Posted by: pire January 28, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
राहुलभाई, धन्यबाद, तपाईको स्वीकरोक्तिलाई। धेरै कम मान्छेले यसरी इन्टर्नेटमा अरुले आफ्नो खोट औल्याइदिदा शालिन भएर जवाफ दिन्छन, नत्र त हाम्रो देशमा आफुले नजानि नजानि कुरो गर्‍यो, अनि अरुले 'यो हैन बाबा' भन्दा रिसाएर गाली गर्‍यो गर्ने नै धेरै छन। त्यो नेपाल परिचय भन्ने पुस्तकका लेखक को हुन, भन्नु भए आभार हुन्थें। इतिहास शिरोमणिलाई नेपालमा राजाको चाटुकार भनेर गाली गर्ने पढेलेखेको मान्छे मैले अहिलेसम्म भेटेको छैन। वहाँ त हामी सबैले इज्जत गर्न पर्ने मान्छे हो। म फेरि पनि भन्छु, गाली गर्न परे चोर डाका के कम छन र हाम्रो देशमा? लुटेर खाने लाई चाहि इज्जत, र ति पुस्तकालयमा घोत्लिएर बस्ने बुढालाई मरेपछि पनि गाली ? गर्न हुदैन। बिरेन्द्रको खलक मर्न अघि शिरोमणिको एउटा किताब निस्केको थियो' फेरि यस्तो कहिल्यै नहोस', खुब हिट भएको थियो। वहाँ अन्धो हुदा वहाको छोराले टिपेको संस्मरण लाई किताबको रुप दिएको हो क्यारे, पढ्दा पनि बाउले छोरालाई पहिलेका कथा सुनाएको शैली देखिन्छ त्यो किताबमा। यस्तो छ वहा प्रतिको बिश्वास धेरैमा। किन? हामीले किताब पढ्यौ भने नै थाहा हुन्छ। कुनै राजालाई बाँकी राख्नु भएको छैन शिरोमणिले त्यहाँ। राजेन्द्र, सुरेन्द्र, रणबहादुर सबको झाँको झार्नु भएको छ, बहुला, स्त्रीलम्पट, देशद्रोहि, हत्याराको रुपमा चित्रण गरेर, जुन सत्य पनि हो। जे होस, त्रीभुवनको बारेमा तपाईको टिप्पणी प्रति भने म सहमत छु। त्यो माम्पाखा भने हिरो हैन, बोका हो। इन्डियामा भालु खोज्न गएर सार्‍है हैरान गराएको। हैदराबाद हाउसमा बस्दा ह्वाँ चाहि यत्रो क्रान्तिकारी राजा भनेर इन्डियनहरुले इज्जत गरेका, उ त 'खै मुजरा सुजरा नही लगाओगे?' भनेर सोध्यो रे (बिश्वस्त सुत्रको कुरो)। अब भयो? बिपिको डायरीमा त यस्तो कुरो टन्न उल्लेख गरिएका छन। बिपिले रीसगरेर लेखेकि भन्ने हरु पनि छन, तर त्रीभुवनको सँगत गरेका कसैले पनी हैन भनेर भन्न आँट गरेका भने छैनन भनेपछी बिपिले त्यसै लेखेनन भनेर मान्न पर्‍यो।जे होस, मेरो लक्ष यहाँ अरु राजाको बदख्वाई गर्नु थिएन, खाली पृथ्वि को बचाव गर्नु थियो। हाम्रो देश थोडा कुनै मोब मेन्टालिटि भएको देश त हैन नि,अफृका या ल्याटिन अमेरिका जस्तो, हामी त सभ्य देशका बासिन्दा हौँ, यौटा हौडे केटाले आफ्नो ब्लग या वेबसाइटमा पृथ्विलाई गाली गरेर लेख्दैमा हामीले पत्याउने? हैन? (मैले तपाईलाई गाली गर्न खोजेको हैन, फेरि।) थाहा पाइपाइ कन डिफेन्ड नगरी कन बस्न मन मानेर र यत्रो दुख गरेको हो मैले पनी। पढेलेखेका मान्छेले बोल्न आँट गर्नु पर्छ भन्छन। म प्रजातन्त्रबादि र गणतन्त्रबादि हुँ, त्यसैले चुपचाप बस्न पनि सक्थेँ, आखिर पृथ्वि का सन्तानहरुलाई कसरि चाँडो फाल्ने भन्ने म पनि सोच्छु। तर त्यस्तो गर्न मन मानेन।
Read Full Discussion Thread for this article