Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 झुठ्ठा ईतिहास ।

[Please view other pages to see the rest of the postings. Total posts: 136]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 41599 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 01-27-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईतिहास सधैं जित्नेहरुको लेखिन्छ र हामीलाई आज तिनै ईतिहास पढाए ।
म सानो छंदा मलाई तेही ईतिहास पढाईयो र त्यसैलाई सत्य ठाँने । भागेर गएको राजा ले प्रजातन्त्र कसरि एक् मुठि कागज् मा ल्याए, त्यतिबेलाको बाल् शुलभ मस्तिष्कले प्रश्न गर्न सकेन। नेपालि कांग्रेसको शसश्त्र बिद्रोह र मुक्ति सेनाको नामो निशान थिएन। भगुवा राजा लाई प्रजातन्त्रको प्रतीक् मान्यौं।


आधुनिक नेपालकै बिषयमा बिद्यावारिधि गरेका इतिहासबिद् डा त्री-रत्न मानन्धर् का अनुसार् पृथ्बी नारायण् शाह लाई महान् भन्न नमिल्नी थुप्रै कारणहरु छन्। मैले आइ एस्सी पढ्दा त्रीभुवन् बिश्व बिद्यालयबाट् प्रकाशित् नेपाल् परिचय नामक् पुस्तकमा बूंदागतरुपमा उनको बारेमा हामीले नपढेका काला करतुत् हरु लेखिएका छन्।

१- उनिएए सन्काहा राजा थिए।मकवानपुर्को सेन बंशी ससुराली जाँदा,आफ्नै सालालैइ जुत्ता लगाएर सलाम गर्‍यो भनेर त्यहिं छप्काएको घाटना ले पुष्टी गर्दछ ।

२- आफ्नो सामराज्य बिस्तार गर्ने क्रम:मा, उन्ले आफ्न भाइ भातिजहाँरुको खूब दुरुपायोग गरे । फलानो राज्य जितिस् भने तेरै राजा हुन्छ लडाईं गर्न पठाउने अनि जिते पछि तीनाइ भाइ भातिजहाँरुला कोठारिमा जाक्ने थुप्रो उदाहरण छन्।
३- पहिलो पटक नुवाकोट हान्दा उन्का सैनिक ले नराम्रो पराजाय भोग्नु परेको थ्यो । त्यस टोलिका सेनापति(शायद बीर ध्वज हुनुपर्छ) र तीनका छोरा लाई उनले देश निकाला गरी दिए । त बीर ध्वज र तीनका छोरा को बीरता बाट प्रभाबित भएर नुवाकोटे राजाले आफ्नो सेनाको नेतृत्व गर्ने प्रस्ताव राखे। पछि दोस्रो पटक् हो कि तेस्रो पटक् गोर्खा सेनाले आक्रमण गर्नु अगाडि, उनले तिमी मेरै सेनापति हौ, किला छोडि देउ भनेर सन्देश् पठाए। त्यस्को जवाफमा बीर् ध्वजले मैले अहिले जस्को नून् खाएको छु, तेसकि सोझो गर्छु, किल्ला छोड्न मेरो ख्सेतृय धर्मले दिदैन भनेर लेखे। नुवाकोत् हार्यो र बीर् ध्वज् लाई युग्ध बन्दी बनाइयो। पृथ्बी नरायन शाह् ले बीर् ध्वजलाई जिउंदै छाल काढेर मारे। जिउदै छाला काढ्ने जस्ता अति अमानबिय कार्य गर्ने राजालाई महान् भन्न सकिन्न।
४- कीर्तिपुर् को घट्ना त धेरैले पढेको सुनेको कुरा हो, यहा उल्लेख गरि रहनु नपर्ला।

मित्रहरु, मैले २३ बर्षाघि पढेको सामाग्री सम्झे जति लेखेको हुं। अरु पनि थुप्रा त्यस्ता नीच काम् कुरो लेखिएको छ त्यस्मा, मौका मिले पढ्नु होला। हामीलाई झुठ्ठा इतिहास् पधैएको थ्यो र आज् पनि धेरै जना तिनै मुशल्मान् का सन्ततिहरुलाई, हिन्दु राजा भनेर स्तुती गाइरहेकाछौं।

 
Posted on 02-02-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सायमि जि,
ज्ञानगुनका कुरा, जेठो पिँडिबाट भन्ने अर्को धागो म शुरु गरिदिन्छु । सायद, त्यस धागो मा तपाईको प्रश्न जस्तै अरुका पनि प्रश्नहरुका जवाफ पाइन्छ कि?

उक्त धागोलाई एक सफल ज्ञानबर्धक धागो बनाउन तपाइको पनि सक्रिय सहयोग हुने छ भन्ने आशा गरेको छु।
 
Posted on 02-02-07 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टापटिपे ब्रो,

ठुलै पाप गर्नु भयो कि क्याहो? गौदान नै गर्न पर्ने भएपछि त सान्तिनो पाप त हैन होला।

जे होस, अब अरु पाप नगर्नु होला। अझ जे होस, च्याट तिर गएर माइनरहरु सँग गफ त गर्नु भा'छैन? यता त पुलिसले छोड्दैन तपाईलाई। पिरेले गौदान गर्दिन्छ र मुक्त भैहाल्छु नि भन्ने झुट्टा आशामा अपराध नगर्नुस है।

बिरभद्रब्रो,

पुरा समर्थन है तपाइको कुरोलाई।
 
Posted on 02-02-07 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागोमा सायमिले सोधेको प्रश्न त "बिना प्रसँग" र "तालनसुर" को जस्तो लागेन है मलाई। बरु "हजुरको बुवाले तीसबर्ष पहिले त्यो सेन्टम्यारिज पढ्ने बस्नेतनीलाई लाइन मार्न खोज्दा झन्डै गोदाइ खाको कुरो यहाँ उठाएँभने के गरिसिन्छ?" चैं कत्तिको सान्दर्भिक छ थाहा भएन। के यो कुरो यो धागो संग मेल खान्छ?
जे होस कुरो लाइ कसरि, कुनबेला, कुन कुलोमा बगाउंदा र बङ्याउंदा थिक हुन्छ भन्ने कला चैं सिक्नै पर्ने भाछ, ता की अरुमथि जत्तिनी लान्छ्ना लगाउन पाइयोस्।

आई. एस्सि. पढेको पार लाउन गारै होला जस्तो छ। होमवोर्क् गर्न बसेकी, यो साझाले अल्झाउनु अल्झायो।
 
Posted on 02-02-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sayami bro,

Disclaimer: i donot know if it kaato khane is for real or just a myth so don't quote me

to answer your question it is very difficult. i asked few bahuns they have not heard about it. It is at least for sure unique to nepal royal family i think (provided the story is true). Hinduism has so many things that are not mainstream and it is difficult to pin point where what started. If i have to Quess i would say it could be of tantrik origin. In india some nutcase still practices child sacrifice and heinous crimes like that in remote places.
 
Posted on 02-02-07 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pire ji khai kata ho kata sune ko thiye pap na sap ghupto pari thap.....testo kunai pap ta bha chaina..gaudan nai garnu parne..!! tar tapai gaudan linuhuncha ki jasto lagera matrai ho.....ani cha ni tyo tapai haruko bhanai....nuwaran ko nam samjhera boto ma tira dhakel dinu bhhane..!! tesaile hai............no hard feeling.
 
Posted on 02-02-07 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
Hi all,
I have just started a new thread काट्टो,काट्टु,काटी,काटेको साझा खोजी......
If you know more about Kaatto. Please post there. Thanks.
 
Posted on 02-02-07 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'हजुरको बुवाले तीसबर्ष पहिले त्यो सेन्टम्यारिज पढ्ने बस्नेतनीलाई लाइन मार्न खोज्दा झन्डै गोदाइ खाको कुरो यहाँ उठाएँभने के गरिसिन्छ?"

ati ho ke yo chai. yehi bata thaha hunchha pire piro matrai haina jyanmara khursani hunu parchha . jankariko lagi ma pani bahun hu tara
<<<<>>>>>>
ofcourse pire Ji tara kunia kunai bela pachauna gaharo paryo ... pet dukhera ni hajur jasto viddhan ko chheu ma bolne jhimmat gareko .
 
Posted on 02-02-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रानीसाप र ज्योत्सनाज्यु,

रिसानी माफ पाउँ।

तर मेरो उद्देश्य त्यही थियो: हजुरहरुलाई जसरी बिना प्रसँग पिरेले त्यो कुरो गर्दा पचाउन गार्‍हो भयो, मलाई पनि सायमीले बिना प्रसँग काट्टो खाने बाहुनको बारेमा कुरा गर्दा पचाउन गार्‍हो भयो।

बाबुराम्रले इतिहास तोडेकि तोडेनन, वा पृथ्वि महान थिए कि थिएनन भन्दाभन्दै हाम्रा सायमी मित्रले, जसले अरु ठाउहरुमा बाहुनबादको चर्को बिरोधगर्नु भएको छ र मधेशको समस्यामा पनि बाहुनबादको हात देख्नु भएको छ, सिधै काट्टो खाने बाहुनको बारेमा सोध्नु भएको मलाइ चित्त बुझेन।


म फेरि पनि के भन्छु भने हरेक देशको इतिहास रगतले लेखिएको छ। त्यस्तै हरेक संस्कृतिमा विकृतिहरु छन। त्यो बिकृति देखाएर आफु मख्खपर्नु, अरुलाई होच्याउन खोज्नु बेकार हो।

अब रानिसापलाई मैले चिनेको पनि छैन, केटा हो कि केटि पनि थाहा छैन, यो साझामा म आको कत्ति नै भा'छर? तर मैले त्यसओ लेख्दा वहाँलाई चित्त दुख्यो, हेरिस्यो है। त्यस्तै हो, हामीले अरुलाई जे पायो त्यहि भन्ने, अरुलाई संस्कृतिको आधारमा, उनीहरुको हेरिटेजको आधारमा होच्याउन हुदैन। ब्राह्मणहरुको योगदान पनि छ, जस्तो भास्खर, आर्यभट्ट, ब्रह्मगुप्त आदि गणितज्ञहरुले सातौ शताब्दि देखि बार्‍हौ शताब्दि सम्म गणितमा योगदाअन, उनिहरुको किताब अरब हुदै युरोप पुग्यो। पुरानो जमानामा जातभात यदि ब्राह्मणले शुरु गरेका हुन भने त्यसलाई काठमाण्डुमा नेवारराजाहरुले स्वेच्छाले भित्राएका हुन। जयस्थितिमल्ल ले आफ्ना ससुराली गाउं(जनकपुर) का झा ब्राह्मणलाई ल्याएर काठमाण्डुमा सार्‍है भएन, अलि नियम कानून मिलाउनु पर्‍यो, जातजाति छुट्ट्याइदिन पर्‍यो भनेर ल्याएका थिए। खोतल्दै जाने भने को को खराब निस्कन्छन तिनका अहिलेका सबै सन्तानलाई दोष दिने? यहाँ कुरै गर्दा पोहोर साल चँगेज खानको बारेमा पढ्दा के पढेको थिएँ भने उसलाई धेरै आइमाई चाहिने, जता पनि मंगोल बंश चलाउनुपर्ने रे। अहिले त्यसैले चिन र उसले शासन गरेको एरियामा एउटै जिन बाट डिसेन्ड भएका बत्तिस मिलियन मान्छे छन रे। अब चँगेज खानले अपराध गर्‍यो भनेर ति सबैलाई सधै सराप्ने त? अरु किन, त्यहि जँग बहादुरका सन्तान हेर्नुस न, कस्तो सुकुम्बासी भएर हिडेका छन, के तिनलाई जँगेको पाप लाग्छ? त्यस्तै हो
 
Posted on 02-02-07 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरे जी, यो धागो त अन्त सन्त पुगे छ । ब्राम्हण र अरु जातीको बिबाद गरी रहनु नपर्ला जस्तो छ ।
अरुले बाहुन ( तपाईं आँफैले पनि) भने पनि म चाँही ब्राम्हण नै भन्छु । किन कि मलाई ब्राम्हण को अर्थ थाहा छ । मैले नि अधययन नै गरेको हुं । ब्राम्हण कुनै जाती बिशेष होइन । मलाई भन्दा बढी तपाईं लाई थाहा होला, यस् बिषयमा । अस्तु!
 
Posted on 02-02-07 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
यो पिरे त पंण्डितनै रहेछ। काट्टोखाने बिषयले निक्कै मर्का परेकै रहेछ। मैले मेरो डाटा बैकमा यो बिषयमा अलै डेफिसिट भएकोले नलेज मेन्टेनेन्स गर्न खोजेको हाम्रो पिरेजित सेन्ट मेरिज तिर लाग्नु भो!
 
Posted on 02-02-07 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलब्रो, ल, मेरो लक्ष्य पनी जात को कुरो नगरौं भन्ने नै हो। मेरो बिचारमा काठमाण्डुमै जातको चर्को स्वर गर्ने कतिपय राजनीतिज्ञहरु (जस्तै, पद्म रत्न, मल्ल के सुन्दर, स्थापीत हरु)लाई पनि जातको साँच्चै कुनै मतलब छैन। उनीहरु सबै मोडर्न हुन। तर जस्तो अमेरिकामा ठिटा रिपब्लिकनहरुलाई गे म्यारिज सँग रीस नउठेपनि आफ्नो भोटको लागि रीस उठेझैं गर्छन, तिनले पनि त्यस्तै गरेका हुन। तपाईनै भन्नुस, के तपाईले बाहुन भनेर कसैलाइ त्यत्तिकै मान गर्नु भा'छ त? जमाना चेन्ज भैसक्यो, हामीसबलाई था'छ।

सायमी ब्रो, काट्टोको चलन तपाईलाई यति खेर किन जान्न मन लाग्यो त, कुनै सन्दर्भ बिना?
 
Posted on 02-02-07 11:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
Its good idea to have a healthy discussion.

Our old society generated a 'Katto' system. Truely speaking, Newar was a component of that

society at that time.

Jai Nepal
 
Posted on 02-02-07 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सायमिको सवाल लाइ एक ताल म फेरि यहां राख्न चाहन्छु।

"नेपालमा राजा मरिसके पछि राजाको गिदिको टुक्रा अर्थात काटि भन्ने किन खुवाइन्छ? र काटि खाने काममा बाहुनजातिलाइ किन खटाइएको हो? यस चलनको पछाडिको कुरा चाहिं थाहा पाइएन र यो चलन नेपालमा कहिले देखिन शुरु भयो त भन्ने कुरा पनि कतै उल्लेख गरिएको पाइएको छैन। कृपया तपाइलाइ जानकारी भए अलि खुलस्त पारी दिनुस न!!"

शाह् दरवार र नेपालको इतिहाससंग जोडिएको एस धागोमा उक्त प्रश्न सान्दर्भिक छ। पिरेलाई चैं पर्नु पिर् परेछ (खै के हो आफैलाई भनेको भन्थानेछ)। अपच्येको झोंक मा बेसूर कि बोर्ड् हान्न थालेछ। "चोरको खुट्टा कात्" भनेझैं झै गरी।

एने वे, "नेपालको इतिहास" हरेक नेपालीको चासोको बिषय हो। यसलाई हचुवा तालले लेखिनु हुन्न। पहिलेकाले जे जति लेखे त्यस्लाई बिना प्रमाण् सच्याउन मुस्किलै पर्ला। आशा छ अब लेखिने इतिहास् हरु त्यस्ता हुने छैनन्। भनिन्छ "इतिहास पढेर वर्तमान् बनाउनु छ अनि भविश्य कोर्नु छ।" हाम्रो देशको भद्रगोल वर्तमान त्यही "झुट्ठा इतिहास" को उपज त हैन?
 
Posted on 02-03-07 12:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रानीसाप,

अब कति झगडा गर्ने। तपाईको कुरो मा म असहमत छु, त्यो काट्टो संबन्धी। कसरी शाह र इतिहासकार बाबुराम आचार्य (जो बाहुन हुन, र जसलाई बेकारका लाञ्छना लगाइदैथियो यो धागोमा) को गन्थन हुदा त्यो रिलेवान्ट भयो? त्यसो भए त किन अस्ट्रेलियालाई क्रीकेटको राजा भन्ने? भन्ने प्रश्न पनि रेलेवान्ट हुन्छ, आखिर राजा भन्ने शब्द त्यहा छदैछ।

अर्को प्रश्न रानीसाप, तपाइलाई हाम्रो देशको इतिहास कसरी संकलन गरिन्छ जस्तो लाग्छ? राजाले दरबारमा बसेर लेख्छन् भन्ने ठान्नु भा'छकि क्या हो? ए बाबा, एउटा मात्र श्रोत हुदैन क्या इतिहास लेखनको। पृथ्विभन्दा अगाडिको इतिहास अलि गोलमटोल छ, तर पनि धेरै जसो इतिहास हरु ताम्रपत्र, शिलालेख आदिहरुको सहयोगमा लेखिन्छ। नेपालको इतिहास भारतको भन्दा निकै सुरक्षित भएकोले राणाकाल भन्दा अघि पनि जुनागढ, बृटेन आदि ठाउँका विद्वानहरु आएर रिसर्च गरेर गएका थिए। किन भन्दा भारतमा मुसलमानले आक्रमण गर्ने, मौसम पनि खराब भएकोले त्यति संरक्षण हुन सकेको थिएन, तर हाम्रोमा त आहाहा, जम्मै रेकर्ड जस्ताको तस्तै भने हुने, खाली मान्छे मात्र मर्ने, अरु सबै रेकर्ड बाँच्ने, हेर्नुस है। अब मानदेबको पालाको मानङ्क सिक्का त अहिले खोजे पाइन्छ भने तपाई आफै सोच्नुस त कस्तो डिटेल छ होला हाम्रो इतिहास, त्यो ठकुरीको पालाको बाहेक।

अझ पृथ्विको पाला देखि यताको त कुरै नगरम। त्यसबेला देखि त बिदेशीहरु पनि आउने जाने गर्न थालेका थिए। अब तपाईलाइ थाहै होला, त्यो बेला कलकत्ता आदिमा जर्नल हरु निस्कन्थे, उदाहरणको लागि नेपालको किर्तिपुरको लडाईको बिस्तृत रिपोर्ट एसियाटिक सोसाइटिको जर्नलमा सन १७८९मा छापिएको छ। त्यो जर्नलमा त नेपालको बारेमा थुप्रै कुरो हरु त्यसपछि छापिएको छ। अझ तपाइलाई अर्को उदाहरण दिन्छु, यो राजेन्द्र राजा हुँदाको कुरो हो। सुरेन्द्रको आमा रिसाएर भारत जाँदा बाटैमा मरिन, अनि इण्डियाको एउटापत्रीकाले राजाले बिख ख्वाएर मारे भनेर लेखिदिएछ, बाउछोरा(राजेन्द्र सुरेन्द्र)मा त्यसपछि बबाल झगडा। सुरेन्द्र फेरि त्यस्तै रिसाहा, अनि बरखी बारेकै कपडामा बाउछोरा गएछन बृटिश दुताबास र राजेन्द्रले त्यहाको राजदुतलाई जसरी हुन्छ त्यो साला पत्रकारलाई हाम्रा हजुरमा पेश गर, मत्यसलाई छाला काढेर नुनचुक दलेर मार्छु भनेर कुर्लेछन, हेर्नुस है।पछी फेरि बाउछोरानै एकापसमा मुक्कामुक्कि गर्न थालेछन, यो सबै कुरो सय बर्ष भन्दा बेसी अघि छापिएको एउटा कितापमा पढेको थिएँ मैले।

भने मैले भन्न खोजेको निचोड के भन्दा पृथ्विको पाला देखि यताको इतिहास तोडमोड गर्न सजिलो छैन। धेरै मान्छे त्यो बेला जान्ने भैसकेका थिए। साच्चै भन्नेहो भने त्यो बेलाका मान्छेहरु पनि हामी जत्तिकै बुद्धिमान थिए भन्ने त मान्नुहुन्छ नि?उनीहरुको सोच्ने शक्ती हाम्रै जस्तो थियो, हो हामी उड्ने भएका छौ, र कतिपय नयाँकुरा हरु हामीले पत्त लगाएका छौ, फलानो रोग कसरी हुन्छ या आकशमा बिजुली किन चम्किन्छ भन्ने आदि। तर ह्युमन रिलेसनर बिहेबियर अन्डर्स्ट्यान्डिङ् गर्ने कुरोमा हाम्रा पुर्खा पनि कम थिएनन, आफुलाई अन्याय भएको भए ति पनि चुप लाग्दैनथे भन्ने तपाइले मान्नु हुन्छ नि। भलै ति अहिलेको जस्तो जुलुश नगर्लान तर अरु तरिका थिए बिरोध र संगठन गर्ने त्यो बेला पनि। (सहि भन्नु पर्दा, त्यो बेला पनि सुरेन्द्र अहिले को पारस जस्तो पिराहा भएर सार्‍है दुख दिदा ६७५ जना सिविल सोसाइटिका मान्छेले महाराज यसलाई तह लगाउनु पर्‍यो भनेर बिन्तिपत्र दिएका थिए, जुलुस गरेर र एक महिन सम्म काठमाण्डुमा तनाव भएको थियो।)

आदि। जे होस, इतिहास खोजेर ढुक्क सँग पढ्नुस। त्यो सात कक्षा वा टेक्स्ट्बूकको इतिहास हैन, बुढाले लेखेको वा अरु फेमस हरुले लेखेको पढ्नुस। धेरै कुरो बुझिन्छ। सके मेरै जस्तो इतिहास मा PhD गर्नुस:)
jadau.
 
Posted on 02-03-07 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rani saheb ra sayami ko bhasa ma' Discrimination'prasasta bhetincha.
bahunle गिदिको टुक्रा अर्थात काटि khaye ta aru jati ( mukhyata yeha Newar )lai kina daha lagyo ? manchhe ko sochai change bhayeko chha ahile kasailai khuwaunai man lagdaina ta kasaile khuwaune manchhe napayera dukha manira hunchhan .. testo mauka chhopera gaisyos ranisaheb ra sayami ji KATI khana paihalsincha ki.
 
Posted on 02-03-07 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Where is this thread going????
why is this rani and syami racist are attacking Pire????
We are talking about history of PN shah... Now you guys cannot compete with the knowledge of Pire ...have started personally...wow..great going..intellects and PHDs!!!!!
 
Posted on 02-03-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i have nothing to say to pire. he has knowledge. sayami u also arent bad but still u r too racist to b called a person with knowledge.. i m racist too.. ma jatibadi bhanda badhi rastrabadi kura ma dhyan dinchu.
there is no point in sayin pNS did this or that. He won n unified Gorkha(Nepal).
today because of that u proudly say u r a Nepali. Tyo garva garera bhanine sabda ko shreya kaha jancha? desh bhakti kura katera audaina. bhitri mann le jaba afulai prasna garna thalcha ma ko huh, mero bhumi kun ho, ma jun kuna ma gaye ni k bhaniyera chininchu.
Newars had ktm, PNS won. Jasle jityo uskai bhayo. kurai garne ho bhane ta limbu rajya jun bhanincha tyo ta lepcha ko ho. ahile lepcha ko majority bhako thahu sikkim ko border side ko gahun ma bhetincha. aru thau ma pani bhetincha tara typical lepcha gahun chahi tyo ho. k aba lepcha haru le pani that is ours bhanera aune? hami history khali PNS ko barey ma kina padhcham..coz usle banako desh ho. aaru pani ta dherai rajya haru thiye. gurung haru paschim bata ako bhanchan nepal ma..tara gurung "tamu" haru uta Burma side dekhi liyera lepcha lai pani ganindo racha. jasari burmeli haru racially change bhaye genghis khan ko invasion pachi. burmeli haru kirati bhanincha. kina ki tiha kird ajhai chan. kird aka kirat aka kurd. k aba sabai le hamro bhanera claim garne?
J ho bastabik kura kei mai simit garera basda ni huncha ni.
Gorkha le jityo ani nepal banayo. tei nepal ma aja hami bascham, ani kina jhutta itihas bhancham. Itihas ko jahile pani dui patro huncha. Ek patro jitne haru le lekhchan bhane arko parto harne haru le. tara jitne ko le nai jitcha kina ki usle physically pani jityo mentally pani jityo. duita lai jaadhyo bahne niskarsha ma aucha. yeha bahun bahun bhanera dherai karako dekhchu sayami dajjai. aba newar bhanera karako chaina hami.
Newar ra tamang ko biha bari chalthiyo. valley newar ko thiyo bhane valley bahira ka pahad ma tamang pani basthiye. biha bari chalthiyo. pachi dusmani bhayo..ani jasle newar lai biha garyo uh 13 jaat bhayo tamang ko. katto ko barey ma kei galat lekhnu ta bhako chaina sayami jiu le. sahi nai ho. bro lai euta lukeko itihas thaha cha ki chaina?
muslim invasion ma khali kathmandu ko pashupatinath lai lutey bhanchan tara k k bhayo thaha cha ta?
bhannu parcha bhane bhannus?
bahun ko choro
 
Posted on 02-03-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Discussion gajjab gayirakheko rayechha. Lekham lekham healthy way le. padna majja audo rayecha. Infact I didnt know a lot of people did research and published something during that time. I thought those things were merely done before 2004. But I wonder why we nepalese still behave like bheda bakhara ( in general - no offense to any one please)? If we see the things happened in nepal for last decade, does any one feel that things were done in a civilized way?
 
Posted on 02-03-07 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey rahulbhai, pire and sayam esp pire and sayamii....don't go for personnal revenge...lets try to put hte truth ahead....u know actually.....i learned a lot from this thread esp from rahul bhai and pire......though both of your knowledge might not be right or wrong....so if u really want healthy discussion then please don;t put your personal rivalry in this thread...let learn or know other people openions......though the tile of this thread is "jhutto itihas"...i'm perceiving it as "ithas"...so don'e disappoint reader like us who are good listener than speaker.........
 
Posted on 02-04-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार साथीहरु,
म कुनै ईतिहास को ज्ञाता हैन तर पनि मेरो अलि अलि भएको दिमाग ले सोच्दा जुन कुरा हो अथवा भएको थियो होला जस्तो लाग्छ त्यही कुरा साथिहरु माझ राख्छु। पिरे ज्यु, मैले हेर्दा सायमिज्यु का कुरा असान्धर्बिक जस्तो लाग्दैन किन भने यो धागो कुनै एउटा राजा को बारेमा नभै इतिहास् का त्रुति हरु खोज्न को लगि सुरु गरिएको जस्तो लाग्छ। इतिहास् मा धेरै कुरा झुठो छन त्यो त अन्धो ले पनि देख्न्न सक्छ ।

पृथ्वि नारायन् बाट नै सुरु गरुं, उन्ले जुन राज्य हरु जिते त्यहाँ का बसिन्दा हरुलाई आफ्नो फौज मा सामेल गरे, त्यस्मा राई, गुरुङ्, मगर्, लिम्बु, बाहुन्, छेत्री सबै थिए सबै ले वीरता का साथ लडे र मरे पनि, तर ईतिहास मा नाम कोर्न सफल भए खाली छेत्री र ठकुरी हरु मात्रै, अरु जात जाती माथि अन्याय भएको जस्तो देखिदैन र? जब अङ्रेज हरु गोर्खालि वीर हरु भनेभने अझै सम्म मङोलिएन् हरु मात्र चिन्छ्न भने, हाम्रो आफ्नै ईतिहासमा उक्त बर्गका वीरहरुको खै त सम्मान गरिएको ? के यो हेपाहानिती हैन त? अरु जाति को योगदान को कदर नगरि खाली ३-४ जना सेनापतिहरुलाई वीर भनेर देखाइएको हाम्रो इतिहास् मा के त्रुति नहोला त? मैले त्यती ईतिहास पढेको त छैन, जती आइ एस्सी सम्म पढें त्यती मात्र हो, तर जती पढे त्यस्मा ईतिहास कम र कुनै बर्ग वा जातिको गुणगान गाथा बेसी जस्तो लाग्यो ।
भन्ने बेलामा सबै समान तर ७ साल् पुर्बको ईतिहास हेर्दा देश बिकासमा अरु कसैको योगदान् नै नभ एको जस्तो देखिन्छ ।

म नेवार हुं र अरु जाती बारेमा धेरै ज्ञान छैन, त्यसैले नेवारी को नै अलि कुरा गरौँ । ईतिहास मा नेवार लाई ब्यापारी भनेर देखाइएको छ, के सबै नेवारहरु सांचिकै ब्यापारी हरुमात्र हुन् त? पृथ्वी नारायणलाई रणभुमिमा सबैभन्दा नराम्रो माथ दिने नेवारहरुनै हुनु पर्दछ
र उनले नेवारहरुलाई लडाईंमा कहिलेपनि जिते जस्तो पनि लाग्दैन, जितेपनि छलकपट ले जिते र पनि किन ईतिहासमा नेवारलाई फौज र युद्ध कला को लागि अस्अक्छ्यम्, र ब्यपारमा मात्र निपुण भनेर चित्रण गरिएको हो ? के यो नेवारहरुलाई राजनीतिबाट टाढा राख्न्ने ईतिहास को चाल हैन र ?
 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters