Posted by: maiya_rani February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
सायमिको सवाल लाइ एक ताल म फेरि यहां राख्न चाहन्छु। "नेपालमा राजा मरिसके पछि राजाको गिदिको टुक्रा अर्थात काटि भन्ने किन खुवाइन्छ? र काटि खाने काममा बाहुनजातिलाइ किन खटाइएको हो? यस चलनको पछाडिको कुरा चाहिं थाहा पाइएन र यो चलन नेपालमा कहिले देखिन शुरु भयो त भन्ने कुरा पनि कतै उल्लेख गरिएको पाइएको छैन। कृपया तपाइलाइ जानकारी भए अलि खुलस्त पारी दिनुस न!!" शाह् दरवार र नेपालको इतिहाससंग जोडिएको एस धागोमा उक्त प्रश्न सान्दर्भिक छ। पिरेलाई चैं पर्नु पिर् परेछ (खै के हो आफैलाई भनेको भन्थानेछ)। अपच्येको झोंक मा बेसूर कि बोर्ड् हान्न थालेछ। "चोरको खुट्टा कात्" भनेझैं झै गरी। एने वे, "नेपालको इतिहास" हरेक नेपालीको चासोको बिषय हो। यसलाई हचुवा तालले लेखिनु हुन्न। पहिलेकाले जे जति लेखे त्यस्लाई बिना प्रमाण् सच्याउन मुस्किलै पर्ला। आशा छ अब लेखिने इतिहास् हरु त्यस्ता हुने छैनन्। भनिन्छ "इतिहास पढेर वर्तमान् बनाउनु छ अनि भविश्य कोर्नु छ।" हाम्रो देशको भद्रगोल वर्तमान त्यही "झुट्ठा इतिहास" को उपज त हैन?
Read Full Discussion Thread for this article