Posted by: chanaa_tarkaari April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
चिप्लेले ल्या'को एउखुट्टे भाले देखेसिन सरदारजिको लघुकथा याद आयो । त्यसलाइ चौतारीकरण गरे है त । जन्मदिनको कुखुरो - लघुकथा भुन्टेको बर्थडे बब्बाल रमाइलो गर्ने भनि चौतारीबासिले छलफल गरेछन । रामतोरिया र भेन्टा खाँदाखाँदा हैरान भ'को भुन्टेलाइ कुखुरो खान मनलागो रे भन्ने थाहा पाएर चौतारीबासि सपै मिलेर कुखुरो नै मगाएछन । चिप्लेले नि चारगाउँ डुलेर घच्चीको कुखुरो ल्याएछ । बाटोमा आउँदा आउँदा उसलाइ साह्रै भोकलागेकोले एउटा खुट्टो नै खाइदिएछ । एउटा खुट्टो मात्र भ'को कुखुरो देखेर नेप्चि दिदि छक्क परेछन । हन यो के हो खोइ त एउटो खुट्टो? चिप्लेले चिप्लो घस्दै हिउँकुखुरा यस्तै हो भनेचन । हरिले दालमा कुछ कालो छ भनेर "त्यो कुखुराको किन एउटा खुट्टा मात्रै होला, कल्लाई था छ? था हुनेलाई टाउको पुरस्कार! " घोषणा गरेछन । नानाथरी शंका उपशंका चल्यो । तितौरी, ठुल्दाइ, गुरुआमा, थुलि, सप्पैले अनेक जुक्ति लाए । इउरोपको हिमालतिर घुम्न ग'को ग्वाँचेले नि तेस्तै कुखुरो देखेछ, एउटा मात्रै खुट्टा भएको । हो रै छ यो चिप्लेको कुरो, हिमालतिरका हिउँकुखुरोको खुट्टो त एउटा मात्रै हुनि र'छ भन्ठानेछ । त्यै बेलाँ एउटा मान्छेले "त्रुट्" गर्देछ । त्यो कुखुरो त दुइ खुट्टा टेक्दै बुत्रुक बुत्रुक उफ्रँदै भागेछ । ग्वाँचे त छक्क । ग्वाँचे बुद्धिको बिर्को बल्ल खुलेछ । एउटा खुट्टो भएको कुखुरोलाइ "त्रुट्" भन्यो भने दुइटा खुट्टा हुनि र'छ । यो कुरा ग्वाँचेले भुण्टेलाइ भनेछ । जन्मदिनाँ एउखुट्टे कुखुराले अपशकुन गर्छ भनेर चिन्तित भ'को भुण्टे नि दंग परेछ । दुइटा खुट्टो करम करम चपाउने कत्रो रहर थियो भुण्टेलाइ, तर खुट्टो त एउटो मात्रै । जुक्ति लाएछ, एउटा खुट्टो भएको कुखुरोलाइ "त्रुट्" भन्यो भने दुइटा खुट्टा भैहाल्छ नि भन्दै बिहान देखुन "त्रुट्', "त्रुट्', "त्रुट्', "त्रुट्', गर्दै बसेछ । दुर्गेले अण्डा बारा तयार गर्दा नि चौतारिआँ अझै झरेछैन, अझै "त्रुट्', "त्रुट्', "त्रुट्', "त्रुट्', गर्दै होला के रे । समाप्त !
Read Full Discussion Thread for this article