के गर्ने म क्लासबाट बाहिर निस्के तर धेरै टाढा गईन , ऊस्लाई भेट्ने ईच्छा थियो । तर ऊ कहाँ हराई हराई , परेन फसाद अब मनमा कति कुरा खेले कति त्यो राजेलाई पनि हाम्रै ग्रुपमा पर्न पर्?या नि फेरि । हुन त आफु पनि उस्तै हुतिहारा आफु गएर कुरा गर्?या भे भईहाल्थ्यो नि तर फेरि मलाई के मतलव जस्तो पनि लाग्यो मनमा तुष त थियो नै । पछि खाना खाने बेलामा राजलाई भेटें मेशमा , आफूलाई त खाने पनि मन थिएन खासै , झ्याऊ लागिराथ्यो । सोझै राज कहाँ गएँ हुत्तिएर ।
" कहाँ गाको तँ मुजि झन् प्राक्टिकल लेखिहालुँ भन्या त ?" भनेर झपारें
हुन त मलाई त्यस्को मद्दत चाहिया त हैन , आफ्नो तारो अन्तै थियो त्यस्ले कुरा फुस्काईहाल्यो पेटमा के अड्थ्यो गफाडिको कुरा ।
" क्या बोर भो नि यार धेरै कुरै गर्न पाईएन । " आफ्नो मन भने ढुक्क ।
" ल ल नकरा धेरै पछि नलाग जस्को पनि , अलि सिरियस्ली लि के लाईफलाई " मेळै भनें ।
कुरो थाहा पाएपछि त त्यस्लाई छोडेर गएँ भात खानलाई , अलि अलि काँचै हरियो रागे-सागको तर्कारी र दोश्रो तेश्रो खेपको पानी थप्या पातलो पहेंलो दाल अनि फर्माइसमा अण्डा सँग खाईयो दुई थाल भात ।
यस्ता यस्ता साना तिना घटना हरुले धेरै पिरोले । उस्लाई नदेखे कुरा नगरे कस्तो कस्तो लाग्ने । हीन्दी फिल्मि गीतहरु
" कभी.. कभी.. मेरे दिल मे, खयाल आता हे., कि जेसै तुझको बनाया गया हे मेरे...... लिए "
सुन्दा आनन्द आउने । पढाईमा लाग्यो बिराम । एकदिन पल्टिने बेलामा आफैं सोचें के हो यस्तो चाला ? के भै रहेको छ मलाई , कतै मलाई ...........................

म आफै खिस्सिक्क हाँसेर कोल्टो फर्कें र निदाएँ कसैको यादमा ।
 
Posted on 04-24-05 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>पढाईमा लाग्यो बिराम ।
"तर म जति केटीको पछाडि त कोही पनि लाग्या छैन ल। तर केटीको पछाडि लागे पनि पढाइ चैँ कहिलै छोडिन के। मेरो त्यती एउटा गुन थियो यार, मलाई मान्नु पर्छ।"
(हावा गफ!)

ए गुरु! तिम्रो ब्याच कुन हो? नारायाण बहादुर रानाभाट चिन्छौ?
 
Posted on 04-24-05 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो याद मा रे .............

होइन, के भुन्छन यि पण्डित पनि। :)

ल ल जावस अरु नि।

संस्कृत शब्द अलि अधिनमा राख्न पर्यो। हुनत नामै पण्डित, फुत्किहाल्छ होला।
माथि एउटा छुस्स परेछ क्या। साझावासिलाई अलि नपच्ला भनेर बेलैमा भन्द्या नि।

को भन्दा को कम् नि यहाँ अब।

लेख्न त परै जावस पढ्न नि फुर्सद नहुने भो र पो मार्यो।

-सरु
 
Posted on 04-24-05 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saru jee yaar, Tapaile bhanna khojya sanskrit sabda kun ho?

Ma ta khojda khojda hairanai bhaye baa..........

Balla patta lagyo, word khojda khojda tension ni! :P

yesailai bhanna khojya ho? **** lai??



" कहाँ गाको तँ *** झन् प्राक्टिकल लेखिहालुँ भन्या त ?" भनेर झपारें
 
Posted on 04-24-05 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा बा केटाहरु! चण्डाल छन्।
म सोझोले त सोझो नै हिसाबले बुझेको।
 
Posted on 04-24-05 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डित जी को "याद" चाहिँ मजाको लागो, रमाईलो क्या ! पढ्दा पनि मुहारमा चमक आउने ।

अर्को भागको प्रतिक्षामा............



अनि कालो भाले ज्यूलाई चाहिँ तेस्तै शब्दै चाहिने हो र खोजेको खोजै गरेको त? कमसेकम कथा सबै पढेको भा त भेटिहाल्नु हुन्थो नि ।खाली त्यस्ता शब्द मात्र खोज्दै हिन्दिनी ।

कालो भाले ज्यू, म पनि पुल्चोकको होस्टलमै बसेको हो । गुच्चाकाण्ड पनि अलि अलि थाहा छ । "मञ्जुको कथा" लेख्दा सबै कुरा लेख्ने बिचार गरेको थिएँ, तर कता कता अब स्टप गरौं जस्तो लाग्यो । साझा त रमाईला गफ गर्ने ठाँउ पो त.... तेस्ता बितेका तिता गफले साथिहरुको अमुल्यसमय के खेर फाल्दिनी भन्ने लागो मलाई त । बरु अब यसो जोक र म्यजिकतिर पो अर्को धागो शुरु गर्नु पर्ला बिस्तारै ॥॥॥


 
Posted on 04-24-05 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ त के हो के हो कोहि मञ्जुको यादमा, कोहि सञ्जुको, कोहि चाहि सरुको रे। यो सरु भनेको हाम्रो भउते दाइ त होइन, कि अरु नै पर्यो। जै भएनि अरु पढ्न पाइयोस् है चाँडै।
राम्रो छ तर अलि कन्फ्युजिङ्ग नि, स्पष्ट लेखम न है अलि, यो सुझाउ मात्र है अन्यथा नलिनुहोला।
निर्माण

 
Posted on 04-25-05 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले चिन्दिन दादा उस्लाई खै कुनमा हो । अग्रज होलान् । मेरो ब्याज चैं गोप्यनै राखुँ दादा कसैलाई शंका पर्ला । ;-)
केटा हरुले मलाई नि झुक्याए , म त " श्लोक " भन्ठ्यान्या थीं , अर्कै पो परेछ ।
अब झोक चल्या बेला के के निस्किन्छ के के ।
सरु तिमि त भक्त पो त ।
कालो भाले निर्माण र ओके ब्रो कमेन्ट र सुझावको लागि धन्यबाद ।

************************* श्री गणैशाय नम: ******************************
भाग २
आज क्यापस गयो भोलि गयो त्यहि रुटिन उहि ताल । आफ्नो पनि कुरा अगाडि नबढ्या त होईन तर राईट ट्रयाकमा चैं हैन बा । उता बाट पनि सहि सिग्नल आ हो जस्तो पनि लाग्छ तर खै के हो हो । दिनहरु बित्दै गए बिस्तारै हाम्रो सामिप्य बढ्दै गयो । हामि सँगै हिडेको देखेर साथिहरूले के हो तिमिहरु त बूढा-बुढि हौ कि क्या हो भन्थे रे । राजेले पनि हाम्रो कुरा बुझेर हो कि क्या हो धेरै सामिप्य देखायन ।
एक दिन प्राक्टिकल शुरु हुने बेलामा ऊ बाहिर मेचमा टोलाएर बसिरहेकि थिइ चिउँडोमा हात राखेर । मैले हातमा प्याट्ट हानेर टाऊको लच्काईदिए ऊसले पनि मलाई हातले हान्ने भाकि त्यहि त होनि ऊस्को नङ्ले मेरो पाखुरामा कोतर्?यो । ऊसले सरि सरि भन्दै उस्को पर्सबाट मलम झिकेर प्रेम-पूर्वक लगाई दिई । ऊस्को स्पर्श यति कोमल थियो कि के भनुँ । मैले अनायासै एक टकले हेर्न पुगेँ उस्लाई र उस्ले मलाई , हाम्रा आँखाहरु बोल्नलागे हामि चूप भयौ । मैलेपनि लख काटें चाहना त उता पनि रैछ भन्ने ।
 
Posted on 04-25-05 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलिपल्टको कुरा हो मैले क्यापा पछाडिको ठाँउको कुरो उठाएँ । त्यहाँ खालि फाँटहरु थिए जहाँबाट सेतीका खोंचहरू देखिन्थे अनि त्यहा उफ्रदा पनि थर्केको हो कि भन्ने भान हुन्थ्यो । ठाउँ सुनसान हुन्थ्यो । ऊस्ले सुनेको छु तर गएको छैन भनिन् । मैले ठट्टा गर्?या जस्तो गरि जान्छ्यौ भने हिड भने ऊसले स्विकृति जनाइन् । म भित्रभित्रै मख्ख परें र शुक्रबार साँझ जाने निधो गर्?यौ । त्यसदिन प्राक्टिकल पनि नहुनि र शनिबार अलि भिड पनि हुने भएकोले त्यसरि मिलाएका थियौ । हामि त्यहा गयौ घुम्यौ रमाइलो भयो , त्यहा बोल्दा बोलि फर्केर आउथ्यो । मैले उसलाई जोडले केहि भन्न आग्रह गरे उस्ले मानिन मैले अनि चिच्याएर भने
सरू........ उस्को नाम चारै तर्फ गुञ्जाउन थाल्यो सरु सरु सरु सरु उ उ उ उ उ उ उ
उ लाजले रातै भई । मैले त्यो भन्दा बढि केहि भनिन उस्ले अप्ठ्यारो मान्या देखेर । हामि
नजिकै को ढुङ्गामा आड लगाएर बस्यौ । सरुले मेरो हात हेर्दै भनि
" यहिहो मैले कोतारेको " जहा लामो खाटा बसेको थियो ।
" हो नि त कस्तरि कोतारे कि " मैले भने
" खै लेऊ म चाडै निको पार्दिन्छु " भन्दै उस्ले त्यहा चुम्बन गरिन् ।
" औषधि त तितो होला, म चाखुँ " सरुले पुल्लुक्क हेरि ।
उस्को हेराइमा धेरै गहिराई थियो । म त्यसगहिराइमा चुर्लुम्म डुबें , सरु पनि म सँगै हराई ।
 
Posted on 04-25-05 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pundit,

Looks great.. hope to hear the complete story..keep it up...

Nut
 
Posted on 04-25-05 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

........सरू........ उस्को नाम चारै तर्फ गुञ्जाउन थाल्यो सरु सरु सरु सरु उ उ उ उ उ उ उ >>>>>>>>>>>

हाहा हाहा

अनेक जान्याछन् यी पंडित-नानी पनि। कस्तो फिलिम हेर्या जस्तो भो गाँठे।

-सरु
 
Posted on 04-25-05 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pundit baje ko katha ta ramailo po raichha?

2 Adhyay sakiyeko ho pundit baje??

La teso bhaye thikai chha, maile haath ma bhako phulpati swaha garidiye hai.........
 
Posted on 04-25-05 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K garne Ok bro, Sarubhakta le bhanya bises sanskrit sabda kun raichha bhanera ni........

khoju khoju lagyo kya.........
 
Posted on 04-25-05 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो फिलिम हेर्या जस्तो भो गाँठे।

Asti asti parikshya chha bhantheu kyare, aba sakaihaleu hola,.......aba tehi film herdai basa na............:P
 
Posted on 04-25-05 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोराले त पट्यासकेछ सरुलाइ। अब के गर्ने हुन खोइ कुन्नी, कुरा गर्न नि कत्ति जानेको यो मोरा पण्डितले हो।
निर्माण
 
Posted on 04-26-05 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

manju, sanju and saru.....wow....incredible.

atti bho ba..... premika ko yaad padhda padhda.....malai ta afno aama ko yaad ayo.
 
Posted on 04-26-05 3:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He he he he ...ma ta purai confusion ma parne bahyee ...manju, sanjum saru...aba ta kahani nai mix hola bhnaee daar malai ta ....tara pundit ji ko pani khatara chha ni nepali lekhan...la badhai chha...keep it up
 
Posted on 04-26-05 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pandit jeee, katha ramro cha. Nepali ma reply garna chai ali mildaina mero, kyarnu yesatai ho. Yo k ko jaati ho prabidhi le download hunai didaina, ani ta angreji matra.

Sabai ko lop story padhda padhda ta sajha.com ko satto lovestory.com bhanera po bhannu parla jasto cha baaa. Kyaho kyaho ?????????????

Ardent bro, long time no c man. K cha haalkhabar ? Timro lop story chai kasto chaldai cha ni ? Hope good. Best of luck hai.


harkeDai
 
Posted on 04-26-05 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथि हो !
comment ko lagi dhanya baad, katha lai bichaima thati rakhi , ma chahin lagen exam ko preparation tira hai , pheri 4.0 bigryo bhanita arko katha lekhnu matra haina jindagi nai katha huncha mero

chadainai nai arko aadhyaya liyera aaune chu hajur haru ko majhaमा
aahile lai yo semester ko aadhyaya samapta parchu,

क्षमा प्रार्थि छु ।
 



PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters