Posted by: shree5 September 2, 2005
Login in to Rate this Post:
0
?
ओके पुनि तेतै हो र? हँ।
ताधी आको थें, साता तिनेक लाई । गोरखा, लमजुङ, भरतपुर (क्योतो, नारा, ओसाका) भेक त रमाईलै लाग्यो, नारा भनि असाद्धे मन परो, आफ्नो सँस्कृति छाडेका रहेनछन खास्सै, बाँकी त उही जहाँ गए पुनि अम्रिकानेको नक्कल अर्न खोज्दा रैचन, तर नक्कल अर्दा नि ढङ् भनी पुर्याम्न नसक्नी । गजरकोट (फुजि) तिर पुनि खासै रमाईलो जो त लागेन केरे, हुन त यहाँको केनाडाको रक्किजमा बस्नी भएर हो कि।
बरु एउटा घटना सम्झना आयो। जापानी टेलिभिजनकी एउटी एञ्कर घुम्न भनेर नेपारु गएकी रहिछन। तेती भनि पक्कै बुझें, बाँकी त अब खाम कुरामा के के भने के के, बुझिन। टिभि को चित्र हेर्दा खेरिको अनुभव है । नेपारुमा बारीमा मकै छर्दा खेरि हलोले जोतेको हेर्न गएकी रहिछन क्यारे । अनि त्यहाँ खुम्ले किरा (सेतो, एकदम टेन्डर लार्भा ) भेटिएछ, अनि ति नानीले खाईन त्यो, अरु नेपारुजीनले पनि खाए। साह्रै घिन लाग्ने गरि खिचेको थियो त्यो सीन । त्यस्तै एउटा काँसको कचौरा मा दाउराले हानेर बज्न थाले पछि टाउकामा लगाउँदा रहेछन, उपचार हुन्छ रे, मलाई त नेपालमा त्यस्तो चलन थाहा थिएन, पटक्कै ।
तेति भए पछि यो नर्थ अमेरिकामा हुन्थ्यो भने चाहि "आई एम फ्रम मोरक्को" भनेर केटा मान्छेले पनि बुर्का लगाएर हिडे हुन्थ्यो, नत्र नेपाली नै भनेर चाहि निकै ईज्जत जाने थियो होला खुम्ले किरा खाने जात भनेसी। तर त्यहाँ त होटेल्नी दिदिले जो टिभिमा त्यो हेरे पछि के के भनिन, खुसी भएर उत्पातै गरिन । साथी भाईहरुले पनि सबैले हेरेका रहेछन, भोलि पल्ट अचम्मै गरे । हो के रहेछ भने, त्यस्तै चलन एक पटक उनीहरुको सँस्कृतिको अभिन्न भाग थियो रे । र नेपालमा अझै पनि त्यस्तो चलन देखि रहन पाउँदा नेपाल धेरै प्यारो लाग्यो रे । तर बाँकी जन जिवन, सँस्कृति चाहि उही ढँग नपु-राईकन अमेरिकनको नक्कल गर्ने कोशिस जस्तै लाग्दथ्यो, जता हेरे पनि ।
आगुम साल सप्पोरो मा आम्ने मेसो छ केरे, भाग्यले पुर्याईदिएछ भनी झरम्ला नि एउ फिटिक तेता पुनि, अब त चिनजान पुनि भयेकै भन्न परो केरे ।
Keep rolling...