Posted by: pire January 29, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
सायमी, तिमिले भनेको घटना त्यो जय प्रकाश मल्ला लडाइ सकेर भाग्दा खेरिको त हैन? के भाथ्यो भने भाग्ने बेलामा जय प्रकाश ले नौतले दरबारको ढोकामा टन्न बिष्फोटक पदार्थ जम्मा गरेर भागेका थिए, लखेट्दै गएका गोर्खालिहरु धेरै त्यो पड्केर घाईते भएका थिए। तिमिले कुन किताबमा पढेका थियौ? किताबको नाम भनन। म सँग टन्न किताब छन, म पनि थाहा पाइहालुँ।मल्लहरुले नेपाल् भाषा नजानेको धेरै कारण छ। मन भयो भने त बर्मा बस्ने नेपाली, ग्वालियरमा बस्ने नेपालीले त बचाएर राखेका छन आफ्नो भाषा ति राजखान्दान ले नसक्ने कुरै छैन। नमारेका हैनन पृथ्विले मान्छे, मारे। तर त्यो जमानामा जयप्रकाशले के आफ्नै भाइलाई मारेनन? आफ्नै स्वास्नी सँग, आफ्नै सेनापतिहरु सँग, उनको संबन्ध कस्तो थियो? पाटनका प्रधानले आफ्नै राजालाई उनको रानीले देख्ने गरि दरबारको ढोकामा काटेर मार्दा रानीले कराउदा कोहि सहयोग गर्न नआयेपछि पाटनेलाई तिमिहरुलाई पनि बिपत्ति पर्दा कोहि सहयोग गर्न नआउन भनेर सरापेर उनि मरेकि थिइन्। (सतीले सरापेको देश भन्दा कतिले भिम मल्लको श्रीमति लाई भन्छन भने कोइ यिन्लाई)काठमाण्डुको समाज अस्ति सम्म कस्तो थियो? आफ्नो स्वास्नी अरु सँग लागेकि छ भन्ने थाहा भयो भने जारी काट्ने भनेर त्यो लभर ब्वाइ लाई काट्ने र स्वास्नीको नाक र ओठ काटेर बाटा खर्ची दिएर घर बाट निकल्ने चलन राणा काल सम्म थियो।लडाईमा मारिएका कुरा गर्ने हो भने पृथ्विका कति आफ्नै सिपाहि मरे, आफ्नो भाई शुरप्रताप को आँखा फोडियो, पाटनकाले प्रतापसिंह शाहलाई जैसी बाहुनको सहयोगमा शिकार खेल्न लगेर मार्न खोजेका थिए। त्यो सबै षड्यन्त्रको जमाना थियो बाबा, अहिले को जेनेभा कन्भेन्सन थिएन त्यसबेला। तर यौटा कुरो तपाईले बुझि राख्दा राम्रो हुन्छ, गोर्खाली हरु के सबभन्दा क्रुर थिए त? मैले क्रुरता पनि पढें, जस्तो पुर्बमा लिम्बुहरु प्रतिको। तर, सभ्यता पनि, क्याप्टेन स्मिथले सन १८५२मा लेखेर छपायेको किताब (उनि नेपालमा राजदुताबासमा काम गरेर फर्केका मान्छे हुन)मा भनिएको छ कि अङ्ग्रेज फौज हरु गोर्खाली हरुले सभ्य तरिकाले लडेको देखेर छक्क परेका थिए। त्यसबेला सम्म उनिहरुले लडेका बिरोधीहरु मरेका सैनिकको लाशमाथि तरबार चलाउने, लाशको बेइजत गर्ने, लाशको जुत्त र कपडा थुतेर लैजाने गर्थे। नेपालीहरुले कहिले त्यसो गरेनन। ति साँझ परेपछि युद्ध रोक्थे, र लाश लैजान दिन्थे। लाशको कपडा लुट्ने, रीसले अङ्ग काट्ने गरेनन। ति युरोपका सभ्य मान्छे जस्तो लड्थे (लेखकको भनाईमा, मेरो भनाईमा त हामी ति मोराहरु भन्दा सधं सभ्य छौ), र सभ्यता देखि त्यति पर त्यस्ता सभ्य र बिर लडाकाहरु देखेर अङ्ग्रेज पनी छक्क परेका थिए, यसैले त्यो लडाइ सकिने बित्तिकै एकजना नेपालीले युद्धबन्दी बनाएका क्याप्टेन योङ, जो मृत जनरल जिलेस्पीका सहयोगी थिए, ले नेपालीलाई भने, 'के हाम्रा लागी लड्छौ?अरु गोराहरु त छक्क परेका थिए। यो मोरा गोर्खेहरुको के भरोसा, यिनिहरुलाइ कहाँ तह लगाउन सकिन्छ होला र आदी भन्दै। तर योङ ले त्यहि बल गरेर दुइ वटा बटालियन बनाएका थिए, सिरमोर बटालियन र नौसिरि बटालियन, जुन अहिलेका गोर्खा सैनिकका सबभन्दा पुराना बटालियन हुन। येनि वे, लडाइमा सभ्य तरिकाले लड्थे भन्ने कुरो मा शंका छैन, तर कुटनीति पनि गर्थे उनिहरु। अब त्यो जमानै त्यस्तो थियो। भएको कुरो म हैन भन्दिन, नभाको कुरो नभनौ, र आफै त्यसबेलाका अरु राज्य र राजाहरु सँग राखेर तुलना गरौ। आफ्ना पुर्खालाई थुकेर, दुइ हजार बर्ष अगाडिको कुरोलाई अहिले सँग तुलना गरेर कोहि ठुलो हुदैन।
Read Full Discussion Thread for this article