[Show all top banners]

pundit
Replies to this thread:

More by pundit
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Saru ko yaadma

[Please view other pages to see the rest of the postings. Total posts: 135]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 47359 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-24-05 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाय राम
सबै को कथा देखेर मलाई पनि लेखुं लेखूं लाग्यो , स्वभाविक नै हो । उसमाथि नामै पण्डित , कथा पुराणमा नै दिन जाने तर यि के जाति हो ठ्याक ठुकमा नै ढिला मुख चैं परररर चल्छ श्लोक पनि हाल्छु ठोक्न (अर्को हैन नि) चैं स्लो । तर पनि कनिकुथि साझा मित्रहरुको प्रेरणामा केहि लेख्ने जमर्को गर्?या छु । दादागिरि र ओके अनि निर्माण ब्रोहरुलाई त के भ्याऊनु तर पनि मनको रहर पुरा गर्न मन लाग्या नि ।
पढि सल्लाह दिनु होला ।

पोखरा
क्याम्पस भर्खर-भर्खर शुरु भएको थियो टाढा-टाढाबाट विद्यार्थी आएका थिए पोखराको फरेस्ष्ट्री क्याम्पसमा पढ्न र शायद अरु पनि थप केहिको आशमा । नयाँ पहिचान बनाउने र मैयाँसँग कुरा शुरु गर्ने सु-अबसर थियो शुरुका दिनहरु । कुनै वहानानै त हो चाहिने कुरा शुरु गर्न त्यसपछि त सम्हालिहालीथ्यो नि । राम्री केटी दुई खुट्टा टेकेकि त देख्नै नहुनि केटाहरुको सुई-सुई शुरु भै हाल्थ्यो । त्यहि त हो नि क्याम्पसका ति दिनहरुमा ठिटि जिस्क्याउने पट्याउने क्रम चलिरहन्थ्यो । सबैजना अलि अलि जिस्क्याउथें मात्र तर राज अलि एक-कदम अगाडि नै थियो । उसको दिमाग मात्र हैन रुप र शारिरीक वनावटले पनि उसलाई साथ दिएको थियो । गफ गर्नको लागि माहिर , केहि क्षणमा नै सामुन्नेको व्यक्ति उस्को फ्यान भैसक्थ्यो , अझ केटिसंग गफ गर्नपायो भनेत के भन्नु अब । म चाहिं अलि सोझै हो , अनुहार र हाईटले चाहिं साथ दिएकै थिए तर जेब चाहीं अलि नरम हुन्थ्यो आफ्नो । बाले धेरै पैसो कमाएनन् नैतिकवान् भएर धन्न जसोतसो शिक्षा मन्त्रालयको अर्ध-छात्रवृत्तिमा फरेस्ष्ट्री भएपनि पढ्न पाईयो, आश त मेडिसिन पढ्ने थियो के गर्ने । त्यहिताक एकाबिहान सरिता देखापरिन् क्याम्पसमा , उस्को रुपको के बयान गर्नु । अग्लि, गोरो अनुहार, कालो कपाल सर्लक्क मिलेको जिऊ अनि दाहिने पट्टि गालामा कालो कोठि , भगवानले पनि कसै-कसैलाई त टाईम लगाएरै ध्यानपूर्वकनै बनाऊँछन् जस्तो लाग्थ्यो । खासै भनुभने उसका सबै अङ्ग प्रत्यङ्ग बर्णन गर्न योग्य थिए । त्यो दिनमा ऊनि स्लिभलेस पिंक टि-सर्ट र ब्लू जिन्समा खुबै सुहाएकि थिई पनि । पहिलै गएर झम्टिने त कुरै भएन तर सबैको आँखाको तारो चैं भईसकेकि थिई , सबै त्यहि त हो नि चानस पर्खिराखेका थिए केटाहरु ।
 
Posted on 04-30-05 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pundit ji

waiting for more...... maya-pirati ma je kasaam khaye pani...samaye le manchi lai aarkai paristhimi purauchha re ni ta.....

waiting for more.....

hajur ahile Texas tira ho??
 
Posted on 04-30-05 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Malai ta kastoo runa manlagyo pundit ji ko katha sunera:(
khoi ta saru? I hope she is alive...bichara pundit ji has gone thru all of these dukha ghatanas all his life:(
LOP U pundit Ji:(...ANI ani k bhayo???????
 
Posted on 04-30-05 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरु कता गइ भनेको???
म त कन्फ्युज्ड भएँ,
निर्माण
 
Posted on 05-02-05 2:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aru ni sunum na.
 
Posted on 05-02-05 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bastabma, Saru bhanney character kalpanic mattai ho ... Pundit ley dekhney Saru , Usko dimag bheetra mattai cha .... usko dimaag ley afai sirjana gareko character ho Saru .... Sathi haru lai Schizophrenia bhanney bimari ta thaha nai hola ... ho tyai Schiozophrenia ko bimari hun Pundit, ra tyai bimari ley janma diyeko ho Saru lai ...
 
Posted on 05-02-05 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डित जी

खोइ त अरु, आफ्नै कथा सुनेर कति आनन्द आइरे'छ, मलाई त्यसै गायब पारेर छाड्दिने भन्या।
-सरु
 
Posted on 05-02-05 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै साथिहरुलाई कमेन्टको लागि धन्यबाद , जाँच सक्या वीकएन्ड यसो भजन किर्तनमा लाग्या नि , सरू लाई पनि भुल्ने गरि लाग्छु भन्या तर के लाग्थ्यो अझै छे मानसपटलमा ताजै ॥

भाग ६
**********" स्त्रीशस्य चरित: पुरूशस्य भाग्य दैवो नजानेति कुतो मनुष्य "*************
विस्तारै मेरो प्रेम-कथा को अन्त्य देख्दै थिँए म, सरुको पाषाण हृदयको तारिफ गर्दै ।सरुले किन भेट्न नखोजेकि होलि । स्त्रीको चरित्र देवताले त बुझ्न गार्हो हुन्छ रे मैले कसरि सक्नु ।
एकदिन अस्पताल जाँदै थिए, मैले सरुको जस्तै आवाज सुने । तर ठम्याउन सकिन हो कि हैन भनेर । मैले आमालाई भने बुझ्नुन भनेर ।
" कति त्यस्कै नाम लि रा भन्या, जान दे अव " आमाले भन्नु भयो ।
मैले पनि हो कि हैन भनेर केहि बोलिन, पैला निर्क्यौल नै गर्छु भन्ठानि । मैले आशिषलाई फोन गरें ।
ऊ धरानमा पढ्थ्यो , अर्चनाको हितैषि थियो, उनिहरुको संबन्ध त्यति नजिक त थिएन तर सँगै पढ्ने भएकोले उनिहरू नजिकिएका थिए । आशिषले केहि बताएन पहिला त अर्चनाले वाचा गराएकि थिई रे मैले हत्ते हालेपछि बल्ल भन्यो ।

" सरिताको दुर्घटनामा हात भाँचिए को थियो, तर उनिलाई खासै चोटलागेको थिएन । उ पनि पोखराबाट सँगै आएकि थिइ तिमि सँग "
म खुशि भएँ मेरो मुहारमा अर्कै चमक थियो । मानौ मैले नौलो जिवन पाँए । मेरो जिवनका आशाहरु पुनर्जिवित भए । मेरो प्रियसिलाई त मैले आलिङ्गनमा बाँधेर सकभर बचाउन खोजेको झलझलि याद आयो लाग्यो म सक्षम भएछु । तर फेरि किन त सरु टाढिएकि । म हैरान भएँ ।
 
Posted on 05-02-05 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनि के भो त ?" मैले सोधें ।
" अस्पतालमा सबैजना दु:खी थिए, सरिताको हातमात्र भाँचिएको र खासै केहि नभएको तर तिम्रो अवस्था डरलाग्दो थियो । आँखा भरि रगत जमेका थिए, खुट्टा भाँचिएको, जिउ भरि घाउ अनि रगतका टाटा , शायद तिम्रो मामुले आफुलाइ सम्हाल्न सक्नु भएन एकदम रुन थाल्नु भो, उहाँले मनमा जे आयो त्यहि बोल्नलाग्नु भो तथानाम गालिगर्नु भो सरितालाई । आरोप प्रत्यारोपको श्रिङ्खलानै चल्यो तिम्रो र सरिताको परिवार बिचमा । सरिता रूँदै बाहिर निस्कि । पछि पनि मामुले सरितालाई भेटेर के के भन्नु भो । त्यसपछि सरिता कहिल्यै देखापरिन ।" म मात्र सुनिरहें अनि सम्हाल्न नसकेर भक्कानो छोडेर रोँए ।

उता कोठाबाट आमा आउनु भो "बावु के भयो, के भयो भन्त ?"
आमाले फोन लिएर कुरा गर्नु भो आशिषसँग अनि भन्नु भो फोन राख्दै
" त्यहि अलच्छिनाले गरेर त हो नि यस्तो भएको, सोझो मेरो छोरालाई फसाएर आज यस्तो दिन देख्नु पर्?यो ।" म अवाक् भएँ त्यहि पनि केहि साहस निकालेर बोलें
" आमा के भन्या त्यस्तो, यस्मा सरुको के दोष ।" "हजुरले त्यसो भन्नु नहुने थियो उनलाई "
" नकरा नकरा तँलाई थाहा छ " आमा जानु भयो उता कोठामा ।
 
Posted on 05-02-05 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL. Mother's love. :)
Ani ani....hehe.
 
Posted on 05-02-05 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल सुर आम्दै छ यता, उता दीप-च्यानल कुरेर बसेको क्यै हुन्छ कि भनेर, हुन त भे'छ तर त्यै बेला विज्ञापन आयो, हेर्नै पाइएन, बिचमा रिल काटे जस्तो छ। अब यो च्यानल मा क्यै हुन्छ कि।

-सरु
 
Posted on 05-02-05 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pundit ji

yes ma ta pakaai kehi hola jasto chha...Sabai tragedy kings jasto chha ni...... Does that mean almost all love turn into tragedy??

Anyway, waiting for the new episode..
 
Posted on 05-03-05 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

forget-me-not साथि म टेक्ससमा हैन तर कहाँ त्यो तपाईले चाँडै थाहा पाउनु हुने छ।
phulmaya - lop u too ;) no offence है
KoRn किन त्यस्तो वाक्य निस्क्या हो , मेरि सरु लाई काल्पनिक बनाईदिने भन्या , कतै तिमि / हजुर सरूको आमा त हैन अस्पतालमा झगडा गर्ने , उहाँको नाम किरण हो क्यार यहाँको KoRn
indisguise साथि " आमाको माया आमाको छाँया यहि नै जिन्दगि हो " भन्ने गीत सुन्या छ । :)
रिकिनैपाल , brun42 , अनि मेरा गुरुहरु दादागिरि, ओके ,निर्माण, सरु ( आह ! च्वास्स त गरि नै हाल्छ ) र अरु सबै साथिहरुमा सुझाव सल्लाह अनि प्रोत्साहनको लागि धन्यवाद सहित अर्को भाग चाँडै नै लियर आउने जमर्को गर्दै

-पण्डित
राधे राधे
 
Posted on 05-03-05 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

panditji pheri path-puja ma lage ki kya ho bhanya
ali ali paskadai bhagdai cha bhanya yo baje. hetterika !!!!

 
Posted on 05-04-05 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ७
मैले सरुलाइ सम्पर्क गर्न धेरै कोशिस गरे । आशिष र अर्चनाले पनि धेरै मद्दत गरे । सरुको घर, फरेस्ट्री क्याम्पस, मलाई थाहा भएसम्म चारैतिर सोध-खोज गरें । हाम्रो दुर्घटनापछि म त क्याम्पस जाने कुरै भएन, आँखा मेरो अझै धमिलो थियो । पट्टि त थिएन तर धेरै टाढाको चिज देख्न सक्दैनथें । सरुले पनि क्याम्पस शुरू गरेकि रहेनछे, क्याम्पसबाट मलाई तेतिमात्र थाहा भयो । कहाँ छे उनि अँह केहि थाहा लागेन । म सम्झि-सम्झि रुन्थे , बिर्सिन कोशिस गर्थें , सरुको तरङ्ग आइरहन्थ्यो म कल्पि कल्पि रुन्थे । हरेक साँझ म विचलित हुन्थे, मलाई असह्य हुन्थ्यो । मलाई साँझको बेला मनपर्न छोड्यो ति पुराना दिनहरुको सम्झनाले मलाई विचलित बनाऊथ्यो । उनिले कोरेका ति जिन्दगीकापाना हरु पल्टाउँथे हरेक साँझले ।

समयबित्दै गयो । अब त एक वर्ष हुनै लागेको थियो मेरो जिवनको मोड बदलिएको पनि । मेरो आँखा अझै राम्ररी ठिक भैसकेका थिएनन् । डाक्टरले पनि अब त यसै हो भन्न सकेन । धमिलो दृष्टिको आँखालाई चश्माले पनि केहि मद्दत भएन । मेरो जिवनको आस, भविष्य, लक्ष के हो मलाई केहि थाहा थिएन । के गर्ने हो भोलि, मेरो जिवन निरस भएको थियो । मनलाइ सम्हाल्न म ध्यान गर्ने गर्दथें । ईश्वरभक्तिमा लागेको थिँए, भजन किर्तन अनि पूजा-पाठबाट मनलाई धेरै शान्ति मिल्थ्यो ।

संजोग भनुँकि विजोग त्यो सालमा वुबाको नाममा डि भि चिठ्ठा पर्?यो । के गर्ने, जाने कि नजाने जसोतसो आफ्नाहरुको माझ राजि-खुसि बसिरहेकै थियो । विरानो ठाँउ अन्जान मान्छेहरु अनि अशक्त छोरोलाई पछिलाएर कहाँ भौतारिन जानु जस्तो लाग्याथ्यो होला वुबालाई पनि । दाई त त्यहिबस्नु हुने भयो घरको रखवालि गरेर उहाँको उमेरले पनि डि भि को चिठ्ठा नलाग्ने भो । तर मेरो स्वास्थ्यमा केहि सुधार ल्याउन सकिन्छ कि भनेर हामि भएका झिटिगुम्टा बोकि हानियौ अम्रिकातिर ।
 
Posted on 05-04-05 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हायात्सभिल भन्ने ठाँऊमा मेरो काकाको छोरि-ज्वाँइहरु हुनुहुन्थ्यो । हामि त्यहि गयौं हाम्रो बस्ने खाने बन्दोबस्त भयो । बुबाले ७/११ मा जागिर पाउनु भयो र आमाले पनि सानो स्कुलमा पढाउन थाल्नु भयो । कागज भएकोले उहाहरुलाई काम पाउन त्यति गार्हो भयन । म चाहि घरमै बसेर खाना बनाउथें हामि सबैकोलागि , मलाई पनि केहि गरे जस्तो लाग्थ्यो । वेकारमा त बसेको छैन भन्ने लाग्थ्यो । नेपालमा भए घरमा बस्ने र खानेकाम बाहेक केहि हुँदैनथ्यो । त्यसै पनि बिरामि जस्तो लागिरहने , यहाँ त म अलि फुर्तिलो पनि भएको थिँए ।
हाम्रो आर्थिक अवस्था राम्रो हुँदै गयो । हामि आर्लिङ्गटन, भर्जिनीया सर्यौ । सधैं अरुलाई अप्ठ्यारोमा पार्ने कुरा पनि भएननि । आमाको कामले सबैको ईन्स्युरेन्स हेरिदिने भो । ईन्स्युरेन्स नभए सम्म उपचार गर्न पनि गार्हो यहाँ त तर ईन्स्युरेन्सले तिर्ने भएपछि त उपचारको चाँजो गर्नुपर्ला वुबाले एकदिन भन्नुभयो । अब मेरो उपचार हुने भो, म मनमनै खुशी भए । के गर्नु एत्रो उमेर सम्म पनि बावु आमाकै कमाई खायर बस्नु परेको ग्लानि त छँदै थियो तर पनि केहि आशाका किरणहरु देखापरे ।
 
Posted on 05-04-05 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अम्रिका आएपछि त सरु को कुरै छैन बा ........कस्तो निष्ठुरी पण्डित जी त। बिचरा सरु :(

-सरु
 
Posted on 05-04-05 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकि Nepal Lai ta नैपाल po banaidiyechhan yee pundit le.............

Nepal thar bhako bhaye ta Ricky ko satta Rame... ya.. chyame... testai kehi naam hunthyo...........Ricky bhaye pachi pakkai नैपाल Hunu parchha bhanera ho ki kya ho Pundit baje??

Pundit baje le Tyo euta Nobel prize winner नैपाल thar bhako manchhe ko santaan samjhe ki kya ho Ricky lai??

Huna ta Pudit baje le bhanya kura.......Lu j bhane thikai bhane hola pundit le........


 
Posted on 05-05-05 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pundit ji,
tapai ta ma basne thauma nai basnu hudo raichha ni:)
ani tapai ko lop story ta atti dukhat as alwayz tara m still curious to knw saru kaha chhe bhanera.hope to c ur posting s00n...pakkai ni i hab seen pundit ji:)

 
Posted on 05-05-05 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डी. भी. परेसी सकिएको हो?
 
Posted on 05-05-05 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते दाई आफुले आफैलाई विचरा कसैले भन्दियोस् नभन्दियोस् । म टाइप गर्दै छु !
त्यो मुद्रा राक्षसको गल्ति हो के कालो-भाले अब नोबेल कै सन्तान नभए पनि यसो केहि लेख्छ भने म पुरस्कारको लागी मेरो पहुचवाला यजमानलाई भन्दिउला क्यार !!
अनि फुलमायाजी म अहिले त्यता हैन नि फेरि म काम गर्दै छु के अहिले माथ्ला डाँडामा उहि फरेस्ट्रिको देन ।
बल्ल देखापर्यो दादा कहाँ गा भन्या म त सञ्जेले दादालाई नै जोईल लगि कि भन्ठान्या । :)

 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters