[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 KAVITAKO DESH

[Please view other pages to see the rest of the postings. Total posts: 305]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 101220 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-28-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कविताको देश"

मैले साझामा बिभिन्न धागाहरुमा छरेर टाँसेका छन्दविहीन कविताहरुलाई एकै ठाऊँमा ल्याउन र अब टाँस्ने कविताहरुलाई पनि यसैमा टाँस्न भनेर यो नया धागो फुकाको हुँ।

साझामा आउनु मेरो लागि जीवनको सानोतिनो क्रान्तिनै भएजस्तो मानेको छु मैले, विशेष गरी मेरो रोकिएको लेखन यात्रामा फेरि गति आएकोमा । नेपाली भाषा मेरो जिन्दगीको मिठास जस्तो लाग्छ मलाई। साझामा मिल्ने प्रतिकृयाहरुले मलाई धेरै सुधारेका छन्, मेरो जिन्दगीमा
"मिठास" थपेका छन् ।

यो धागोमा सबै साथीहरुलाई सकृय सहभगिताको लागि स्वागत छ।
साथीहरुका कविताहरु पनि पढ्न पाउने आशा गरेको छु।
***********************************************************

पहिले टाँसिसकेका कविताहरुबाट शुरु गर्दैछु। सबभन्दा पहिला, मेरो कविताको
"परिभाषा" बाटै ।



"मेरो कविता"


दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग

यन्त्रवत् चलेपछि,

साँझ पर्दासम्म

मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;

म थुपार्छु चोइटाहरू

र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,

हुर्हुरी बल्छ मेरो कविताको आगो

र म एकपटक फेरि जन्मन्छु ।
 
Posted on 12-24-05 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमिलाई म कति धेरै माया गर्थे तर
तिमि माया को अर्थ नै बुझ्न सकेन
मेरो माया कति धेरै छ
तर तिमिलाई बुझाउन गारो छ
तर तिमि मेरो माया बुझ्ने कोसिस गर
 
Posted on 01-05-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





404 - File or directory not found.






404 - File or directory not found.


The resource you are looking for might have been removed, had its name changed, or is temporarily unavailable.






 
Posted on 01-05-06 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कबिताको देश धागोमा धेरै पहिला देखि एउटा गाउँ थपुँ भन्दै थिएँ। एउटा मेरो पनि है, तथापि यहाँहरुको सुन्दर गाउँहरुमा आँखाको कसिंगर बन्ला भन्ने डर छ, माफ पाउँ।हैन कसरि लेख्न सक्या, डाहा लाग्ने गरि। अरु पनि जावोस।
अनि सम्भव भए; गौतम गुरु,बिर्खे जी अन्य सबै तपाईँका कबिताहरु हामिलाई प्रकाशित गर्ने मौका दिनु भए आभारि हुने थियौ। यहाँ ई-मेल गरौं info@paradesh.com
---------------------------------------------------------------
दिर्घायुको कामना

आत्मा भित्र कुनै कुरा छ भने
एउटै तिमी छौ ममा
रात्रि माझ कुनै शशी छ भने
एउटौ तिमी भावमा ।।

सन्ध्याको सय गोधुँलि पनि
फिक्का छ तिमी देख्दा
प्यारो लाग्छ साथ तिम्रो
अनि स्वर्णिम त्यो भावना
लाखौं बाँच तिमी
म गर्छु तिम्रो दिर्घायुको कामना ।।
---------------------------------------------
भन्छ पवन

निलो सफा स्वच्छ आकाश
टाढा क्षितिज ज्वजल्यमान छ
एउटा खबर लिई आएको छ पवनले
माया र बिश्वासको उपदेश
सहर्श स्विकार भन्छ पवन ।।

अनगिन्ति काँडा बिच फुल्ने फुललाई सोध
जिउनुको पीडा बोध हुन्छ
फगत मुस्सुराउनु छ फुललाई
अनवरत मुस्कुराईरहनु दर्द लुकाई
काँडा बिच हाँस्न सिख भन्छ पवन ।।

भुल हुन्छ मानिस बाट
सिकिन्छ लडेर नै घोडा चढ्न
सम्झौता गर्नु पर्छ परिस्थिति सँग
हँसमुख बोल नपिर कसैलाइ
भित्र रोए नि बाहिर हाँस्नु पर्छ भन्छ पवन ।।

क्षणिक ऐश्वर्यको उन्मादमा नमात
उल्फतले कुबेर हुन्छ कँगाल
सोचेर बोल मिठो बाणी बोल
जीवनको गोरेटो उकालि-ओरालि
साहसले दरिलो पाईला चाल भन्छ पवन ।।

१० पौष,२०६२ (सिड्नी)
-----------------------------------
www.paradesh.com/forum
www.nepalidating.com
www.nepalisong.com
 
Posted on 01-05-06 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सुरेन्द्रजी,
धेरैमा झुल्किनु भो नि. हैन परदेशको गेटमा त काँडा लगार राख्या देख्थेँ त. के भो?
साहित्यिक खुराक पुगेन कि कसो हो, बन्द गर्न त भे न, अल्लि नमजा भो.
 
Posted on 01-06-06 1:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

****अब तिमीसँग-
धेरै धेरै सोध्नु छ
अब तिमीलाई-
धेरै धेरै भन्नु छ
एउटा नटुँगिने कुराकानीको
आजै थालनी गर्नु छ
धेरै धेरै सोध्नु छ
धेरै धेरै भन्नु छ। ****

गौतम जी, यस्तो प्रश्न मेरो मनमा पनि धेरै आएका थिये र आउँदैछन् पनि! तेस्रो अनि अरु अनगिन्ती भेट होस तपाइँको मेरो शुभकामना छ!!

सुरेन्द्र जी त्यो वेब साइट हेरेँ मलाइ मन पर्यो, अनि कविताहरु पनि पढेँ। अब regular हेर्ने प्रयास गर्छु। :)

तल मेरो एउटा भूल सरल वाक्यमा राख्दैछु -

भूल -

बिस्तारै तिमी
मेरो सामु आयौ
बिस्तारै मेरो मनमा छायौ
एउटा बिहानी उदायो;
त्यहाँ आकाश थियो
त्यहाँ पानी थियो
त्यहाँ जीवन थियो
शायद, मेरो स्वपनिल संसार थियो।

बिस्तारै फेरी
तिमीले गायौ
वातावरणमा, तिमि छायौ;
त्यहाँ सङ्गीत थियो
त्यहाँ राग थियो
हराउने एउटा माद थियो
शायद, मेरो बेहोशीको खात थियो।

बिस्तारै अझै
तिमिले छोयौ
अनुरागको तरंग छेड्यौ
प्रणयको सुबास फुट्यो;
त्यहाँ जित थियो
त्यहाँ हार थियो
जिवनको एउटा उपहार थियो
शायद, मेरो बैँशको उन्माद थियो।

अनायाश तिमी
भार भयौ
कर्तव्यविमूढताको आधार भयौ
त्यहाँ पश्चाताप थियो
त्यहाँ दोश थियो
त्यहाँ अपराधबोध थियो
शायद, मेरो वर्तमानको कारक थियो।

 
Posted on 01-06-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो गाऊँ -

मेरो गाऊँ बदलियो रे
कोइलीले वन छाडिन् रे
डाँफे र मूनाल बसाइँ सरे रे
अहिले त,
जताततै गिद्ध उड्छन् रे
दिदी बहिनी र आमाहरुलाई लुच्छन् रे
अहिले त,
ब्वाँसाहरु हुंकार भर्छन् रे
दाजू भाइ र बुबाहरुको शिकार गर्छन् रे
अहो!
मेरो गाऊँ बदलियो रे!!

सारङ्गीको तार छिन्यो रे
रोदन र शोक गित बन्यो रे
मुरली र मादल फुटे रे
क्रन्दन र पिडा लय बन्यो रे
अहिले त,
बन्दुकको बाजा बज्छ रे
बुटको इशारा चल्छ रे
अहिले त,
लाशको भोज हुन्छ रे
रगतको रक्सी बन्छ रे
हरे!
मेरो गाऊँ बदलियो रे!!

रोदि घर पनि सुनसान छ रे
अहिले त,
गोलीको रोदि चल्छ रे
मृत्युको दोहोरी जम्छ रे
अहिले त,
बलत्कारको तांडव हुन्छ रे
हत्याको नाच रम्छ रे
उफ!
मेरो गाउँ बदलियो रे!!

वनबाट हृदयहिन वनमान्छे निस्के रे
अरुको पनि मुटु फोरे रे
महलबाट छोडिएका विवेकहिन शिकारी आए रे
गाऊँ कै शिकार गरे रे
अहिले त,
वनको कानून चल्छ रे
शिकारीको पागलपन जिउँछ रे
कठै!
मेरो गाऊँ बदलियो रे!!

 
Posted on 01-06-06 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला ज्यू,

"मेरो गाउँ" असाध्यै मन पर्यो ।यसले त भित्रै सम्म छोयो मलाई !
यति राम्रो सिर्जना पस्किनुभएकोमा धन्यवाद !
 
Posted on 01-06-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह माइला,
Very Touching.
 
Posted on 01-07-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समून्द्र जी , साइँला जी धन्यवाद् कबिता मन पराइदिनुभएकोमा।
लेख्ने नियम कानून त्यति थाहा छैन तै पनि कोर्न मन लाग्छ।
:)
 
Posted on 01-08-06 12:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा अर्को :)


साथ -

उजाड पतझड्हरु,
विरानो बसन्तहरु
शायद अब बिलाए!
किनकी,
म देख्छु
तिम्रो रुपको हरियाली
तिम्रो यौवनको आमन्त्रण!

कहिल्यै नटुङ्गेको कुराहरु,
कहिल्यै नपुगेको आशाहरु
शायद अब हराए
किनकी,
म पाउँछु
धड्कनमा तिम्रो सास
रगतमा तिम्रो बहाव!

चिसा चिसा रात हरु,
एक्लो बिहानीहरु
शायद अब ओइलाए
किनकी,
म भोग्छु
तिम्रो मधुर आलींगन
सामिप्यताको त्यो चुम्वन!

निराधार यात्राहरु
उराठ मनका खलबलहरु
शायद अब सकिए
किनकी,
म सुन्छु
चुराको खनखन् हरु
भविश्यको गन्थनहरु!

एक्लो वर्तमानहरु
कालो भविश्यहरु
शायद अब सेलाए
किनकी,
म हेर्छु
अनुरागको नजरहरु
साथको असरहरु!

 
Posted on 01-08-06 6:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
अरु नि जाओस्।
 
Posted on 01-09-06 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जिम्मालको दामी जाँदैछ। निकै भावुक र मार्मिक छन्।अरु पनि जाओस्।

सुरेन्द्रजीले पनि सुन्दर गाऊँ थप्नु भएकोमा धन्यवाद।

सुरेन्द्रजी, कविता छापिदिने तत्परताका लागि लागि धन्यवाद। अबश्य पनि पठाऊँछु चाँडैनै।
*****************************************************

मेरो तर्फबाट आज यो एउटा सानो गाऊँ, जहाँ म विपनामा एक पटक र सपनामा धेरै पटक पुगेको छु।

यो उद्यान
(सिद्धेश्वर महादेव)

एउटा छ्याङ्ग उघ्रेको आँगन-आकाशतिर
धर्तीमाता ब्यस्त छिन जहाँ कूचो लगाऊँदै
आफ्नो निश्वासले हरपल,
टाढा टाढाबाट-
प्रियजनको आशिषझैँ आएको मधूर बतास
मेरो मुटुसम्मै पुग्छ
र अचानक आफ्नै लाग्छन् मलाई
यो गोधूलीमा घर फर्किरहेका
सबै गोठालाहरु,

नजिकैबाट आऊँछ भजनको स्वर-
एउटा उत्ताल तरंग ऊठिदिन्छ पोखरीको पानीमा
लहर उक्लन्छ यो आँगनमा
र फैलन्छ पृथ्वीभरि
(अनि म आफू स्वर्गमा भएकोमा गर्व गर्छु!)

यो सुनौलो साँझमा सिद्घेश्वरको यो उद्यान-
सपनाहरु भरेर
कोमल हातहरुले बनेको बुट्टे रुमाल जस्तो छ
जहाँ मेरा भावनाहरु पूर्णाकार हुन्छन् ।
 
Posted on 01-09-06 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी, गजब छ!
कबिता त गजब छ नै, मलाइ त तपाईँले कबिता लेख्नु भन्दा पहिला भनेको कुरा पनि गजब लाग्यो
*** "जहाँ म विपनामा एक पटक र सपनामा धेरै पटक पुगेको छु।"
:)
 
Posted on 01-09-06 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भार भयौ
कर्तव्यविमूढताको आधार भयौ
त्यहाँ पश्चाताप थियो
त्यहाँ दोश थियो
त्यहाँ अपराधबोध थियो
शायद, मेरो वर्तमानको कारक थियो।""

Bafre Birkhe maila ji k ho yesto? tyesto romantic tarika le mathi tandai lyaera dyamma jhaskaidinu bhayo ni tapaile.


Sabai ko kabita padhne mauka paye tyesko lagi dherai dherai dhanyabad.

Mero tarfa bata pahilo prayash...kripaya Nepali ma type garna asamrtha bhayeko ma chyama pararthi chu

Karma ra sapanako bich ma ping kheliraheko chu ma
Harek jhatka ma dui tarfi batas le malai
inko paripurakta ko aavash dilaucha
Hijo j gariraheko thiye gare
Garnu dherai baki nai cha maile
Sansar chodera aaja kina nidai rahechu ma.
Kina nidai rahechu ma.
 
Posted on 01-09-06 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेतना ( sense ) जी, राम्रो टुक्रो पस्किनु भो।

नाम sense राख्ने तर सधैं निदाएर senseless हुनु त अलि भएन नि!
 
Posted on 01-09-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i could chose writing as a career if i didn't go to india. but i turned to be a tech guy. i was an ardent reader of Bhupi's works. many times i recited his " ...........chok" still i am a reader guy. anyways, thanks Gautam B. for making Bhupi alive among sajha ppls including me.
 
Posted on 01-09-06 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks lalupatheyji.
It is same with me. I also learnt tech and I always feel I chose a wrong profession. My writing had stopped after my student life, but Sajha gave it new motion. I am learning. I still have to improve a lot to write something good.
And about Bhupi, I am his 'die hard' fan. Nothing is nearer to my heart than his poems.
 
Posted on 01-09-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i was a very serious guy and i guess i still am. After i came to kathmandu, Ratna pustak bhandar became my daily ritual , i kept looking for books for hours and read pieces that aroused my interest on a bench beside Ratna pustak bhander's door.
 
Posted on 01-09-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी र गौतम जी, म त नि:शब्दै छु, ल। मलाई यसरी सललल बगेका कविता लेख्न
आउँदैन तर पढ्न चैँ सारै मन पर्छ। जावस! गुरुहरु! जावस! अझै जावस !

:-)
-भउते काजि
 
Posted on 01-09-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhauteji, what the heck is it? will appreciate if we can see it either in english or nepali. Thanks!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters