Posted by: pundit April 25, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
मैले चिन्दिन दादा उस्लाई खै कुनमा हो । अग्रज होलान् । मेरो ब्याज चैं गोप्यनै राखुँ दादा कसैलाई शंका पर्ला । ;-) केटा हरुले मलाई नि झुक्याए , म त " श्लोक " भन्ठ्यान्या थीं , अर्कै पो परेछ । अब झोक चल्या बेला के के निस्किन्छ के के । सरु तिमि त भक्त पो त । कालो भाले निर्माण र ओके ब्रो कमेन्ट र सुझावको लागि धन्यबाद । ************************* श्री गणैशाय नम: ****************************** भाग २ आज क्यापस गयो भोलि गयो त्यहि रुटिन उहि ताल । आफ्नो पनि कुरा अगाडि नबढ्या त होईन तर राईट ट्रयाकमा चैं हैन बा । उता बाट पनि सहि सिग्नल आ हो जस्तो पनि लाग्छ तर खै के हो हो । दिनहरु बित्दै गए बिस्तारै हाम्रो सामिप्य बढ्दै गयो । हामि सँगै हिडेको देखेर साथिहरूले के हो तिमिहरु त बूढा-बुढि हौ कि क्या हो भन्थे रे । राजेले पनि हाम्रो कुरा बुझेर हो कि क्या हो धेरै सामिप्य देखायन । एक दिन प्राक्टिकल शुरु हुने बेलामा ऊ बाहिर मेचमा टोलाएर बसिरहेकि थिइ चिउँडोमा हात राखेर । मैले हातमा प्याट्ट हानेर टाऊको लच्काईदिए ऊसले पनि मलाई हातले हान्ने भाकि त्यहि त होनि ऊस्को नङ्ले मेरो पाखुरामा कोतर्?यो । ऊसले सरि सरि भन्दै उस्को पर्सबाट मलम झिकेर प्रेम-पूर्वक लगाई दिई । ऊस्को स्पर्श यति कोमल थियो कि के भनुँ । मैले अनायासै एक टकले हेर्न पुगेँ उस्लाई र उस्ले मलाई , हाम्रा आँखाहरु बोल्नलागे हामि चूप भयौ । मैलेपनि लख काटें चाहना त उता पनि रैछ भन्ने ।
Read Full Discussion Thread for this article