hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 193072 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-24-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली, "चिनिमुनी चिनिमु" भनेको के हो ?
:P
 
Posted on 04-24-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हि हि! ठुलु, म फूच्चेको कपाल नै आएको छैन, कसरी गर्छौ मेरो कपाल चिनिमुनी चिनिमु? :P

तिमी नि साह्रो बदमाश भैराछौ भन्ने सुनेको मुइले त, जाम हामी दुबै जना बदमाश केटाकेटी मिलेर खेलुम्, बेलुनमा पानी भरेर चौतारीमा आउने सप्पैलाइ हानुम्। :P दुबैजना रूखमाथि चढेर लुकीलुकी ठ्याम्म ठ्याम्म हान्ने है! :P ;) :D
 
Posted on 04-24-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब नेम्चे ले नि मलाइ जिस्काउन थाल्यो।
हुन्च अौ गुन्ते तिमि र म मिलि सपै चौतरि अौने लाइ बेलुनले हानुम्। मलाइ त सबै भन्दा पहिला हरि लाइ बेलुन्ले हान्नु मन लागिरा च। खाल्लि मालि वोइस् मेल चेक्क् गर भनेर जिस्काउच।
 
Posted on 04-24-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! थुली, ल ल यो हरि, नेप्चे सप्पैलाइ बेलुनले हानुम्, होली गैसके नि केही छैन, ह्याप्पी बिलेटेड होली ! :D :D
 
Posted on 04-24-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, वोइस् मेल चेक्क् गर :-)
 
Posted on 04-24-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, वोइस् मेल चेक्क् गर :-)
 
Posted on 04-24-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हरु त रमाइलो गरि राख्या रैछन्, आज अलि बिजि भएको त रमाइलो मेला नै छुटेछ, आफ्नो त कर्मै उस्तो राहुले, के गर्नु? के न गर्नु।
 
Posted on 04-24-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, वोइस् मेल चेक्क् गर :-)
आफ्नो त कर्मै उस्तो जग्गे, के गर्नु? के नगर्नु।
 
Posted on 04-24-07 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोनि वल:, सुन्ति वल:
ध्य: चाखु सहलु
सिटी नख वल:
नख: चख: धाँ धाँ जि
बुढा बुढी जुल।

ईस्पेलिङ् त के हो केहो, उच्चारणको भरमा लेख्देको के! जि नेवा: मखु, छु धाउ छु धाउ। :D
 
Posted on 04-24-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ! मन्तयेक ला?

हाउँरो ठुल्दाइको कथा चौतारि'ट बल्खु गाम सरेसिन सुपर हिट खाएछ हइ । आज लंकाले गज्जव रमाइलो खेल्यो । खै रामे, यामे, हरि , भउते कता गो, कुखुरा काट्न पर्ने , केटाहरु कता लाखा पाखा लागे लागे
 
Posted on 04-24-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalima lekhna khojya mari gaye bhayena...tyo unicod laai ke rog lagya kunni?

poonte dai, tyo geet ma nepali chad-parba haru newari ma lekhiyeka chan. tapailaai newar na aune jasto ta lagena hai malai. :D

tyo geet nepali ma ultha garne jimma chai ma hamro chana bhai lai dinchu.
 
Posted on 04-24-07 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चि दिदिले जिम्मा दिनु भो के रे । लु, इस्पेलिङ् सच्याउने काम मेरो,

मोहनि वल, स्वन्ति वल
घ्य: चाकु संन्हु
सिति नख वल
नख चख धा धाँ झी
बुह्रा बुह्रि जुल ॥

अम्! उल्था गर्न त खोजेको, सिति नख लाइ के भन्छ? थाहा पाएन हौ मैले

दशै आयो, तिहार आयो
माघे संक्रान्ति
सिठि चाड आयो
चाडबाड भन्दा भन्दै हामी
बुढाबुढी भयो ।

हे हे हे हे , बुढाबुढी भयौ हुनुपर्ने, तर नेपालभाषामा भयो र भयौ छुट्याउन जरुरी छैन । सजिलो छ ।
 
Posted on 04-24-07 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते है हउर हुर सप्पैलै म मीसनानीको ।

चना हउरको कथा कुथुन्ग्रो नि राहल्दा ले सकाए अस्तै अरि सकाउनु पर्च नि । आधीमै टुंग्याउन नपाइ छ है । अलिक ब्यस्त भएनि हउरहुरको कुरकानी चै लगातार हेरेकिम पैल्यदिखि नै :)

लु अब फटु हेर्नुस त बान्गेमुन्टेको।
हुनत अब सप्पै जो त्यो के जाती बान्गेमुन्टे हुनला'चन के रे नि। त्या पुगेसी जो नि बान्गै हुनपर्नी --त्यो के जाती ठाम कै दोष हो भन्चु र :)

 
Posted on 04-25-07 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु, आज त मै फस आएछु जस्तो छ है चौतारिमा,

कथाको अन्तीम भाग टाँस्न आ'को ।


भाग - १४
---------------

अब मिनपचास बिदा सकिएर नयाँसत्रको स्कुल खुल्न, पढाइ शुरु हुन पनि २-३ दिन मात्रै बाँकि थियो । प्रतिमा मामाघरबाट फर्किसक्यो रे भन्ने थाहा पाएको थियो चनाले पनि । तर भेटघाट अझै भइसकेको थिएन । मन्दिरतिर घुम्न जाँदा मुलाको अचार सर बाटोमा भेट भयो ।
"ए चना! टिमि त बिसोनिकेटन जाने हल्ला सुन्यो नि मैले, हो?"
"हो सर ।"
"ल किन्ट? टेट्रो तारा । यइ इस्कुलमा खुरुखुरु परे हुने ।"
"अँ सर मलाइ यहाँ पढ्न मन लागेन ।"
"हाम्ले कट्रो आस गरेको टिम्लाइ । मैले भनेको मानेर ल्याउने भए यइ स्कुल पध ।"
चनासित भन्ने कुरो केहि थिएन ।
"हेर, टिम्ले ह्याँ पर्यो भने ढेरि फाइदा गर्छ । अस्टि मितिनमा पनि टिम्रो कुरो भएर ल्यायो । सप्पै सरमिसहरुले नराम्रो मानेर ल्याएको छ । सप्पै सरमिसहरुले टिम्लाइ कट्रो ढेरि माया गर्छ । ठाहा छ टिम्लाइ?"
चनालाइ भित्र भित्र रीस उठ्यो, मुखै फोरेर पक्षपात भएको कुरो भनुँ भनुँ लाग्यो । तैपनि भनेन । बरु व्यङ्ग्य बोल्यो ।
"अँ सर, धेरै माया पचाउन गाह्रो हुने रहेछ ।"
"ल --- मुलाको अचार, हे हे हे !!! कस्टो कुरो गरेर ल्याउँछ टिमि पनि । टिमी राम्रो बिद्यार्ठी भएकोले माट्र हो नट्र ट हरेक साल यटाउटा स्कुलमा भर्ना हुन कटि जान्छ कटि आउँछ, कल्ले वास्टा गरेर बस्छ ? "
चनाले चुप लागेर सुनेर बस्यो ।
"जे होस टिमि ठरब्वाइ भएको छ । फसब्वाइ सेकेनब्बाइ ठरब्वाइ को के कुरा भयो ट २-२ लम्बर टलमाठि ट हो नि । टिम्ले अर्को बर्स स्योर फसपोजिसन हानेर ल्याउँछ ल ।"
चनाले मनमनै "चाहिएन मलाइ त्यस्तो फसपोजिसन" भन्ने सोच्यो तर केहि बोलेन ।
"अनि परतिमाचा पनि टिम्सिट बिसोनिकेटन जाने?" चनालाइ अचम्म लाग्यो यो सुनेर ।
"हँ? खोइ थाहा छैन सर, किन?"
"खोइ उल्ले नि भरना गरेर ल्याएको छैन रे, अस्ति मितिनमा टिम्रो कुरा हुन्दाखेरि आथ कक्षाको ठरपोजिसन र फोरपोजिसन ल्याउने डुइजना भर्ना हुन आएछैन भनेर ल्यायो । टिम्सिटै बिसोनिकेटन जान्छ होला भनेर भनेर ल्यायो । हो कि होइन भनेर सोधेको, परतिमाचाले किन भर्ना गर्न नआएको टिम्लाइ ठा छ ?"
"अहँ थाहा छैन सर मलाइ"
"त्यो मुलाको अचार परतिमाचाले के गरेर बसेको है ? हे हे हे !!! अस्टि डुइ हफ्टा जटि अगारि उसको ब्वालाइ बातोमा भेत्दा मैले सोदेको, मामाघर हिटुङग्रा गएर पठायो भन्यो । अव आथमा भर्ना गर्नु पर्ने अहिलेसम्म भएको छैन । टिम्ले भेत्यो भने छित्छितो भर्ना गर भन्ड्यौ है । डुइटिन डिनमा भरना गर्न आएन कि जर्बाना लाग्छ ।"
"हस सर, भेट्यो भने भनुम्ला" भन्दै चना बिदा भयो ।

चनालाइ थाहा थियो बिश्वनिकेतनमा भर्नाको लागि प्रतिमा आएकै थिएन । न प्रवेशपरिक्षा दिन आउने हुलमा चनाले प्रतिमालाइ देखेको थियो, न त्यसको नतीजामा कुनै प्रतिमाको नाम नै थियो त्यहाँ । त्यसैले "- किन आठमा भर्ना हुन नगएको होला?" भनेर खुल्दुलि जाग्यो र सिधै प्रदिप, दुर्गालगायतका साथीहरुको घर गएर सोध्यो प्रतिमा किन भर्ना नभएको होला भनेर, कसैलाइ थाहा रहेनछ । फर्किदा बाटोमा भेटेको पुर्णसित पनि यहि कुरो भयो । पुर्णले भनेपछि थाहा भयो कि प्रतिमाले त चनाभन्दा अगाडि नै अर्को स्कुलमा भर्ना गरिसकेको रहेछ । यो कुराले चनालाइ बिस्मित बनायो । "प्रतिमाले पनि स्कुल छाड्ने नै सोचेको रहेछ, तर किन केहि बताएन?" भन्ने लाग्यो चनालाइ । प्रतिमाको दाजुलाइ भेटेको त थियो नि । तर अहँ दाजुले पनि केहि बताएन चनालाइ । रिजल्ट भइसकेपछि दुइपल्ट चना आफै प्रतिमाको घरमा गएको पनि थियो, प्रतिमाको आमालाइ भेटेको पनि थियो, सञ्चो बिसञ्चोका कुराहरु भएको पनि थियो तर अहँ स्कुल फेर्ने बारे चनालाइ केहि पनि भनेको थिएन । अब भने चनालाइ पक्का भयो "भेटघाट हुँदा कुनै नराम्रो ब्यवहार नगरेतापनि प्रतिमा र उनको परिवारका सदस्यहरुले चनालाइ राम्रो नजरले नहेरेको रहेछ ।" चनाले त्यसअघि बुझ्नै नभ्याएको एउटा "मिसअन्डरस्टान्डिङ" रहेको रहेछ भन्ने कुरो बुझ्यो र अनौठो बितृष्णा जाग्यो प्रतिमाप्रति - "त्यति लामोसमय संगत गरेर पनि यस्तो बुझ्नै नसकिने ब्यवहार!!!!" जसले चनालाइ आक्रोशित पनि बनायो र त्यहि दिनदेखि प्रतिमासितको मित्रता अन्त्य भएको ठान्दै चनाले नयाँ स्कुल जाने दिन गन्न थाल्यो - एउटा नौलो ठाउँ र अपरिचितहरुको बीचमा फेरि हेलिने अठोटका साथ ।

(नोट: यो क्रम अहिलेलाइ यत्तिकै । यो कहानिको भाग १ देखि अन्तिम भागसम्म बर्णन गरिएको पात्रहरु र घटनाक्रम कसैको जीवनसित मिल्न गए संयोग मात्र मानिने छ ।)
 
Posted on 04-25-07 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथिहरु ताअाअाअाआ
चना हजुर् त खुब् प्रतिमाको पचि लागेको रैच नि क्या हो।
 
Posted on 04-25-07 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथिहरु...

चनाको कथा राम्रो छ। अब अर्को कथा पनि लेखुम बरु।
 
Posted on 04-25-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु, मन्तयक ला?
प्रभातकालीन् जदौ!
चना को बिश्व निकेतन आगमनको ब्यथा बल्ल बुझें, दुख र पीडाको अर्को रुप् देखें।
ठुली चिया खायौ?
 
Posted on 04-25-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना ब्रो! राम्रो एन्डिङ दियो ब्रो ले आफ्नो कथालाई। कुम्लेलाई यो कथा मनपर्यो!! आफ्नो कथा पुरा लेखेर लास्टमा चाँहि 'कसै सङ मिल्न गएमा संयोगमात्र हुनेछ' लेखिदिने!! :)

ठुली, नेप्चे, अनि सबै गाम्लेहरुलाई नमस्ते!

:)
 
Posted on 04-25-07 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस नमस्ते, सन्चै?
 
Posted on 04-25-07 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारीमा मै बसे होला कि,
मै बसे होला कि,
वरको हाँगो नुगेर छोला कि,
सल्लै हो, जोवन कल्लाई हो?


जदौ!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters