Posted by: pundit April 24, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
संजोकले मान्छेलाई डोर्?याउँछ भन्याजस्तै , म आफ्नो होस्टेलबाट फर्किदै थिए लुगाहरु मिलाएर यसो क्याम्पसको चक्कर लगाउनु पर्यो भन्दै मेश पछाडिको चऊरमा ऊ भेटिई , हाई हलो शुरु भयो । ऊ काठमाण्डुबाट आएकि रहिछ र म पनि त्यतैबाट भएकोले कुरा अलि चाडैं मिल्या जस्तो लाग्यो मलाई । ऊ सँग कुरा गर्दा त्यत्ति फर्वाड जस्तो लागेन जति ऊ देखिन्थि । बिस्तारै हाम्रो मित्रता बढ्न थाल्यो । हाम्रो प्राक्टिकल क्लास पनि एउटै थियो , तर ल्याबमेट चैं भिन्दाभिन्दै , हुन त पाट्नर बनाउने बेलामा पनि आश त नपलाएका होईनन् तर ऊस्को रुममेटले धोका दि । राज पनि त्यहि क्लासमा थ्यो । म र राज पाट्नर भयौं । त्यो राजेलाई बहाना चाहिया अब प्राक्टिकल हुँदा पनि ऊ जता लाग्यो तेतै तेतै जाने पहिलो प्राक्टिकल सकिने बित्तिकै कुरा गर्न गईहाल्यो । मोराको बानि न हो गफ गनै तर आफूलाई पर्?यो छटपटि । के गर्ने म क्लासबाट बाहिर निस्के तर धेरै टाढा गईन , ऊस्लाई भेट्ने ईच्छा थियो । तर ऊ कहाँ हराई हराई , परेन फसाद अब मनमा कति कुरा खेले कति त्यो राजेलाई पनि हाम्रै ग्रुपमा पर्न पर्?या नि फेरि । हुन त आफु पनि उस्तै हुतिहारा आफु गएर कुरा गर्?या भे भईहाल्थ्यो नि तर फेरि मलाई के मतलव जस्तो पनि लाग्यो मनमा तुष त थियो नै । पछि खाना खाने बेलामा राजलाई भेटें मेशमा , आफूलाई त खाने पनि मन थिएन खासै , झ्याऊ लागिराथ्यो । सोझै राज कहाँ गएँ हुत्तिएर । " कहाँ गाको तँ मुजि झन् प्राक्टिकल लेखिहालुँ भन्या त ?" भनेर झपारें हुन त मलाई त्यस्को मद्दत चाहिया त हैन , आफ्नो तारो अन्तै थियो त्यस्ले कुरा फुस्काईहाल्यो पेटमा के अड्थ्यो गफाडिको कुरा । " क्या बोर भो नि यार धेरै कुरै गर्न पाईएन । " आफ्नो मन भने ढुक्क । " ल ल नकरा धेरै पछि नलाग जस्को पनि , अलि सिरियस्ली लि के लाईफलाई " मेळै भनें । कुरो थाहा पाएपछि त त्यस्लाई छोडेर गएँ भात खानलाई , अलि अलि काँचै हरियो रागे-सागको तर्कारी र दोश्रो तेश्रो खेपको पानी थप्या पातलो पहेंलो दाल अनि फर्माइसमा अण्डा सँग खाईयो दुई थाल भात । यस्ता यस्ता साना तिना घटना हरुले धेरै पिरोले । उस्लाई नदेखे कुरा नगरे कस्तो कस्तो लाग्ने । हीन्दी फिल्मि गीतहरु " कभी.. कभी.. मेरे दिल मे, खयाल आता हे., कि जेसै तुझको बनाया गया हे मेरे...... लिए " सुन्दा आनन्द आउने । पढाईमा लाग्यो बिराम । एकदिन पल्टिने बेलामा आफैं सोचें के हो यस्तो चाला ? के भै रहेको छ मलाई , कतै मलाई ........................... म आफै खिस्सिक्क हाँसेर कोल्टो फर्कें र निदाएँ कसैको यादमा ।
Read Full Discussion Thread for this article