[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 130815 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-24-06 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-24-06 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सधै रङिचङि तरिकाले बनाउने चौतारी आज मैले रङिचङि (colorful text) बनाउन नजानेर black&white बनाएको मा माफ पाम है ,पहिलो पुर्जेट् (project) परो क्या तेइ भ'र :D

जादा जादै i like to wish u all a Christmas that's filled with merry moments !!! :D

-Tyra
 
Posted on 12-24-06 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईsssss..... तित्स सालि!
के कुरा गरेको हौ त्यस्तो? आबो तिमिले बनाएको चौतारिलाई लुक्स दिना साथ अन्त मेरो त
दिल नै कलरफूल भयोन्तनि हौ! ब्ल्याक एन्ड ह्वाइट भएर के भयो त हौ? बबाल राम्रो छन्तनि हौ, त्यो सानो चिटिक्क परेको चौतारि पनि राखेको छौ!
कोइ झारपातले नराम्रो भन्यो भने त भेट्छ त हौ सोमले फिरि!

तिमिलाई पनि मेरो आन्द्रै देखि भक्कु मेरि क्रिसमस छ ल!
लु पछि भेटेर गफ्स दिउँला ल?
:)
 
Posted on 12-24-06 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद तिरु नानी नया चौतारीको लागि। चौतारी श्याम-श्वेत हुनु कुनै समस्यै हैन नि, हाम्रा गाम्लेहरुको मननै एकदम रंगीन छ, सब कुरो रंगिईहाल्छ नि त्यसपछि।

सबैलाई धेरै-धेरै शुभकामना छ क्रिसमसको।
 
Posted on 12-24-06 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero pani sabailai christmas ko suvakamana
 
Posted on 12-24-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ३९
वा वा तिरु क्या राम्रो छ । तितौराको कुरा गर्दा मुखै रसाएर आयो ।

गौतम जि ले भन्या जस्तो मननै रंगीन छ नि हाम्रो गाम्ले हरुको ।

साह्रै राम्रो पो लाग्यो त ।

धन्यबात

अन्तमा मेरी क्रीसमस

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :प् ।

चट्पटेको पैसो नतिरेर निकै बबाल भा जस्तो छ नि ?
 
Posted on 12-24-06 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी सँग आज देखि मेरो बोल बन्द, चाल मात्र । नयाँ चौतारीमा यो रहुले लाइ स्वागत नाइँ । बुढो भनेर २-४ जना छुल्याह हरुले के भन्यो, राहुले को नाम काम बिर्सि दिने, घोर अन्याय हो । सब लाई मेरी मात्र होइन तेरी पनि क्रीसमस् है । तारेमा शरण!
 
Posted on 12-24-06 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-24-06 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँऽऽऽच!! बबाल दामी चौतारी बनाएछ हाम्रो तितौरीले। तितौरीलाई धेरै धेरै धन्यबाद! अनि तिमीले चिताएका सबैकुरा पुरा होस!! के के चिताएकी छौ कुन्नी? सन्तानले डाँडा काँडा ढाकुन! :पि

चटपटेको पैसा चाँहि जसरी भएपनि तिर्नु पर्छ है मैले भन्द्या छु अहिले नै!! :डी

राहुल दाईले एक्लै एक्लै म:म: खा'भेर बिर्सिछिन जस्तो छ तितौरीले तपाइँलाई। यसो खान गएको बेला बहिनीहरुलाई सम्झे पो उनीहरुले नि सम्झिन्छन्, कि कसो??

हरितालिकेले जिम्माल बाको कस्तो सत्कार गर्दैछौ? राम्रो सत्कार गर है!

पुन्टे दाईले खिसिक्क हाँस्नु भो मात्र, हिजो केहि प्रगती भो कि भएन? :डी

हिजो राती एउटा सपना देखेछु, गोताएँ दाईले एउटा कथा लेख्नुभएको। बिहान उठेर चौतारी हेरेको त केहि छैन।

निश पाटको खबर के छ कुन्नी? सन्चै त होला नी, हैन?

यामेको ग्राफ आउला भन्ने सोचेको, खोई कहिले आएन नी!!

रातामकैको खबर नी राम्रै होला नी, हैन!!

सबैलाई जदौ!!

:-)
 
Posted on 12-24-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau jaa, feri ekaptak, rahuleko raashtra gaan ghankaudai chhu.

ब चाँही चौतारीमा सबै आएछन्, जस्तो छ ।

चौतारीमा पुन्टे भेटियो
चौतारीमा भुन्टे भेटियो

वीरखे जस्तो हाम्रो साथी
लाहुरेको जस्तो छाती


चौतारीमा सांहिला भेटियो
चौतारीमा माइला भेटियो

नेपे पनि यहीं रैछ, भाउते पनि यहीं
सान्नानी र तितौरिले गीत गाए यहीं

चौतारीमा डल्लि भेटियो
चौतारीमा शेर्पिनि भेटियो
चौतारीमा टाइरा भेटियो
चौतारीको दायरा भेटियो
निरे जस्तो हाम्रो हिरा, ज्योति जस्ती मोती
ठुलीदिदी ले भात दिइन्,शुभ दिदिले रोटी


चौतारीमा नेप्चे भेटियो
चौतारीमा भट्टे भेटियो
चौतारीमा दादा भेटियो
चौतारीमा काका भेटियो
लाले जस्तो हाम्रो भाइ, चमेली जस्ती बहिनी
गालेको कबिता राम्रो, ग्वाँचेको आफ्नै कहाँनी

चौतारीमा मुन्द्रे भेटियो
चौतारीमा चन्द्रे भेटिय

चौतारीमा राते भेटियो
चौतारीमा रिकुटे भेटियो
इण्द्रेणीको सातै रङ्, बेसींथाने दङ्

राँगे, काले , सेतेको सपना भो भङ्

चौतारीमा चिप्ले भेटियो
चौतारीमा कैले भेटियो
चौतारीमा गोतामे भेटियो
चौतारीमा यामे भेटियो


चौतारीमा जङ्गे भेटियो
चौतारीमा किन्जे भेटियो

कुम्ले कस्तो कमलो भाइ, सान्कान्छा जस्तो भान्छे
धने, माने, मिस्ते पनि कति राम्रो मान्छे

चौतारीमा निरे भेटियो
चौतारीमा सिरे भेटियो


मास्टर्निले क ख पढाइन्, इश्वरले धर्म
च्यांसे मरंच्यसे दुबैले बुझेछन मर्मा

चौतारीमा लुटे भेटियो
चौतारीमा बबे भेटियो


आइते आए, रुइना रोइ, फुलौरे चाँही फुले
ग्वान्चे, रामकिस्ने र चारैनङ्ग्रे हत्तेरिका भन्दै आए

चौतारीमा चित्रे भेटियो
चौतारीमा जग्गे भेटियो
चमेलि र पुष्पपुरि कह गई होलिन्
सन्जु मन्जु दुबै जना कहिं खोज्न थालिन्

चौतारीमा लाहुरे भेटियो
चौतारीमा राहुले भेटियो
 
Posted on 12-24-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्कारम्, जदौ, अभिवादन्!

अच्छाको चौतारी बनेछ! तितौरीलाई धन्यवाद छ। बिस्तारै बिस्तारै रंगीन छपनी हाल्न पनि जानिहालिन्छ नि! :D अनि यस्तो दामी चौतारी चैं कता'ड ल्या' हो?
बरु झिल्के उर्फ आइते रर्फ जंगेले यसचोटि नि नाम सच्याइदिएन भनेर कम्प्लेन गर्नी हो कि! :p
अनि मेरो तर्फा'ड नि "सन्तानले डाँडा ढाकोस्" छ है!!! :)

साँच्चै अघिल्लो चौतारीमा भउते काजी र सान्कान्छा आ'को देखेर खुसी लायो। अब साहिंला र सिरे नि आउलान् नि! कति बिदेशतिर भासिएलान् त गाँठे!

पनि सबैलाई क्रिसमसको शुभकामना तथा नववर्षको अग्रीम शुभकामना!!!

अस्तु:॥
 
Posted on 12-24-06 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइsss जेठोदाइ sss लौ मारेछ मैले कपि पेस्ट गरेर बना' भर हाम्रो ठुल्दाइ को नाम् थप्नै बिर्सि'छु :O लौन अब क्यार्नि होला माफ पाम् है राहुलदाइ यो पल्ट लाइ हात् जोडेर ल _/\_

अनि धन्यबाद् दिने सबै लाइ प्रतिउतर मा मेरो पनि धन्यबाद ! :-)

कुम्ले ले चाइ खतरा आशिर्बाद् दिएछन्त हो आबो तिमिलाइ चाइ सेम् टु यु छ ल :D ।
 
Posted on 12-24-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी लाई धन्यवाद है, तारेमाम । सन्तान को अशिर्वाद चाँही दिन्न, मलाई नि चाहिन्छ । कबिता फुरोस्, म:म्: खान पाओस् ।
बुटी को पछाडि न लागोस्, साझा बाहेक अन्त सन्त आँखा न लागोस् ।
 
Posted on 12-24-06 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी लाई धन्यवाद है
 
Posted on 12-24-06 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाई, हा हा हा सन्तानको आशिर्वाद चाँहि दिन्न रे! लोल!! त्यहाँ हेर्नुस त मैले दिएको आशिसमा उनले कस्तो रेस्पोन्स गरेकी छिन्, सेम टु यु रे!! भनेपछि तपाईँलाई नि त्यस्तै रेस्पोन्स आयो भने तपाईँकोपनि सन्तानले डाँडा काँडा ढाक्ने भइहाले नी, खोई कुरा बुझेको?? खाली बुटीको ब्यवस्था गर्यो बस्यो, अनि कसरी हुन्छ? हे हे हे!! (रिसानी माफ है!!)

ल!! अहिले नि एउटा एउटा म:म: खादै हो की २० वटै खाइसक्नु भा??

ए गालउ, नयाँ कथा लेख न यार!!

:-)
 
Posted on 12-24-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया चौतारी मा गालब् को साइन्स फिक्सन कथा , कुम्ले को चौतारी स्पेसल् कथा , चित्रे को बाल्यकाल् को कथा , दीप र मिस को कबिता , गौतम् जि , जिम्माल् बा को कबिता कथा , पुन्टेदा को सस्पेन्स् कथा ,ग्वाचे को कथा अनि मैले नाम छुटाएका गाम्ले हरु सबै ले एक् एक् ओटा स्यानो ठुलो कथा , कबिता वा जे भए पनि लेखेर टास्दिनु भए कति रङिचङि हुन्थ्यो होला यो श्याम स्वेत चौतारी :D

हरिशरणम् !!!
 
Posted on 12-24-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यी श्याम र स्वेता चाँही को परे कुन्नी? जस्ले नी तिनीहरुकै मात्र नाम लिइरा'छन् आज।

:-)
 
Posted on 12-24-06 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे हे :D
 
Posted on 12-24-06 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे राम्! अझै यो बुढोको नाम छुटेछ, यस्पाली चाँही जान जानी, झेल्ली तितौरी! म: म: खान जाम । बरा, चिलिम मात्र तान्दो रहेछ भन्दो हो, सबिता लेखम कि, कबिता लेखम्, सायरी लेखम कि टायरी लेखम्, कथा लेखम कि ब्यथा लेखम्, काजल लेखम कि गाजल लेखम आज। मेरो मुटु क: चिला, क: चिला भा छ ।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters