Posted by: deletedUser** August 26, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
दादा पनि लाहुर भर्ती हुने सुर कस्या जस्तो पो लाग्दै आयो है मलाई त! यता म जमुनीलाई कान्छी बनाम्ने सपना हेर्दै, उता भउते र सिरि ५ जेठान-ज्वाईं बन्ने जमर्को गर्दै, कुन दिन दादा ले स्वींट्टै भगाईदिन्छ जमुनीलाई, अनि हामेरु ट्वाँऽऽऽऽऽऽ! ल, दादा, भगाउनी नै हो भने चईं यसपाला पूर्व तिर लगम, है! दख्खिनको साईत अलि राम्रो लागेन। फेरि भउते के ताल होला -- बटौली, भैरबा, सुनौली हुँदै नौतन्बासम्म पुगेसि खाटाँ पल्टने बखत जमुनीले अचानक नछुनी भा' बहाना बनाईदिन्छे, अनि त जसरी गा' थेऊ, उसरी फर्कन पर्छ! दख्खिनै लगेर फर्कन परे नि त्यो देसीको चटपट चईं धेरै नखानु नि, फेरि! भउते त कमसेकम भटभटे मिसिन लेर आयो, तिमी चईँ भटभट पाद्?दै आउन पर्ला! अनि, ए केटा हो! धोबिनीले सुन्ने गरि मेरो पोल नखोलम न यार! यस्सो उता फर्क्या बेलाँ तेस्को दाबिलो मेरो खप्पराँ बज्रेला भन्ने पिर परि सको। घरकीले त डाडु, पनिऊं मात्र बजार्छे, अब दाबिलै बज्र्यो भने त ठहरै हुँदैन न त, गाँठे? यो कलिलै बुढेसकालाँ नमारम् न मलाई परभु!!!
Read Full Discussion Thread for this article