Posted by: surendras January 5, 2006
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
यो कबिताको देश धागोमा धेरै पहिला देखि एउटा गाउँ थपुँ भन्दै थिएँ। एउटा मेरो पनि है, तथापि यहाँहरुको सुन्दर गाउँहरुमा आँखाको कसिंगर बन्ला भन्ने डर छ, माफ पाउँ।हैन कसरि लेख्न सक्या, डाहा लाग्ने गरि। अरु पनि जावोस। अनि सम्भव भए; गौतम गुरु,बिर्खे जी अन्य सबै तपाईँका कबिताहरु हामिलाई प्रकाशित गर्ने मौका दिनु भए आभारि हुने थियौ। यहाँ ई-मेल गरौं info@paradesh.com --------------------------------------------------------------- दिर्घायुको कामना आत्मा भित्र कुनै कुरा छ भने एउटै तिमी छौ ममा रात्रि माझ कुनै शशी छ भने एउटौ तिमी भावमा ।। सन्ध्याको सय गोधुँलि पनि फिक्का छ तिमी देख्दा प्यारो लाग्छ साथ तिम्रो अनि स्वर्णिम त्यो भावना लाखौं बाँच तिमी म गर्छु तिम्रो दिर्घायुको कामना ।। --------------------------------------------- भन्छ पवन निलो सफा स्वच्छ आकाश टाढा क्षितिज ज्वजल्यमान छ एउटा खबर लिई आएको छ पवनले माया र बिश्वासको उपदेश सहर्श स्विकार भन्छ पवन ।। अनगिन्ति काँडा बिच फुल्ने फुललाई सोध जिउनुको पीडा बोध हुन्छ फगत मुस्सुराउनु छ फुललाई अनवरत मुस्कुराईरहनु दर्द लुकाई काँडा बिच हाँस्न सिख भन्छ पवन ।। भुल हुन्छ मानिस बाट सिकिन्छ लडेर नै घोडा चढ्न सम्झौता गर्नु पर्छ परिस्थिति सँग हँसमुख बोल नपिर कसैलाइ भित्र रोए नि बाहिर हाँस्नु पर्छ भन्छ पवन ।। क्षणिक ऐश्वर्यको उन्मादमा नमात उल्फतले कुबेर हुन्छ कँगाल सोचेर बोल मिठो बाणी बोल जीवनको गोरेटो उकालि-ओरालि साहसले दरिलो पाईला चाल भन्छ पवन ।। १० पौष,२०६२ (सिड्नी) ----------------------------------- www.paradesh.com/forum www.nepalidating.com www.nepalisong.com
Read Full Discussion Thread for this article