Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 झुठ्ठा ईतिहास ।

[Please view other pages to see the rest of the postings. Total posts: 136]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 41590 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 01-27-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईतिहास सधैं जित्नेहरुको लेखिन्छ र हामीलाई आज तिनै ईतिहास पढाए ।
म सानो छंदा मलाई तेही ईतिहास पढाईयो र त्यसैलाई सत्य ठाँने । भागेर गएको राजा ले प्रजातन्त्र कसरि एक् मुठि कागज् मा ल्याए, त्यतिबेलाको बाल् शुलभ मस्तिष्कले प्रश्न गर्न सकेन। नेपालि कांग्रेसको शसश्त्र बिद्रोह र मुक्ति सेनाको नामो निशान थिएन। भगुवा राजा लाई प्रजातन्त्रको प्रतीक् मान्यौं।


आधुनिक नेपालकै बिषयमा बिद्यावारिधि गरेका इतिहासबिद् डा त्री-रत्न मानन्धर् का अनुसार् पृथ्बी नारायण् शाह लाई महान् भन्न नमिल्नी थुप्रै कारणहरु छन्। मैले आइ एस्सी पढ्दा त्रीभुवन् बिश्व बिद्यालयबाट् प्रकाशित् नेपाल् परिचय नामक् पुस्तकमा बूंदागतरुपमा उनको बारेमा हामीले नपढेका काला करतुत् हरु लेखिएका छन्।

१- उनिएए सन्काहा राजा थिए।मकवानपुर्को सेन बंशी ससुराली जाँदा,आफ्नै सालालैइ जुत्ता लगाएर सलाम गर्‍यो भनेर त्यहिं छप्काएको घाटना ले पुष्टी गर्दछ ।

२- आफ्नो सामराज्य बिस्तार गर्ने क्रम:मा, उन्ले आफ्न भाइ भातिजहाँरुको खूब दुरुपायोग गरे । फलानो राज्य जितिस् भने तेरै राजा हुन्छ लडाईं गर्न पठाउने अनि जिते पछि तीनाइ भाइ भातिजहाँरुला कोठारिमा जाक्ने थुप्रो उदाहरण छन्।
३- पहिलो पटक नुवाकोट हान्दा उन्का सैनिक ले नराम्रो पराजाय भोग्नु परेको थ्यो । त्यस टोलिका सेनापति(शायद बीर ध्वज हुनुपर्छ) र तीनका छोरा लाई उनले देश निकाला गरी दिए । त बीर ध्वज र तीनका छोरा को बीरता बाट प्रभाबित भएर नुवाकोटे राजाले आफ्नो सेनाको नेतृत्व गर्ने प्रस्ताव राखे। पछि दोस्रो पटक् हो कि तेस्रो पटक् गोर्खा सेनाले आक्रमण गर्नु अगाडि, उनले तिमी मेरै सेनापति हौ, किला छोडि देउ भनेर सन्देश् पठाए। त्यस्को जवाफमा बीर् ध्वजले मैले अहिले जस्को नून् खाएको छु, तेसकि सोझो गर्छु, किल्ला छोड्न मेरो ख्सेतृय धर्मले दिदैन भनेर लेखे। नुवाकोत् हार्यो र बीर् ध्वज् लाई युग्ध बन्दी बनाइयो। पृथ्बी नरायन शाह् ले बीर् ध्वजलाई जिउंदै छाल काढेर मारे। जिउदै छाला काढ्ने जस्ता अति अमानबिय कार्य गर्ने राजालाई महान् भन्न सकिन्न।
४- कीर्तिपुर् को घट्ना त धेरैले पढेको सुनेको कुरा हो, यहा उल्लेख गरि रहनु नपर्ला।

मित्रहरु, मैले २३ बर्षाघि पढेको सामाग्री सम्झे जति लेखेको हुं। अरु पनि थुप्रा त्यस्ता नीच काम् कुरो लेखिएको छ त्यस्मा, मौका मिले पढ्नु होला। हामीलाई झुठ्ठा इतिहास् पधैएको थ्यो र आज् पनि धेरै जना तिनै मुशल्मान् का सन्ततिहरुलाई, हिन्दु राजा भनेर स्तुती गाइरहेकाछौं।

 
Posted on 01-28-07 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulVai,
We appreciate what you have written about Melamchi.I read it.

but what i did not like about this article is :This article sounds like it is coming out of revenge just like that stupid kid of my sansar.

History is one my fav topic and i apperciate you and pire knowledge in nepalese history.

but what i would like to request intellects like you is :DON'T DOUBT THE FOUNDATION OF NEPAL!WITHOUT FOUNDATION NEPAL WILL CRUBLE INTO PIECES!!!RESPECT THE NEPALESE IDENTITY AND THE ONE WHO GAVE YOU THIS!
 
Posted on 01-28-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tap tap
haina yo gorkha dekhi kathmandu samma ani tyo pani jhandai 250 barsa purano kuro garera tapai haru nepal banauna chahanu huncha ki bigarna ho?
khai maile ta itihash 9-10 class ma matrai padheko ho ...phd chd tha ni chaina sachai bhanu bhane tesko pura mane ni tha chaina.!!
aba prithivi le k gare? ramro wa naramro bhnera samalochana ya alochana garne bela yo ho jasto lagdaina malai..tesai ta desh ko yo hal cha feri tarai ko pani ta kuro cha ani uniharu ko pani ta itihash cha...ki chain? cha jasto lagcha.
prithivi le yeutai kuro RAMRO GARE NEPAL KO YEKIKARAN JASLE GARDA JHANDAI 250 BARSA PACHI PANI HAMI INDIA LAI GALI GARNA SAKCHAU RA AFULAI NEPALI BHANNA.
aba phd garne harule ma bidwan chu phd gardai chu bhanchan bhane ma yaha k bhanchu bhane "PADHERA MANCHE BIDWAN HUNCHA TARA PARERA MATRAI BUDIMAN"............khai k lekhu tap-tipe ta nam mero chiita nabujhe bolnai parne kam mero...........TaP---Tipe.........neta haru le paisa tipe janta le goli,
.......................................j bhaye ni tod fod ra banda garne
.......................................fasion bho hijo aja bholi(36,46,63)
 
Posted on 01-28-07 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई,

ठिकै छ। म धेरै साझा पढ्दिन, र मेलम्चि पनि पढेको छैन। तर तपाइको कुरो केहि हद सम्म सत्य हो। तर के गलत पनि भो भने अहिलेका भुइफुट्टा बिद्वानहरुलाई गाली गर्दा गर्दै सोझा बुढा बाबुराम अचार्यलाई गाली गर्नु हुदैन। बुढाले आफ्नो ब्रम्हले देखेको लेखेका छन।

अनि खा को बिख पो लाग्छ, न खा को त लाग्दैन। पृथ्विलाई पनि ज्ञानेको आधारमा मुल्यांकन गर्नु हुदैन, नत्र त गाउघरतिर छोरि पोइल गएपछि बाउलाई थुक्या जस्तो हो। अलिअलि इतिहास यताउता गर्न खोज्ने पनि छन, तर दुइसय बर्ष अगाडिको कुरो त्यति परको कुरो हैन, त्यसबेला काठमाण्डु गएर लेखिएका किताब पढ्न पाइन्छ खोज्ने हो भने। म पनी कुनै झगडिया हैन, तर हामी सबैले सधै हावाको तालमा राम्रा मान्छेलाई पनि लान्छना लगाउनु हुन्न।

होला तपाई खानेपानीमा काम गर्नु हुन्छ होला। तपाईको क्षेत्र त्यो भएपछि इतिहास तपाइलाई त्यति नआउला। सबैले पढ्दै गएपछि थाहा पाउने कुरो हो। मेरो पुरानो कुरो हरु संकलन गर्ने बानी छ, इतिहास चाख दिएर पढ्ने बानी छ, र इतिहासकारहरु सँग संगत छ। पुराना लाइब्रेरि पनि चहारेको छु थुप्रै। हाम्रो नेपालमा इज्जत गर्न लायेक मान्छे हरु मध्य एक हुन बाबुराम आचार्य। उनको बारेमा तुच्छ कुरो लेख्नु त पाप हो, साच्चै भन्नुपर्दा। हो पढेर , ए है, मैले त उनको कुरो गलत सिद्ध गरें' भन्नु छुट्टै हो, तर 'त्यो माम्पाखा बुढोलाई के आउछ, राजाको चाटुकार हो साला' भन्नु चाहि हुदैन, जुन उमेशत्यादि ले बेलाबेला मा भन्ने गर्छन।

नेवार संस्कृतिको म इज्जत गर्छु र त्यसमा गर्व गर्छु। म राजतन्त्रको बिरोधि हुँ। तर नेपालि पनि भन्ने आफुलाई, अनि पृथ्वि लाई पनि गाली गर्ने, त्यो पनि बिनाकारण चाहि राम्रो हैन। कतिपय (सबै हैन) नेवारहरु त्यसै पृथ्विलाई दिनरात गाली गर्छन, म भन्छु, ए बाबा, तिम्रो प्रताप मल्ल जो महाप्रतापि बिद्वान थिए, तिनको पनि त खोट थियो। तिनसय आइमाई थिए हरममा उनको, र एकपटक एउटि बच्चिलाई रेप गरेर (तिनसयले पनि नपुगेको, हेर्नुस) तिनको मृत्यु भएको थियो र त्यो पाप पखाल्न उनले बालाजुमा बुढानिलकन्ठ बनाएर पशुपतिमा एक बर्ष प्रायश्चित गरेर बसेका थिए। त्यो बेलाका राजाहरु हेरि पृथ्विको आचरण ठिकै थियो, बाठो हुनु, बलवान हुनु, दुरदर्शी हुनु खोट हैन नि। चिनका कम्युनिस्टहरु नै हेर्नुस, छिङ् श हुअङ्ति राजाको अझै कति सम्मान गर्छन, चिनको एकिकरण गरेको भनेर। त्यो त मर्दा पनि 'टेराकोटा' वारिअर बनाएर बल्ल मरेको त्यस्तो रुथलेस क्रीमिनल थियो। हामी मात्र आफ्न पुर्खा लाई थुकेर कति बस्ने। नेपालमा त झन चलनै चलेको छ, आफ्नै देशको देवकोटालाई उडाउने, आफ्नै समलाई यसले लेखेको त खत्तम भन्ने हरु मौलाएका छन। कतिले त पढेर एउटा समालोचन पनि लेखेका हुदैनन, देवकोटालाई आक्रमण गर्नु अघि।

किन देवकोटा, बाबुराम, पृथ्वि आदि तारो बनाइन्छन त? प्रचारमा आउनलाई। पृथ्विलाई सबैले मान्दा 'ए त्यो तउपनिवेशबादी भन्दा त अरुले 'हँ' भन्छन र एटेन्सन पाइन्छ भन्ने धेरैलाई हुन्छ। त्यस्तै हो देवकोटा आदिको बिरोध गर्नु पनि। भो यसो नगरौ अब।

ल त मित्र । जदौ। अध्ययनशीलताको सधै बिजय होस, र हाम्रो देश सधै उभो लागोस। गर्नेले गाली र नगर्नेले ताली नखाउन। बसेर मरेका बुढाहरुलाई गाली गर्नु भनेको मरेको बाघ को जुघा उखालेको जस्तो हो नै। बरु जिउँदा ब्वासा हरुलाई समातौ र ठिक पारौँ । यहि कामना।
 
Posted on 01-28-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो मिल्यो, चोर फतहा जो सुकै भए नि भन्डाफोर गर्न पछि न परौं । धन्यवाद, धेरै बुझियो, धेरै जानियो ।
 
Posted on 01-28-07 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pireजी, धन्यवाद धेरै कुरा थाहा नपाएको थाहा भयो । कम से कम यो बिबाद मा अल्झेर धेरै नयाँ पाएको छु । मित्र, मैले लेखेको कुरा मनगढन्ते चाँही थिएन । त्यो पुरानो नेपाल् परिचय भन्ने किताब लेखिएको छ। एक् पटक् मौका मिले पढ्नु होला। त्यो किताब मा बाबुराम् आचर्यको बारेमा त्यस्तै लेखिएको छ।
जे भए नि मित्र, म इतिहास् को जानकार् ब्य्कति होइन र आफ्नो जाति बाहेक् अरु जाति व समुदाय सङग पूर्बाग्रहि सोच् राख्दिन। मेरा अरु धागोहरु बाट् नि तपाइ ले त्यहि पाउनु हुने छ। सत्य लाई स्वीकरनु पर्दछ र आफ्नो गल्ती हो भने निसन्कोच स्वीकार्छु पनि। तर इतिहास्को त्यो पातो पनि किन नखोतल्ने भन्ने मात्र हो कि? त्री भुवन एकलै ले ( नेपाली कांग्रेस को शसश्त्र बिद्रोह र जन अन्दोलन्को भूमिका रहित्) प्रजातन्त्र १००७ सलामआ आएको पक्कै थिएन । तर हामीलाई पञ्चायत काल मा त्यही अपूरो अधुरो ईतिहास पढायो र पछि थाहा पाइयो, देश मा प्रजातन्त्र त कसले गर्दा आएको । यही कारण ले हो कि शंका ले जन्म लिएको ।
पुन्: एक पटक अब उपरान्त यस् बारे मा बहस् नगरौं भन्ने आग्रह गर्दछु ।
 
Posted on 01-28-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई,

धन्यबाद, तपाईको स्वीकरोक्तिलाई। धेरै कम मान्छेले यसरी इन्टर्नेटमा अरुले आफ्नो खोट औल्याइदिदा शालिन भएर जवाफ दिन्छन, नत्र त हाम्रो देशमा आफुले नजानि नजानि कुरो गर्‍यो, अनि अरुले 'यो हैन बाबा' भन्दा रिसाएर गाली गर्‍यो गर्ने नै धेरै छन।

त्यो नेपाल परिचय भन्ने पुस्तकका लेखक को हुन, भन्नु भए आभार हुन्थें। इतिहास शिरोमणिलाई नेपालमा राजाको चाटुकार भनेर गाली गर्ने पढेलेखेको मान्छे मैले अहिलेसम्म भेटेको छैन। वहाँ त हामी सबैले इज्जत गर्न पर्ने मान्छे हो। म फेरि पनि भन्छु, गाली गर्न परे चोर डाका के कम छन र हाम्रो देशमा? लुटेर खाने लाई चाहि इज्जत, र ति पुस्तकालयमा घोत्लिएर बस्ने बुढालाई मरेपछि पनि गाली ? गर्न हुदैन।

बिरेन्द्रको खलक मर्न अघि शिरोमणिको एउटा किताब निस्केको थियो' फेरि यस्तो कहिल्यै नहोस', खुब हिट भएको थियो। वहाँ अन्धो हुदा वहाको छोराले टिपेको संस्मरण लाई किताबको रुप दिएको हो क्यारे, पढ्दा पनि बाउले छोरालाई पहिलेका कथा सुनाएको शैली देखिन्छ त्यो किताबमा। यस्तो छ वहा प्रतिको बिश्वास धेरैमा। किन? हामीले किताब पढ्यौ भने नै थाहा हुन्छ। कुनै राजालाई बाँकी राख्नु भएको छैन शिरोमणिले त्यहाँ। राजेन्द्र, सुरेन्द्र, रणबहादुर सबको झाँको झार्नु भएको छ, बहुला, स्त्रीलम्पट, देशद्रोहि, हत्याराको रुपमा चित्रण गरेर, जुन सत्य पनि हो।

जे होस, त्रीभुवनको बारेमा तपाईको टिप्पणी प्रति भने म सहमत छु। त्यो माम्पाखा भने हिरो हैन, बोका हो। इन्डियामा भालु खोज्न गएर सार्‍है हैरान गराएको। हैदराबाद हाउसमा बस्दा ह्वाँ चाहि यत्रो क्रान्तिकारी राजा भनेर इन्डियनहरुले इज्जत गरेका, उ त 'खै मुजरा सुजरा नही लगाओगे?' भनेर सोध्यो रे (बिश्वस्त सुत्रको कुरो)। अब भयो? बिपिको डायरीमा त यस्तो कुरो टन्न उल्लेख गरिएका छन। बिपिले रीसगरेर लेखेकि भन्ने हरु पनि छन, तर त्रीभुवनको सँगत गरेका कसैले पनी हैन भनेर भन्न आँट गरेका भने छैनन भनेपछी बिपिले त्यसै लेखेनन भनेर मान्न पर्‍यो।जे होस, मेरो लक्ष यहाँ अरु राजाको बदख्वाई गर्नु थिएन, खाली पृथ्वि को बचाव गर्नु थियो। हाम्रो देश थोडा कुनै मोब मेन्टालिटि भएको देश त हैन नि,अफृका या ल्याटिन अमेरिका जस्तो, हामी त सभ्य देशका बासिन्दा हौँ, यौटा हौडे केटाले आफ्नो ब्लग या वेबसाइटमा पृथ्विलाई गाली गरेर लेख्दैमा हामीले पत्याउने? हैन? (मैले तपाईलाई गाली गर्न खोजेको हैन, फेरि।)

थाहा पाइपाइ कन डिफेन्ड नगरी कन बस्न मन मानेर र यत्रो दुख गरेको हो मैले पनी। पढेलेखेका मान्छेले बोल्न आँट गर्नु पर्छ भन्छन। म प्रजातन्त्रबादि र गणतन्त्रबादि हुँ, त्यसैले चुपचाप बस्न पनि सक्थेँ, आखिर पृथ्वि का सन्तानहरुलाई कसरि चाँडो फाल्ने भन्ने म पनि सोच्छु। तर त्यस्तो गर्न मन मानेन।
 
Posted on 01-28-07 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire जी, पुन्: एक पटक धन्यवाद । त्यो पुस्तक को नाम नेपाल परिचय, प्रकाशक्, पाठ्यक्रम बिकास केन्द्र, त्री बि बि । बिभिन्न खण्ड बिभिन्न लेखक् ले लेखेका छन्। लिच्छबिकालीन् इतिहास् प्रा धन् बज्र बज्राचार्य लेखेका हुन् भने , आधुनिक् नेपाल् को इतिहास् प्रा डा त्री रत्न मानन्धर् ले लेखेका हुन्।

माम्पाखा त्रीभुवनको बारे मा बी पी को आत्म बृतान्तमा लेखिएका कुरा हरु सत्य हुनु पर्दछ। सम्कालिन् ब्यक्तिहरु जिउदै छन्। मेरो मामा घर् को जोडिएको घर् डा दिब्यस्वरि मल्ल को माइतिघर् हो, इन्द्र चोक् मासंगल्लिमा। तिनी पनि तृभुवन् ले उथाएर लगेकिकी छोरि हुन्। यस्ता स्त्री लम्पट् ब्यबहार् त कति कति।
 
Posted on 01-28-07 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.नौतल्ले दरबारलाइ पृथवि नारायण शाहले जिर्णोद्वार गरिएको भनेर इतिहांसमा ठोकेकै छ। कैयौं भुकम्प पार गरिसकेको यो नौतले दरबारलाइ किन जिर्णोद्वार गर्नु पर्यो भन्ने तथ्य चाहिं लुकेर बसेको छ। त्यो माम्पाखा पृथ्बि नारानले काठमाडौं जितिसकेपछि मल्ल राजपरिबार र भारदारहरुलाइ नौतले दरबारमा आपसि मिलोमतोमा अब शासन चलाउने भनेर बोलाएर छिंडि देखिन आगो हालेर सबैलाइ जिउंदै आगोले जलाएको कुराको प्रमाण् अहिले सम्मपनि दोस्रो र चौठो तल्लामा आगोले छोएको निडालहरु देख्न सकिन्छ।यसपछि धेरै जसो मल्लहरु काठमान्डौंबाट भागेको र अरु लुकेर बसेका मल्लहरुलाइ पनि देशबाहिर निकाला गरि पठाएकोले आज धेरै जसो मल्ल थर भएको नेवारहरुले नेपालभाषा नजानेको हो।
 
Posted on 01-28-07 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

........I POSTED THIS MESSAGE IN ONE OF MY POST IN AN EARLIER TOPIC WHICH TALKED ABOUT KING PRITHIVI NARAYAN SHAH ........THIS IS FOR ALL THE HATERS OF OUR ORIGINATION AND OUR COUNTRY'S ORIGINATOR......SO YOU CALL YOUR SELF NEPALI??????..............READ THIS:

...OK ......ENOUGH IS ENOUGH....ANY ONE WHO DISRECPECT KING PRITHIVI NARAYAN SHAH .....PLEASE DONT CALL YOUR SELF NEPALI OK.......CALL YOUR SELF WHATEVER...LIKE IF YOU ARE A GURUNG CALL YOUR SELF GURUNG OR NEWAR OR THAPA OR ETC ETC...BUT NOT NEPALI.....BECAUSE THE NAME NEPALI YOU SO CALL YOUR SELF WAS GIVEN TO US BY THIS GREAT KING WHO UNITED GORKHA AND CALLED IT NEPAL......hamro pyaro desh NEPAL........AND WE NEPALESE.......BUT WE ALL HAD A DIFFERENT IDENTITY BEFORE THE SHAH DYNASTY UNITED NEPAL... DIDNT WE????? SO GO BACK TO THAT ERA......AND CALL YOURSELF WHATEVER...........IF YOU CANT DEAL WITH NEPAL'S ORIGINATOR AND ITS ORIGINATION ...........AND YOU WANT TO DISRESPECT OUR WHOLE TRADITION , CULTURE , AND RE-WRITE HISTORY...........PLEASE I BEG YOU TO START BY NOT CALLING YOUR SELF NEPALI OK BECAUSE YOU DONT SEEM TO APPRECIATE YOUR NATIONALITY........
JAI NEPAL

AND DONT LIVE YOUR LIFE ON SPECULATION AND TRY TO TEACH US HISTORY.......ALL IS FAIR IN LOVE AND WAR...............
 
Posted on 01-29-07 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सायमी,

तिमिले भनेको घटना त्यो जय प्रकाश मल्ला लडाइ सकेर भाग्दा खेरिको त हैन? के भाथ्यो भने भाग्ने बेलामा जय प्रकाश ले नौतले दरबारको ढोकामा टन्न बिष्फोटक पदार्थ जम्मा गरेर भागेका थिए, लखेट्दै गएका गोर्खालिहरु धेरै त्यो पड्केर घाईते भएका थिए। तिमिले कुन किताबमा पढेका थियौ? किताबको नाम भनन। म सँग टन्न किताब छन, म पनि थाहा पाइहालुँ।मल्लहरुले नेपाल् भाषा नजानेको धेरै कारण छ। मन भयो भने त बर्मा बस्ने नेपाली, ग्वालियरमा बस्ने नेपालीले त बचाएर राखेका छन आफ्नो भाषा ति राजखान्दान ले नसक्ने कुरै छैन।

नमारेका हैनन पृथ्विले मान्छे, मारे। तर त्यो जमानामा जयप्रकाशले के आफ्नै भाइलाई मारेनन? आफ्नै स्वास्नी सँग, आफ्नै सेनापतिहरु सँग, उनको संबन्ध कस्तो थियो? पाटनका प्रधानले आफ्नै राजालाई उनको रानीले देख्ने गरि दरबारको ढोकामा काटेर मार्दा रानीले कराउदा कोहि सहयोग गर्न नआयेपछि पाटनेलाई तिमिहरुलाई पनि बिपत्ति पर्दा कोहि सहयोग गर्न नआउन भनेर सरापेर उनि मरेकि थिइन्। (सतीले सरापेको देश भन्दा कतिले भिम मल्लको श्रीमति लाई भन्छन भने कोइ यिन्लाई)काठमाण्डुको समाज अस्ति सम्म कस्तो थियो? आफ्नो स्वास्नी अरु सँग लागेकि छ भन्ने थाहा भयो भने जारी काट्ने भनेर त्यो लभर ब्वाइ लाई काट्ने र स्वास्नीको नाक र ओठ काटेर बाटा खर्ची दिएर घर बाट निकल्ने चलन राणा काल सम्म थियो।लडाईमा मारिएका कुरा गर्ने हो भने पृथ्विका कति आफ्नै सिपाहि मरे, आफ्नो भाई शुरप्रताप को आँखा फोडियो, पाटनकाले प्रतापसिंह शाहलाई जैसी बाहुनको सहयोगमा शिकार खेल्न लगेर मार्न खोजेका थिए। त्यो सबै षड्यन्त्रको जमाना थियो बाबा, अहिले को जेनेभा कन्भेन्सन थिएन त्यसबेला।

तर यौटा कुरो तपाईले बुझि राख्दा राम्रो हुन्छ, गोर्खाली हरु के सबभन्दा क्रुर थिए त? मैले क्रुरता पनि पढें, जस्तो पुर्बमा लिम्बुहरु प्रतिको। तर, सभ्यता पनि, क्याप्टेन स्मिथले सन १८५२मा लेखेर छपायेको किताब (उनि नेपालमा राजदुताबासमा काम गरेर फर्केका मान्छे हुन)मा भनिएको छ कि अङ्ग्रेज फौज हरु गोर्खाली हरुले सभ्य तरिकाले लडेको देखेर छक्क परेका थिए। त्यसबेला सम्म उनिहरुले लडेका बिरोधीहरु मरेका सैनिकको लाशमाथि तरबार चलाउने, लाशको बेइजत गर्ने, लाशको जुत्त र कपडा थुतेर लैजाने गर्थे। नेपालीहरुले कहिले त्यसो गरेनन। ति साँझ परेपछि युद्ध रोक्थे, र लाश लैजान दिन्थे। लाशको कपडा लुट्ने, रीसले अङ्ग काट्ने गरेनन। ति युरोपका सभ्य मान्छे जस्तो लड्थे (लेखकको भनाईमा, मेरो भनाईमा त हामी ति मोराहरु भन्दा सधं सभ्य छौ), र सभ्यता देखि त्यति पर त्यस्ता सभ्य र बिर लडाकाहरु देखेर अङ्ग्रेज पनी छक्क परेका थिए, यसैले त्यो लडाइ सकिने बित्तिकै एकजना नेपालीले युद्धबन्दी बनाएका क्याप्टेन योङ, जो मृत जनरल जिलेस्पीका सहयोगी थिए, ले नेपालीलाई भने, 'के हाम्रा लागी लड्छौ?अरु गोराहरु त छक्क परेका थिए। यो मोरा गोर्खेहरुको के भरोसा, यिनिहरुलाइ कहाँ तह लगाउन सकिन्छ होला र आदी भन्दै। तर योङ ले त्यहि बल गरेर दुइ वटा बटालियन बनाएका थिए, सिरमोर बटालियन र नौसिरि बटालियन, जुन अहिलेका गोर्खा सैनिकका सबभन्दा पुराना बटालियन हुन।

येनि वे, लडाइमा सभ्य तरिकाले लड्थे भन्ने कुरो मा शंका छैन, तर कुटनीति पनि गर्थे उनिहरु। अब त्यो जमानै त्यस्तो थियो। भएको कुरो म हैन भन्दिन, नभाको कुरो नभनौ, र आफै त्यसबेलाका अरु राज्य र राजाहरु सँग राखेर तुलना गरौ। आफ्ना पुर्खालाई थुकेर, दुइ हजार बर्ष अगाडिको कुरोलाई अहिले सँग तुलना गरेर कोहि ठुलो हुदैन।
 
Posted on 01-29-07 1:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
पिरेजी.......शाहबंशले धेरै कुरा लुकाएका छन्।
तपाइं संग एउटा दुइटा किताब बढि होला, मं संग एउटा दुइटा घटि होला। तर अधिकांश गलत छन अथबा यथार्थता लुकाएका छन।२००१ सालमा राजदरबारमा भएको हत्याकाण्ड बारे त्यहां देख्ने र अहिले सम्म बांच्ने बाहेक अरु कसैलाइ थाहा छ त ? कस्ले कस्लाइ मार्यो भन्ने कुरा। यो जम्मा ५ बर्ष अगाडिको कुरा हो। रक्तकुण्ड जस्ता इतिहास किताब अझै पनि डरले इतिहासलाइ उपन्यास भनेर बजारमा बिकृ बितरणमा आएका छन्। गगनसिंहको बिषयमा पनि त्यत्रो समय मौन बसेको नेपालि इतिहासलाइ तपाइ हामिले अब फेरि खोतलेर हेर्नु पर्दछ र? तपाइ हामिलाइ सबैलाइ थाहा भैसकेको कुरा हो। त्यसकारण तपाइ हामि संगै भएको नक्कलि इतिहांसलाइ हामि सबै मिलि अनुसन्धान गरि सत्य इतिहास कोर्नु परेको छ। यहाँ साझामा हामी झगडा गरेर केही फाईदा छैन.....
 
Posted on 01-29-07 2:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले झगडा गर्न खोजेको हैन, लागेको कुरो गरेको। मलाई त्यो रक्तकुण्डको सत्यता बारेमा त्यो किताब नपढी र त्यसका बारेमा अरु जान्ने बुझ्ने ले के भनेका भन्ने नजानी साँचो झुटो के हो भन्न मन छैन। छयालीस सालमा एउटा जनकपुर तिर बस्ने नवराज पौडेल हो कि के जाति हो केटोले 'भण्डाफोर' भन्ने किताप निकालेर मेरो टन्न पैसा लुटेको थिएँ, पछि पो थाहा भो, त्यो बकम्फुसेले मलाई बेवकूफ बनाएछ, घर बसेर मनपरि लेखेर किताप छपाएर। अझ भर्खर छापाखाना आउदा त्यो बिहार र नेपालतिरका छापाखाना मालिकहरुले 'फलानो ठाउमा फलानो रिक्सावालाले देउता देख्यो, पर्चा छपाएर बाड्यो र भोलिपल्ट चिट्ठा पार्‍यो, यो पर्चा पाउनेले पनि त्यसरि बाँड्नु पर्छ' भनेर हौवाफैलाउदै पर्चा बाँड्न लगाउथें। अहिले ज्ञानेलाई सरापे किताप बिक्छ भनेर त्यहि भण्डाफोरको पारा ल्याएको पनि हुनसक्छ, सहि पनि हुनसक्छ त्यो कुरो। म हतार गरेर किताप किन्ने वाला छैन।

फ्र्याङ्क्लि, मलाई न त्यो दिपेन्द्र मन पर्छ, न त्यो बिरेन्द्र, न यो ज्ञानेन्द्र। त्यो मुला बिरे, अठार बर्ष सम्म निरंकुश शासन चलाएर, आउने बित्तिकै शहिद यज्ञ बहादुर थापा र भिम बहादुर श्रेष्ठलाई मार्न लगाउने त्यहि हैन? हारवर्ड् पधेर गएको मान्छे को त्यहि बुद्धि हो? जहानिया शासन धेरै चल्दैन भन्ने उसलाई पहिल्यै थाहा हुनुपर्ने हैन? अनि छत्तिस सालमा त्यो के नाटक देखाएको नि? अनि जसले छोरालाई गजेडि बनाएर हुर्कायो, त्यो पनि अर्को राजा बन्ने छोरालाई, जसले छोराले एउटा केटि मनपराउदा नाना कुरो गरेर बिहे गर्न दिएन, त्यसको अन्त्य कस्तो हुन्छ त? तपाईको छोरो गाजा चरेश खाएर हिड्छ भने र तपाइले बढेको छोरोलाई त्यसरि दबाउनु हुन्छ भने उसले पनि एकदिन तपाईलाई हान्छ। अनि त्यो 'राजा' लाई नियम लाग्दैन भन्ने नियम कसले बनाएको? बिरेन्द्र आफैले हैन। मेरो बिचारमा त ज्ञाने र बिरे उहि ड्याङका मुला हुन। यिनि हरु मरे पनि, बाचे पनि, म यिनिहरुको लागि आँशु बगाउदिन। १ सालमा कसले कसलाई मर्‍यो, मलाई छु मतलब? यौटा हामीलाई मान्छे नगन्ने र दबाउने शाहले अर्को लाई मार्‍यो। पारसेले ज्ञानेलाई गोलि हान्यो भने म भोलि राज्यको ढुकुटि लगाएर ठुलो ठुलो अनुसन्धान गर भन्दिन, बरु त्यो पैसाले हुम्ला तिर स्कुल खोल भन्छु।हामी धेरै सोझा हुन हुन्न क्या। जसले नि लुट्छ, हामीलाई जे सुन्न मन छ त्यो सुनाएर पैसा लुट्छन। सत्य जे हो, त्यसैको पछि लागौ, त्यसैमा सबै जनता को कल्याण छ। हाम्रो देश त्यसै गरि बन्छ।

मेरा दुइ मुल्यहीन शब्दहरु।
 
Posted on 01-29-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire ji,

(pakkai pani tapai ma bhanda dherai bujruk hunuhunchha..Please accept my address accordingly!!)

I have copied and saved all your post in this thread...its 9 pages of "Dui Mulyahin Shabdaharu"....really nice and knowledgable stuffs...

After few threads I was curious and had thought is Prithvi Narayan Shah bad?? Though I dont know much about history....I just compared about Turky and Armenia (genocide??) issue, Russian Zars, Germany's Nazi issue and Rwanda and Bosnia's recent issue.. People all over the world assume these are the worst genocide or cruelty issues..If any one tries to compare such things with Prithvi Shah...then I fully conclude either they are ignorant on the issue or they are mobilised by mere sum or brain washed by bad teaching (like muslims are brain washed in their childhood and they become violent and stuborn to other religion).

Besides I have read India's Jhasi ki Rani and know how the Indian people respect her. I think in nepals issue Prithvi should be kept on top than Jhansi....We have to recognize and respect our own assets, people, culture, history...not to foreigners and written or given by foreigners....

similarly "We have to enable and recognize our own Rahulvai not Svern Trent for the long term water issue..."...
Rahulbhai, knowledgewala bhaneko knowledewala nai hunchha, padhelekheko bhaneko padhelekheko nai hunchha...

Now you are again gaining cents from me...!
 
Posted on 01-29-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ....... किताबको किरो पिरेले नि मिस्टेक गर्यो, हे हे हे, बिरे ले हार्वर्ड पढेको रे? बकम्फुस ।।। जे होस माम्पाखा र छु मतलब भन्न जान्या रहेछ, ल ल छ छ प्रगति -- मखुला ।

बिरेले त टोक्यो र क्याम्ब्रिज पढेको हो, हैन ?

आफु त किताबको किरो परिएन ..... त्यसमाथि किताबमा लेखिएको मात्रै साँचो हुन्छ भन्ने कहाँ छ र ?

सुनुम न गफाडि पिरे के भन्दो रहेछ बिरेले हार्वर्ड नै पढेको हो कि ? ..... हे हे हे
 
Posted on 01-29-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabad sathi hare ho , tapai haru ko bikrita maniskata dhekher malai yo pidhi ma janme dhikkar chha . paribarthan hunu swobhavik ho yedi desh ma ganatantra aauchha hami swagat gardachhu . tara tyesko namama pusta lai nai gali garne kaddapi saput hoena . Aafu janma dine aama ko charitra ko aadhhyen garer tini badhchalan niske bhane ke garnu huncha ? ithas lai paribarthan aathawa gali garneu bhanda bhavishya lai ramro nepal banauna ma tapaiko yuwa shoch lagya bhane sadhya hola . oralo lageko mirga lai ta shyal pani lakhetchha sathi haru lai chetana bhaya
 
Posted on 01-29-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i agree with some ppl here.
pire nice stuffs..
ahile malla le yekikaran gareko bahye..malla hunthiye nepal ka raja..
shah le jitey..uniharule yekikaran garey.
itihas uniharu ko nai hunubhayo ni.
tyesma k galat cha.
germany haryo..
hitler naramro bhanaiyo..tara uh ta rastrabadi nai thiyo ni..desh lai ramro garna khojeko thiyo..tara arurastra ko lagi satru bhako le garda naramro..
germany le jiteko bhaye..hitler ramro hunthiyo bhane america ka rastrapati naramra.
germany haryo..hitler naramro..
mallas haru harey so naramra bhaihaley..
aba shah le jityo ta uniharu kai nai huncha ni itihas..
in this world they don count ppl who loose.
ahile samma malla raja bhako bahye euta kura..hareyko raja jo le afno praja lai jogauna sakenan usko k ganti garnu..
shah le j bhaye pani expand garyo..
afno rajya gorkha bahek aru dherai rajja lagyo..
kina lagyo..jitey ra lagyo..
aru pani dherai thau ma raja thiye hola..aru raja ko nam kina aundaina..khali kina kathmandu ko auncha..
kina ki kathmandu rajdhani ho?
tyeso nai bhaye ta malla hbanda ta 24bisey rajja ka raja haru ko history padhnu parne..PNS le nasakera 22sey ma aunu paryo..24sey ko khai ta itihas..
coz they losttttt..
bottom line..shahs won..gorkha won..
so that is why we r nepal..
malla haru le jiteko bhaye or yekikaran gareko bahye beglai nam hunthiyo ki'.
ahile gorkhali hundaina thiyo ki?
haina ta...fact is fact ni aba..
 
Posted on 01-29-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुख्य कुरो के हो भने

अहिलेको मुद्दा पृथ्विनारायणलाइ नेपालको देउतै सरी मान्नु पर्छ वा मान्नु पर्दैन भन्ने होइन । कसैको आँखामा एकिकरण, कसैको आँखामा हस्तक्षेप, कसैको आँखामा उपनिबेश, बिश्लेषण गर्ने सबैसित पृथ्विनारायणका कामहरुला आ‍-आफ्नो तर्कबमोजिम प्रस्तूत गर्नको निम्ति मनग्य आधारहरु छन । यसमा कसैले मैले मात्रै जान्या छु, मेरै कुरोमात्र ठीक हो, तैले भन्दा बढी कितावहरु मैले पढ्या छु भन्ने फुर्ति लगाउन जरूरी छैन । किताबका ठेलि घोकेका, अनेक प्रमाणपत्र भिरेका मुर्खहरुको संसारमा कमि छ र?

अहिलेको मुद्दा त के हो भने सत्यतथ्यलाइ तोडमरोड गरेर एउटा निहित स्वार्थपुर्तिको निम्ति इतिहासलाइ बंग्याइयो, बाल्यकालदेखि झुठो इतिहास घोकाएर समाजमा राज्यले नियोजित तवरले नै सम्पूर्ण जनतालाइ भ्रममा फसाएर आफ्नो पकड बलियो बनाउने षडयन्त्र राज्यसत्ताधारीहरुले गरेको देखियो । जब वास्तबिकता बुझ्न थालियो, आफैप्रति आफ्ना आस्थाहरुप्रति आत्मग्लानि हुन थाल्यो र ती झुठ्टा इतिहासको बिरुद्धमा बिद्रोह बोल्न थाल्यो । शासन सत्ताधारी राजामहाराजा र तीनका चम्चाहरुका त्यस्ता निहित स्वार्थको पक्षमा जो जो लागे ती ब्यक्तिहरु नै बरिष्ठ बिद्वान बने, गोरखा दक्षिण बाहु लगायतका यावत तक्माहरु भिर्न सफल भए । इतिहासका मसिहा कहलाइए । तर बास्तबिकतालाइ खोतल्न इमान्दार प्रयास गरेकाहरुले सधै हण्डर र ठक्कर मात्रै खाए ।

पृथ्विनारायणले छलकपट, धुरत्याइ, धोखाघडि, बहादुरी, जे सुकै गरेको भएता पनि सत्य के हो भने उनका ती चालहरुलाइ समयमै ठम्याउन र उनलाइ पराजित गर्न तात्कालिन नेपालले सकेन । उनिभित्रको कुनचाहि अभिष्टले उनलाइ आफु आफ्नो बिजेता गोरखा राज्य र बीर गोर्खाली जनतासमेत परित्याग गरेर मुग्लान भासिएर काठमाण्डौ बस्ने रहर पलायो । यी कुराहरु अझै पनि इतिहासमा स्पष्ट रुपमा आएका छैनन जस्तो लाग्छ मलाइ । मुलधारका इतिहासकारहरु त खाली उनले महान एकिकरण गरे भन्दै उनका तारीफमा आइफेल टावरको श्रृजना गर्दै, उनका अवगुणहरु, अत्याचारहरुलाइ सकेसम्म लुकाउदै पदक थाप्ने प्रतिस्पर्धा मै ब्यस्त छन । उग्र राष्ट्रबादको धङधङिले नछोडेकाहरु पृथ्विनारायणको कर्तूतलाइ कोट्याउने बित्तिकै ' तेरीमा, उसले त्यति नगरेको भए अहिले भारतिय हुन्थिस ' भन्न बुर्लुक्क उफ्रिहाल्छन । थाहा चाहियो के यस्ता उफ्र्याइले तथ्य तोडमरोड गरीएको झुठो इतिहास सच्याउन सहयोग गर्छ ?

अर्को एउटा अर्थहीन प्रश्न पनि छ - बिरे, ज्ञाने, दिपे, पारसे जस्ता धर्तीका बोझहरुको कुकृत्यको दोषारोपण पृथ्वीनारायणलाइ किन? म भन्छु, यी धर्तीका बोझले तोडमरोड गरीएका इतिहासलाइ भजाएर खान कहिल्यै छोडेनन । "............. गर्नु शाहवंशको परम्परा हो" भनेर बर्षेनि नयाँ बर्ष, दशै आदिको सम्बोधनमा भनेकै हुन । यीनले राम्रा राम्रा पक्षमात्र केलाएर भजाएर खान्छ भने नराम्रो पक्ष केलाएर त्यसको जिम्मेवारी बहन गर्नु र गलतिलाइ सच्याउनु पनि यिनको कर्तब्य हुन आउछ । यी बोझिला सन्ततीले त्यसो नगरेपछि तीनको मात्रै होइन तीनका पुर्खाको पनि भण्डाफोर त गर्नै पर्यो नि ।
 
Posted on 01-29-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I respect PN shaha, if u tell urself nepali then u can't say u don't like him. Otherwise give back nepali passport to GOV. and why don't u guys just apply for US, AUS, UK, green card ? and if u think PN shah didn't do good, u better leave my country especially guys like sayami who he think himself as a historian, scientists, teacher, journalists, doctor, nurse, engineer, computer programmer, and one more thing i don't know who this sayami is but i didn't like him. PIRE JI, I also respect ur knowledge that u have, we need few people like u and it would be easy for them to repect the history and move ahead for coming days.

Respecting history gives you a knowledge which u can use in ur daily life. History repeats thats what scholor says, if u agree it repeats then u can learn lessons from it.

PN shah was a warrior, a fighter, a leader, who knew the moment. He is my fighter against any one who says he was a bad guy.

SAYAMi do u know how many red indian died when white people started coming to America ?
Now u tell me! do white people see george washington as their national hero or as a red indian killer. Washington also fought with british, now do they brit call him killer. Even brit respects him.

Gandhi was a bad guy in a way for brit, u know it. May be u don't cause u know too much rahulvai, sayami and like urs. they didn't like gandhi cause he was against their interest.

Guys i am not even graduated but i believe PN shah was great, he is our natinal hero.

HOw many newar, magar, tamang, rana, thapa, malla, shrestha, pradhan, he killed he is still my hero, cause he is the reason i can tell i am nepali. PN shah is the reason why we don't have to celebrate Natinal Independence day like july 4th here. sayami and his likenesss guys, don't u have shame, u call urself nepali and hate nepal. SHAME ON U SAYAMI,

Sayami u r the kind of guy who can be like hitler.
sayami u really have some talent use it for the overall good of humanity not only ur newar or bahun whatever, and don't be stubborn, kindda like jurk u know don't be them, respect history.

PN SHAH my national hero,
 
Posted on 01-29-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DOTpen:

If you don't know then you should not use your pen like that.Pire is not guffadi here.Yes,
Birendra went to ETON , England the for little while in Japan then HARVARD.not cambridge!
 
Posted on 01-29-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Imi

ए!!!! हो त है बिरेले पढेको कलेज इटन पो त, कहाँ मैल क्याम्ब्रिज लेखे छु । अनि हार्वर्ड गएकै हो त ? पिरेलाइ सोध्या कुरो तपैले पो जवाफ दीदया ? ठीक छ ठीक छ । जे होस पिरे लास्ट गफाडि चै हो के ,
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters