[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 101217 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 12-01-05 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक जुग पछि-
हिजो सपनीमा घर गएँ सुटुक्क
आगो लिन गएझैँ गएँ सुटुक्क,
तीन वर्षे भतिजीले सोधी
?तिम्लो घल काँ??

यो हरफ ले निकै नै दिल छोयो .....
मेरो भान्?जी पानि ४ बर्ष कि भइन्? तर मैले देखेको नै छैन उनी लाइ
मामा ले भान्?जी लाइ परिचय दिनु परने कस्?तो बेतिथि ????


 
Posted on 12-01-05 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ऋषी जी!
ऊसोफा,
साथी, ठिक भन्नुभो...धेरैमा कुनै कबिताले मन् छुन्छ, धेरैमा कुनै शब्दले
नि:शब्द बनाउँछ....'परदेशी' त्यस्तै लाग्यो मलाइ पनि...जति पढ्छु त्यती घरको याद
आउँछ!
 
Posted on 12-01-05 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

le chef du nuit जी र उसोफाजी, कविताको देशमा स्वागत छ।
साथीहरुले मन पराईदिनु भो यो कविता, मैले सोचेभन्दा धेरै बढी। परदेशीनुको
पिडा मलाई पनि त्यै क्षणमा सबभन्दा बढी बोध भएको थियो। कवितामा जस्तै
साना भतिजा भतिजीले (संयुक्त जस्तै परिवार भएकोले धेरै छन्।) घर कहाँ हो भनेर सोधेका थिए
 
Posted on 12-01-05 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु न गौतम जि, "परदेशी" पुन एकपटक टासि पाउ न. पढन मन लागो.
 
Posted on 12-02-05 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलजीजी, यै धागोको मास्तिर पनि छ। भाषा अलिकति सच्याउनुपर्ने देखेकोले फेरि
टाँस्दैछु।


"परदेशी"

एक जुग पछि फर्केर हेरेँ
आफू आएको बाटो
लामो भइसकेछ
बिरानो भइसकेछ,
बास बसेका ती पाटीहरु
यात्राका अनगिन्ती मोडहरुमा
ओझेल परिसकेछन्;,

खण्डहरजस्तो घरको मझेरीमा
दु:खी आमालाई एक्लै छोडेर,
भिरालो पाखो बारीमा
बूढा बालाई एक्लै छोडेर,
एक जुग अघि हिँडेको म-
यी विराना सडकहरु नापिरहेछु निरन्तर
पोखिरहेछु विरानो माटोमा पसिना तरतर,

भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल?

किनकि मेपलहरुले मलाई अपनाऊँदैनन्
किनकि साकुराले मलाई आफ्नो ठान्दैन
न त मध्यरातको सूर्य मेरो हुनसक्छ
न म छ महिने हिऊँमा रमाउन सक्छु
न म खाडीमा अड्डा जमाउन सक्छु,
र नेपालसंग मागौँ भने
मेरो जवानीले मैले नेपाल सिंच्न पाईँन!

एक जुग पछि-
हिजो सपनीमा घर गएँ सुटुक्क
आगो लिन गएझैँ गएँ सुटुक्क,
तीन वर्षे भतिजीले सोधी
"तिम्लो घल काँ' ?"

एक जुगअघि घर छोडेर हिँडेको म
घरमा पराइ भइसकेछु,
विदेशमा सधैँ विदेशी म
देशमा पनि विदेशी भइसकेछु,
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु,

एक जुग अघि घर छोडेर हिँडेको म
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु।


"तिम्लो घल काँ?" - बच्चाहरुको तोते बोलीमा "तिम्रो घर कहाँ"?


 
Posted on 12-02-05 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल साथीहरु जाओस् है।

ऋषीजी,>यहाँ कसलाई कसको मतलब छ?
दुनीया यस्तै हो, रीत यस्तै छ
सबै एक्ला, गन्तब्यहीन दौडिरहेका
दिक्भ्रमित बिचरा ! आँफैसँग तर्सिरहेका
स्वार्थको पोको थाँती राखी
स्वच्छ चोखो माया साटौं
जीवनका गूढ रहस्य बुझ्न
एउटा मधूर सम्बन्ध गासौं॥


आज अचानक
आफुले आफैँलाइ हेरेँ
एउटा मुखौटो अझै रेछ
जसभित्र म छु!
म हुनुको बोध,


गौतमजीको परदेशीअनेसास जापानबाट आयोजित ९७औँ लक्ष्मी-जयन्ती समारोहमा प्रस्तुत कविता थियो। सबैले मन पराइदिएकोमा मलाई पनि गर्व छ रे क्या।

फेरि फेरि पनि त्यस्तै गर्नुपर्छ मौका मिल्दाउँदी।
 
Posted on 12-02-05 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्के माइलाको माथिको निलो टुक्रा पनि राम्रो लाग्यो, अरु पनि सुन्न पाउँ।
 
Posted on 12-02-05 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jindagi khai ke ho?? maile janna sakina,maya khai ke ho bujhnai sakin..
maya ta dherai nai gareko thiye unilaai..tara dekhauna nai sakina .....
dekhdai rahe sadhai unilaai tara....maya darshauna nai sakina ...
jindagi bhari saath dinchhu ta bhanin..tara kasam khana sakinna ...

sayaad ahile pani unilaai nai maya garchhu holaa
aaj pani unilaai nai samjhi baacheko chhu holaa
aaj pani nisthuriko parkhai ma baseko chhu holaa
tara malai thaha chha uni kahile pani aaudinna yo ta kewal mero man ko bhram matrai holaa


 
Posted on 12-03-05 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one spyboy. Please continue writing.
 
Posted on 12-03-05 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि फरक toneमा एउटा सानो टुक्रो।

"मेरी ....."

यति धेरै माया दिएर मलाई कमजोर बनाइछ्यौ कि
तिमी साथ नहुँदा मलाई जिन्दगीसितै डर लाग्छ!

तिमी साथ हुँदा माया लाग्छ,
टाढा हुँदा झन माया लाग्छ र
फेरि साथ हुँदा झन झन माया लाग्छ;
मेरो जिन्दगीको कसम
मलाई तिम्रो असाध्यै असाध्यै माया लाग्छ।


 
Posted on 12-04-05 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yu Auta sadak ko katha ho..
yo mero aphanai katha ho..
yo mero chatiko bich ma heu le kulchiyako byatha ho..
sadak ma sabai ko ..
sabai kulchi hidchan...
.kasaile dekhena mero karma k ho..
kasaile bujena mero marma k ho..
yo pida badi bhayara..
narunu ko byatha ho.
.hareko jindagi ma k hi..nahunu ko katha ho..
 
Posted on 12-04-05 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hya mula spy boy timi pani tyo ramkrishne dhakal ko gana gayeera afno kavita bhaa ne.......kasto gafadi raicha..mero ne bau raicha...hami pani spy ho
 
Posted on 12-04-05 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la money bro..sabai ko agadi mero beijat...:P

 
Posted on 12-04-05 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo yeauta tukra maile suneko, sabailai sunauchhu, ghat lagdo chha.

MERO PREM BATA WAKKIYERA
TIMI MALAI CHHADI JAANECHHEU
MAUN RA NAMRA MA
TIMILAI JAANA DINE CHHU.
 
Posted on 12-04-05 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

YO CHAHI MERO.

NIKKAI NYAANO RA RAMAILO
SAATH HUNDA KO HARPAL
TIMI WORIPARI KO SEROPHERO
SWARGA KO YEAUTA SAANO TUKRA.


 
Posted on 12-12-05 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविताको देशमा एउटा नया गाऊँ थप्दैछु आज।


"तिमी"

तिमी छ्यौ र त पवित्र मन्दिर लाग्छ
मलाई मेरो हरेक बास,
अहोभावले भरिएका छन्
मेरा प्रत्येक पलहरु
र प्रार्थना जस्तो लाग्छ हरेक स्वास;


लहर लागेर उडेका छन्
खुशीका सहस्र क-याङकुरुङहरु
मेरो आँखाको आकाशमा,
र उडेर जुन क्षितिज पुगेपनि
सधैँ सधैँको लागि जोडिएका छन्
तिम्रो आँचलको एक छेऊमा;

(मेटिएको छ मेरा लागि अब
हिऊँद र वसन्तको भेद!),
तिमी हुनुको मेरो खुशीमा
पागलपन चढेको छ रुखहरुलाई
र निर्वस्त्र नाचिरहेछन्,

मुटु जमेर कठ्याङ्रिएको हैन यो रात-
तिमी हुनुको खुशीले अवाक् मात्रै हो
सेतो पछ्यौरीभित्रको यो रात,
आफ्नै लागि लाम्बिएको हैन यो रात-
मेरो दिनलाई अलिक बढी घाम टिपेर दिन
तन्किएको मात्रै हो यो रात,
हो प्रिय,
तिमी हुनुको खुशीले
अवाक् मात्रै हो यो रात।
 
Posted on 12-12-05 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""मेटिएको छ मेरा लागि अब
हिऊँद र वसन्तको भेद!""""
गौतम जी, 'साथ' को अत्यन्त सहि ब्याख्या गर्नु भो तपाईँले! माने गुरु.....


एउटा मेरो भावना पस्किँदै छु, सोच्दा सोच्दै सत्य लाग्छ कहिलेकाहीँ मलाई!


रोकिनु मेरो लक्ष्य भयो
बग्नु मेरो नियती!

कहिले कहाली लाग्दो भुमरी ले घुमायो
कहिले कडा चट्टानले ठटायो
कहिले शान्त नि:शब्द प्रवाहले
समून्द्र को आभाष गरायो
कहिले बाढि को गडगड ले तर्सायो

अनि
कहिले छहरा बाट खसाल्यो
कहिले पहरामा बजार्यो
हिजो एउटा किनारले फकायो
आज अर्को किनारले झुक्कयायो
समुन्द्र अझै टाढा छ रे
अचानक बिच यात्रा मै
मलाइ त मेरो यात्रा ले सुकायो!!

रोकिनु मेरो लक्ष्य भयो
बग्नु मेरो नियती!
 
Posted on 12-12-05 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो तपाईँको भावप्रस्तुति, बिर्खे माइलाजी।

....हिजो एउटा किनारले फकायो
आज अर्को किनारले झुक्कयायो.....

...रोकिनु मेरो लक्ष्य भयो
बग्नु मेरो नियती!...
 
Posted on 12-19-05 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हावामा डढेलो फैलेको बेला फूललाई जोगाउन साह्रै कठिन हुँदो रहेछ। आऊँदै गरेको नयाँ फूलको लागि मैले बुनेको, खुशीले फुकेको मेरो मुटुमा लुटपुटिएको, यो भावनाको रुमाल मेरो मनमा रहेको धेरै भइसकेको थियो। मेरो देशको समयमा लागेको डढेलो मेरो मनमा पनि सल्केर, मेरो श्वाशबाट बाहिर जान्छ हरेक पल। डढेलोबाट जोगाएँ मैले मेरो यो फूललाई पनि र यो सकूशल आफ्नै रुपमा अवतरण भएको छ मेरो सामु।


"तिम्रो ढुकढुकी"


प्रिय, तिम्रो ढुकढुकी सुन्दैछु म-
घना पहाडी वनभित्र कतै
लुकेर बग्ने खोलाको गीत हो यो,
सृष्टिकर्ताले छोडेर गएको
आदिम तर अनवरत सुन्दर संगीत हो यो;

भारहीन भएको छु म अब-
जिन्दगीको लडाईँमा केहि जितें भने
खुशीको भारी ल्याएर बिसाउन
तिम्रा हातहरु पाएको छु,
जिन्दगीको लडाईँमा कतै हारें भने
आँशुको भारी पोखेर बिसाउन
तिम्रा पाउहरु पाएको छु;

आजै बिलाएँ भने पनि म
यो दुनियाँको आँखाबाट-
तिम्रो अस्तित्वको कुनै छेउमा
मेरो नाम पनि हुनेछ,
तिम्रो मुटुको धडकनको कुनै भागमा
मेरो धडकनको ध्वनि पनि हुनेछ;

म बिगतको काँधमा चढेर
आगतलाई नियालिरहेछु,
प्रिय, तिम्रो धडकन सुन्दैछु म-
म तिमीलाई पर्खिरहेछु।
 
Posted on 12-20-05 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TIMRO AANKHA KO SAGAR MA
KASAI KO PRATIBIMBA LUKEKO DEKHEKO CHHU
BHANA KASLAI LUKAIARA RAKHEKO CHHA ???
MA PANI DHERAI DIN DEKHI HARAIAKO CHHU.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters