Posted by: CaMoFLaGeD December 24, 2006
चौतारी -३९
Login in to Rate this Post:     0       ?        
आँऽऽऽच!! बबाल दामी चौतारी बनाएछ हाम्रो तितौरीले। तितौरीलाई धेरै धेरै धन्यबाद! अनि तिमीले चिताएका सबैकुरा पुरा होस!! के के चिताएकी छौ कुन्नी? सन्तानले डाँडा काँडा ढाकुन! :पि चटपटेको पैसा चाँहि जसरी भएपनि तिर्नु पर्छ है मैले भन्द्या छु अहिले नै!! :डी राहुल दाईले एक्लै एक्लै म:म: खा'भेर बिर्सिछिन जस्तो छ तितौरीले तपाइँलाई। यसो खान गएको बेला बहिनीहरुलाई सम्झे पो उनीहरुले नि सम्झिन्छन्, कि कसो?? हरितालिकेले जिम्माल बाको कस्तो सत्कार गर्दैछौ? राम्रो सत्कार गर है! पुन्टे दाईले खिसिक्क हाँस्नु भो मात्र, हिजो केहि प्रगती भो कि भएन? :डी हिजो राती एउटा सपना देखेछु, गोताएँ दाईले एउटा कथा लेख्नुभएको। बिहान उठेर चौतारी हेरेको त केहि छैन। निश पाटको खबर के छ कुन्नी? सन्चै त होला नी, हैन? यामेको ग्राफ आउला भन्ने सोचेको, खोई कहिले आएन नी!! रातामकैको खबर नी राम्रै होला नी, हैन!! सबैलाई जदौ!! :-)
Read Full Discussion Thread for this article