Posted by: Gautam B. December 12, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
कविताको देशमा एउटा नया गाऊँ थप्दैछु आज। "तिमी" तिमी छ्यौ र त पवित्र मन्दिर लाग्छ मलाई मेरो हरेक बास, अहोभावले भरिएका छन् मेरा प्रत्येक पलहरु र प्रार्थना जस्तो लाग्छ हरेक स्वास; लहर लागेर उडेका छन् खुशीका सहस्र क-याङकुरुङहरु मेरो आँखाको आकाशमा, र उडेर जुन क्षितिज पुगेपनि सधैँ सधैँको लागि जोडिएका छन् तिम्रो आँचलको एक छेऊमा; (मेटिएको छ मेरा लागि अब हिऊँद र वसन्तको भेद!), तिमी हुनुको मेरो खुशीमा पागलपन चढेको छ रुखहरुलाई र निर्वस्त्र नाचिरहेछन्, मुटु जमेर कठ्याङ्रिएको हैन यो रात- तिमी हुनुको खुशीले अवाक् मात्रै हो सेतो पछ्यौरीभित्रको यो रात, आफ्नै लागि लाम्बिएको हैन यो रात- मेरो दिनलाई अलिक बढी घाम टिपेर दिन तन्किएको मात्रै हो यो रात, हो प्रिय, तिमी हुनुको खुशीले अवाक् मात्रै हो यो रात।
Read Full Discussion Thread for this article