Ishwor
Replies to this thread:

More by Ishwor
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 BHAUTE HARAEKO SUCHANA

[Please view other pages to see the rest of the postings. Total posts: 241]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 84404 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 08-18-05 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


DEKHNAMA DUBLO DUBLO-MOTO MOTO, AGLO AGLO-HOCHO HOCHO, KALO KALO-GORO GORO, ANDAZI BARKHA THA BHENA NEPAL MA NIRDAL BAUDAL KO HO KI SATYAGRAHA HUDA KO BELA MA JANMEKO RE, NAAM ( bhaute) BHANTHE SAJHA BATA ACHANAK HARAUNU BHAEKO LE YO SUCHANA JARI GAREKA CHHU. FELA PARNU HUNE MAHANUBHAV LE TU- SAJHA.COM MA LYAI BUJHAI DINU BHAE MA UCHIT DANDA JARIWAN SAHIT NAJARANA TAKRAUNE THIYE.

 
Posted on 08-31-05 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks dada

तो बिद्ये पुनि आम्छ अलि अलि।

नमे, काँ घट्टाँ जानु नि, फूलमुतिको भुल्ली बाख्रो हराएछ । सँगै भकिम्लो खान गाथेम के रे, बाख्रा तेही चरि राका थे। पछि सप्पै भेटिए, भुल्ली भेटिएन। तेही भएर हाताँ भुटेका मकै लिएर राती राती बन बन "हेऽ रि ला ला ला " भन्दै गाको धन्न भेटियो।

Keep rolling...
 
Posted on 08-31-05 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले नि किन सिकाम्न प-या होला सिरेलाई के के जाति? अब फूलमुतीलाई सिरेले भोलि रंगीचंगी ईन्द्रेणी अक्षरले फकाम्न खोज्नी भो! फक्किए त बेशै हो, नफक्कीए बेक्काराँ हाम्रो आँखै तिरमिर!

अनि ए, सिरे! पाल्पासि कालीको बगरै बगर भऽर जान पर्नि अरे तिम्रा गाम? कताको परेऊ? नजिकै होला जस्तो लाऽर सोधेको।

 
Posted on 08-31-05 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोई कुन्नि दाजी, हजुरबाका पालाँ पल्पा गौँडा र नुवाकोट (स्याङ्जा) गौंडा भने जस्तो लाग्छ। भनेसि दुबै तिरको सधौरी मा हो कि ? खास्सै त ३ लम्बर पैयूम परो केरे।सेदी खोलाऽ फाटाँ जो हो । दाजीको कता हुँदो हो कुन्नि ?

Keep rolling...
 
Posted on 09-01-05 12:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त श्री ५ सुत्न जानुभओ भनेर नबिलिबस्या त किन जानुहुन्थो उल्लु न जो पर्नु भो। गजरकोट गा. वि. स. कता पर्छ हजुरका आँगनदेखुन?
 
Posted on 09-01-05 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिर्सीकोट हो क्यारे सुनेको जस्तो लाउछ केरे, पेलाकोट भन्नी पुनि सुने सुने जै मान्छु केरे तर कता हो, कता हो। काटमार अर्न च्याम्पेन केरे हामी नेपाली, डाडाका टुप्पैपिच्छे कोट नै कोट छन। अब स्यानो डाडो भए स्यानो कोट, ठूलो डाडो भए ठूलो कोट अरे। मटरे बाटाको नजिकको त्यो माल ल्याम्नी बजार थाहा पाउन पाए त जान्नी थे कि? फेरि येसो खुट्टाका घुँडा पुनि सिधा नहुँदै बौडुङ् स्कूलाँ हालि दिए केरे काठमान्नु तिर, तेसो भएर छर्लक्कै जम्मै भेकै त जान्दिन के ।

Keep rolling...
 
Posted on 09-01-05 12:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त पुन्टे दाजीलाई सोधेको प्रश्न मैले उत्तर दिन नहुनी केरे, तेइ नि ताधि "गजरकोट हो हाम्रो घर भन्नुहुन्थो के रे।" नुवाकोट(स्यांग्जा), पाल्पा र रिसिघँ-घिरिगं(तनहुँ) छुट्ट्याम्नी ठामतिर हो रे क्या पुन्टे दाजीको घर त। पुर्खौली घर भनम् न। नयेँ त अम्रिकातिरै होला नि।
 
Posted on 09-01-05 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भा त तानसीन पल्पा'ट त काली साँतेर उँधो लाउन परो नि, तेही रामपुर के के जाति हुँदै देउघाट निस्कनी तिर होला नि। हिजाऽज त तेता माओबादी मत्रै हिंड्छन अरे । अलिखेराँ पुन्टे दाजीले भन्नु होला नि ठ्याक्क कहा थिम हो भनेर त । दादाको आफ्नो कता परो नि त ? पैलाको के, हिजाऽज त तो "गोजाईमासु" भन्नी का आँटीमा छ अरे केरे बासै।

Keep rolling...
 
Posted on 09-01-05 12:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैळे भनिन र?
आँधी खोलाका मुहानमा जाम, अनि त्यहाँका माछालाई सोधुम्।
सँगै पौडी खेल्या हो कसो नभन्देलान् र।

- http://www.sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=20073&show=all

 
Posted on 09-01-05 4:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो मत्रै त हो नि, भौतेले साँझ पख हो, खिर्राका पात, चोप, अनि बन-खुर्सानीका हाँगा साँगा जम्मै, भलायेको बुटो सप्पै काटेर थुन्से (मसिना आँखा भएको डोको) मा कोचि राका थे । मेरा घन्चमन्च परेका केरे तिनीसंग, केही पुनि बोलिन । आज दादाले भने जैं साच्चैका होलान कि दादाका कुरा भन्नी भओ र गएर तो रहमा माछाहुरलाई सोध्न परो कुन कुन ले दादा सँगई पौरेका रैछन भनेर सोध्न परो भनेर गा थें।

भौतेले त बाई तो हिजो काटेको सप्पै खिर्रो, बन-खुर्सानी, भलाये के के त मीलमा पिसेछन र बढेमानको टप्लेट चाका बनाएछन र तो रहमा लगेर हालि दिएछन । दादा, तपैसित पौडिने माछा मत्रै हो र, भा भरिका भुरा भुरी, गँगटा, चेपा गाँडा जम्मै लाई बिख हालेर मारेछन नि त भौतेले त। म पुग्नी बित्तिकै त मैले "गाममा अचाल आमा पाटी छ भन्नी थाहा छैन, भन्दिम आमा पाटिलाई, यस्तो नचाईनी काम अर्नी पाको मुन्छे भएर नि, जुँगाका रेखी बसि सकेका छन, के काम अरेको केटाईटीले जैं" भनेको मलाई नि "माछा र गँगटा दिम्ला, अनि मिलाँ धान कुटेको र कोदो पिसेको नि पैसा नलिम्ला" भने केरे, तेसो भा हुन्छ भन्ठाने र म त ईत्ति माछा र गँगटा लेर फर्कें ।

जे होस, दादा सितै पौरिनी माछा जति चईनी भौतेले भ्याए, निखारे जो, केई पुनि बाँकी छैनन।

अनि पुन्टे दाजीका पुर्खौली तेही मैले घुमाका रोटा (सेल रोटी) खाए थिम हईछ कि क्या हो? एउ फेरा यो पनि पढम त ।

- http://sajha.com/sajha/html/openthread.cfm?forum=2&ThreadID=22288&show=all#151725

Keep rolling...
 
Posted on 09-01-05 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये मेरिबास्सै! सिरे नि निकै जान्नि भईच! कस्तो ठ्याक्कै पारा ल्या?को, गाँठे! होऽर तै रामपुरसम्म हो मटर जानि। माल ल्याम्नी, ताल मिलाम्नी सपै तै रामपुराँ हो। त्याँसि काली तरेर रिसिङ्-घिरिङ् छिरेसि ठ्याक्कै हाम्रो गाम!

दादाले नि कस्तो सम्झि राखेका! ति माछाहरसित पौडी मात्र खेले हो जस्तो लागेन आफूलाई त। माछाऽ टाउको खाएसि आफ्नो गिधी बड्छ भन्थे, खा' होला ति सपै माछाऽ टाउको नि!

हुन त आफु नि सिरे जस्तै सानै देखुन् शहराँ हुर्कियो, तर घर त्यईं हो जाँ आफनो ह्रदयले रोज्छ अरे। जाँ हाम, जे गरुम, अमरिकै सम्मुन् नि आफ्नो घर त गजरकोटै भो।

लु, हेरुम हाम्रो गाम मुनीको फाँट, बैडी। खोला त चिनियो होला क्यारे...


 
Posted on 09-01-05 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर तै डाँडा टुप्पा घराँ बस्चन हाम्रा ठुलबा का सन्तान अझै!

 
Posted on 09-01-05 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाली गर कि बजाऊ ताली,
आफूलाई त प्यारो आफ्नै काली!


 
Posted on 09-01-05 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी म ग' छु जस्तो छ केरे पुन्टे दाजी। नवलपरासी जिल्लाको कावासोती भन्नी ठामबाट येस्तै विकासे काम अर्न कस्तो होला भनेर २ टा उपरसेठ समेत लिएर हामी रामपुर निस्केको हो। माओबादी बेस्सरी लागि सक्याथे तर हामीलाई त के डर भओ भनेर हिडेको । बाटाँ त तीनका हतियार ओसार्नी रुटै तेही रैच केरे । नवलपरासीको "नयाँ गाम" भन्नी ठामबाट हिड्न पर्च पुरै रामपुरसम्मै।

In my experience, that place is one of the best in Nepal for new planning and development. Its just like the Canadian British Columbias and there are tons of potentials for adventure sports like white water, paragliding, and so and so and the area is still pristine. I mean the Ramdi-to-Devghat corridor has the potential to be one of the best adventure sports arenas of the whole world.

पुन्टे दाजीले भए भरका खेतबारी त बेचिसक्नु भओ होला केरे, तर तो ठाम त साह्रै पोटेन्शियल भा को छ है ।

Keep rolling...
 
Posted on 09-01-05 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Talking about potentials, Shree 5, I believe except for the INNER CORE of the big cities, particularly KTM and Pokhara, ALL of Nepal has excellent potentials. The problem is: Our leaders never did -- and still don't -- have a VISION. Why don't they dream BIGGER? For example, in the name of health services, they think providing 1-2 temporary health posts a year is enough for those "gaunles"; in the name of providing drinking water, they think it is enough to have 1-2 DHARAS in the entire gaaun; and in the name of roads, narrow, dagerous roads -- something that shuts down during monsoon -- is more than enough for unaware villagers.

"Kaam chalaau bhai halchha ni" bhanne attitude is deadly for progress.

घाँटी हेरेर हाड निल्न पर्छ अरे। म भन्छु, अहिले ठुलो हाड निल्न नसके, कमसेकम भविष्यमा निलम्ला भनेर सपना किन नदेख्ने? "ठुलो निल्न सक्दैनस्" भनेर जिन्दगी भर टुक्रा टाक्री मात्र खुवाएर हुँदैन -- ठुलो हाड नि साईडमा राख्दिम्, अनि उसको गर्घन फुल्लाउन तिर मद्दत गरम्।

Reflecting back on my graduate studies on development, I have utter distaste for the international development agencies' approach towards resolving poverty in the third world countries too. It's not that some agencies are not doing good for the poor, but MOST of them focus on temporary relief, something that is ad hoc, something that only makes the recipients of such aid more DEPENDENT on service providers. Instead of providing 1-2 health posts a year, they should let the people at least dream of a REAL hospital in their gaaun. I know the limitations of achiving such big dreams are real, but at least when the people can dream of it, they will towards it, step by step. Nattra ta, "pugi halyo ni" bhanera chup baschhan, never to be REALLY lifted out of poverty.

For this, I think much of development funds must be spent on providing REAL education. By saying REAL, I mean something that empowers the people, something that makes them THINK and allows them to grow to be INDEPENDENT. Do away with the Panchayat-era textbooks of indoctrination. Apparently, much to my dismay, very little was done to change the Nepali education system and curriculum even after the advent of democracy in Nepal in 1990.

My disdain for the RAAJ-SATTA also stems from the fact that the monarchy in Nepal stands at the helm of this twisted approach to progress of the Nepali people. Until monarchy is seriously transformed or abolished, I cannot fathom such progressive trends to take hold in our country. I know political parties are also in a dire need of serious transformation, but I personally attribute their ineptitude to the ways they grew up under absolute monarchy during the Panchayat era. This is not to say that people should not pressure the parties to change, but we must also put a stronger fight against the source of their ignorance and stubbornness: Narayanhiti!

ल, यो रमईलो थ्रेड मा गम्भीर कुरो धेरै नगरम् क्यार। बरु, भउते फेरि हरा'छ। कतै फूलमुतिलाई नि सुईंकाइन खै बज्ये ले?


 
Posted on 09-01-05 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहायो साथिहुर!

गर्मी सकियो कि भन्या फेरि गर्मि छ आज।
*** *** ***
कति राम्रो फोटु टाँस्नु भो पुन्टे जीले।
*** *** ***
अरु नि पढेँ जम्मै, जे होस् साथिहुरको चिन्तन देखेर म गर्व गर्छु के।

 
Posted on 09-01-05 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"गर्मी सकियो कि भन्या फेरि गर्मि छ आज। "

बिरु, बिरु, बिरु । नेपारु भेर नि कति ढङ्ग नपुराको होला, है बरै ।

keep rolling...


 
Posted on 09-02-05 1:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब घर गेऽर धोक्नी हो बिरु त।
आम्नुन्छ? ओ के सित NEAको भोट हाल्न पाइन्छ नि।
(जम्मै मिल्या छ। इतिति सपारम् है।
neparu=Nepal
neparujin=Nepali)
***
अस्ति त्यो के रे एउटी मोडेल्नी केटी कोहिनुर हो क्यार, हो त्यै बौध्द भिक्षुणी बनिन् भन्नी कुरो सुन्दाखेरि भौतेले कान ठाऽरो
पारीर सुन्दै थे।
अनि, हाम्रा भौतेलाई पनि नसा लाऽछ, अनि मजाऽले खरानी घसेर अनि पहेँलो कपडाहरु लगाऽर अनि मजाऽले
गएछन्। बौध्द बिहारमा कसो भेट नहोला र भुनेर।
ए कति अक्किल आउनी हो के मान्छेलाई?
 
Posted on 09-02-05 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके पुनि तेतै हो र? हँ।

ताधी आको थें, साता तिनेक लाई । गोरखा, लमजुङ, भरतपुर (क्योतो, नारा, ओसाका) भेक त रमाईलै लाग्यो, नारा भनि असाद्धे मन परो, आफ्नो सँस्कृति छाडेका रहेनछन खास्सै, बाँकी त उही जहाँ गए पुनि अम्रिकानेको नक्कल अर्न खोज्दा रैचन, तर नक्कल अर्दा नि ढङ् भनी पुर्याम्न नसक्नी । गजरकोट (फुजि) तिर पुनि खासै रमाईलो जो त लागेन केरे, हुन त यहाँको केनाडाको रक्किजमा बस्नी भएर हो कि।

बरु एउटा घटना सम्झना आयो। जापानी टेलिभिजनकी एउटी एञ्कर घुम्न भनेर नेपारु गएकी रहिछन। तेती भनि पक्कै बुझें, बाँकी त अब खाम कुरामा के के भने के के, बुझिन। टिभि को चित्र हेर्दा खेरिको अनुभव है । नेपारुमा बारीमा मकै छर्दा खेरि हलोले जोतेको हेर्न गएकी रहिछन क्यारे । अनि त्यहाँ खुम्ले किरा (सेतो, एकदम टेन्डर लार्भा ) भेटिएछ, अनि ति नानीले खाईन त्यो, अरु नेपारुजीनले पनि खाए। साह्रै घिन लाग्ने गरि खिचेको थियो त्यो सीन । त्यस्तै एउटा काँसको कचौरा मा दाउराले हानेर बज्न थाले पछि टाउकामा लगाउँदा रहेछन, उपचार हुन्छ रे, मलाई त नेपालमा त्यस्तो चलन थाहा थिएन, पटक्कै ।

तेति भए पछि यो नर्थ अमेरिकामा हुन्थ्यो भने चाहि "आई एम फ्रम मोरक्को" भनेर केटा मान्छेले पनि बुर्का लगाएर हिडे हुन्थ्यो, नत्र नेपाली नै भनेर चाहि निकै ईज्जत जाने थियो होला खुम्ले किरा खाने जात भनेसी। तर त्यहाँ त होटेल्नी दिदिले जो टिभिमा त्यो हेरे पछि के के भनिन, खुसी भएर उत्पातै गरिन । साथी भाईहरुले पनि सबैले हेरेका रहेछन, भोलि पल्ट अचम्मै गरे । हो के रहेछ भने, त्यस्तै चलन एक पटक उनीहरुको सँस्कृतिको अभिन्न भाग थियो रे । र नेपालमा अझै पनि त्यस्तो चलन देखि रहन पाउँदा नेपाल धेरै प्यारो लाग्यो रे । तर बाँकी जन जिवन, सँस्कृति चाहि उही ढँग नपु-राईकन अमेरिकनको नक्कल गर्ने कोशिस जस्तै लाग्दथ्यो, जता हेरे पनि ।

आगुम साल सप्पोरो मा आम्ने मेसो छ केरे, भाग्यले पुर्याईदिएछ भनी झरम्ला नि एउ फिटिक तेता पुनि, अब त चिनजान पुनि भयेकै भन्न परो केरे ।

Keep rolling...
 
Posted on 09-02-05 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातभरि खास खूस हल्ला गरेर यी दुईले, सुत्नै द्?या' होईन। अब बिहान २-३ घण्टा भएनि झिमिक्क गर्न देऊन यार! जमुनी र मेरी धोबोनी नाची रा' थे त्यो काली को बगरै, पुरै ज्यान देखा'र!
 
Posted on 09-02-05 3:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाका नया गाममा मलाई चित्तै नबुझेका वा मैले बुझ्नै नसकेके २ टा कुरा
१- बाटो सफा गर्नी, बसको गुरुजी देखि साँच्चिकै कर्परेट बोसले सबैले सुट, टाई लगाएका। "कर्पोरेट लुक" दिनको लागि होला, तर कति कामको त प्रकृति नै यस्तो हुन्छ कि टाई‍-सुट नै लगायो भने अझ काम गर्न बाधा हुन्छ ।

२- यूनिभर्सिटीका प्रोफेशर देखि होटलका नर्तकि सम्मले सप्तरङ्गी पाराले कपाल रङ्गाउदा रहेछन।

कपडा लगाउदा भने तेत्रो डिसिपिलिन रे, कपाल रङ्गाउँदा भनी एकमेसै सबैजना पङस्।

पुन्टे दाजी, तो कालीको तिराँ त औसी, पुर्ने के के मा त दोख नाच्छ, कैले कैले मसानले रोटा पकाम्छ, मऔव बसाम्छ गाम भरि।दाजीले देख्नु भाको तेस्तै के हो बन्डाईनी हो कि किचकन्नी के हो। नहेर्नुस है, दाजीलाई पुनि छल्ला किचकन्नीले फेरि।

Keep rolling...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters