Posted by: chipledhunga April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
चनाको कथा मथि मेरो counter कथा :) कुरो के भने, चौतारीमा भुन्टेको जन्मोत्सव मनाउने कुरो चल्दै थियो। भुन्टेलाई शेर्पा साबुनले नुहाउन लगाउने देखि कुखुरा र ओखती पानीको जोरजाम् पार्ने लगायतका कुरा चल्दै थिए। हप्तभरि साहूको काम् गरि थकित् चिप्लेढुङगालाई शुक्रबारको साँझ कुखुराको मासु र ओखतीपानी खाने मौका भनेको "के खोज्छस् ठुल्दाइ चिलिम" भने झै भैहाल्यो। साहूको काम सक्काएर साँझपख चिप्लेढुङ्गा लेकतिर लाग्यो कुखुरा खोज्न। अस्ति तलतिर पानी पर्दा मास्तिर परेको हिउ अझै पग्लेको थिएन। त्यही हिउँमा एउटा गजबको भाले खेल्दै रहिछ। मोलतोल् मिलाइवोरी चिप्लेढुङ्गाले त्यो कुखुरा किनेर तल झर्दै थियो, बाटोमा ठुल्दाइ र ठुलिसँग भेट भो। ठुल्दाइ चिलिम् टन्न खाएर भोकले रन्थनिंदै रहिछन। कुखुरा त्यहीं काटि खाने कुरा गर्न थाले। ठुली पनि "चियामा खुर्सानी र अंबा चोपेर खाँदा खाँदा वाक्क आउन लागिसक्यो आज त कुखुराको मासु चोपेर खाने ताअाअाअ गरेर कराउन थाली। भुन्टेको जन्मदिन् मनाउनलाई ल्याएको कुखुरा हो, भोली सबै जना मिलिजुली खाम्ला नि भनेर अनेक बिन्ती भाउ गरें मन्ने होइनन् कोही। वाध्य भएर एउटा खुट्टो त्यहीं छोडी आउनु पर्‍यो। जसोतसो बाँकी कुखुरा बच्चाएर ल्याएँ, नेप्चिले देखिहाली एुटा मात्रै खुट्टा भएको। तिरुले पानी आरोप लगाइहाली एउटा खुट्टा drumstick बनाइ खाको भनी। ठुल्दाइले पनि आफू खुट्टा अपहरणमा संलग्न भएको कुरा लुकाउन कुखुरालाई अपाङ्ग संघको अध्यक्ष बनाइदिए। यता चनाले पनि तिरुको कुरामा सहि थापेको भाकामा कथा लेखिदियो। पहिले त चौतारीका गाम्लेहरुको के नराम्रो कुरा गर्नु भनेर हिउ कुखुरा एक खुट्टे हुन्छन् भनेर गफ लाइदेको थिएँ तर अहिले वाध्य भएर तथ्य कुरा खोल्दैछु।
Read Full Discussion Thread for this article