Posted by: Birkhe_Maila December 12, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
"""मेटिएको छ मेरा लागि अब हिऊँद र वसन्तको भेद!"""" गौतम जी, 'साथ' को अत्यन्त सहि ब्याख्या गर्नु भो तपाईँले! माने गुरु..... एउटा मेरो भावना पस्किँदै छु, सोच्दा सोच्दै सत्य लाग्छ कहिलेकाहीँ मलाई! रोकिनु मेरो लक्ष्य भयो बग्नु मेरो नियती! कहिले कहाली लाग्दो भुमरी ले घुमायो कहिले कडा चट्टानले ठटायो कहिले शान्त नि:शब्द प्रवाहले समून्द्र को आभाष गरायो कहिले बाढि को गडगड ले तर्सायो अनि कहिले छहरा बाट खसाल्यो कहिले पहरामा बजार्यो हिजो एउटा किनारले फकायो आज अर्को किनारले झुक्कयायो समुन्द्र अझै टाढा छ रे अचानक बिच यात्रा मै मलाइ त मेरो यात्रा ले सुकायो!! रोकिनु मेरो लक्ष्य भयो बग्नु मेरो नियती!
Read Full Discussion Thread for this article