[Show all top banners]

Ishwor
Replies to this thread:

More by Ishwor
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 BHAUTE HARAEKO SUCHANA

[Please view other pages to see the rest of the postings. Total posts: 241]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 84395 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 08-18-05 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


DEKHNAMA DUBLO DUBLO-MOTO MOTO, AGLO AGLO-HOCHO HOCHO, KALO KALO-GORO GORO, ANDAZI BARKHA THA BHENA NEPAL MA NIRDAL BAUDAL KO HO KI SATYAGRAHA HUDA KO BELA MA JANMEKO RE, NAAM ( bhaute) BHANTHE SAJHA BATA ACHANAK HARAUNU BHAEKO LE YO SUCHANA JARI GAREKA CHHU. FELA PARNU HUNE MAHANUBHAV LE TU- SAJHA.COM MA LYAI BUJHAI DINU BHAE MA UCHIT DANDA JARIWAN SAHIT NAJARANA TAKRAUNE THIYE.

 
Posted on 08-25-05 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँजो बाँधेको ‍ == फिल्टर लाई भनेको


Keep rolling...
 
Posted on 08-25-05 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भौते, येसो बटौली के गा'थे, फेरि के के जाति देसी कुरा नि बोल्न थाले छउ त, के हो तो पिरिन्याउँटे भनेको? टुप्पा देखुन फेद सम्म हेर्दा त भुँडी बोके भने जस्तो छ, जमुनीकै कुरो हो कि क्या हो, हेर है मलाई नझुक्याउ नि फेरि, म त फेरि रिसाम्दै रिसाम्दिन, रिसाएसी फेरि सेलाम्दै सेलाम्दिन । फँसाएका हई छौ भनी त फेरि खलक नै बाँकी राख्दिन नि तिम्रा ।


Keep rolling...
 
Posted on 08-25-05 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे शिब शिब शिब ! कस्का भुँडि बोक्थी र विचरीले। त्यै आँधिखोलो जस्तै पवित्र छे, शंकै नगर्नुस। क्यै परो भने म भएँ ल।

त्यो त उता पुष्पपुरी नानी (matrixrose) सँगको कुरो पो त। ति नानी भर्खर अम्रिका तिराट आकि रइछन, के के जाति त्यतैका भाषा बोलिन र नबुझेर सोधेको पो त।

अस्ति जमुनीलाई माग्न बेसारडाँडा तिराट इन्जिनर आ'का रछन्। " मेरी छोरी लानेहो भुने उपरसेठ (ओभरसियर) भे'र आउ, जाबो इन्जिनर हुँदैमा छोरी दिन्न" भनेछन् ठाइँला मामाले। अब विचरा मामालाई उपरसेठ ठुलो कि ईन्जिनर ठुलो के थाह ? अब गाम्मा पसेर कुखुरा र रउसि खाने सबै उपरसेठ। इन्जिनर भन्ने त कैलेकाहिँ मात्र नाम सुनेका।

हेरुम कुरा गरिहेर्छु के रे।

अँ साच्चि, त्यो पुन्टेदाइ धोबिनि सँग सल्केर हैरान छ रे। "लौ न बाबु दाइलाई सम्झाइदिनुस, म क्यै बोलो भुने खुर्पा निकालेर तँलाई यैँ छ्याक्क छिनाल्छु भनेर लखेट्छन्। डंकिनीले मोहनिजाल मै पारी जस्तो छ।" भनेर बाटुली भाउजु हिजो पँधेरामा रोएर उत्पात। मलाई नि अलि डर नै लाग्छ के। अलि बाउँठिएका छन् नि ति दाइ त फेरि। हजुर त सँगै देशाँ बसेको मुन्छे। त्यो के जाति एरिया तिर नि हजुरहरु सँगै जानुहुन्थ्यो रे भन्ने सुनेको थिएँ। नेपालाँ पनि देशाँ जस्तो त्यसरी गै राख्न हुन्न, घर मै चन्द्रमा जस्ती भाउजु छदैछन् नि, भनेर सम्झाइदिनुस न।

:)
-भउते
 
Posted on 08-25-05 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pakkai harako ho???
 
Posted on 08-25-05 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ त नि। तो कुरा त जम्मै भनेकी थिई केरे नि त जमुनीले मलाई पुनि ।

अब तपईं र मेरा बीचको कुरो भओ केरे, के लुकाम्नु र अब ब्या' को कुरो पुनि अर्छु भन्नु भा कै छ केरे । धेरै राखो भने कभेली त कुहुन्छ अरे, तेसो भएर भन्न लाको के ।

अब एउटा कुरो भनम है त । गा' को हिउँदमा, फागुन चैत छेक कहिले हो कुन्नि यस्तै भर्खरै गाँजा छिप्पिनी समये थियो केरे । म पुनि धुसेनीको बनमा लट्ट परेर गाँजा फलेको देखेको केरे, अब महादेब शिबजीको सेवा अर्न परो परभुको भनेर गाँजा बटुल्न सम्म बटुलें। सन्जोग पुनि तेही दिन झिमिक्कै साँझ परो । अब त भएन, घर जान परो भनेर झुलमुले साँझैमा घरतिर हानिंदै थिएँ । ठ्याक्क बाटैमा त लालटिन बालेर हजुरका मामा र माईजु खुईं खुईं हिडेका । हईन, कता हिड्नु भओ भाले पोथी दुइटै भनेर सोधेको त तोरिखर्के मास्टर्नी कहाँ बेलुका बेलुका प्रौढ शिक्षा पढाम्न लाका छन। अब बुढेस कालाँ भए पुनि दुई चार आखर कखरा चिनम, केही नसके पुनि येसो चिठी, तमसुक सम्म फोर्न सक्नी भा पुनि ओहोरै हुन्छ । फेरि गाम पन्चाईतले तेहाँ प्रौढ शिक्षामा पढ्न जानीलाई जानै पिच्छे महिनाको पाँच बीस रुप्याँ दाम पुनि दिनि, आम्दानी पुनि हुनी, नुन तेल घर खर्चलाई पनि टेवा हुनी भनेर हाम्रा त भाले-पोथी नै सुरिएम । भनेर भन्नु भओ तपईंका मामाले । मनमनै मलाई नि जानी मन भओ र सोधेको त पचास वर्ष काटेकाले मत्रै भरना हुन पाउनी अरे ।

तेतिखेरै मेरा मनमा त आर्को जुक्ती पो फुरो । अनि कहिले सम्मन हो त तो प्रौढ शिक्षा भनेर सोधेको त एउ बर्ष सम्म हो, आगुम साल दशैंमा बल्ल सक्किन्छ, अब कखरा, बाह्रखरी चिन्न परो, त्याँट आईतबार, सोमबार पुनि जानेर बैशाक, जेठ सिकेर फेरि येसो हिसाब-किताब जोर घटाउ नि सिक्न परो पो भन्छन त तपईंका मामाले त । अनि कति बजे सम्मन हो त भनेर सोधेको त सात बजे देखुन दस बजे सम्मन अरे, बुढा-बुढी त मास्टर्नी कहाँ पुग्न छ बजे नै हिड्दा रैछन।

मेरो पालो तेही दिन नै गए तपईका ठाईला मामाकाँ । गएर "ए घर को हुनु हुन्छ, सिगरेट सल्काम्न परो, सलई भा नि आगो भा नि दिनु हुन्थ्यो कि भनेर सोधे झै गरें। अरु त को हुन्थे र, जमुनी मत्रै रैछ। अनि त्यसरी नै एउ दिन, आर्को दिन अर्दै म त बेलुका बेलुका दिनकै जान्छु केरे नि त तपईंका मावलीमा । तेही बेला देखिन हो केरे नि त मयाँ पिरिम बसेको मेरो र जमुनीको । तपईसंग पो भागी भन्दा त म त अलाँत्र भाको नि २-४ दिन त । खाना पुनि खाछैन ल, जनैको कसम ।

अनि तेस्तै ३-४ साता अगाडि हो क्यार, जमुनीले त "बुझेउ सिरे, मलाई त माग्न आको छ अरे कुन्नि कहाँ को हो नेवार" भन्छे । अनि तपईंका मामाले "जे भा नि बाहुन हुम, आफ्नै जात बेगर अरु जातमा त दिन्न यस्ती आँखैकी नानी जस्ती छोरीलाई" भनेछन। अनि कहाँका नेवार साहू रहेछन त, भन्न त भन कमसेकम भनेर फेरि जमुनीलाई सोधेको त जमुनीले "खै कताका हुन, ईन्जे, ईन्जे भन्थे, ईन्जेनेयार हो कि ईन्जेनेवार के हो तेस्तै के हो क्यार " भनी । "उपाद्दे बाहुन नै हुन र त कुखुराको मासु र रउसी खानी भएर तल खानीपानीका उपरसेट साहेबलाई त दिईन, अब कहि नपाएर बिजात मा अझ नामै नसुनेका ठाममा दिन्छु कि क्या हो छोरी, तो ईन्जे भन्नी कता हो कता, सुनेको नि छैन, दिन्न छोरी" भनेछन बुढाले त । मैले कुरो बुझें, अब कुरो फुस्काईदिम, आफ्नै खुट्टाँ बन्चरो हाने झैं हुनी भओ र चुप्प लाएर बसेको नि । खाँटी कुरो त तेही हो । जे होस, अब हजुर हाम्रो कुरो मिलो खुलो के रे, अब हजुर जस्ता मुन्छेले मिलाम्नु त होला के रे नि त ।

Keep rolling...
 
Posted on 08-25-05 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute pharke cha la
 
Posted on 08-25-05 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुऽकि फुऽल सिउरेर सरैमा
पर्खीऽ बऽसे आँधीको तिरैमा!

मौका मिले हिउँदैमा आइदिउँला
हे जमुना बुँलाकी ल्यादिउँला!

बुऽकि फुऽल ... ... ...

आँधी खोला बेसरी सुसायो
तिम्रो मेरो पिरती टुसायो!

बुऽकि फुऽल ... ... ...

जमुनालाई उडायो लाउरेले
कुरा काट गाउँघरका चाउरेले!

बुऽकि फुऽल सिउरेर सरैमा
पर्खीऽ बऽसे आँधीको तिरैमा!

ठाइंला मामाले अमिलो मुख बनाम्दै थिए। "उपरसेठलाई दिनी भनेको, हेर मति बिग्रेर बजिनीको लाउरेसित गैछ..." भन्छन् बा।
"हैन काँको लाउरे हो बाहुन बा?" भनेर मैले सोधेको त।
अम्रिकाको हुम् भन्थो। त्यहीँ कियर नेपालमा काम अर्छु भनो, राती आऽका पाहुनालाई बास दिनै प-यो, भुनेर बास दिएँ। मकै भुटेर दिएँ।
"छोरीसित महि पनि मागेर खाऊ! बाबु! भुनेर माथि बार्दलितिर उक्लेँ।"
"मुही पनि दिनी हो र बा?" भनी छोरीले। म माथि थिएँ "दे दे! पाहुनालाई के को नदिनु नि।" भने।
मैले महि दे छोरी, भनेँ। उसले त "बाले छोरीसित मुई मागेर खाएस् भन्याछन् नपत्याए सोध, भनेर ढाँटेछ।"

"फेरि, दिनी हो र बा?" भन्दै थिई। मैले "हुन्छ, हुन्छ मागे जति दे।!" भने।
बिहान उठ्दा लाउरे त छैन छैन छोरी पनि छैन बा। अब पाहुनालाई बाँधेर राख्न मिलेन भैँसी बाँध्नी साग्लांले, छोरीलाई बाँध्न नि मिलेन, भनेर झोक्राम्दै थिए बुढा।

हैन यो लाहुरे कुन रेछ ... ... ...

 
Posted on 08-26-05 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा पनि लाहुर भर्ती हुने सुर कस्या जस्तो पो लाग्दै आयो है मलाई त!

यता म जमुनीलाई कान्छी बनाम्ने सपना हेर्दै, उता भउते र सिरि ५ जेठान-ज्वाईं बन्ने जमर्को गर्दै, कुन दिन दादा ले स्वींट्टै भगाईदिन्छ जमुनीलाई, अनि हामेरु ट्वाँऽऽऽऽऽऽ!

ल, दादा, भगाउनी नै हो भने चईं यसपाला पूर्व तिर लगम, है! दख्खिनको साईत अलि राम्रो लागेन। फेरि भउते के ताल होला -- बटौली, भैरबा, सुनौली हुँदै नौतन्बासम्म पुगेसि खाटाँ पल्टने बखत जमुनीले अचानक नछुनी भा' बहाना बनाईदिन्छे, अनि त जसरी गा' थेऊ, उसरी फर्कन पर्छ!

दख्खिनै लगेर फर्कन परे नि त्यो देसीको चटपट चईं धेरै नखानु नि, फेरि! भउते त कमसेकम भटभटे मिसिन लेर आयो, तिमी चईँ भटभट पाद्?दै आउन पर्ला!

अनि, ए केटा हो! धोबिनीले सुन्ने गरि मेरो पोल नखोलम न यार! यस्सो उता फर्क्या बेलाँ तेस्को दाबिलो मेरो खप्पराँ बज्रेला भन्ने पिर परि सको। घरकीले त डाडु, पनिऊं मात्र बजार्छे, अब दाबिलै बज्र्यो भने त ठहरै हुँदैन न त, गाँठे? यो कलिलै बुढेसकालाँ नमारम् न मलाई परभु!!!

 
Posted on 08-26-05 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAJUR KO PARNU VO KONI, TAPAI KO DHAGO TA MAILE FELA PARINA. TAIPANI, SAAIT HERNE KAAM TA HAMRA 'PUNDIT' KA HUN KYARA. ARKA LAI TESOI BEROJGAR CHAI NABANAIDIM HOI MITRA. PAAP LAULA.
 
Posted on 08-26-05 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MERO BHAUTE GURU FELA PARIDINU VEKO MA MALAI BADHAI 6.
 
Posted on 08-26-05 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हईन बारे, दादाले ढाँट्नु भओ।

कुरो के भएछ भनी तो लाहुरे आ'को पुनि हो । अनि भान्सा सान्सा गरिसके पछि अँगेनामा कुँडे भरि दूध तताम्न लाग्नु भएछ ठाईला मामाले । अनि ती पाहुना पुनि तेही थिए अरे । दूध घोटी घोटी तताएसी ठेकीमा राखेर उहाँ सुत्न आँटी तिर जानु भएको पुनि हो । पाहुनालाई मोही मागेर खान भनेको पुनि हो ।

अनि पाहुनाले मोही मागे पछि त जमुनिकी आमाले कतै जमुनीले फेरि मोही भनेर झुक्किएर भर्खर तताएको दूध त दिनी हैन, मोही भाको ठेकी र दूध राखेको ठेकी एकै ठाममा छन फेरि उल्का होला भनेर डरले आफै बटुको लिएर मोही सार्न जानु भएछ। अँध्यारो के रे, अनि बटुका भरि मोही ल्याएर दिएको त तो पाहुनाले त मोहि लिएर एउटा हातले भूईमा राखेछ र उहाँले ओढेको मुजेत्रो ले च्याप्पै उहाँको र आफ्नो मुख, टाउको ढाक्यो अरे । जमुनीका पाला त के हो के हो, चोर डाँका होला, आमाको ढुङ्ग्री, फुली चोर्न लाग्यो भन्ठानिछ । आमाका त खास पितलाका हुन, लुटेरै लगेछ भने पनि केही भएन, मेरा त सुनका हुन ।मेरा पनि लुट्ला भनेर म त स्वाँट्टै करेसा तिर बाट फुङ्गालेर आएँ, सिरे, मलाई आज रात भरि लुकाईदेउ भनेर मेरा घराँ राति ११ बजे तिर आई पुगेकी थिई त। मैले नि मजेरिमा ओछ्यान लाई दिएँ, आफू आँटीमा सुतें। अघि भर्खर त गा कि हो जमुनि । बरु जमुनिकी आमा पो जानु भएछ कि लाहुरे सँग त हँ ? बरा ठाईला मामा, एउ फेरा बुझ्न जान परो, के के भा हो, अहिले भात खाएसी उक्लिन पर्ला तेता तिर ।

Keep rolling...

 
Posted on 08-26-05 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतु जुन नानीलाई अम्रिका भन्नि था नैछैन उसैलाई अम्रिकाबाट आको रे ?तेस्तो ढाट्नु त भएन नी भउतु। बरु हजुर होला नि उता तिर होइन र ? :d
 
Posted on 08-26-05 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भउते

हैन यो बेला बेलाँ अम्रिकाने कुरा गर्नी पुष्पपुरी फुलमाया ले के भन्न खोजेकि हुन कुनि? पिरिन्याउटे पुनि भनेको सुनेको हो जस्तो मान्छु । के हो, मिल हालेसी त कुरो तर्पाए तर्पाए हुन लागे जस्तो छ है । साच्चा, जमुनिको कुरो के भओ त ?

Keep rolling...
 
Posted on 08-28-05 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो श्री ५ र भउते भनेसी केटी जति हुरुक्क हुन्छ बा। बज्याहरुलाई मैले जान्या छु।
म्याउटिस रोज यिनेरुको सगंत गर्दा होस गर है बुइनी। बदमास छन् यिनेरु, म जस्ता सोझा छैनन् के।
 
Posted on 08-28-05 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा दादा हँसिया जस्तै सोझा!

अनि फेरि यो भउते र सिरि ५ किन स्वाङ् पारी पारी "पुष्पपुरी" भनि रा होलान्? बिनासित्तै मा फकाउनलाई? तेई पल्ला घरे कुप्रे लट्ठककी राईँली छोरी "फुलमती" त हुन् नि तिनी!

 
Posted on 08-28-05 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर सईंहरु,
सप्पैलाई धन्नेबाद हई। आज तेस्तै "रियल हाई" भाको बेला परो केरे, तर आज त के भओ के भओ, मलाई त तो देसी फिलीमकी भुमिका चावला भन्नी हिरोनी त जाद्रै विचित्रैकी राम्री लागिन केरे, जमुनि समुनि कसैले नि नभेट्टाम्नी यार । थाहा नपाका भए एउ बाजी गुगलमा खोज्नुहोला । अब फेरि "लो" नभएसम्म त तेसैलाई समर्पण लउ खा । हईन के बिधी "ईण्डिक" खालकी राम्री रईछ ? क्यारी पाए होलान तेस्ती छोरी तेसका बा-आमाले ?

Keep rolling...


 
Posted on 08-29-05 3:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bichara bhaute nai feri gayab, timi harule garda. :P
 
Posted on 08-29-05 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुण्टे दाई, फूलमुती जो हो त ? फूलमुती जो भा त हँ विछट्टैकी थिई के रे, हईन पुण्टे दाई, तेसो भा त पछ्याम्नै पर्च कि क्या हो ? अब जमुनिका बाटा 'ट त खई केही नहोला जस्तो छ, भउते पुनि हराए, गाममा पुनि भउते र जमुनि फेरि भागे भन्छन, कसका कुरा पत्याम्नी कसका कुरा नपत्याम्नी, के हो के हो ;)

Keep rolling...


 
Posted on 08-29-05 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त अस्ति नै भन्या हो क्यार, सिरि ५, भउतेको भरोसा छैन भनेर। भटभटे ल्याए देखून् देऊराली होईन याक खुवाउँछु भन्छ अझ! साँचो कुरो बोल्दिम्? याक त के, मेरी धोबिनीले हिजो भउतेले के के यत्ती लाम-लामा चुरोट तानी रा' देखेकी रे!

"कस्ता अनौठा चुरोट तानेऊ दाजी, काँर ला'का तेस्ता चुरोट?" भनेर सोधेकी रे। "यो त फरेन चुरोट हो नानी, यस्लाई 'मारबुढो' भन्छ, 'मारबुढो'। अरु कसैलाई नभनेस् नि फेरि!" भन्दै स्वार स्वारति तानेका रे ति चुरोट।

पातकी धोबिनी फेरि, आ'र "भउते दाजीले बुढोलाई मार भनेछ" भन्दै मेरै खप्पर माथी दाबिलो ताकी रा'! त्यो च्यात्त्या पेटिकोट सि'दिन्छु भनेसि बल्ल सास फेर्न दिई।

कुरो भने नि, सिरि ५, तिम्लाई चईं याक खाऊ भन्दै भउते आफू भने बिदेशी "Marlboro" तान्दो रईच। लुकी लुकी त्यो नि!

बज्येलाई हाम्रो साथी दिपेको दोस्त बाङ्गे संग भेटाईदिन पर्नी! अनि तान्थ्यो नि "दुनेल"!

अनखेर यी "फूलमती"को नि भरोसा नगरे हुन्छ, सिरि ५! साह्रै नखरमाऊली पो छे त! आश देखाउँदै भूसको गास ख्वाउँछे!

 
Posted on 08-30-05 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीज पुनि आयो भुनेर माइत गाऽ छन् रे। "सरले ठाईँला मामाको डरले जान मानिन, तेसको साटो मै गइदिन्छु" भन्दै हिनेका हुन् रे। काँक्रो पनि बोकेर गाऽछन् रे। ज्याग्दीले कावक्रो साँक्रो बगाइदिनी हो कि भुनेर यता सरले परिर गर्दै थई।
काँक्रो साह्रै मुन पर्नी नि ठाईँला मामालाई। माफि देलान् नि। "हेरुम् आम्दा के ल्याम्दा रेछन्। बा काँक्रो साँक्रो बाटैमा खाऽर फर्किनी हुन्।" भन्दै थिई सरले त कर्कलो बारिमा बसेर।
भर्खर म पसेर आको।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters