Posted by: pundit May 8, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
भाग ९ नर्सहरुले अस्पतालमा मेरो धेरै ख्याल राख्थे । यहाँ त पुरूष नर्स र महिला नर्स दुवै थिए । तर महिला नर्सले चाँहि बढि ख्यालराख्ने रै छ । उनिहरुको कामनै त्यहि तर पनि नेपालको तुलनामा मलाई चै धेरै लाग्या होला । कहिले-काहि त झ्याउ पनि लाग्थ्यो मलाई, 'एक्लै छोडिदेउ' भन्ने लाग्थ्यो । म सँग दिऊसो अस्पतालमा केहिबेर बस्न बुबा र आमा पालो मिलाएर आउनु हुन्थ्यो र राति चाहि म एक्लै हुन्थे । सबैजना आ-आफ्नो काममा व्यस्त त्यो पनि भर्खर भर्खर सुरु भएको काम छोड्न पनि गाह्रो । दिदि-भिनाजु चाहि बिदाको दिन आउनु हुन्थ्यो । बिदाको दिन अरु मानिसहरु पनि आउथें जस्लाई मैले ऐले अनुहारले भन्दा पनि आवाजले राम्रोसँग चिन्छु होला । मेरो आँखामा फेरि पट्टि बाधियो । केहिदिनमा मेरो रातिको नर्सको सिफ्ट चेन्ज भयो । मेरो रातिको सिफ्टमा आउने नर्सले मलाई अझै बढिनै ख्यालराखे जस्तो देखिन्थ्यो तर ऊ एकदम कम बोल्दथिन् । हुन त राति निदाईन्थ्यो धेरैजसो, तर कहिले कहिले निन्द्रा नलागेको बेलामा पनि उ कुरा धेरै गर्दिनथिएन् । बोलिपनि अचम्मको थियो उस्को नाटक पारेर बोलेको जस्तो । उसको बोलाईले उ एसियन हो भन्ने मैले अन्दाज लगाएको थिँए तर उस्को बोलि फेराइले अन्दाज लगाउन गाह्रो थियो । आफु पनि एसियननै भएर धेरै स्याहार गर्?या होला भन्ने लख काटें । तर पनि मलाई कता?-कता कसैको झझल्को आउथ्यो उस्को व्यवहारले । सबैको अनवरत प्रयास र भगवानको अनुकम्पाले मेरा दिनहरु फिर्दै गए, अस्पतालको खुराक नै बलियो म मोटाउदै पनि गएको थिए र उपचार पनि अन्तिम चरणमा थियो । अस्पतालको अन्तिम दिनहरु आउदै थिए मेरो पट्टि अब चाँडै नै निकाल्ने भयो । डाक्टरले अन्दाज गरे भन्दा ४ दिन अगाडि नै मेरो पट्टि खोलिदीयो , आँखा सुख्खा राख्ने अनि हेर्ने भनेर । भोलिपर्सि इन्फेक्सनको डर हुन्न भनेर र भय अहिले नै हेर्ने रे मैले चाँडै सेसार हेर्न पाँए । मेरो आँखामाथि कपासको एक तह राख्न लाएको थ्यो रात-विरात केहि होला भनेर । एकरात सधै जसो नर्स आईन् , म सुतिरहेकै थिए , उस्को आगमनले मलाई झस्काई दियो । म रेस्ट-रुम जान्छु भनेर आँखामाथिको कपास हटाए र उठें । नर्स आफ्नै काममा व्यस्त थिईन् तर जब मैले उस्को अनुहार हेरें म थचक्क बसें खाटमा । मैले सोच्दै नसोचेको घटना घट्यो , मेरो रेखदेखमा विषेश ध्यान दिने नर्स अरु कोहि नभएर मेरि सरुनै थिइन् ।
Read Full Discussion Thread for this article