[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 194095 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-27-07 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुन्टे काजी जन्म दिनको धेरै धेरै शुभ-कामना

मेरो पनि शुक्रवारे जदौ यो बिर्खे माइलाको!!

बरु त्यो सगुन केसँग निल्ने हो? ग्वांचेले इटहरीबाट केही ल्याछ कि? हैन भने तीनपाने जुराउन पर्‍यो कतैबाट।
 
Posted on 04-27-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, शुक्रबारे जदौ!
जय होस् दुर्गेमाता, भुन्टेको लागि यस्तो तयारि? खै भुण्टे?
जोगि, ग्वाँचे, के हाल् छ, के चाल् छ?
ठुली यति बेला सम्म कहाँ होली? चिया खायौ कि खाएनौ?
 
Posted on 04-27-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ। ठुलीले चिया मात्रै होइन, चियामा चोपेर कुखुराको खुट्टा समेत खाइसकिन्।
 
Posted on 04-27-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोज्दा खोज्दा नदेखेसिन हल्ला गर्न परो के रे - चौतारी कता गयो? - भन्दै । धरोधर्म हो ल खोज्दा खोज्दा हैरान,

भुन्टेको जन्मदिनाँ शुउकाउँना , लु अण्डा बारा नि आइसकेछ । धन्य दुर्गे माताको आशिर्वाद । दुर्गे दाहिने भ'सि त भुन्टेलाइ के चाइयो र, अण्डा बारा तयार, चोरेर खाइदिम ?

भुन्टे छिटो न्वाएर आउन परो । न्वाइरा' बेलाआ फुटो नि हालेस है, कतिको दुब्लायो मुटायो करङ गन्न परो ।

नेप्चि दिदि, हेरे हेरे, हौसला बढाइदिनभो, धेरै धन्यवाद है, दिदिको हौसलाले गर्नुगरो नि । लेखियो हे हे हे ।
 
Posted on 04-27-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 04-27-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली कता हराइ भनेर् डराइ डराइ कराएको त बल्ल झुल्की। चिया सङ के खायौ ठुली?
चना तारेमाम्। पिकनिक कहिले?
 
Posted on 04-27-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेले ल्या'को एउखुट्टे भाले देखेसिन सरदारजिको लघुकथा याद आयो । त्यसलाइ चौतारीकरण गरे है त ।

जन्मदिनको कुखुरो - लघुकथा

भुन्टेको बर्थडे बब्बाल रमाइलो गर्ने भनि चौतारीबासिले छलफल गरेछन । रामतोरिया र भेन्टा खाँदाखाँदा हैरान भ'को भुन्टेलाइ कुखुरो खान मनलागो रे भन्ने थाहा पाएर चौतारीबासि सपै मिलेर कुखुरो नै मगाएछन । चिप्लेले नि चारगाउँ डुलेर घच्चीको कुखुरो ल्याएछ । बाटोमा आउँदा आउँदा उसलाइ साह्रै भोकलागेकोले एउटा खुट्टो नै खाइदिएछ । एउटा खुट्टो मात्र भ'को कुखुरो देखेर नेप्चि दिदि छक्क परेछन । हन यो के हो खोइ त एउटो खुट्टो? चिप्लेले चिप्लो घस्दै हिउँकुखुरा यस्तै हो भनेचन । हरिले दालमा कुछ कालो छ भनेर "त्यो कुखुराको किन एउटा खुट्टा मात्रै होला, कल्लाई था छ? था हुनेलाई टाउको पुरस्कार! " घोषणा गरेछन । नानाथरी शंका उपशंका चल्यो । तितौरी, ठुल्दाइ, गुरुआमा, थुलि, सप्पैले अनेक जुक्ति लाए ।

इउरोपको हिमालतिर घुम्न ग'को ग्वाँचेले नि तेस्तै कुखुरो देखेछ, एउटा मात्रै खुट्टा भएको । हो रै छ यो चिप्लेको कुरो, हिमालतिरका हिउँकुखुरोको खुट्टो त एउटा मात्रै हुनि र'छ भन्ठानेछ । त्यै बेलाँ एउटा मान्छेले "त्रुट्" गर्देछ । त्यो कुखुरो त दुइ खुट्टा टेक्दै बुत्रुक बुत्रुक उफ्रँदै भागेछ । ग्वाँचे त छक्क । ग्वाँचे बुद्धिको बिर्को बल्ल खुलेछ । एउटा खुट्टो भएको कुखुरोलाइ "त्रुट्" भन्यो भने दुइटा खुट्टा हुनि र'छ ।

यो कुरा ग्वाँचेले भुण्टेलाइ भनेछ । जन्मदिनाँ एउखुट्टे कुखुराले अपशकुन गर्छ भनेर चिन्तित भ'को भुण्टे नि दंग परेछ । दुइटा खुट्टो करम करम चपाउने कत्रो रहर थियो भुण्टेलाइ, तर खुट्टो त एउटो मात्रै । जुक्ति लाएछ, एउटा खुट्टो भएको कुखुरोलाइ "त्रुट्" भन्यो भने दुइटा खुट्टा भैहाल्छ नि भन्दै बिहान देखुन "त्रुट्', "त्रुट्', "त्रुट्', "त्रुट्', गर्दै बसेछ । दुर्गेले अण्डा बारा तयार गर्दा नि चौतारिआँ अझै झरेछैन, अझै "त्रुट्', "त्रुट्', "त्रुट्', "त्रुट्', गर्दै होला के रे ।

समाप्त !
 
Posted on 04-27-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्म दिनको धेरै धेरै शुभकामना भुन्टे जी लाई। मनले चिताएका सबै कुरा पुरा हुन!

सम्पुर्ण गाउँले दाजु भाई तथा दिदी बहिनीहरुलाई नमस्ते!

लु त लु रमाइलो गर्दै गरम क्यारे! म नि आउँछु फुर्सद मिलाएर!

जदौ!! :-)
 
Posted on 04-27-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा ............................. पेटै दुख्यो हास्दा हास्दा चना को लघुकथा पढेर !
 
Posted on 04-27-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhunte ko janmadin re?
Many many happy returns of the day hai Bhunte.

Bhunte naya ho chautarima, maile nachinya ho ki birsya ho khai?

sabailai Hi, namaste, pranam, darshan, sastanga... wohada heri heri hai ta...

rahuldai ra chanako katha padhnai baaki chha kahile bhyaune hola khai, sarai busy bhaiyo dhaan ropaile garda.

durge matale garnu garnu hunchha bihan bihan khana dekhaera, pet ma musa daudira bela. :(
 
Posted on 04-27-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhunte ko janmadin re?
Many many happy returns of the day hai Bhunte.

saanaani ke cha timro haal chaal?

rahul daai ma yetai chu.
 
Posted on 04-27-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी धेरै दिन् पछि दर्शन् दिनु भयो। आज को दिन अच्छा हुने भो। तारेमाम् है।
 
Posted on 04-27-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thikai chha thuli timro ke chha ni? ramailo garnu parchha bhunteko birthday ma hai, cake kasle lyaaune ho? mero bhag rakhdeu hai ma chadai aauna bhyaina bhane...
 
Posted on 04-27-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे ठुल्दाई, तारेमाम्। हजुरको कथा साह्रै मर्मिक् थियो आधा जति पढ्दा पुरा पढ्न घरमै बसेर पढ्नु पर्छ काममा व्हाँ व्हाँ गरेर रुँदा के भन्लान् फेरी।
 
Posted on 04-27-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सान्नानी सन्चै छौ? धेरै दिन भयो है हाम्रो भेट नभएको पनि। अनि कस्तो छ नि घरतिरको हालखबर? :-)

ठुल्नानी: के छ हालखबर? :)

राहुल दाई: तारेमाम!! :-)

दुर्गेसोरी जी: तपाइँले राम्रो बारा बनाउनुहुने रहेछ नि। एकदिन ट्याम मिलाएर आउनुपर्ला तपाइँ कहाँ। :-)

चिप्ले ढुङा: सन्चै हुनुहुन्छ? :-)

ग्वाँचे ब्रो: अरु फोटो राख्नुस न त इटरी (Italy) को। हेर्न मन लाग्यो। :-)

ओइ जग्गी: के छ गुन्टे? :पि

चना ब्रो: दामी लगु कथा हानेछ ब्रो ले! हसाँउनु हसायो। हे हे हे!! भुन्टे लाइ मैले नि माथी भन्ज्याङमा "त्रुट--त्रुट" गर्दै गरेको त देखेको थिएँ। LOL

जदौ फेरी सबैजनालाई है यो सोझो कुम्लेको!!
 
Posted on 04-27-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu cake ni lyaai de.

 
Posted on 04-27-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo ek tukro chai saanaanilaai

 
Posted on 04-27-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लु मलाइ थिक् थाक् च हजुर् लाइ नि।
त्रुट--त्रुट भनेको के हो? कसरि प्रनाउन्सेसन् गर्ने चि अौदै आएन ।
 
Posted on 04-27-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनाको कथा मथि मेरो counter कथा :)

कुरो के भने, चौतारीमा भुन्टेको जन्मोत्सव मनाउने कुरो चल्दै थियो। भुन्टेलाई शेर्पा साबुनले नुहाउन लगाउने देखि कुखुरा र ओखती पानीको जोरजाम् पार्ने लगायतका कुरा चल्दै थिए। हप्तभरि साहूको काम् गरि थकित् चिप्लेढुङगालाई शुक्रबारको साँझ कुखुराको मासु र ओखतीपानी खाने मौका भनेको "के खोज्छस् ठुल्दाइ चिलिम" भने झै भैहाल्यो।
साहूको काम सक्काएर साँझपख चिप्लेढुङ्गा लेकतिर लाग्यो कुखुरा खोज्न। अस्ति तलतिर पानी पर्दा मास्तिर परेको हिउ अझै पग्लेको थिएन। त्यही हिउँमा एउटा गजबको भाले खेल्दै रहिछ। मोलतोल् मिलाइवोरी चिप्लेढुङ्गाले त्यो कुखुरा किनेर तल झर्दै थियो, बाटोमा ठुल्दाइ र ठुलिसँग भेट भो। ठुल्दाइ चिलिम् टन्न खाएर भोकले रन्थनिंदै रहिछन। कुखुरा त्यहीं काटि खाने कुरा गर्न थाले। ठुली पनि "चियामा खुर्सानी र अंबा चोपेर खाँदा खाँदा वाक्क आउन लागिसक्यो आज त कुखुराको मासु चोपेर खाने ताअाअाअ गरेर कराउन थाली। भुन्टेको जन्मदिन् मनाउनलाई ल्याएको कुखुरा हो, भोली सबै जना मिलिजुली खाम्ला नि भनेर अनेक बिन्ती भाउ गरें मन्ने होइनन् कोही। वाध्य भएर एउटा खुट्टो त्यहीं छोडी आउनु पर्‍यो।
जसोतसो बाँकी कुखुरा बच्चाएर ल्याएँ, नेप्चिले देखिहाली एुटा मात्रै खुट्टा भएको। तिरुले पानी आरोप लगाइहाली एउटा खुट्टा drumstick बनाइ खाको भनी। ठुल्दाइले पनि आफू खुट्टा अपहरणमा संलग्न भएको कुरा लुकाउन कुखुरालाई अपाङ्ग संघको अध्यक्ष बनाइदिए। यता चनाले पनि तिरुको कुरामा सहि थापेको भाकामा कथा लेखिदियो। पहिले त चौतारीका गाम्लेहरुको के नराम्रो कुरा गर्नु भनेर हिउ कुखुरा एक खुट्टे हुन्छन् भनेर गफ लाइदेको थिएँ तर अहिले वाध्य भएर तथ्य कुरा खोल्दैछु।
 
Posted on 04-27-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी सुक्रबारे जदौ यो बिर्खे_मइलाको!

खित् खित् खित्..............जन्मदिन भुन्टेको, ठुलो म भएछु, क्या बोर! हिजो ठुलीले चौतारीम हजुर हजुर भनेर बोल्दैथिन मसँअ, आज कुम्स ब्रोले मलाई, तपाईं रे, खित् खित् खित्!

here are some more photos from my camera!

Wish I had enough money to hire a Gondola. You know how much does it cost? 100 euros per hour re !

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters