[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE






[VIEWED 194085 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-30-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेतमा साइकल
हाँस्न नि छड्यौ जिम्माल
के भयो आजकाल?

जदौ! यो डुब्लिकेट बिर्खे जिम्मालको!! :P
 
Posted on 04-30-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठेल्न पर्ने ट्याक्सी
धेरै पछि देखा परेऊ,
बिर्खे मोरो स्याक्सी! :p
 
Posted on 04-30-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई मैले लगाउदैन म त डल्ला साबुन लगाउछु।
 
Posted on 04-30-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेम्पो
 
Posted on 04-30-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुडाएं स्केट बोर्ड
साली खोज्दा सालो भेटीयो
बिग्र्यो दिमागको chord!

जदौ फेरि यो तिम्री दिदीको पोईको!
 
Posted on 04-30-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तराई जाने रिउसा
क्यार्नु कुम्ले यस्तै छ
लाईफ साह्रै झ्याउ छ

बिरगंज जाने टाङ्गा
लौन नि पुन्टे बुडा
के भयो हौ, केटा देख्दा दङ्ग??

जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 04-30-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुम्तीमा ठेला
घ्याम्पे भुडीले छेकेर
आफ्नो खुट्टा नै नदेख्ला!! :P

जदौ!! ति राम्री सोल्टिनीको दाई!
 
Posted on 04-30-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुनटवा र कुमलवाको बतियाले
भेजा खायो मेरो जिन्दगियाले
सालि वालिको बात करिलिन्छ
एक्टा मिले त हम्ले पनि भकारि भरिलिन्छ
टेक्सि घुडाउँदै, सुसराके नाति बइरोडके बाटोमा धुलो उडाउँदै!

जयराम जि कि! यो बिरखवाको!!
 
Posted on 04-30-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तराईको बैल गाडा
तिम्रै दिदीले खुट्टा देख्दिए,
पुग्यो हाम्लाई सारा! :p

जदौ, कजन सालीको कजन भाई!
 
Posted on 04-30-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचु र हरीले राँगा ढाल्या हो त? खित् खित् खित्

नेपाल जाने पिलेन्
लौन पुन्टु दादै
किनिदेउन एउटा
नेपाल जाने पिलेन्

जदौ यो सान्नानीको
 
Posted on 04-30-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन्दिन्थें सान्नानीलाई पिलेन
साईकल किन्न नि बगली रित्तो
गरिबीले खेल्यो भिलेन!

जदौ, सान्बुईनी!
 
Posted on 04-30-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हह्ह्हहह्ह्ह्हाआ
बाहिर सिरसिरी हावा चले छ
भित्र यस्तो मीठो दोहरि चले छ।
अब तपाई नै भन्नुस् मेरो गाम्लेहरु,
म कम्पूटर चलाएर बसुम् कि
भात जोड्न बसुम?
 
Posted on 04-30-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाईले ठीक कुरा गरे
अब नि काममा नगए, म खुत्रुक्कै मेरें
गाम्लेहुरले रमईलो गरुन्
अर्को एक शब्द चौतारीमा बोले,
मेरो मुखाँ किरा परुन्!

गुड बाई अन्टिल टुमारो! :D
 
Posted on 04-30-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल जाने पिलेन
यहाँ अलिकता कुरा मिलेन

हन ए पुन्टे बुडा, तो के जाति सालि र सोल्टिनिको कुरो के हो याँ रउसिको रउसि पानी को पानी पारुम त गाँठे!
मेरो नि भान्सामा चुल्हो बाल्नु पर्ने बेला उइले नै भएको ठुल्दाई क्यार्नु ढिँडो र तिहुन जोड्न नसकेर यो चाला भा छ!
हरिशरणम्!
 
Posted on 04-30-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निउरोडको टेउसी
भुडी घटाउ सिलिम बन
अनि हुन्छौ सेउसी!!

जदौ! प्यालो भिनाजु!!

सान्नानी:
नेपाल जाने प्लेन
किन्ने त भन्थे भेनाले
तर मिल्या छैन लेनदेन!!

ठुली:
सुन्धारा टेम्पो
त्यसै नै राम्री छौ नि
किन चाहियो सेम्पो?

:-)
 
Posted on 04-30-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिलेन् किन्न बगलि रित्तो भे
एउटो टिकेस् किन्न त सक्दो हो
हाहै हाम्रो पुन्टे दाईले

जिम्माल्नी माइत गैछन्
जिम्माल् बालाइ एक्लै छोडेर
चुल्हा बाल्ने कुरो छोड्दिनु जिम्माल् बा
खुरुक्क ससुराली नगएर

ठुल्दाई को कुरो हो मनासिव
म पनि हिँडे अब अड्डा बोकी किताव
 
Posted on 04-30-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आज त बिहान बिहानै जमघट छ नि चौतारीमा। गजबको दोहोरी गैरा'रैछ। ल जाओस् जाओस्।

चन्द्रमा जाने रकेट
घुमौंला हामी युरोप
भरिएसी मेरो पकेट!

लु जा! मैले नि ठेल्दिएँ। ;)
 
Posted on 04-30-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले कुरा गर्छ ठुलो
के गर्नु अमृकामा त
जति ठुलो पकेट त्यति ठुलो दुलो

के गर्नु सान्नानि ससुरालि जान त हुन्तो के रे नि तर आफ्नो त " घरै पिँडालु बनै पिँडालु सासुरालि जाँदा बाह्र हातको पिँडालु" भनेको जस्तो छ बाबै हालत!
 
Posted on 04-30-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लुले भोज ख्वाउने कहिले हो?
भोज ख्वाउने कहिले हो?
भाउजुले पठाको पाउँ
हाम्ले पाउने कहिले हो?


chitru ke chha?
ahile lai ma bida bhae feri bhetaula, cya, khuda hafij, saayonara, haran please...............
 
Posted on 04-30-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेउसिकाने गल्फूको तीर
हाम्रो जिम्माल बालाइ
जिम्माल्नीको कत्रो पीर! :P

त्यही त जिम्माल बा, अमृका भन्या त देशै अजीबको रैछ भन्या।

सान्नानी, मेरो ठीकै छ, तपाइको के छ नि? कहाँ भाग्न लाग्नु भा'को यति चाँडै?

अरू सबै गाम्लेहरूमा मेरो जदौ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters